Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,३०असार। नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न समिति गठन भएको छ। अध्यक्ष ओझाको योग्यताबारे छानबिन गर्न सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय समिति गठन गरेको हो । उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन भएको बताइएको छ। उक्त समितिमा बिमा विज्ञ कपिल ओली र एक जना अर्थशास्त्री रहेका छन् ।

Read More

काठमाडौं,३०असार। गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेकका व्यक्तिहरुको सहभागिताका विषयमा छानबिन गर्न निर्देशन दिएका छन्। गृहमन्त्री लेखकले गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई यस विषयमा छानबिन गर्न निर्देशन दिएका हुन्। उनले भने, ‘प्रधानमन्त्रीज्यूको प्रतिनिधिमण्डल बाहेक स्पेन को-को गए ? कुन विधि, प्रक्रिया र कुन संस्थामार्फत स्पेन भ्रमणमा गए ? जानका लागि भिजिट भिसाको प्रबन्ध कसले गर्यो ? लगायतका विषयमा अनुसन्धान हुनेछ।’  यस विषयको छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मानव बेचबिखन अनुसन्धान ब्युरो खटिनेछन्। गृहमन्त्री लेखकले दोषी देखिएकाहरुलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री ओली गत असार १४…

Read More

काठमाडौं,३०असार। रोजगारीका सिलसिलामा दुबई पुगेर अलपत्र परेका पाँच जना नेपाली युवालाई सरोकार केन्द्र नेपाल र मिस्टर गुरुङ एन्ड रेस्क्यु टिम, दुबईको समन्वयमा उद्दार गरी सोमबार नेपाल फर्काइएको छ। उद्दार गरिएका युवाहरुमा शिवम थापा मगर, दिपेन्द्र कार्की, विशाल कोली, छकबहादुर थापा र सोमबहादुर थापा रहेका छन्। उनीहरुमध्ये चार जना तीन महिनाअघि सान एबी इन्टरनेशनल र एक जना लिंक इन्टरनेशनल नामक म्यानपावर कम्पनीमार्फत मार्फत एक महिनाअघि दुबई पुगेका थिए। जनही १ लाख ८० हजार रुपैयाँ तिरेर लेबर भिसामा दुबई पुगेका उनीहरुले सम्झौता अनुसारको तलब तथा सेवा सुविधा नपाएको विषयमा गुनासो गरेपछि कुटपिट गरी कामबाट निकालिएको पीडितहरुले बताएका छन्। कामविहीन भएपछि उनीहरु सडकमा…

Read More

भैरहवा,३०असार। रुपन्देहीको तिलोत्तमा नगरपालिका-१ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा निर्मित बहुउद्देश्यीय भ्यु टावर परिसरमा पर्यटकीय पूर्वाधार निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहमति दिएको छ। यस सहमतिसँगै अब तिलोत्तमा नगरपालिकालाई भ्यु टावरमा आफ्नै लगानीमा पर्यटकीय पूर्वाधार बनाउने कानुनी अड्चन हटेको छ। सुरुमा लागत साझेदारीमा निर्माण गर्ने सहमति भए पनि मन्त्रालयबाट बजेट उपलब्ध नभएपछि काम रोकिएको थियो। लागत साझेदारी भएको परियोजनामा नगरपालिकाले एक्लै लगानी गर्दा कानुनी समस्या आउन सक्ने भएकाले नगरपालिकाले मन्त्रालयको सहमति खोजेको थियो। मन्त्रालयले असार २९ गते सचिवस्तरीय निर्णयबाट सहमति दिएपछि टावरमा पर्यटकीय पूर्वाधार बनाउने बाटो खुलेको हो। नगर प्रमुख रामकृष्ण खाँणका अनुसार,…

Read More

भैरहवा,३०असार। रुपन्देही प्रहरीले मानव बेचबिखन गर्न खोजेको आरोपमा आठ वर्षदेखि फरार रहेको एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देही बुटवल उपमहानगरपालिका-११ न्यू दुर्गानगरको ४६ वर्षीय बिष्णु माया शर्मा परियार रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ परेकी परियारले ०७४ बैशाख ७ गते तीन जना महिलाहरुलाई बेचबिखन गर्न भारत हुदै कुवेत तर्फ लैजान लागेको आरोपसहित उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता भएको थियो। घटना पश्चात उनी फरार थिइन्। इलाका प्रहरी कार्यालय बुटवलको टोलीले परियारलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं,३०असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा २० लाखभन्दा बढी हस्ताक्षर संकलन भएको छ। लामिछानेका सहयोगी प्रमोद न्यौपानेका अनुसार अहिलेसम्म २० लाखभन्दा बढी हस्ताक्षर संकलन भएको हो। उनका अनुसार प्रदेशगत रुपमा ९ लाख ३५ हजारको सङ्ख्यामा हस्ताक्षर संकलन भएको छ। गण्डकीमा २ लाख ६० हजार, बागमतीमा २ लाख १३ हजार, लुम्बिनीमा १ लाख ९७ हजार, कोशीमा १ लाख ६६ हजार, कर्णालीमा ३८ हजार, मधेसमा ३६ हजार र सुदूरपश्चिममा २५ हजार हाराहारी हस्ताक्षर संकलन भएको छ भने बाँकी हस्ताक्षर सबै केन्द्रीय कार्यालयमा संकलन भएका हुन्। यस्तै अहिलेसम्म चन्दा स्वरुप ४४ लाख रुपैयाँ संकलन भएको बताइएको छ।

Read More

काठमाडौँ,२९असार। सरकारी कार्यालयहरुले अबदेखि चेक काट्न नपाउने भएका छन् । अर्थ मन्त्रालयले साउन १ गतेदेखि लागू हुने गरी कुनै पनि प्रकारको भुक्तानी विद्युतीय माध्यमबाट गर्न आफू मातहतका सबै निकाय तथा कार्यालयलाई परिपत्र गर्दै निर्देशन दिएको छ। गत शुक्रबार अर्थमन्त्री विष्णु पौडेलले यस सम्बन्धि मन्त्रिस्तरीय निर्णय गरेका थिए । सो निर्णय बमोजिम परिपत्र गरिएको मन्त्रालयको परिपत्रमा उल्लेख छ । अहिले सरकारी निकायले गर्ने यस्ता भुक्तानीहरू बैंकिङ च्यानलबाट गर्नुपर्ने व्यवस्था रहे पनि विद्युतीय भुक्तानी अनिवार्य थिएन । त्यसैले अन्तिम समयमा आर्थिक वर्षको अन्तिममा ‘ब्याक डेट’को चेक काट्ने चलन थियो । यो व्यवस्था लागु भएसँगै यो प्रवृत्ति समेत रोकिनेछ ।

Read More

भैरहवा,२९ असार। रुपन्देही क्षेत्र नम्बर ३ मा उपनिर्वाचनमा उम्मेदवारका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले ६ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ। आईतबार बिहान बसेको जिल्ला कार्यसमितिको कार्यसम्पादन समितिको बैठकले आगामी कार्तिक १७ गते हुने प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनका लागि जिल्ला अध्यक्षसहित ६ जनाको नाम उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय भएको राप्रपाका केन्द्रिय सदस्य बसन्त विक्रम शाहीले बताए। उनका अनुसार राप्रपाबाट उम्मेदवारका लागि रुपन्देहीका अध्यक्ष सागर प्रताप राणा, केन्द्रीय सदस्य बसन्त विक्रम शाही, सिद्धार्थनगर नगरपालिका सदस्य गौरव बोहरा, प्रज्वल बोहरा, केन्द्रीय सदस्य स्वाती थापा र जिल्ला प्रवक्ता एंव अधिवक्ता दिलिप कुमार मल्लिकको नाम सिफारिस गरिएको छ। ‘बैठकले एक नम्बर,…

Read More

काठमाडौं,२९असार। नेपाललाई ७ करोड रुपैयाँ बराबरको क्यान्सर उपचारसम्बन्धी अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री प्राप्त भएको छ। अमेरिकास्थित ‘डाइरेक्ट रिलिफ’ नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोग र ‘वान हार्ट वल्र्डवाइड’ को समन्वयमा यी सामग्री नेपाल ल्याइएका हुन्। असार २७ गते शुक्रबार नेपाल आइपुगेका यी औषधि तथा स्वास्थ्य सामग्रीहरु आइतबार बिहान स्वास्थ्य मन्त्रालयमा हस्तान्तरण गरिएको छ। डाइरेक्ट रिलिफ ले स्तन, छाला तथा विभिन्न प्रकारका क्यान्सर उपचारमा प्रयोग हुने ३७ प्रकारका दुर्लभ र महँगा औषधिहरु आगामी ५ वर्षसम्म नेपाललाई आवश्यकताअनुसार उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले भण्डारण गरेका यी सामग्रीहरु औपचारिक हस्तान्तरण लगत्तै चारवटा प्रमुख क्यान्सर अस्पतालहरु बीपी कोइराला मेमोरियल…

Read More

काठमाडौं,२९असार। भारतको तेलुगुका वरिष्ठ अभिनेता कोटा श्रीनिवास रावको निधन भएको छ। लामो समयदेखि विरामीपरेपछि उनको ८३ वर्षको उमेरमा निधन भएको हो। चार दशकभन्दा बढीको करियरमा ७५० भन्दा बढी फिल्महरु बनाएका राव उद्योगका सम्मानित अभिनेताहरुमध्ये एक थिए। श्रीनिवास रावले विभिन्न भाषाका चलचित्रमा काम गरेका छन्। तेलंगानाका मुख्यमन्त्री ए रेवन्त रेड्डी, आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडू, अभिनेताबाट राजनीतिज्ञ बनेका तथा आन्ध्र प्रदेशका उपमुख्यमन्त्री पवन कल्याण र अन्य नेताहरुले श्रीनिवास रावको निधनमा शोक व्यक्त गरेका छन्। पद्मश्री पुरस्कार विजेता श्रीनिवास राव विजयवाडा पूर्वी विधानसभा क्षेत्रबाट विधायक समेत भएका थिए। सन्, १९४२ जुलाई १० मा आन्ध्र प्रदेशको कान्कीपाडु गाउँमा जन्मिएका राव सुरुमा डाक्टर…

Read More