Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

तिलोत्तमा, ४ असार । तिलोत्तमा नगरपालिका क्षेत्रका उद्योगी तथा व्यवसायीले प्रयोग गर्ने नापतौलसम्बन्धी उपकरणको नवीकरणलाई सहज बनाउन तिलोत्तमा व्यापार संघले बिहीबारदेखि विशेष सेवा कार्यक्रम सुरु गरेको छ। कार्यक्रमअन्तर्गत तराजु, डिजिटल स्केललगायत नापतौलका उपकरणको नवीकरण तथा आवश्यक प्रक्रिया स्थानीय स्तरमै गरिने बताइएको छ। यसका लागि नापतौल कार्यालय बुटवलको प्राविधिक टोलीले विभिन्न स्थानमा पुगेर सेवा प्रदान गरिरहेको संघले जनाएको छ । संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेका अनुसार व्यवसायीलाई कार्यालय धाउनुपर्ने झन्झट हटाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। सेवा तीन दिनसम्म विभिन्न स्थानमा सञ्चालन हुनेछ। संघका अनुसार, कार्यक्रमको पहिलो दिन बिहीबार शंकरनगरस्थित रेडिसन होटल मा वडा नं.…

Read More

सलमान खानभैरहवा, ४ असार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको कोटहीमाई गाउँपालिका कार्यालयमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको खुलेको छ। नदीजन्य पदार्थको ठेक्कामा अनियमितता भएको उजुरीका आधारमा अख्तियारले मंगलबार छापा मारेर ठेक्कासँग सम्बन्धित कागजपत्र नियन्त्रणमा लिएको खुलेको हो । कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सतेन्द्र यादवले घटनाको पुष्टि गर्दै अख्तियारले ठेक्कासँग सम्बन्धित कागजपत्रको प्रतिलिपि लिएर गएको बताए । उनका अनुसार, पालिकाको वडा नम्बर ५ स्थित बेनीघाटमा नमुना कन्सट्रक्सनले १६ लाख रुपैयाँमा १ लाख ७७ हजार ७ सय ७२ घनफिट उत्खननका लागि ठेक्का पाएको थियो। कन्सट्रक्सनले घाटगद्दी (उत्खनन् पश्चात सामग्री जम्मा गर्ने स्थल) गर्ने अनुमति पाएको स्थानभन्दा फरक स्थानमा घाटगद्दी…

Read More

भैरहवा,४ असार। रुपन्देही जिल्लामा गएको जेठ महिनामा मात्रै १४ जनाले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सार्वजनिक गरेको जेठ महिनाको विवरण अनुसार, १८ वर्षमुनी देखि ४६-६० वर्ष उमेरसमूहका १४ जना व्यक्तिले आत्महत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, १३ जनाले झुण्डी र एक जनाले विषादी सेवन गरी आत्महत्या गरेका हुन्। जसमध्ये ८ जना पुरुष र ६ जना महिला रहेका छन् आत्महत्या गर्नेमा १८ वर्षमुनिको एक जना, १९ देखि २५ वर्ष उमेरसमूहका ४ जना, २६ देखि ३५ वर्ष उमेरसमूहका ३ जना, ३६ देखि ४५ वर्ष उमेर समूहका ४ जना र ४६ देखि ६० वर्ष उमेरसमूहका २ जना रहेको सार्वजनिक…

Read More

भैरहवा,४ असार। रुपन्देही प्रहरीले बेवारिसे अवस्थामा भारतीय नम्बर प्लेटका दुई वटा गाडी नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्ण कुमार चन्दद्वारा जारी विज्ञप्ति अनुसार, सर्च एण्ड स्विप अपरेशन अन्र्तगत विशेष सूचनाको आधारमा सिद्धार्थनगर नगरपालिका-६ शहिदपथमा बेवारिसे अवस्थामा रहेको दुई वटा गाडी नियन्त्रणमा लिइएको हो । बुधवार उक्त स्थानबाट यूपी ५३ बिडी ००२९ र यूपी ५३ डीएफ ६९८० नम्बरको दुई वटा गाडी नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

Read More

बुटवल, ४ असार। नेपाली मिडिया क्षेत्रको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे व्यापक बहस तथा साझा धारणा निर्माण गर्ने उद्देश्यले चौथो राष्ट्रिय मिडिया सम्मेलन २०८३ बुटवलमा आयोजना हुने भएको छ। प्रकाशन तथा प्रसारण संघ, लुम्बिनीको आयोजना तथा नेपाल मिडिया सोसाइटीको सह–आयोजनामा आगामी असार ६ र ७ गते रुपन्देहीको बुटवलमा सम्मेलन हुन लागेको हो। “संकटबाट सम्भावनातर्फः नेपाली मिडियाको दिगो भविष्य” भन्ने मूल नारासहित आयोजना हुने सम्मेलनको उपनारा “मिडियामा विश्वसनीयता, विविधीकरण र स्थायित्वको खोजी” रहेको छ। आयोजकका अनुसार पछिल्ला वर्षहरुमा विज्ञापन बजारको संकुचन, डिजिटल प्लेटफर्मको तीव्र विस्तार, बढ्दो सञ्चालन खर्च, पाठक तथा दर्शकको बदलिँदो व्यवहार र राजस्व स्रोतको कमीका कारण नेपाली मिडिया उद्योग…

Read More

काठमाडौं,३ असार। नेपाल राष्ट्र बैंकले आजदेखि पाँच सय दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ । गभर्नर डा.विश्वनाथ पौडेलको दस्तखत रहेका ५ सय दरका नयाँ नोट साविककै आकार र रंगमा चलनचल्तीमा ल्याइएको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै ५ सय दरका ३० लाख थान नयाँ नोट चलनचल्तीमा ल्याइएको जनाएको छ। राष्ट्र बैंकका अनुसार, संकेत नम्बर झ ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्मका नोट चलनचल्तीमा आएका छन्। हेर्नुहोस् सूचना :

Read More

बर्दिया,३१ जेठ। बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरमा भएको सवारी दुर्घटनामा सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। साथै, सशस्त्र प्रहरीका एक जवान र ट्रक चालक घाइते भएका छन्। फर्वाड अपरेटिङ बेस (एफओबी) गणेशपुर, बर्दियामा कार्यरत बर्दिया बासगढी नगरपालिका–५ मोतिपुर का ३५ वर्षीय सहायक हवल्दार तिलक कडेलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अवैध रुपमा भारततर्फ लैजान लागिएका २ वटा भैंसी र १ वटा पाडो नियन्त्रणमा लिएर भन्सार कार्यालय गुलरियातर्फ लैजाने क्रममा नेपालगञ्जबाट गुलरियातर्फ आउँदै गरेको बाप्र ०३–००१ ख १४१२ नम्बरको ट्रकले ठक्कर दिएको थियो । प्रहरीका अनुसार, दुर्घटनामा बर्दिया बासगढी नगरपालिका–८ ककौराका ३५ वर्षीय सशस्त्रका जवान दीपककुमारजङ शाह र ट्रक…

Read More

काठमाडौं,३१ जेठ। काठमाडौं महानगरपालिकाले युवा लक्षित स्वरोजगार, उद्यमशीलता प्रवर्द्धन तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा कार्यक्रम सञ्चालन गर्ने भएको छ। आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रममार्फत महानगरले यस्तो व्यवस्था अघि सारेको हो। नगर सभाको १९औँ अधिवेशनको पहिलो बैठकमा कार्यवाहक मेयर सुनिता डंगोलले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा भनिएको छ, ‘महिला, बालबालिका, ज्येष्ठ नागरिक, आदिवासी, जनजाति, अपांगता भएका व्यक्ति, दलित, संरक्षणविहीन व्यक्ति, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक, एकल महिला, सहिदका परिवार लगायत पछाडि परेका समुदायको विकासका लागि लक्षित वर्गमैत्री सशक्तीकरण कार्यक्रम सञ्चालन गरिनेछ । एक वडा एक नमुना कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा दिगोपना सुनिश्चित हुने गरी एक वडा एक नमुना…

Read More

दाङ,३१ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेशकको सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन्। दाङको घोराहीमा भएको अधिवेशनमा सभापति पदका ६ जना प्रतिस्पर्धी थिए। सभापतिका उम्मेदवारहरुमध्ये सबैभन्दा बढी शालिकराम घिमिरेले १ सय ९९ र दोस्रोमा गोपाल घिमिरेले ८७ मत प्राप्त गरेका थिए। त्यस्तै गणेश पौडे्‌लले ८४ मत, बाँकेका डा.राजकुमार सुवेदीले ८०, मञ्जु भुसालले ७१, मधुप्रसाद अर्यालले १९ मत प्राप्त गरेका थिए। रास्वपाको विधानमा सभापति पदको उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्नु पर्ने व्यवस्था छ। मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाका अनुसार, सबैभन्दा धेरै मत प्राप्त गरेका उम्मेदवारमध्ये दोस्रो स्थानमा रहेका घिमिरेले समर्थन गरेपछि शालिकरामलाई सभापति घोषणा गरिएको हो।

Read More

काठमाडौं,३१ जेठ। वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार २० वाणिज्य बैंकमध्ये ७ बैंकले निक्षेपको ब्याजदर घटाएका छन् भने बाँकी १३ बैंकले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। ब्याजदर घटाउने बैंकहरुमा कुमारी बैंक, एनआईसी एशिया बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक, एनएमबि बैंक तथा लक्ष्मी सनराइज बैंक रहेका छन्। असार महिनामा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४.२७ प्रतिशतमा झरेको छ। जेठ महिनामा उक्त दर ४.३४ प्रतिशत रहेको थियो। यस्तै संस्थागत मुद्दती निक्षेपको ब्याजदर जेठमा ३.२० प्रतिशत रहेको असारमा ३.१८ प्रतिशत कायम भएको छ।

Read More