Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

धनगढी,९असार। धनगढीमा एक युवतीको शव फेला परेको छ। धनगढी उपमहानगरपालिका-२ बैयाबेहडीमा डेरा लिएर बस्दै आएकी पुनर्वास नगरपालिका-११ अमर बस्तीकी ३० वर्षीया रेणु चौधरीको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीको शव फेला परेको कोठामा बाहिरबाट ताल्चा लगाइएको थियो। घटनाको प्रकृति शंकास्पद देखिएकाले घटनास्थललाई सिल गरेर अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Read More

भैरहवा,९ असार। रुपन्देहीको ओमसतिया गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट सार्वजनिक गरेको छ। आइतबार सम्पन्न १७ औं गाउँसभाको बैठकमा पालिकाको उपाध्यक्ष सुनिता चौधरीले ४९ करोड २५ लाख १४ हजार रुपैया बराबरको आम्दानी खर्च भएको बजेट सार्वजनिक गरेकी हुन। पालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संघीय सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत वित्तीय समानिकरण अनुमान तर्फ ११ करोड ६६ लाख, सशर्त अनुदान तर्फ १६ करोड ५ लाख, समपुरक अनुदान तर्फ ४० लाख अनुदान प्राप्तिको अनुमान गरेको छ यस्तै प्रदेश सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत वित्तीय समानिकरण अनुमान तर्फ ८० लाख ७३ हजार, सशर्त अनुदान तर्फ १ करोड ५५ लाख, समपुरक…

Read More

भैरहवा,९असार। रुपन्देहीको मर्चवारमा सोमबार बिहान चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मर्चवारी गाउँपालिका-३ महाराजगन्जकी ४५ वर्षीया प्रमिला यादव रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक धनदेव साउदका अनुसा यादव सोमबार बिहान खेतमा धान रोप्न क्रममा उनलाई चट्याङ लागेको थियो। चट्याङ लागेर बेहोस भएकी यादवको भैरहवास्थित भीम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले बताए।

Read More

भैरहवा,९असार। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार तथा पशु सामाग्री उपलब्ध गराएको छ। पालिकाले व्यवसायिक कृषकहरुलाई घाँस काट्ने मेसिन, पाउ म्याट, ब्रस कटर, गोठ सफा गर्ने मेसिन लगायत ७ प्रकारका सामग्री ५० प्रतिशत अनुदानमा ३१ जनालाई उपलब्ध गराएको हो। कृषकलाई आवेदनको आधारमा कृषि सामग्री उपलब्ध गराइएको नगरप्रमुख रामकृष्ण खाणले बताए। उनका अनुसार पालिकामा रहेका पशुपालक कृषकलाई खाना शुद्धता र गोठ सफाई गर्नका लागि उपकरण अनुदानलाई प्राथमिकता दिइएको हो। दुग्ध र मासुको उत्पादन वृद्धि गर्न पालिकाले पशुपालक कृषकलाई प्रोत्साहन गर्दै आएको नगर उपप्रमुख जगेश्वर देवी चौधरीको भनाई छ। प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले यस्ता सामग्रीले पशुपालक कृषकहरुलाई…

Read More

भैरहवा,७असार। रुपन्देही प्रहरीले अवैध रुपमा भन्सार तथा राजश्व छली गरी चोरी पैठारी गरिएका करिब १२ लाख ६८ हजार बढी रुपैयाँ बराबरका विभिन्न सामग्रीहरु बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका विभिन्न प्रहरी युनिटहरुले विभिन्न स्थानमा गरेको चेकजाँचका क्रममा ती सामानहरु बरामद गरेका हुन्। रुपन्देहीको प्रहरी प्रमुखको रुपमा एसपी प्रदीप बहादुर क्षेत्रीले कमाण्ड सम्हालेपछि रुपन्देही प्रहरी सक्रिय भएको छ। खुल्ला सीमानाबाट दैनिक लुकछिपी भित्राउने गरिएको लाखौं रुपैयाँको बराबर विभिन्न सामाग्रीहरु प्रहरीले दैनिक बरामद गर्दै आएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीद्वारा जारी विज्ञप्तीका अनुसार, बरामद गरिएका सामग्रीहरुमा चिनी, पास्ता, बच्चाका खेलौना, मिठाई, कपाल उमार्ने जेल, विभिन्न कम्पनीका मोबाइलका डिस्प्ले तथा…

Read More

भैरहवा,७असार। रुपन्देही प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत, पाङराङ गाउँपालिका–९ सिरकाङका ३५ वर्षीय रेशम कुँवर रहेको प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरमा चेकजाँच गर्ने क्रममा कुँवरलाई लागुऔषध सहित पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीका अनुसार पक्राउ परेका कुँवरको साथबाट डाइजेपाम ६० पिस, बुप्रेनोर्फिन इन्जेक्सन ६० पिस, र प्रोमेथाजिन इन्जेक्सन ६० पिस लागुऔषध बरामद भएको हो। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Read More

भैरहवा, ७ असार। रुपन्देहीको भैरहवामा सुरु भएको टी–१० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा आयोजक प्रोफेसनल मास्टर्स–११ र टिम रेस्पोन्स लुम्बिनी विजयी भएका छन्। सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको प्रोफेसनलले मायादेवी क्रिकेट एकेडेमीलाई ६१ रनले पराजित गर्यो। ६ विकेट गुमाएर १ सय ५ रनको बलियो योगफल बनाएका प्रोफेसनलका लागि भुवन गैरेले ३६, सुरज खड्काले अविजित १६ र मेहफोज आलमले १२ रनको योगदान दिए। मायादेवीका निरज मौर्य, अर्जुन करौस र आरिफ खानले समान २–२ विकेट लिए। जवाफी ब्याटिङ गरेको मायादेवीले निर्धारित खेलमा जम्मा ४४ रनमै समेटियो। उसलाई सस्तैमा समेट्नका लागि प्रोफेसनलका जयप्रताप यादवले २ तथा करण केवट, अख्तर हुसेन र…

Read More

काठमाडौं,७ असार। आइतबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागको केही स्थानहरूमा तथा बाँकी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरु हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Read More

काठमाडौं,७ असार। रोजगारीको प्रलोभन देखाउँदै भारतमा बन्धक बनाइएका ३५ जना नेपाली नागरिकको उद्धार गरिएको छ। दिल्लीस्थित नेपाली राजदूतावासका अनुसार भारतको उत्तराखण्डस्थित काशिपुर क्षेत्रमा बोलाएर बन्धक बनाइएका नेपालीहरुलाई कुटपिट र यातना दिँदै जबरजस्ती रकम असुली गरिएको थियो। प्राप्त सूचनाका आधारमा उत्तराखण्ड प्रहरी र ‘किन इन्डिया’ संस्थाको सहकार्यमा उनीहरुको उद्धार गरिएको दूतावासले जनाएको छ । उक्त घटनासँग सम्बन्धित केहि व्यक्तिलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको छ। त्यस्तै, उत्तराखण्डको अन्य स्थानमा बन्दी बनाइएका, थप नेपाली युवाहरुको खोजी र उद्धार कार्य जारी रहेको छ । साथै उद्धार गरिएका व्यक्तिहरूलाई कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाइने पनि दूतावासले विज्ञप्तिमार्फत जानकारी गराएको छ…

Read More

काठमाडौं,६असार। नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी जवान पदमा नयाँ भर्नाका लागि पद संख्या थप गरेको छ। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले एक सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नका लागि पहिले माग गरिएको १ हजार १६५ पदमा थप ६७७ पद थप गर्ने निर्णय गरिएको जानकारी दिएको हो। यो सँगै अब कुल १ हजार ८४२ जनालाई प्रहरी जवान बन्ने अवसर प्राप्त हुनेछ । यस्तै, समावेशी कोटामा आदिवासी/जनजातिका लागि २६०, मधेसीका लागि २२८, महिलाका लागि १६२, दलितका लागि १२२, पिछडिएको क्षेत्रका लागि ४० र अमर तथा अशक्त प्रहरी परिवारका लागि ३७ पद छुट्याइएको छ ।

Read More