


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
कंचनपुर,२५ साउन । महाकाली नदीमा दुई जना बालिका बेपत्ता भएका छन्। कञ्चनपुरमा भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा नुहाउने क्रममा भीमदत्त नगरपालिका–११ का ६ वर्षीया सानवी पन्त र सात वर्षीया जिविका पन्त बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं प्रवक्ता सागर बोहराले बताए। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीद्धारा बेपत्ता बालिकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
भैरहवा, २५ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नम्बर ३ मा हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवारका आकांक्षीहरुसँग छलफल सुरु गरेको छ। पार्टीले आइतबार उम्मेदवारका ९ जना आकांक्षीहरुसँग छलफल गरेको हो । पार्टीका अनुसार उम्मेदवारका आकांक्षीहरुसँग आइतबार छलफल सकिएको र साउन २६ गते (सोमबार) उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन गरिने छ। उम्मेदवार बन्नका लागि सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौड्याल, जीत बहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधु प्रसाद अर्यालले आवेदन दिएका थिए। रास्वपाले साउन २३ गते आवेदन दिएकाहरुको नामवली सार्वजनिक गरेको थियो।
पाल्पा,२४साउन । पाल्पा प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लमजुङ मर्स्याङ्दी गाउँपालिका-५ का २८ वर्षीय धनरासी विक रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको टोलीले युवकलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सुनसरी, २४ साउन। सुनसरीको इटहरी उपमहानगरपालिकामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। पालिकाको इटहरी–धरान सडकखण्डस्थित पानीपिया जङ्गलमा इटहरीबाट धरानतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०४५५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को २२ प २१२५ नम्बरको स्कुटर एकआपसमा ठोक्किदा सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक झापाको विर्तामोड नगरपालिका–५ का सुजन विक र पछाडि सवार सुरज विकको धरानस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए। उदयपुरको बेलका नगरपालिका–३ का बस चालक प्रेम मगरलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तनहँ, २४ साउन। तनहुँको व्यास नगरपालिका–७ दुलेँपानीस्थित मादी नदीमा पौडीमा खेल्न गएका एक व्यक्ति बेपत्ता भएका छन् । बेपत्ता हुनेमा व्यास नगरपालिका–१ अम्रेनी का ४० वर्षीय हरि परियार रहेका प्रहरीले जनाएको छ। उनी नेपाल दूरसञ्चार प्राधिकरण दमौलीमा कार्यरत थिए। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीका अनुसार बेपत्ता व्यक्तिको खोजीकार्य भइरहेको छ। पिकनिक गएका मध्य तीन जना नदीमा पौडी खेल्ने क्रममा परियार बेपत्ता भएका थिए।
काठमाडौं,२४ साउन। प्रहरीले कम्प्यूटर स्रोत संकेत (सोर्स कोड) चोरीको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सर्लाहीको चन्द्रनगर गाउँपालिका-५ का २६ वर्षीय सुजन कुमार महतो र धादिङको ज्वालामूखी गाउँपालिका-४ का २४ वर्षीय सुमन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई साइबर ब्यूरोको टोलीले काठमाडौं र ललितपुरबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेकाहरुको विरुद्ध विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप लिएर घटनाको अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।
काठमाडौं,२४साउन। आज राति देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी र तराई दुवै क्षेत्रमा, साथै लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही ठाउँहरुमा र बाँकी प्रदेशका पहाडी र तराईका थोरै ठाउँहरुमा मध्यम वर्षा हुने सम्भावना छ। आइतबार पनि देशभर मौसम बदली रहनेछ। कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा र मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी र तराई दुवै क्षेत्रका थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
पोखरा,२४ साउन। कास्की प्रहरीले सुन र चाँदीसहित ११ जना भारतीय नागरिकहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत, महाराष्ट्रका ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ३८ वर्षीय उज्वल भोमिक, ४० वर्षीया सुनिता पवार, ४५ वर्षीय मनिक लाल आदत, ३५ वर्षीय असित वर, ४४ वर्षीय तापस सामन्त, ३५ वर्षीय सन्दीप ढाप, ४१ वर्षीय सोमनाथ पाल, ४७ वर्षीय दीपक सामन्त, ४७ वर्षकै गोविन्द दिण्डा र ४९ वर्षीय प्रोभास माझी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाका अनुसार पक्राउ परेकाहरुका साथबाट ६ किलो चार सय ग्राम सुन, ४ सय ४४ ग्राम चाँदी र पाँच लाख १४ हजार ६ सय…
भैरहवा, २३ साउन । सहकारी ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला कारागार कार्यालय भैरहवामा भीआइपी सुविधा प्रदान गरेको पाइएको छ । अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि कारागार प्रशासनले लामिछानेको सुविधाको लागि एटज ट्वाइलेट, बाथरुम भएको कोठा उपलब्ध गराएको छ । जसलाई प्रशासनले ‘४ नम्बर ब्लक’ को नाम दिएको छ । उनी आउनु अघि कारागारमा ‘४ नम्बर ब्लक’ थिएन । त्यस्तै मन लागेको बेला कोठाबाहिर निस्किएर ‘ग्राउण्ड’ मा घुम्ने व्यवस्था समेत कारागार प्रशासनले मिलाएको छ । ‘उहाँ (लामिछाने) कोठा बाहिर निस्किएको बेला बाहिरबाट कसैले नदेखोस् भनेरै उहाँ आएपछि डण्डीले…
राजविराज,२३ साउन। प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–५, महादेवा टोलबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले शुक्रबार धान खेत तथा बाँसघारीमा बेवारिसे अवस्थामा राखिएको ३ सय ९६ किलोग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतलृे बताए। उनका अनुसार बरामद गाँजा १७ वटा पोकामा प्याक गरिएको छ। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।