Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,१२ असोज। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीलाई नियमित महाधिवेशनमार्फत अघि बढाउने बताएका छन्। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले विशेष महाधिवेशन बोलाउनुपर्ने माग उचित नभएको भन्दै पार्टीलाई नियमित महाधिवेशनमार्फत अघि बढाउने बताएका हुन्। महाधिवेशन लगायत पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा असोज २६ गते बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आवश्यक निर्णय गर्ने उनको भनाई छ। मुलुक अप्ठ्यारो अवस्थामा रहेकाले कांग्रेसका नेता कार्यकर्ता एक भएर अघि बढ्नुपर्ने उनले बताए। महतले देश छाड्न राहदानी बनाएको भन्दै शेरबहादुर देउवामाथि भएको टिका टिप्पणीमा सत्यता नरहेको जिकिर गरे। पासपोर्ट बनाउने हरेक नागरिकको अधिकार भएको भन्दै देउवालाई अपराधी जस्तो बनाएर अनर्गल प्रचार गरिएको उनले गुनासो गरे।…

Read More

काठमाडौं,१२ असोज। पूर्व राजा ज्ञानेन्द्र शाहले यसपटकको दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने भएका छन्। जेन–जी आन्दोलनका क्रममा सहिद भएको घटनाले आमनागरिक शोकमग्न रहेको र वातावरण संवेदनशील भएकाले आफूले सार्वजनिकरुपमा टीका लगाइदिने कार्यक्रम नगर्ने निर्णय गरेको उनले बताएका हुन्। दशैंको अवसरमा शुभकामना सन्देश दिँदै शाहले भनेका छन्,‘हाम्रा पूर्वजहरुले नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुताको रक्षा गर्न दिएका त्याग र बलिदान नै हाम्रो अस्तित्व, स्वाभिमान र गौरवशाली संस्कृतिको मेरुदण्ड हो। यही आधारमा नेपाल सदा स्वतन्त्र र स्वाभिमानी राष्ट्रका रुपमा उभिएको छ। कुनै परनिर्भता वा भूराजनीतिक चक्रव्यूहमा नफसी आफ्नो बाटो आफै तय गर्ने सार्मथ्य राख्दै अखण्ड नेपाललाई नवनिर्माण गर्न परेको छ।’ साथै, उनले नयाँ…

Read More

काठमाडौं,१२ असोज। नेपालको स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ७०० रुपैयाँले बढेर २ लाख २३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख २२ हजार ५०० रुपैयाँ पुगेको थियो। सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ । आइतबार चाँदी प्रतितोला २ हजार ८१० रुपैयाँ कायम भएको छ। शुक्रबार २ हजार ७४० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

Read More

काठमाडौं,१२ असोज। नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाईन उपभोग भएको बक्यौता महसुल भुक्तानी गर्न आग्रह गरेको छ । प्राधिकरणले आइतबार सूचना जारी गर्दै यसअघि पुनरावलोकनसँग सम्बन्धित भएका सम्पूर्ण काम कारबाहीहरु खारेज गरिएको जानकारी दिदैं बक्यौता महसुल कार्तिक १७ गतेभित्र भुक्तानि गर्न आग्रह गरेको हो । ‘२१ (एक्काइस) कार्यदिन अर्थात मिति २०८२–०७–१७ गतेभित्र भुक्तानी गर्न प्राधिकरण सञ्चालक समितिको मिति २०८२–०६–१० को निर्णयअनुसार सूचित गरिन्छ । मासिक किस्ताबन्दीमा रकम भुक्तानी गर्न इच्छुक उपभोक्ताहरूलाई बढीमा २८ महिनाको किस्ताबन्दीको सुविधा उपलब्ध गराइने छ’ , सूचनामा भनिएको छ । डिकेटेड फिडर तथा ट्रंक लाईन बक्यौता २१ दिनभित्र भुक्तानी नगरे कारबाही गर्ने प्राधिकरणले जनाएको छ…

Read More

भैरहवा, ९ असोज । रुपन्देही प्रहरीले सर्वसाधरणहरुका लागि ‘सेक्युरिटी एडभाइजरी’ जारी गरेको छ । बिहीवार जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चाडपर्वको समयमा हुन सक्ने अपराधिक घटनाहरुबाट जोगिन १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’ जारी गर्दै सभ्य एवं सुरक्षित तरिकाले चाडपर्व मनाउन आग्रह गरेको छ । प्रहरीले घर, कोठा छाडेर जानपरे झ्याल ढोका बन्द गरी विश्वासिलो छिमेकीलाई जानकारी गराउन, व्यक्तिगत क्रियाकलाप सामाजिक संजालबाट प्रवाह नगर्नका साथै सामाजिक संचालनको प्रयोगमा सचेतना अपनाउन, घर टोलको सुरक्षाका लागि सबै मिलेर सिसिटभी, सेक्युरिटी साइरन लगायत जडान गरी सुरक्षाका उपायहरु अपनाउन लगायत आग्रह गरेको छ । साथै, सूचना, सहयोग र जानकारीका लागि कन्ट्रोल रुमको नम्बर १००, ९८५७०९०६२२, ९८५७०४९३४२ मा…

Read More

मोरङ,९ असोज। प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-१४ जतुवा का ४५ वर्षीय राजेश रञ्जितकारको घरमा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८५ हजार ९ सय ८५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो। साथै, प्रहरीले उनीहरुले प्रयोग गरेको ३ थान मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं,९ असोज। काठमाडौंको पशुपति क्षेत्रको राम मन्दिर जंगलबाट पेस्तोल २ थान पेस्तोल र तीन थान म्याग्जिन बरामद भएको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा रहेको उक्त पेस्तोल र म्याग्जिन बरामद गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं,९ असोज। सार्वजनिक खरिद अनुगमन कार्यालयले दश निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। बिहीवार कार्यालयले सूचना जारी गरी विभिन्न निकायहरुको सिफारिसरमा १० निर्माण व्यवसायी कम्पनी तथा आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राखिएको विवरण सार्वजनिक गरेको हो । सार्वजनिक निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ। कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाइने तथा कारबाही हुने सूचनामा उल्लेख गरिएको छ। हेर्नुहोस् सूचना:

Read More

गोरखा, ९ असोज । प्रहरीले बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–३, आँपपीपलस्थित मैवलका ६३ वर्षका रामबहादुर रानामगर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार पक्राउ परेका आरोपीको घरबाट एकनाले भरुवा बन्दुक दुई थान, त्यसमा प्रयोग हुने बारुद तथा फलामको गजसमेत बरामद गरेको छ। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Read More

दाङ, ९ असोज। लुम्बिनी प्रदेश सरकारले एक वर्षअघि नै पूर्वविशिष्ट पदाधिकारीलाई दिदै आएको सेवासुविधा खारेज गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्री चेतनारायण आचार्यले जिम्मेवारी सम्हालेको केही समयपछि बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गर्दै पूर्वविशिष्ट पदाधिकारीले पाउँदै आएको सेवासुविधा खारेज गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा पूर्वसभामुख पूर्णबहादुर घर्ती र पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले सेवा–सुविधाअन्तर्गत प्रयोग गर्दै आएको सवारीसाधन फिर्ता गरेका थिए। ०७९ साल भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले पूर्वविशिष्ट पदाधिकारीका लागि सेवा–सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो। सो निर्णयका आधारमा पूर्वमुख्यमन्त्री तथा पूर्वसभामुखले सेवासुविधा लिदै आएका थिए । आर्थिक संकट निम्तिएको समयमा मितव्ययिता अपनाउन प्रदेश सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई दिँदै…

Read More