Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, १३ भदौ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले आइतबार (भदौ १५ गते) स्थानीय बिदा दिएको छ। थारु सामुदायको बड्की आईतबार पर्वको अवसरमा विदा दिइएको नगरपालिकाको कार्यालयले जनाएको छ । भदौ १३ गतेको नगर कार्यपालिकाको निर्णय अनुसार पालिका मातहतका वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु, सामुदायिक तथा संस्थागत विद्यालयहरुमा स्थानीय विदा दिइएको पालिकाद्वारा जारी सूचनामा उल्लेख छ । (विदा) निर्णयलाई पालिकामा रहेका संस्थागत विद्यालयहरुले विगत देखि नै अटेर गर्दै आएपनि स्थानीय सरकारले कारवाही गर्न सकेको छैन् । लुम्बिनी प्रदेश सरकारले बड्की आईतबार पर्व नभएको दिन गत आईतबार नै सार्वजनिक विदा दिएको थियो ।

Read More

काठमाडौं, १३ भदौ । नेपालको स्थानीय बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । शुक्रवार सुन प्रतितोला १२ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख रुपैयाँ पार गरेर ऐतिहासिक रेकर्ड कायम गरेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला सुनको मूल्य २ लाख ६०० सय रुपैयाँमा किनबेच भइरहेको छ। सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला २ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो।

Read More

नुवाकोट, १२ भदौ । प्रहरीले जुवा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरेको छ । नुवाकोटको शिवपुरी गाउँपालिका-६ गुर्जेभन्ज्याङ स्थित बार्दलिन होटलमा जुवा खेलिरहेका अवस्थामा उनलाई कौडा र नगदरकम सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी दुर्गाराज रेग्मीले बताए । उनका अनुसार ६ जना महिला सहित २२ जनालाई ३१ थान कौडा र १० लाख ७१ हजार ६ सय रुपैयाँसहित जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो । होटलमा जुवा खेलिरहेको सूचना पाएपछि प्रहरीले होटलमा छापा मारेको थियो । पक्राउ परेकाहरुलाई विदुरस्थित प्रहरी हिरासतमा राखिएको छ। उनीहरुलाई जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले…

Read More

काठमाडौं, १२ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोट भेरी नगरपालिका वडा कार्यालय भवन निर्माणको ठेक्कामा अनियमितता भएको निश्र्कष निकाल्दै ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले पालिकाको वडा कार्यालय भवन निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा ६ जना कर्मचारी र ठेकेदार कम्पनीका दुईजना गरी आठजनाविरुद्ध बिहीवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। आयोगले भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, इन्जिनियर मोहन मल्ल, कानुन अधिकृत प्रकाश कुमार शाही, सामाजिक विकास अधिकृत अनिस साह, लेखापाल राजेन्द्र बहादुर कठायत र जिन्सी शाखा प्रमुख तथा नायव सुब्बा कृतिबहादुर थापा, ठेकेदार गंगा कुमारी खड्का र चित्रबहादुर बोहराविरुद्ध मुद्दा दायर गरेको हो…

Read More

सलमान खानभैरहवा,१२ भदौ। के तपाईले एनआईसी एशिया बैंकबाट ऋण लिनु भएको छ ? यदि लिनु भएको छ भने सचेत रहनु होला । किनभने, बैंकले ऋणीलाई ‘झुक्काएर’ बढी ब्याज असुल गर्ने गरेको छ । बैंकले ऋणीसँग बढी ब्याज असुल गरेको पाइएपछि नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकमाथी कारवाहीको डण्डा चलाएको छ । बैंकले ऋणीसँग कर्जा सम्झौता गर्दा सम्झौतापत्रमा कर्जाको प्रकार, लागू हुने व्याजदर (स्थिर/परिवर्तनीय), किस्ता सम्बन्धी व्यवस्था लगायतका विषयमा सरल एवं स्पष्ट भाषामा उल्लेख नगरी बढी ब्याज लिएको पाइएको नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले जनाएको छ । साथै, ब्याजदर परिवर्तन गरेको जानकारी समेत ऋणीलाई नदिएको पाएपछि राष्ट्र बैंकले एनआईसी एशिया…

Read More

काभ्रे,१२ भदौ। काभ्रेमा नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन्। जिल्लाको भुम्लु गाउपालिका-८ स्थितबाट सोही पालिकाका २३ वर्षीय महेश दर्जी सुनकोशी नदीमा बेपत्ता भएको सशस्त्र प्रहरी बल, नेपाल १५ नम्बर गण हेडक्वाटर काभ्रेका एसपी माधव रेग्मीले जानकारी दिए। बेपत्ता युवकको सशस्त्र प्रहरी र नेपाल प्रहरीद्वारा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं,१२ भदौ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले योजना निर्माणको अभ्यासलाई सच्चाउन खोज्दा ठूलो चुनौती व्यहोर्नुपरेको बताएका छन्। बिहीबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिफलमुखी आयोजनालाई प्राथमिकता दिने गरि योजना निर्माणको अभ्यासलाई सच्चाउन खोज्दा ठूलो चुनौती व्यहोर्नुपरेको बताएका हुन्। बजेट निर्माणमा तीन करोडभन्दा साना योजना संघीय सरकारले कार्यान्वयन नगर्ने विषय लागू गर्न समेत चुनौती खडा भएको उनको भनाई छ। उपप्रधानमन्त्री समेत रहेका पौडेलले विकासको आवश्यकताका आधारमा वैदेशिक सहयोग र सहुलियतपूर्ण ऋण परिचालन गर्नुपर्नेमा जोड दिए। उनले विश्वव्यापी सन्दर्भ र परिस्थितिअनुसार अनुदानमुखी भएर अगाडि बढ्न नसकिने र मुलुकको विकासका लागि प्राप्त हुने सहुलियतपूर्ण ऋणलाई सही रुपमा परिचालन गर्नुपर्ने बताए।

Read More

काठमाडौं,१२ भदौ। अब नेपालमा १८ देखि ३५ वर्ष उमेर समूहका लाई ‘युवा’ भनिने भएको छ । सरकारले राष्ट्रिय युवा नीति–२०८२ स्वीकृत गरेसँगै युवाको उमेर १८–३५ वर्ष कायम भएका हो । जसका अनुुसार अब नेपालमा १८ देखि ३५ वर्ष उमेर समूहका लाई ‘युवा’ भनिने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए। राष्ट्रिय युवा नीतिमा ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश अनुकुल हुने गरी नेपालको सन्दर्भमा १८ देखि ३५ वर्षको उमेर समूहको जनसङ्ख्यालाई युवा मानिनेछ’, भनेर उल्लेख छ। यस अघि ‘राष्ट्रिय युवा नीति–२०७२’ अनुसार युवाको उमेर १६–४० वर्ष रहेको थियो। विसं २०७८ सालको जनगणना अनुसार नेपालमा १६ देखि ४० वर्षसम्मको जनसङ्ख्या ४२.५६ प्रतिशत…

Read More

काठमाडौं,१२ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको अध्यक्ष बनाउन नसकिने बताएका छन्। काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुसँगको अनौपचारिक छलफलकामा उनले राष्ट्रपति भइसकेको व्यक्तिको सम्मानका लागि पनि फर्किएर आएर उम्मेदवार बन्ने र बनाउने गल्ती गर्न नहुने बताए। उनले महाधिवेशनमा निर्वाचित हुँदा धेरै राम्रो भएपनि निर्वाचित हुने आधार नरहेको तर्क गरे। प्रधानमन्त्री ओलीले संघर्षको मैदानमा सबैको आँखामा हाल्दा नबिझाउने लालगेडी भएर आन्दोलन नचल्ने टिप्पणी गरे।

Read More

काठमाडौं,१२ भदौ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी बालनरसिंह राणा प्रहरी हेडक्वार्टर तानिएका छन् । गत साउन २३ गते राति जिल्ला कारागार कैलालीमा कैदीबन्दीबीच झडप हुँदा एक कैदीको मृत्यु भएको थियो। घटना पश्चात गृहमन्त्रालयले सुरक्षा समन्वयमा कमजोरी देखिएको भन्दै सीडीओ गोगनबहादुर हमाललाई साउन २८ गते नै केन्द्रमा तानेको थियो । त्यसपश्चात बुधवार काज सरुवा गरेर एसपी राणालाई पनि प्रहरी हेडक्वार्टरमा तानिएको हो । एसपी राणालाई तानेर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत एसपी नरेन्द्र चन्दलाई कैलालीको जिम्मेवारी दिइएको बुझिएको छ।

Read More