


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा,२६ असार। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतले पारित भएको छ। नगर प्रमुख एवं संविधान सभा सदस्य इश्तियाक अहमद खाँले नगर सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उप प्रमुख उमा अधिकारिले प्रस्तुत गरेको आर्थिक बर्ष २०८२/०८३ को बजेट पारित भएको हो। पालिकाले आगामी आर्थिक बर्षको लागि १ अर्ब ३६ करोड ६५ लाखको अनुमानित बजेट ल्याएको छ। जसमध्ये ४४ दशमलव ४ प्रतिशत चालू तर्फ र ५५ दशमलव ६ प्रतिशत पूँजीगत तर्फ बिनियोजन गरिएको छ। अगामी वर्षमा महात्मा गौतमबुद्व कप संचालनमा ल्याउनका लागि समेत बजेट छुट्ट्याइएको छ। नगर प्रमुख खाँले बिगत देखि हुँदै आएको मेयर कपको नाम परिवर्तन…
काठमाडौं, २६ असार। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले अध्यागमन क्षेत्रभित्र खादा, माला तथा कुनै संस्था वा समूहको परिचय खुल्ने पोसाक र सामग्रीको प्रयोगमा प्रतिबन्ध लगाएको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै यो निर्णयबारे जानकारी गराएको हो। सूचनामा उल्लेख गरिएअनुसार, अध्यागमन क्षेत्र सुरक्षाका दृष्टिले अत्यन्त संवेदनशील हुने हुँदा यस्ता सामग्रीको प्रयोगले प्रक्रियामा ढिलाइ गराउनुका साथै सुरक्षा जोखिम बढाउने सम्भावना रहेको छ। नयाँ नियमअनुसार, अब सम्पूर्ण यात्रु, ट्राभल एजेन्सी र म्यानपावर कम्पनीहरूले खादा, माला वा अन्य सजावटी वस्तु (एक्सेसोरिज) प्रयोग गर्न पाउने छैनन्। यसका अतिरिक्त, कुनै संस्थाको नाम झल्काउने टोपी, ब्याच, पोसाक वा अन्य पहिचानजन्य सामग्री पनि निषेध गरिएको छ। अध्यागमन…
काठमाडौं, २६ असार। जल तथा मौसम विज्ञान विभागले गत मंगलबार रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आएको बाढी हिमताल विस्फोटका कारण भएको प्रारम्भिक निष्कर्ष निकालेको छ। विभागले सेन्टिनेल उपग्रहबाट गरेको अध्ययनले हिमताल फुटेर बाढी सिर्जना भएको जनाएको छ। विभागका बाढीविद् विनोद पराजुलीले सुप्राग्लेशियल ताल (हिमनदीको सतहमा बन्ने ताल) फुट्दा बाढी आएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिएका छन्। पराजुलीका अनुसार, रसुवागढीस्थित नेपाल–चीन सीमाबाट करिब ३६ किलोमिटरमाथि (अक्षांशः २८.४०४३, देशान्तरः ८५.६४६९, समुद्री सतहदेखि करिब ५१५० मिटर उचाइ) मा ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा एउटा सुप्राग्लेशियल ताल (हिमताल) करिब ०.७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको देखिन्छ, उनले भने, उक्त हिमतालको क्षेत्रफल करिब ०.६० वर्ग…
काठमाडौं,२६असार। नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालले ‘श्रम तथा उत्पादन अभियान’ सञ्चालन गर्ने भएको छ। केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले आगामी साउन १ गतेदेखि दुईमहिनसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष पुष्प ओलीले जानकारी दिए। पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अभियानको उद्घाटन गर्ने वाइसिएलले जनाएको छ। बैठकमा इन्चार्ज रामप्रसाद सापकोटाले सङ्गठनले गरेका निर्णय कार्यान्वयन गर्न र अभियानलाई सफल पार्न आग्रह गरे। वाइसिएलले विपद् व्यवस्थापनमा सक्रिय रुपमा खटिने गरी विपद् व्यवस्थापन समूह समेत गठन गरेको छ। यस्तै वैदेशिक रोजगारमा हुने ठगी, सरकारी कार्यालय तथा निर्माण परियोजनामा हुने ढिला सुस्तीलगायत विरुद्ध दबाबमुलक अभियान सञ्चालन गर्ने निर्णय गरेको…
भैरहवा,२६असार। रुपन्देहीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। माछा पालनका लागि तयार गरिएको पोखरीमा तिलोत्तमा नगरपालिका-७ भलवारिका १५ वर्षीय प्रज्ञान गौतमको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। प्रहरीका अनुसार गौतम बुधवार साँझ पौडी खेल्नका लागि पोखरीमा पसेका थिए । पोखरीमा डुबेका बालकको शव पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
काठमाडौं,२६असार। ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ । अवार्डसगैं ग्लोबल आइएमई बैंक लगातार २ वर्ष ग्लोबल फाइनान्स म्यागाजिनका बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो। यस अघि सन् २०२४ मा पनि बैंकलाई बेष्ट बैंक अवार्डबाट सम्मानित गरिएको थियो। विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरुको विकास, क्रेडिट रेटिङ्ग लगायतका मापदण्डमा ग्लोबल आइएमई बैंक सन् २०२५ का लागि नेपालको उत्कृष्ट बैंक भएको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस सम्मानले ग्लोबल आइएमई बैंकलाई थप उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गरेको बताउँदै सम्मानका लागि विभिन्न पक्षबाट सहयोग…
काठमाडौं,२६असार। रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा उपनिर्वाचनको मिति नजिकिदैं गएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवारका लागि आवेदन आह्वान गरेको छ । पार्टीका प्रवक्ता मनीष झाका अनुसार, सचिवालय बैठकले उम्मेदवार छनोटसम्बन्धी कार्यविधि स्वीकृत गरी केन्द्रीय सदस्यहरुलाई रायका लागि पठाएको छ। इच्छुक व्यक्तिहरुले दिएका आवेदनको मूल्यांकन गरी कार्यविधि अनुसार उम्मेदवार छनोट प्रक्रिया अगाडि बढाइने उनले बताए। साथै, उपनिर्वाचन सम्बन्धी सम्पूर्ण कामको नेतृत्व गर्ने जिम्मेवारी सहमहामन्त्री विपिन कुमार आचार्यलाई दिने निर्णय पनि बैठकले गरेको छ।
काठमाडौं,२५असार। रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन्। नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि आवश्यक कामका लागि रुकुम पूर्व हिँडेका उनीहरु सम्पर्कबिहीन भएका हुन्। थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरले बुधबार विज्ञप्ति जारी गरेर उनीहरु सम्पर्कविहीन भएको जनाएका छन्। उनका अनुसार असार २३ गते राति करिब ९ बजे उनीहरु रुकुम पूर्व हिँडेका थिए। असार २४ गतेका दिन कार्यालयको भुक्तानी गर्न ओटिपी कोडका लागि रुकुम पूर्वमा गई कामकाज गर्न जाने भनि कार्यालयबाट निस्केको र हालः प्रमुख प्रशासकीय अधिकृत,आर्थिक प्रशासन प्रमुख, सव-इन्जिनियर, प्रशासन शाखा प्रमुख, खा.पा.स.टे. र सवारी चालकहसहित ७ जना असार २४ गते बिहान ७ बजे देखि…
विराटनगर,२५असार। जिल्ला कारागार मोरङका एक जना बन्दीको मृत्यु भएको छ। जबरजस्ती करणी मुद्दामा कारागारमा बन्दी रहेका विराटनगर महानगरपालिका–५ का ४० वर्षीय सन्तोष पालको कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कारागार प्रमुख गौरव ढुंगेलले बताए। पाललाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङले ०८१ मंसिर ११ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। पालविरुद्धको मुद्दा अदालतमा विचाराधीन छ। शरीर सुन्निने र श्वासप्रश्वासमा समस्या भएपछि पाललाई उपचारका लागि असार १२ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो।
काठमाडौं,२५असार। नेपाली कांग्रेसले पार्टीले अनुशासन उल्लंघन गरेको भन्दै जिल्ला सभापति देखि स्थानीय तहका नेतासम्मलाई कारबाही गरेको छ। पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले २०७९ सालको स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टी उम्मेदवारविरुद्ध काम गरेको प्रमाणित भएकाहरुलाई विभिन्न तहको कारबाही गरेको हो। अनुशासन समितिमा ५० जिल्लाबाट २१ सय उजुरी आएका थिए। निर्वाचनमा अन्तर्घात गरेका विषयमा अधिकांश उजुरी रहेको समितिले जनाएको छ। अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाका अनुसार पार्टीको विधान २०७४ (संशोधनसहित) को धारा ३४ को उपधारा १ (क), (ख), (घ) र उपधारा ८ (ड) अनुसार कारबाही गरिएको हो। समितिले कास्कीका महासमिति सदस्य तथा गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, तेह्रथुमका महासमिति सदस्य तुलसी…