


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, १३ फागुन । रुपन्देही प्रहरीले बुटवल उपमहानगरपालिकाबाट बिलबिजक नभएको अवस्थामा दुई वटामा गाडीबाट मदिरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जारी गरेको विज्ञप्ती अनुसार, बुटवलको सुख्खानगर स्थित मैत्रीपथमा लु २ च ४९३५ र लु २ च ५०७८ नम्बरको गाडीमा मदिरा रहेको सूचना आधारमा गाडी चेकजाँच गर्दा बिल बिजक नभएको ७७ पेटी (३६९६ थान) मदिरा बरामद भएको हो । बरामद मदिरा करिब १० लाख ७८ हजार मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ । बरामद मदिरा र नियन्त्रणका लिइएको दुवै गाडी आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
भैरहवा, १३ फागुन । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको रुपन्देहीका सीमानाकाहरु बन्द हुने भएको छ । बुधवार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एक सूचना जारी गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि भारतसँग जोडिएका रुपन्देहीका सीमानाकाहरु ७२ घण्टाका लागि बन्द रहने जनाएको छ । सूचना अनुसार, फागुन १८ (सोमबार) राति १२ बजेदेखि फागुन २१ गते (बिहीवार) राती १२ बजेसम्म सीमानाकाहरु बन्द रहनेछ । उक्त अवधीभर सीमाबाट पैदलयात्री, माल तथा यात्रुवाहक सावरी साधनहरु आवतजावतमा रोक लगाइने प्रशासनले जनाएको छ। निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै नेपाल–भारत दुवैतर्फ उल्लेख्य रुपमा सुरक्षाकर्मी परिचालन गरिने बताइएको छ। साथै…
काठमाडौं,१३ फागुन। प्रहरीले पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न आरोपमा थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको ठमेलस्थित रोयल होलिडेज एडभेञ्चर एण्ड ट्राभल कम्पनीका प्रतिनिधि २८ वर्षीय सन्दीप तिवारी र विमान सेवा सञ्चालक संघका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुर सिंह रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार, हालसम्म उक्त कसूरमा संलग्न ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बिमाका नेपालस्थित कर्मचारी तथा हेलिकोप्टर कम्पनीका शेयरधनी सञ्चालकसहित नौ जनालाई पक्राउ गरिएको छ। आरोपीहरुले उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकको उद्धार गरेको देखाइ बिमा रकम दाबी गरी गैरकानुनी रुपमा आर्थिक लाभ लिएको…
काठमाडौं,१३ फागुन । निर्वाचन आयोगले फरक राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा अवरोध गरेको पाइएमा कारवाही हुने जनाएको छ । आयोगका अनुसार, प्रचारप्रसारमा अवरोध गरेको पाइएको अवस्थामा त्यस्ता व्यक्तिलाई दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ। सङ्घीय कानुनअनुसार उम्मेदवारी दिन, प्रचारप्रसार गर्न वा मतदान गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध वा थुनछेक गर्न नपाइने व्यवस्था छ। आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दल तथा उम्मेदवारको प्रचार गतिविधि विभिन्न माध्यमबाट अनुगमन गरिरहेको जनाएको छ। हाल विभिन्न दल वा उम्मेदवारका कार्यक्रम बिथोलिएको सम्बन्धमा गुनासो र उजुरी प्राप्त भएको तथा सञ्चारमाध्यमबाट समेत जानकारी आएकाले आयोगले…
काठमाडौं,१३ फागुन । नेपालको स्थानीय बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ लाख १४ हजार ८०० कायम भएको छ। अघिल्लो दिन मंगलबार सुन प्रतितोला सोही मूल्यमा खरिदबिक्री भएको थियो। सुनको मूल्य स्थिर रहे पनि चाँदीको भाउ भने वृद्धि भएको छ। महासंघका अनुसार १२० रुपैयाँले बढेर प्रतितोला चाँदी ५ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला ५ हजार ५९५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
भैरहवा, १३ फागुन। प्रतिनिधिसभा सभा सदस्यको निर्वाचनमा रुपन्देहीको क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले) का उम्मेदवार वासुदेव घिमिरेले सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र सन्तुलित विकास आम नागरिकले अपेक्षा राखेको बताएका छन् । उनले नागरिकका उक्त अपेक्षा पूरा गर्न आफूले डटेर नेतृत्व गर्ने प्रतिवद्धता व्यक्त गरे। एमाले रुपन्देही क्षेत्र नम्बर ३ अन्तर्गत सिद्धार्थनगर नगरपालिका–६ को निर्वाचन परिचालन तथा प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै घिमिरेले यो क्षेत्रसँग जोडिएका समग्र कामहरुको नेतृत्व गर्ने बताए। यस क्षेत्रका नागरिकले भोगेका तमामा समस्या संसद्मा लगेर मुखारित गर्ने कुराको नेतृत्व गर्ने उनको भनाई छ। नेकपा (एमाले) ले लिएको लक्ष्य, नीतिले देशको विकास हुने भएकाले आगामी निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई…
लुम्बिनी, १३ फागुन। रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तौफिक अहमद खानले महिला, दलित, मधेसी र अल्पसंख्यक समुदायलाई पूर्णरुपमा समावेश गर्दै समान अवसर र सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। उनका अनुसार, प्रत्येक नागरिकले राज्यको सेवा पहुँच गर्न पाउनु र आफ्नो पहिचानप्रति गर्व गर्नु नै विकासको वास्तविक मापदण्ड हो। ‘रुपन्देही–५ को विकास तब मात्र पूर्ण हुन्छ जब यहाँका महिला, दलित र अल्पसंख्यकले गर्वका साथ ‘यो मेरो पनि सरकार हो’ भन्न सक्छन्’,मतदाता भेटघाटका क्रममा उनले भने,‘जात, धर्म र लिङ्गको आधारमा हुने विभेदको अन्त्य गर्नु पनि मेरो लक्ष्य हो।’ उनका अनुसार, सामाजिक न्याय र समावेशी उत्थान…
काठमाडौं,१३ फागुन। भारतले ‘केरल’ राज्यको नाम फेरिएको छ । भारतको केन्द्रीय मन्त्रिपरिषद्को बैठकले केरलको नाम परिवर्तन गरेर ‘केरलम’ राख्ने प्रस्तावलाई स्वीकृति गरेको छ। निर्णयसँगै अब यो राज्यले आफ्नो भाषा र सांस्कृतिक पहिचानलाई आधिकारिक रुपमा पुनः स्थापित गर्नेछ। केरल विधानसभाले नाम परिवर्तन गर्नका लागि पहिलो पटक अगस्ट २०२३ मा सर्वसम्मतिले राज्यको नाम ‘केरलम’ राख्न केन्द्र सरकारलाई आग्रह गर्दै प्रस्ताव पारित गरेको थियो। तर, केही प्राविधिक र प्रक्रियागत त्रुटिका कारण केन्द्र सरकारले यसलाई फिर्ता पठाएको थियो। विधानसभामा नाम परिवर्तनका लागि दोस्रो पटक ल्याइएको प्रस्ताव सबै दलको समर्थनमा संविधानको पहिलो अनुसूचीमा संशोधन गर्ने गरी स्पष्ट प्रस्ताव केन्द्रमा पठाइएको थियो। सोही प्रस्तावको आधारमा केन्द्रीय…
भैरहवा,१२ फागुन। रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा विकासको परम्परागत ढाँचा कि आधुनिक रुपान्तरण भन्ने बहस सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापाले अघि सारेका योजनाहरु र घरदैलो अभियानले यो बहसलाई थप तार्किक र आशावादी बनाएको पार्टीले जनाएको छ । गत फागुन ४ गतेदेखि सुरु भएको उनको चुनावी अभियान मंगलबार मायादेवी गाउँपालिका–८ तथा तिलोत्तमा नगरपालिका १४ र १५ मा पुगेको छ। पार्टीका अनुसार, क्षेत्रका ३६ वडामध्ये २९ वडामा पुगेर उनले आफ्नो एजेन्डा र समृद्धिको खाका मतदातामाझ प्रस्तुत गरिसकेका छन्। उनी मत माग्न मात्र नभई क्षेत्रको भूगोल, सम्भावना र समस्याको अध्ययनसहित स्पष्ट ‘ब्लुप्रिन्ट’ लिएर जनताको आँगनमा…
काठमाडौं,१२ फागुन । निर्वाचन आयोगले शैक्षिक संस्थामा आबद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीहरूलाई निर्वाचन प्रचार–प्रसारमा संलग्न नहुन कडा निर्देशन दिएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आयोगले यस्तो निर्देशन दिएको हो। आयोगद्वारा जारी विज्ञप्तिमा केही प्राध्यापक तथा शिक्षकहरू राजनीतिक दल वा उम्मेदवारको पक्षमा प्रचार–प्रसारमा सक्रिय रहेको भन्ने उजुरी प्राप्त भएको उल्लेख छ। यस्ता गतिविधि कानुन विपरीत रहेको जनाउँदै आयोगले आवश्यक परे कानुनी कारबाही अघि बढाइने चेतावनी दिएको छ। शिक्षा ऐन, २०२८ को दफा १६ ङ उपदफा (५) को खण्ड (छ) अनुसार शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिमा सदस्य रहेको पाइएमा पदबाट हटाइने व्यवस्था छ। साथै, निर्वाचन आचारसंहिताका…