


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
दाङ,१०जेठ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धमा प्रदेश सभा सदस्यहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बजेट तर्जुमाको विषयमा प्रदेशसभा सदस्यहरूसँग छलफल गरिएको हो। कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको कामलाई लयमा अघि बढाउने गरी वास्तविक धरातलमा आधारित बजेट निर्माण गर्ने जनाए। ‘अहिलेकै अवस्थामा बजेट वृद्धि हुने सम्भावना छैन। तर, हामीले वास्तविक धरातलमा आधारित बजेट ल्याउनेछौं, जसले प्रदेशलाई लयमा अगाडि बढाउनेछ’,उनले भने, ‘विगतका कमजोरीलाई सच्याउँदै सरकार अगाडि बढ्छ । प्रदेशलाई सही दिशामा लैजान सरकार आँटका साथ अघि बढ्ने प्रयासमा छ ।’ मुख्यमन्त्री आचार्यका…
भैरहवा, जेठ १० । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा कपिलवस्तुले पाल्पामाथि सहज जित निकालेको छ। कपिलवस्तुले १ सय ९१ रनले पराजित गर्दै पाल्पामाथी सहज जित निकालेको हो। टस जितेर ब्याटिङ रोजेको कपिलवस्तुले निर्धारित ३५ ओभरमा ३४ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २ सय ३६ रनको बलियो योगफल बनायो। उसका लागि रौनक श्रीवास्तवले ८८ बलमा १६ चौका र १ छक्काको मद्दतले १ सय १० रनको शतकीय इनिङ खेले। यस्तै, मुन्ताज अलीले ४२ र सुरज यादवले २० रनको योगदान गरे। बलिङमा पाल्पाका विष्णु न्यौपानेले ४, उपसन पाण्डेले ३ तथा हिमाल कंडेलले २…
बाग्लुङ,९जेठ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मुलुकको मुख्य समस्या भ्रष्टाचार रहेको बताएका छन्। माओवादी केन्द्रले सञ्चालन गरेको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा बाग्लुङ बजारमा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार निर्मूल पार्न माओवादी केन्द्रको सरकार आवश्यक रहेको बताए। अभियानमा आमनागरिकका गुनासा र सुझाव ग्रहण गर्दै माओवादी केन्द्र नयाँ ढङ्गले अघि बढ्ने उनको भनाई छ। उनले नेपालमा केही भएन भन्ने निराशा त्याग्न आमजनतालाई आग्रह पनि गरे। नेपाल समृद्धिउन्मुख रहेकाले नेपालमा केही भएन भन्ने निराशाको अन्त्य गर्दै स्थानीय उत्पादन, घरेलु उद्योग र आत्मनिर्भर कृषि प्रणाली अपनाउन आवश्यक रहेकामा उनको जोड थियो।
काठमाडौं,९जेठ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सरकारी कर्मचारीलाई ‘हनी ट्रयाप’ मा पारेको आरोपमा दुई जना युवतीहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीको गोदावारी नगरपालिका–१०, दमौराकी ३४ वर्षीया ममता तामाङ र भक्तपुरको भक्तपुर नगरपालिका–१७, सल्लाघारीकी ३४ वर्षीया आँचल श्रेष्ठ भनिने आँचल चौगुठी रहेको प्रहरीले जनाएको छ। यौन शोषणको मुद्दामा फसाईदिने भन्दै उनीहरुले एक सरकारी कर्मचारीलाई पीडित बनाएको आरोप छ। त्यसरी तत्काल पाँच लाख रुपैयाँको चेक काट्न बाध्य बनाएको सूचनापछि काठमाडौं उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । ममता काठमाडौंको कालोपुलमा र आँचल काठमाडौंकै हाँडीगाउँमा बसोबास गर्दै आएकी थिइन्। प्रहरीका अनुसार, सामाजिक सञ्जाल फेसबुकमार्फत उनीहरुले पीडित कर्मचारीसँगचिनजान र सम्बन्ध…
सप्तरी,९जेठ। सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डकै कोठामा चोरी भएको छ। सुरक्षा गार्ड जिल्लाको शम्भुनाथ नगरपालिका–७ भगाहाका ३९ वर्षीय प्रमोद चौधरी र सोही पालिकाका वडा नम्बर–५ का ४४ वर्षीय पर्शुराम चौधरीको कोठामा चोरी भएको हो। सप्तरीका एसपी एसपी ढकेन्द्र खतिवडाका अनुसार दुवै सुरक्षागार्ड कोठामै सुतिरहेको बेला १२ बोरको एकनाले हतियार, २० राउण्ड गोली, दुई थान मोबाइल, डिजिटल तराजुसहितका सामान चोरी भएको छ। अनुसन्धानकै क्रममा एकाबिहानै सिराहाको लहान नगरपालिका–३ हस्पिटल चोकबाट चोरीका समानसहित खडक नगरपालिका–६ विसनपुरका २० वर्षीय अपसाद अन्सारीलाई पक्राउ गरिएको उनले बताए। उनका अनुसार पक्राउ परेका अन्सारीको साथ ल्यापटप, कम्प्युटर स्क्यानर, खुकुरी र घडी दुई÷दुई थान, १२ बोरको एकनाले…
काठमाडौं,९जेठ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकमा चमत्कारीक ढंगबाट गरिबी घटेको बताएका छन् । शुक्रवार पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रजातन्त्र आएसँगै नेपालमा विकासको नयाँलहर आएको भन्दै प्रजातन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा भनेको विकासको आकंक्षा रहेको र त्यसको भोक जगाउन सफल भएको बताए। उनले भने, ‘त्यो २०-२५ वर्ष पछाडि अहिले २०८२ सालमा आइपुग्दै गर्दा हिजो हातमुख जोड्न पनि गाह्रो भएको परिवारले आज कहाँ पुगेको छ भने एक तह माथि उठेको छ। नेपाल संसारका ति थोरै देशहरुमध्ये पर्दछ। जसले गएको २०-२५ वर्षमा चमत्कारीक ढंगबाट आफ्नो देशको गरिबी घटाएको छ।’ उनले नेपालको अर्थतन्त्र ठिक ढंगबाट अघि…
काठमाडौं,९ जेठ। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। उच्च अदालत तुलसीपुर बुटवल इजलासले पूर्पक्षका लागि थुनामा पठाउने गरेको आदेशविरुद्ध लामिछाने पत्नी निकिता पौडेलले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उच्च अदालतकै आदेश गरेको छ । आदेशमा उच्च अदालत आदेश कानुनसम्मत भएकाले उल्ट्याउनु नपर्ने भनिएको छ। हेर्नुहोस् पूर्णपाठः
काठमाडौं,९जेठ। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशलाई सदर गरेको छ। पत्नी निकिता पौडेलले लामिछानेलाई गैरकानुनीरुपमा थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। जसउपर सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले सुनुवाई गर्दै प्रतिवादी लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेश सदर गरेको सर्वोच्चका सहायक प्रवक्ता निराजन पाण्डेले बताए । आदेशमा उच्च अदालत आदेश कानुनसम्मत भएकाले उल्ट्याउनु नपर्ने भनिएको छ। बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराध मुद्दाको अभियोगमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश गरेको थियो। आदेश…
भैरहवा,९जेठ । रुपन्देहीमा एक जना नागरिकले आफुले न्याय नपाएको भन्दै दुःखेसो पोखेका छन् । तिलोत्तमा नगरपालिकाका पशुपति घिमिरेले आफ्नो स्वामित्वमा भएको घरमा आफु बस्न नपाएको भन्दै दुःखेसो पोखेका हुन् । शुक्रवार उनले भैरहवामा पत्रकार सम्मेलन गरेर साविक आनन्दवन गाविस–५ स्थित ०७४ साल मालपोत कार्यालयबाट राजीनामा पास गरी खरिद गरेको घरमा आफु बस्न नपाएको र शान्ति सुरक्षाको अनुभुति नभएको भन्दै न्यायका लागि गृहमन्त्री रमेश लेखकसँग गुहार गरेका छन् । कानुन अनुसार आफुले खरिद गरेको घरमा आफु बस्न पाउनका लागि राज्य भएको अनुभुत गराउन उनले गृहमन्त्रीसँग गुहार गरे । उनका अनुसार आफ्नो घर विमला कुमारी श्रेष्ठको नियन्त्रणमा छ । आवश्यक कागजपत्रहरु देखाउँदै…
भैरहवा,९जेठ। रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा सुरु भएको लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता उद्घाटन खेलमा रुपन्देही जिल्लाले सहज जित निकालेको छ। नवलपरासी जिल्लालाई २ सय ७१ रनको फराकिलो अन्तरले पराजित गर्दै सहज जित निकालेको हो । टस जितेर ब्याटिङ रोजेको रुपन्देहीले निर्धारित ३५ ओभरको खेलमा ३३ ओभर ३ बलमा अलआउट हुँदै ३ सय १६ रनको उच्च योगफल बनायो। उसका लागि समीर अली मुसलमानले ७० बलमा १७ चौका र एक छक्काको मद्दतमा १ सय १८ रनको शतकीय पारी खेले। यस्तै, सिद्धार्थ ढकालले ५५, आरिफ खानले ४३, रोजन कुमालले ३८, लक्ष्मण कुमालले अविजित १८ र सुजन रानाभाटले १४ रन…