Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,१३साउन। संघिय लोकतान्त्रिक मोर्चाले निर्धारित कार्यक्रम सञ्चालनका लागि ८ जिल्लामा संयोजक तोकेको छ। सिंहदरबारमा बसेको संघिय लोकतान्त्रिक मोर्चाको मूल समितिको बैठकमा पार्टीहरुले नै कार्यक्रमको अध्यक्षता गर्ने गरी संयोजक तोकिएको हो। जनता समाजवादी पार्टी, नेपालका महासचिव रामकुमार शर्माका अनुसार भैरहवामा नागरिक उन्मुक्ति पार्टी, काठमाडौँमा लोकतान्त्रिक समाजावादी पार्टी, विराटनगरमा जसपा नेपाल, राजविराजमा राष्ट्रिय मुक्ति पार्टी, जनकपुरमा तमलोपा, वीरगञ्जमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालगञ्जमा जनता प्रगतिशील पार्टी र जसपा, नेपालले कार्यक्रमको संयोजन गर्नेछ। बैठकमा मधेस प्रदेशमा खडेरीको समस्याबारे पनि छलफल भएको उनले बताए।

Read More

भैरहवा,१३ साउन। के तपाईले घर/पसलको फोहोर सडकमा फाल्ने गर्नुहुन्छ ? यदि फाल्ने गर्नुहुन्छ भने अब बन्द गर्नुहोला। किनभने रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले सडकमा फोहोर फाल्ने उपर कारवाही सुरु गरेको छ। साथै, सडकमा फोहोर फाल्ने क्रमको अवस्थाको भीडियो बनाएर सामाजिक संजाल मार्फत सार्वजनिक समेत गर्न थालिएको छ।सरसफाई तथा फोहोर उठाउन नियमित रुपमा टोल–टोलमा ट्याक्टर पुग्दा समेत स्थानीयहरुले सार्वजनिक स्थान, सडक किनार जस्ता क्षेत्रमा फोहोर फाल्ने क्रम नरोकेपछि पछिल्लो समय पालिकाले कडाई गरेको हो । नगरपालिकाले फोहोरको प्रकृति अनुसार जथाभावी फोहोर फाल्नेलाई फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ (क) अनुसार ५० हजारसम्म जरिवाना कारवाही गर्न सक्ने व्यवस्था छ। जसअनुसार पछिल्लो दुई…

Read More

पोखरा, १२ साउन। विगत केही दिनदेखि सम्पर्कविहिन रहेका सिन्धुलीका हायू परिवार पोखराको गगनगौंडामा भेटिएका छन्। परिवारका १६ जना सदस्यहरु मध्ये एक जना छोरी सुजता हायू पहिल्यै देखि श्रीमानसँग काठमाडौंमा बस्दै आएकी थिइन् । सम्पर्कविहिन भएका परिवारका सदस्यहरु पोखरा महानगरपालिका–३० स्थित गगनगौंडा भेटिएको जिल्ला प्रहरी कास्कीका एसपी श्यामबाबु ओलियाले बताए। उनका अनुसार परिवारका सदस्यहरु सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा फेला परेका हुन्। सिन्धुलीबाट सबैजना गाडी रिजर्भ गरेर पोखरा आएका थिए। शनिवार उनीहरु पोखराको होटलमा बसेर आइतबार होटलबाट निस्किएका थिए। परिवारका सदस्यहरुले आफुहरु मजदुरीको काम गर्न पोखरा आएको प्रहरीलाई बताएका छन्। परिवारका सदस्यहरुलाई इलाका प्रहरी कार्यालय सिसुवा ल्याएर आफन्तको…

Read More

काठमाडौं,१२ साउन। नेपाल प्रहरीको एसएसपी बढुवा सिफारिस विरुद्ध उजुरी परेको छ। गत साउन ५ गते बढुवा समितिले ११ जना एसपीहरुलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको थियो । मेरिट लिस्टको पहिलो नम्बरमा रहेका एसपी बिमल बस्नेतलाई बढुवामा छुटाइएपछि बढुवा उपर उजुरी सुन्ने समितिमा उनले वारेसमार्फत उजुरी दिएको बुझिएको छ। उनी देशबाहिर रहेकोले वारेसमार्फत उजुरी दिएका हुन्। उजुरी परेसँगै बढुवा प्रक्रिया रोकिएको छ। २०७७ मा एसपी बस्नेत कर्णाली प्रदेशको ट्राफिक प्रहरी प्रमुख हुँदा अनियमिततामा संलग्न रहेकाले निलम्बनमा पर्नुका साथ ५ वर्ष बढुवा रोक्काको कारबाही भएको थियो। बढुवा रोक्काको अवधि सकिएपछि पनि छुटाइएको भन्दै उनले उजुरी दिएका हुन्। तर, कारवाहीको समय सीमा अझै…

Read More

काठमाडौं,१२ साउन । गृह मन्त्रालयले दुई जना प्रमुख जिल्ला अधिकारी (सीडिओ) हरुको सरुवा गरेको छ। मन्त्रालयले रुपन्देहीका सीडिओ बासुदेव घिमिरे र सिन्धुपाल्चोकका सीडिओ किरण थापालाई मन्त्रालयमा तानेको हो। घिमिरेको स्थानमा मन्त्रालयको विपद तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख टोकराज पाण्डेयलाई सीडिओ बनाइएको छ भने थापाको स्थानमा बन्धु बास्तोलालाई पठाइएको छ। मन्त्रालय तानिएका घिमिरे र थापाले कुन विभागको जिम्मेवारी सम्हालने अझै स्पष्ट निर्णय सार्वजनिक भइसकेको छैन।

Read More

भैरहवा, १२ साउन । नेपाल विद्युत प्राधिकरणको रुपन्देहीस्थित नयाँमिल वितरण केन्द्र, मणिग्रामले महसुल संकलन काउन्टर सेवा बन्द गर्ने भएको छ। काउन्टरमा विद्युत महसुल भुक्तानी गर्न आउनेको संख्या घट्दै गएको र भुक्तानी सम्बन्धी सेवालाई डिजिटल भुक्तानी प्रणाली बनाउने नीति अनुसार पनि महसुल संकलन काउन्टर सेवा बन्द गर्न लागिएको नयाँमिल वितरण केन्द्रका प्रमुख रितेश गुप्ताले जानकारी दिए। उनका अनुसार केन्द्रका करिब ४१ हजार ग्राहक मध्ये ८१ प्रतिशत ग्राहकले अनलाइन माध्यमले महसुलको भुक्तानी गर्ने गरेका छन् । विगतका दिनहरु भन्दा अनलाइन माध्यमले महसुल भुक्तानी गर्नेको संख्या बढ्दै गएको छ। उनका अनुसार डिजिटल भुक्तानीका विषयमा सेवाग्राहीहरुलाई हाल शिक्षा प्रदान गरिने र भदौ २ गते…

Read More

भैरहवा,१२ साउन। लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्ष २०८१/०८२ मा कार्यसम्पादनमा उल्लेखनीय सुधार गरेको छ। विगतका आर्थिक बर्षहरुको तुलनामा आर्थिक बर्ष २०८१/०८२ मा कार्यसम्पादनमा उल्लेखनीय सुधार गरेको हो। मन्त्रालयले शिक्षाको गुणस्तर सुधारमा पनि लागेको देखिएको छ। मन्त्री जन्मजय तिमिल्सिनाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्षको एसईई परीक्षाको नतिजामा उपलब्धि हासिल गर्न सकिएकोमा खुसी व्यक्त गरे। उनले चालु आर्थिक वर्षमा सामुदायिक विद्यालयका शिक्षकलाई अझ जिम्मेवार र विद्यार्थीलाई थप मिहिनेती बनाउने उद्देश्यका साथ शैक्षिक कार्यक्रम र योजनाहरु ल्याइएको बताए। विगतका अनुभवलाई आधार मानेर भविष्यका लागि परिपक्व योजना बनाइएको र बजेटको दुरुपयोग नियन्त्रण गरी योजनाहरुलाई मितव्ययी र पारदर्शी बनाइने उनको भनाई…

Read More

काठमाडौं,१२ साउन। अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) ले नेपालमा निरन्तरता पाउने भएको छ। अर्थ मन्त्रालयका अनुसार एमसीसीको गत ८ गतेको पत्र अनुसार नेपालमा सञ्चालित एमसीसीका कार्यक्रमले निरन्तरता पाउने भएको हो। ‘नेपाल सरकार र उक्त निकायबीच २०७४ साल भदौ २९ गते सम्पन्न कम्प्याक्ट सम्झौता गत माघ ७ गतेको अमेरिकी राष्ट्रपतिको आदेशअनुसार पुनरावलोकनका लागि स्थगित भएको थियो’, अर्थमन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सो सम्बन्धमा यही साउन ८ गते कार्यक्रम पुनरावलोकन भएको र नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको पत्र प्राप्त भएको छ।’

Read More

नवलपुर,१२ साउन । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा सालनालसहितको नवजात शिशुको शवफेला परेको छ । पालिकाको वडा नं.१ स्थित देवी गैरा सामुदायिक वनमा तन्नामा पोको पारेर राखिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार मृत फेला परेको शिशु छोरा हो। घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय रजहरले अनुसन्धान सुरु गरेको छ।

Read More

सिन्धुली, १२ साउन। सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ मा एकै परिवारका १६ जना हराएका छन्। भण्डास बिप्पर कटेरीका उर्मिला हायुका १६ जना परिवारका सदस्य सम्पर्कबिहिन रहेको प्रहरीले जनाएको छ। उनीहरु सोमबार बिहान देखि सम्पर्कबिहिन छन्। घरमा पालिएका कुखुरा, बाख्रा, भैंसी अलपत्र अवस्थामा छन्। घटनाबारे प्रहरीलाई जानकारी गराइएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीका अनुसार घटनाबारे जानकारी पश्चात परिवारको खोजतलास सुरु गरिएको छ। ‘घटनाको जानकारी पाएपछि घरमा पुगेर अनुसन्धान सुरु गरेका छौं’,उनले भने, ‘घरमा परिवारका कोही सदस्य छैनन् र अहिलेसम्म सम्पर्कमा पनि आएका छैनन्, हामी अनुसन्धान गर्दैछौं ।’

Read More