


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,१५ साउन। गुण्डागर्दीमा संलग्न ‘सानुभाइ’ भनिने युवराज गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं प्रहरी परिसरका एसपी कुलदीप चन्दका अनुसार काठमाडौंको ठमेलस्थित नगरकोट दोहोरी साँझमा कुटपिट गरेको आरोपमा गुरुङलाई पक्राउ गरिएको हो। उनीसहित तीन जना पक्राउ परेका छन्। तीनै जनाविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप भएको छ। विगतदेखि नै उनी अपराधिक गतिविधिमा संलग्न रहँदै आएका छन्। ०८० सालको माघमा पनि ठमेलस्थित छायाँ सेन्टरको पार्किङमा गुरुङसहितको समूहले एक जनामाथि कुटपिट गरेको थियो । सानुभाइसहित ७ जनाविरुद्ध प्रहरी वृत्त दरबारमार्गमा ज्यान मार्ने उद्योगको कसुरमा किटानी जाहेरी परेको थियो। उनी त्यसभन्दा अगाडि २०८० सालको असारमा ओम्निया क्लबमा सञ्चालक…
भैरहवा, १५ साउन। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ (भैरहवा) मा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरी फरार रहेका सहकारीका अध्यक्ष अशोक केसीलाई प्रहरीले पक्राउ गरेको छ । अध्यक्ष केसी समेतले उक्त सहकारीका शेयरधनी तथा बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार बढी रुपैयाँ हिनामिना गरेको आरोप छ । सहकारीका शेयर धनी तथा बचतकर्ता रकम हिनामिना भएपछि प्रहरीले सहकारी ठगी तथा ठगी सम्बन्धि कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान गरेको थियो । फरार रहेका दोलखा मेलुङ गाउँपालिका–६ का ३४ वर्षीय अध्यक्ष केसीविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएपश्चात बुधवार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरबाट पक्राउ गरी भैरहवा ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका…
भैरहवा, १५ साउन । नेकपा (एमाले) ले अगामी भदौ १५ गते भित्र उम्मेदवारहरुको नाम सिफारिस गर्न परिपत्र गरेको छ। रुपन्देही निर्वाचन क्षेत्र ३ का प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधन पछि अगामी कार्तिक १७ गते उक्त क्षेत्रमा निर्वाचन हुन लागेको छ । जस अनुसार पार्टी महासचिव शंकर पोखरेलले एक महिलासहित तीन जना उम्मेदवारको नाम केन्द्रीय कार्यालयमा सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीमा परिपत्र गरेको हो। उम्मेदवार सिफारिस गर्नुअघि निर्वाचन क्षेत्र समन्वय कमिटीले जिल्ला र प्रदेश कमिटीसँग पनि राय लिन आग्रह गरिएको छ।
भैरहवा, १४ साउन। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पार्टीको केन्द्रीय सदस्य प्रशान्त गुप्ता (महेन्द्र) लाई निष्काशन गरेको छ । पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने तथा पदीय आचरण विपरीत कार्य गरेको भन्दै गुप्तालाई पार्टीबाट निष्काशन गरिएको हो । पार्टीका अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘लोकतान्त्रिक समाजवादी पार्टी नेपालको प्रथम संशोधित विधान २०८०, धारा ४८ को उपधारा (३( र (७) बमोजिम प्रसान्त गुप्ता (महेन्द्र) ले पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने तथा पदीय आचरण विपरित कार्य गरेकोले निजलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासन गरिएको छ।’ पार्टीबाट निष्काशन गरिएका गुप्ताले पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ल र लुम्बिनी प्रदेशमा लोसपाबाट…
भैरहवा, १४ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसदमा विरोध जारी राख्ने निर्णय गरेको छ। बुधबार भैरहवामा बसेको रास्वपा संसदीय दलको बैठकले भिजिट भिसाको आवरणमा भ्रष्टाचार र बेतिथि मौलाएको निष्कर्ष निकाल्दै संसदीय छानबिन समिति गठन नभएसम्म संसदमा विरोध जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। बैठकले संसदमा जारी आन्दोलनलाई फराकिलो बनाउँदै सडकबाट समेत आन्दोलन गर्ने निर्णय गरेको उनले बताए। यस्तै बैठकले भूमि, निजामती, शिक्षा लगायतका विधेयकमाथि संसद्को क्षेत्राधिकारलाई तोडेर आक्रमण भएको भन्दै संसदमा सशक्त भएर आवाज उठाउन समेत सांसदहरुलाई निर्देशन दिइएको परियारले बताए। बैठकले लुम्बिनी प्रदेशका जनताले भोग्नुपरेका समस्या, लुम्बिनीको…
भैरहवा, १४ साउन। रुपन्देही प्रहरीेले भारतबाट अवैध रुपमा भित्राइएको मूर्तिहरु बरामद गरेको छ। प्रहरी चौकी मेउडिहवाबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं.११ भुजौलीस्थित वेवारिसे अवस्थामा मूर्तिहरु बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कृष्ण भगवान ३३६ वटा र बिष्णु भगवानको ५१ वटा गरी कुल ३८७ वटा मुर्तिहरु बरामद भएको हो। १ लाख ४ हजार बढी बजार मूल्य रहेको उक्त मूर्ति भैरहवा भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
काठमाडौं,१४ साउन। काठमाडौं प्रहरीले नागरिकको सुरक्षार्थ आपतकालिन सहायताका लागि प्रयोग हुने नेपाल प्रहरीको ‘१००’ नम्बर बुधवार चार घण्टाका लागि बन्द भएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयले एक सूचना जारी गर्दै बुधवार बिहान बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ‘१००’ नम्बरको सेवा बन्द रहने जनाएको छ। भद्रकालीमा रहेको नव-निर्मित प्रहरी परिचालन कक्षको मर्मत सम्भारको काम गर्नुपर्ने भएकाले उक्त सेवा अवरुद्ध हुने कार्यालयले जनाएको छ । सेवा अवरुद्ध हुने अवधिमा कुनै पनि आकस्मिक घटना, सूचना वा सहयोगका लागि प्रहरीले वैकल्पिक सम्पर्क नम्बरहरु उपलब्ध गराएको छ। काठमाडौं प्रहरीले नागरिक सहायताका लागि कन्ट्रोल कक्षको नम्बर ९८५१२८३०२६, ट्राफिक कन्ट्रोलको नम्वर १०३ वा ९८५१२९५१००, महिला तथा…
काठमाडौं,१४ साउन। जबरजस्ती करणीको आरोपमा नेपाल प्रहरीका एक जना जवान पक्राउ परेका छन्। प पक्राउ पर्नेमा प्रहरी प्रधान कार्यालयस्थित सुरक्षा सेवा व्यवस्थापन महाशाखामा कार्यरत जवान मान बहादुर विक रहेको प्रहरीले जनाएको छ। ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार पक्राउ परेका जवानले हात्तीवनस्थित डेरामा कालिकोटको २६ वर्षीया युवातीलाई जबरजस्ती करणी गरेको आरोप छ। बलात्कारपछि बाजुराका विकले ती युवती आफ्नी पत्नी भएको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। पीडित युवती र आरोपी दुवै विवाहित हुन्। जबरजस्ती करणी सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
सिरहा, १४ साउन । सिरहाको धनगढीमाई नगरपालिका-११ मा वृद्धको हत्या गरिएको छ। घरमा सुतिरहेको बेला ९० वर्षीया वृद्ध को हत्या गरिएको हो। जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी एंव सूचना अधिकारी विरेन्द्र कुमार पासवानका अनुसार मृत्युक यादवमाथि धारिलो हतियार प्रहार भएको देखिएको र घटनाको अनुसन्धान भइरहेको छ। घाइते वृद्धलाई उपचारका लागि अस्तालमा पुर्याउँदा चिक्तिसक मृत घोषणा गरेको उनले बताए। हत्या गर्नेलाई कारवाही माग गर्दै नेकपा एमालेले पूर्व-पश्चिम महेन्द्र राजमार्ग बन्द गरेर प्रर्दशन गरेका छन्।
स्याङ्जा, १४ साउन । स्याङ्जा प्रहरीले २०५० सालमा विवाह समारोहमा अपराध गरेर फरार रहेका एक जनालाई प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१७ तल्लोबिरौटाटोलका ४६ वर्षीय बाजिन्द्र बहादुर सोतीमगर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार, पक्राउ परेका प्रतिवादीले २०५० साल फागुन मा तत्कालीन स्याङ्जा जिल्लाको रत्नपुर गा.वि.स–२, धुर्कोट (हाल चापाकोट नगरपालिका–२) मा आयोजित विवाह समारोहका स्थानीय ६० वर्षीय हस्ते विकमाथि कुटपिट गरेका थिए। उपचारको क्रममा विकको मृत्यु भएपछि प्रहरीले सोतीमगरविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो। सर्वोच्च अदालतले ०५९ असोज ७ गते घटनामा संग्लन सोतीमगरलाई २ वर्ष कैद सजायको फैसला गरेको थियो। त्यसयता उनी फरार थिए…