


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
सप्तरी, १८ साउन। प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीका विशाल राय र मनोज राय रहेको छन्। प्रहरीका अनुसार उनीहरुलाई पक्राउ गर्नका लागि दुई राउन्ड हवाई फायर गरिएको छ। पक्राउ परेकाहरुका साथबाट २०० ग्राम खैरो हेरोइन बरामद भएको लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी कृष्ण कोइरालाले बताए ।
काठमाडौं,१८ साउन। अब एक पटकका लागि व्यक्तिगत घटना विवरण सच्चयाउन पाइने भएको छ । सरकारले केही नेपाल ऐनलाई संशोधन गर्दै जन्मदर्ता, विवाहदर्ता, बसाईसराई दर्ता, मृत्युदर्ता र सम्बन्ध विच्छेद दर्ताको प्रमाणपत्रमा उल्लिखत नाम, थर, उमेर वा अन्य विवरण एक पटकका लागि सच्चयाउन पाइने भएको हो। राष्ट्रिय परिचयपत्र तथ पञ्जिकरण ऐन २०७६ मा बालबालिकाको जन्मदर्ता एक वर्षभित्रमा सच्याउन पाइने व्यवस्था गरेको थियो। तर, उक्त व्यवस्था २०७६ सालभन्दा पछि जन्मिएका बच्चाहरुका हकमा मात्रै कायम थियो। जसकारण जन्म दर्ता गरेर पनि त्यसपछिका कागजपत्र नबनाइएकाहरु समस्यामा थिए। त्यही समस्यालाई मध्यनजर गर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ऐन संशोधनको प्रक्रिया अघि बढाएको थियो। जसअनुसार अब एकपटकका…
भैरहवा, १८ साउन। रुपन्देहीको सियारी गाउँपालिकामा सवारी दुर्घटना हुँदा बुवाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । प्रहरीका अनुसार सियारी गाउँपालिका–७ भर्थापुरमा ना६प ६६३० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा रुपन्देही मायादेवी गाउँपालिका–७ गर्गटीका ६० वर्षीय राममिलन धवलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। राममिलनका छोरा विनोद धवल गम्भीर घाइते छन्। टाउको, हात र खुट्टामा चोट लागेर घाइते भएका उनको भैरहवास्थित सिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
दाङ, १७ साउन। दाङमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१८ नवलपुरका २३ वर्षीय सन्तोष वली रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका वलीले १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीका अनुसार वलीलाई नियन्त्रणमा राखेर घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको छ।
भैरहवा, १७ साउन। रुपन्देही प्रहरीले भन्सार छलेर भारतबाट अवैध रुपमा भित्राइएको विभिन्न सामग्री बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही र विभिन्न प्रहरी युनिटले चेकजाँचका क्रममा ३ लाख ६८ हजार मूल्य बराबरको कपडा, जुत्ता, खेलौना लगायतका सामग्री बरामद गरेको हो। नियन्त्रणमा लिइएका सामग्री आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। प्रहरीको कुन युनिटले के-के समात्यो ? रोहिणी गाउँपालिका : १, दरखस्वा: जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले १ लाख ६३ हजार मूल्य बराबरको यूपी ५८ सी ८६१२ नम्बरको मोटरसाइकलसहित १ सय ३ जोर फुटबल जुत्ता बरामद गरेको छ। कोटहीमाई गाउँपालिका-३ र ५: इलाका…
भैरहवा, १७ साउन। लोकतान्त्रिक खेलकुद संघ रुपन्देहीको अध्यक्षमा कमल जीसी निर्वाचित भएका छन् । भैरहवामा आयोजित अधिवेशनबाट जीसीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । यसअघि रहेको तदर्थ समिति नै अधिवेशनबाट नयाँ कार्यसमितिमा निर्वाचित भएको संघले जनाएको छ । संघको उपाध्यक्षद्धयमा मुकेश कुँवर र खुश्बु चौंधरी, सचिवमा दीपक काफ्ले, कोषाध्यक्षमा प्रियबन्धु न्यौपाने र सह-सचिवमा अर्जुन कुँवर निर्वाचित भएका छन्। त्यस्तै सदस्यहरुमा मोतिकला गुरुङ, सरस्वती लामगादे, नारायण थापा, रमेश पन्त, कपिल गौतम, बुद्ध महर्जन, रामप्रसाद कहार, संदेश पोखरेल, बिकास नारायण श्रेष्ठ, निरज नारायण श्रेष्ठ र प्रभात गुरुङ निर्वाचित भएका छन्। संघका अध्यक्ष जीसीले नयाँ समितिले रुपन्देही जिल्लाभर खेलकुद गतिविधि…
काठमाडौं, १७ साउन । वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधाको प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेका छन् । उनीहरुले विभिन्न व्यक्तिहरुसँग युरोपियन मुलुकहरुमा पठाइदिने ७१ लाख ५२ हजार रुपैयाँ ठगी गरेका थिए। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१३ का २६ वर्षीय अक्षय श्रेष्ठ, बूढानीलकण्ठ नगरपालिका–१० का २४ वर्षीय सुशान चुडाल, सुर्खेत सिम्ता गाउँपालिका–१ का ३० वर्षीय प्रदीप हमाल र दाङ तुलसीपुर उपमहानगरपालिका–६ का ३६ वर्षीया मञ्जु दाहाल रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए। उनका अनुसार पक्राउ परेका श्रेष्ठले यूके पठाइदिने २७ लाख २९ हजार, चुडालले बोस्निया र हर्जगोभिना पठाइदिने भन्दै ३६ लाख ६३ हजार,…
मकवानपुर, १७ साउन । मकवानपुर प्रहरीले मकवानपुरगढी गाउँपालिका–५ बुङदोलमा श्रीमतीको हत्याको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालका अनुसार विगतदेखि ससुराली बस्दै आएका ४५ वर्षीय मानबहादुर शिवभक्तिले घरमा कोही नभएको बेला ४० वर्षीया श्रीमती दुर्गालक्ष्मी शिवभक्तिको घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा पाइएको छ। उनका अनुसार पक्राउ परेका श्रीमानले श्रीमती पक्षघातको बिरामी भएर हिड्डुल गर्न नसक्ने अवस्थामा रहेकोले आफूले तनावमा श्रीमतीको घाँटी थिचेर हत्या गरेको प्रारम्भिक बयान दिएका छन् । साथै, प्रहरी सोधपुछमा उनले श्रीमतीको हत्या पश्चात आफू झुण्डिर आत्महत्या गर्न खोज्दा डोरी चुँडिएपछि प्रहरी सम्पर्कमा आएको बताएका छन् । दुर्गालक्ष्मीको शव परीक्षणका लागि हेटौँडा…
काठमाडौं,१६साउन । नेपालमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को म्याद अब १० वर्षको हुने भएको छ। सरकारले ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ। जस अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स अवधि ५ वर्षबाट बढाएर १० वर्ष पुर्याइएको हो। ऐनको दफा ५४ को उपदफा ३ मा लाइसेन्सको बहाल हुने अवधिबारे उल्लेख छ। लाइसेन्स नवीकरणबाट मान्य हुने अवधि समेत अब १० वर्ष पुर्याइएको छ। यसअघि नवीकरण हुँदा मान्य हुने अवधि ५ वर्ष थियो। नयाँ व्यवस्था अनुसार सवारी जाँचपास तथा प्रदूषण परीक्षण केन्द्र सञ्चालनका लागि निजी क्षेत्रलाई पनि अनुमति दिने बाटो खुला गरेको छ।
भैरहवा, १६ साउन। जिल्ला अदालत रुपन्देहीले मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक केसीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ (भैरहवा) स्थित रहेको सहकारीका अध्यक्ष केसी समेतले शेयरधनी तथा बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार बढी रुपैयाँ ठगी गरेको आरोप छ। जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले पूर्पक्षको बहसपछि शुक्रवार अध्यक्ष केसीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीले बताए । प्रहरीले फरार रहेका अध्यक्ष केसीलाई बुधवार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरबाट पक्राउ गरी अदालतमा पेश गरेको थियो। रुपन्देही सिद्धार्थनगर नगरपालिकाका धनमन थारु समेतको जाहेरीले रुपन्देही प्रहरीले जिल्ला सरकारी…