Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

दार्चुला,८साउन। कृषक समूहका पदाधिकारीको मृत्यु भएको भन्दै कृषि अनुदान रकम लिनका लागि नक्कली विवरण पेश गरेको आरोपमा प्रहरीले दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिकाको कृषि शाखा प्रमुख दीपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनकसिंह धामी रहेका प्रहरीले जनाएको छ। धामी मालिकार्जुन कृषक समूहका अध्यक्ष तथा शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामीका छोरा हुन्। उनीहरुले सचिव र कोषाध्यक्षको मृत्यु भएको नक्कली विवरण पेश गरेका थिए। पक्राउ परेका आरोपीहरुविरुद्ध लिखत सम्बन्धी कसुर, किर्ते र आपराधिक विश्वासघात मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डीएसपी प्रकाश दाहालले बताए। उनका अनुसार आरोपीहरुले ओखर पकेट क्षेत्र अन्तर्गत दुई…

Read More

भैरहवा,८ साउन। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसामा कडाई गरिएपछि भारतको नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली नागरिकहरुको उद्दार गरेर भैरहवा ल्याइएको छ। उद्दार गरिएका सबै महिला हुन्। एनओसी विना विदेश जान लागेका महिलाहरुलाई दिल्लीस्थित नेपाली राजदूतावासको समन्वयमा उद्दार गरेर स्थलमार्ग हुँदै बिहीवार भैरहवा ल्याइएको हो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार दिल्लीस्थित नेपाली राजदूतावासका एसएसपी प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टोलीले उद्दार गरिएका महिलाहरुलाई बेलहिया नाका हुँदै भैरहवा ल्याएर प्रशासनको जिम्मा लगाएको छ। गृहमन्त्री रमेश लेखकले घटनाका सम्बन्धमा आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ। घटनाको…

Read More

परासी,८साउन। गर्मी अत्याधिक बढेपछि पश्चिम नवलपरासीका रामग्राम नगरपालिका र प्रतापपुर गाउँपालिकाले विद्यालयमा विदा दिएको छ। गर्मीका कारण पठनपाठनमा समस्या र बालबालिकाहरु स्वास्थ्यलाई मध्यनजर गर्दै जिल्लाको दुई पालिकाले विद्यालयमा विदा दिने निर्णय गरेका हुन्। प्रतापपुरले शुक्रबारदेखि आइतबारसम्म र रामग्रामले शुक्रबार पालिकाका विद्यालयमा विदा दिएको छ। बढ्दो गर्मीका कारण बालबालिकाका लागि मौसम प्रतिकूल बनेकोले बिदा दिने निर्णय गरिएको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताए। उनका अनुसार मौसममा सुधार नदेखिए बिहानी कक्षा सञ्चालन गर्ने वा अन्य वैकल्पिक व्यवस्था गरेर पठनपाठन सुचारु गरिने बताए। रामग्राम नगरपालिकाका अनुसार शनिबार बिदा रहेकोले आइतबार मौसमको अवस्था हेरेर विद्यालय सञ्चालनबारे निर्णय गरिनेछ। वर्षा नहुँदा यस क्षेत्रको जनजीवन प्रभावित…

Read More

हृदयराम गुप्तामर्चवार, ८ साउन । रुपन्देहीको कोटहीमाई गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ। चालु आर्थिक वर्षमा पालिकाको कृषि क्षेत्रलाई व्यवसायीकरण गर्न तथा कृषि उपजमा वृद्धि गर्न सिंचाई प्रवद्र्धन, कृषि सडक निर्माण, कृषियन्त्रीकरण तथा कृषि आधुनिकीकरण गरी कृषकलाई अनुदान व्यवस्थापन गरी प्रोत्साहन हुने गरी पालिकाको बजेट, नीति तथा कार्यक्रम ल्याइएको कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले बताए। पालिकाको प्रत्येक वडामा निःशुल्क सिचाईंको लागि भइरहेको विद्युतीयकरणलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा समेटेको छ। कदमहवा, बैरघाट, मझगावाँ हुँदै परसहवा र कुडसर, देवनबक्सापुर, बेनीनगरबाट दुईमोहानसम्म निर्माण गरिएको कृषि सडकलाई थप स्तरीय बनाउने जनाएको छ। कृषि क्षेत्रलाई…

Read More

दाङ,८साउन। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको एक वर्षे उपलब्धि सार्वजनिक गरिएको छ। राप्ती उपत्यका देउखुरी दाङमा आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विवरण सार्वजनिक गर्दै प्रदेश सरकार संघीय संरचनाको अपरिहार्य तहका रुपमा विकास हुँदै गएको बताए। ‘सुशासनलाई केन्द्रविन्दुमा राख्दै हामीले पाँच वर्षे रणनीतिक योजना तयार पारेका छौं, जसअनुसार राजस्व वृद्धि, पुँजीगत खर्चमा सुधार र प्रशासनिक कार्यसम्पादनमा उल्लेखनीय प्रगति भएको छ,’उनले भने, ‘सुशासनको पाटोलाई दृढताका साथ अघि बढाइनेछ।’ उनले चालू खर्च कटौती गर्दै पुँजीगत खर्च बढाउने रणनीति प्रभावकारी रुपमा कार्यान्वयन भएको, कर्मचारी व्यवस्थापन, मन्त्रालय र मातहतका कार्यालयहरुको कार्यसम्पादन मूल्यांकन र अनुगमनका लागि ‘मुख्यमन्त्री ड्यासबोर्ड’ स्थापना जसबाट नीतिगत तथा कार्यान्वयन…

Read More

काठमाडौं,८ साउन। नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको करिब पाँच दशक पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ। गुह्येश्वरी नजिकै नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराउने सहमती भएको ५० रोपनी क्षेत्रफलको जग्गामा निगमको डिपो स्थानान्तरण हुनेछ । निगमले २०८४ मंसिरभित्र नयाँ अत्याधुनिक डिपो निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। यसका लागि पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानले तयार पारेको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बिहीबार आयल निगम सिनामंगललाई हस्तान्तरण गरेको छ। आगामी भदौ महिनाभित्रै टेन्डर आह्वान गर्ने तयारी रहेको निगमले जनाएको छ। निगमका सिनामंगल डिपो प्रमुख प्रदीपकुमार यादवका अनुसार, हालका डिपोहरु पुराना प्रविधिका छन् भने अब बन्ने नयाँ डिपो अत्याधुनिक हुनेछ।…

Read More

काठमाडौं,८ साउन।नेपाल प्रहरीका ७७ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) पदमा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बैठकले प्रहरी सहायक निरीषक (असई) हरूलाई प्रहरी नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । हेर्नुहोस् सूची:

Read More

काठमाडौं,८साउन। भारतमा नेपाली नागरिकलाई बन्धक बनाएर अनलाइन ठगी गर्न बाध्य बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका-६ का २४ वर्षीय राजकुमार अच्छामी र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१४ का ४५ वर्षीय रेशम बहादुर खत्री रहेको प्रहरीले जनाएको छ। मानव बेचबिखन तथा ओसारपसार अनुसन्धान ब्युरोको प्रारम्भिक अनुसन्धानमा उनीहरु मानव तस्करीमा संलग्न रहेको देखिएको छ। पीडितको बयानअनुसार, पक्राउ परेका आरोपीहरुले उनलाई भारतमा चालकको रुपमा मासिक ३५,००० भारु तलब, खाना, बस्न र ओभरटाइमको प्रलोभन देखाई रोजगारी दिने आश्वासन दिएका थिए। गत वैशाख १९ गते काठमाडौंको बल्खुबाट वीरगञ्ज पुर्‍याइएका पीडितलाई रेशम खत्रीले त्यहाँबाट अटो रिक्सामा भारतको रक्सौल हुँदै पटनासम्म पुर्‍याएका…

Read More

भैरहवा, ७ साउन। नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ३ ले बीपी कोइरालाको ४३ औं स्मृति दिवसका अवसरमा तिलोत्तमा नगरपालिका-६ स्थित मानवसेवा आश्रममा सामूहिक भोजन गराएको छ। साथै,मानवसेवा आश्रम सञ्चालनमा सहजताका लागि २० हजार रुपैयाँ र एक थान रेफ्रिजेरेटर प्रदान गरिएको नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ३ का सभापति सुशील गुरुङ्गले बताए। आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसांसद भरत कुमार शाहले करिब आठ दशकअघि महामानव बीपी कोइरालाले स्थापित गरेको लोकतान्त्रिक समाजवादको सिद्धान्तको जगमा नै आज पनि नेपाली कांग्रेस अघि बढिरहेको बताए। उनले रुपन्देही क्षेत्र नं. ३ ले राजनीतिसँगै यस्ता सामाजिक कार्यहरु गरेर आम जनताको मन…

Read More

काठमाडौं, ७ साउन। नेपाल प्रहरीले अबदेखि कुनै पनि घटना वा अपराधमा पक्राउ परेका व्यक्तिको फोटो र भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी कार्यालयहरुमा परिपत्र गरेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार पत्रकार सम्मेलन वा अन्य कुनै पनि माध्यमबाट सूचना दिँदा पक्राउ परेका व्यक्तिको तस्वीर तथा भिडियो सार्वजनिक नगर्न र सञ्चार माध्यमलाई उपलब्ध नगराउन भन्दै देशैभरका प्रहरी युनिटहरुलाई परिपत्र पठाइएको छ। गत असारमा महान्यायाधिवक्ताको कार्यालयले आरोपीको तस्बिर र भिडियो सार्वजनिक नगर्न प्रहरी प्रधान कार्यालयलाई दिएको निर्देशन आधारमा कार्यान्वयनमा ल्याउन मातहतका सबै युनिटहरुमा परिपत्र गरिएको उनले बताए। यद्यपि कुनै ठूलो जघन्य अपराधमा संलग्न रहेको र त्यस्ता…

Read More