


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, ५असार। सुन्न र बोल्न नसक्ने आफ्ना सन्तानको उपचारमा आर्थिक सहयोग गर्न यहाँको एक परिवारले आह्वान गरेका छन् । कपिलबस्तुको वाणगंगा नगरपालिका वडा नं ३ मा स्थायी घर भई हाल सिद्धार्थनगर–९ मा बस्दै आएका सन्तराम थारु तथा सुनिता कार्कीका ४ वर्षका जुम्ल्याहा छोराहरू एरिक थारु र इभान थारु दुबै भाइले कानले सुन्न र बोल्न सक्दैनन् । एरिक र इभानका वुवाआमा सन्तराम र सुनिताले भैरहवामा पत्रकार सम्मेलन गरी आफ्ना छोराहरुको उपचारमा आर्थिक सहयोग गर्न सबैमा आग्रह गरेका छन् । जन्मजातै सुन्न नसक्ने एरिक र इभान अहिले पाँच वर्ष पुग्दै छन् । काठमाडौंस्थित टिचिङ अस्पतालमा चेकजाँच गराउँदा शल्यक्रियामार्फत् ‘कक्लियर इम्प्लान्ट’ राखे उनीहरुले…
काठमाडौं,५असार। नेपालको स्थानीय बजारमा सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको प्रतितोला १ लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि केही गिरावट आएको छ। अघिल्लो दिन चाँदी प्रतितोला २ हजार २२५ रुपैयाँमा कारोबार भएकोमा आज भाउ घटेर २ हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ।
काठमाडौं,५असार। काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नियमित काममा फर्किएका छन् । बुधबार उच्च अदालत पाटनले पाण्डेको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। उक्त आदेशसँगै उनी आज कार्यालय पुगेका हुन्। काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गत जेठ २० गते पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए ।
काठमाडौं,५असार। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो बढी सुनसहित एक महिलालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा भारतको मिना सुर्जित सिंह रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुबईबाट एयर अरेबियाको विमानमा आएकी सिंहले मलद्धारमा प्लास्टिकले बेरेको तीन वटा डल्लामा एक किलो १५९ ग्राम सुन लुकाएर ल्याएको अवस्थामा बरामद भएको हो। घटनाको थप अनुसन्धान तथा कारबाहीका लागि सिंह र सुन विमानस्थल भन्सार कार्यालयलाई बुझाइएको प्रहरीले जनाएको छ।
परासी,५असार। लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट–बुटवल सडकखण्ड अवरुद्ध भएको छ। विनयी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएपछि उक्त सडक दुईतर्फी रुपमा बन्द भएको हो। प्रहरीका अनुसार खोलामा पानीको बहाव उच्च भएकाले सानो बाढी आउँदा पनि डाइभर्सन पटक–पटक बगाउने गरेको छ। हालसम्म सो डाइभर्सन ६ पटक बगिसकेको जनाइएको छ। त्यस्तै, बाटो चिप्लो र हिलो भएका कारण सवारी साधन फस्ने समस्या समेत देखिएको छ। यस अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) ले बिहीबार सूचना जारी गर्दै यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको हो। दुम्कीबास–दाउन्ने सडकखण्ड अन्तर्गत पर्ने विश्वकर्मा मन्दिर र झ्युखोला क्षेत्रहरुमा…
परासी,५असार। पश्चिम नवलपरासी जिल्लाका सात स्थानीय तहहरुमध्ये सुनवल नगरपालिकाले सबैभन्दा बढी बेरुजु रकम फछ्र्यौट गरेको छ। स्थानीय तहमा जनप्रतिनिधिहरु आएसँगै चुलिँदै गएको बेरुजु रकममध्ये आर्थिक वर्ष २०८०/०८१ सम्म सुनवल नगरपालिकाले सबैभन्दा बढी रकम फछ्र्यौट गरेको हो। पाल्हीनन्दन गाउँपालिकाको रकम फछ्र्यौटको अवस्था शून्य छ । जनप्रतिनिधिहरु चुनिएर आएपछिको आर्थिक वर्ष २०७४/०७५ देखि २०८०/०८१ सम्म जिल्लाका स्थानीय तहको कुल बेरुजु रकम २ अर्ब १९ करोड ३१ लाख ५ हजार पुगेको छ। जसमध्ये ४३ करोड ४ लाख ९१ हजार मात्र फछ्र्यौट भएको महालेखापरीक्षकको कार्यालयले हरेक वर्ष प्रकाशन गर्ने वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ। जिल्लाका सात स्थानीय तहले अझै १ अर्ब ७६ करोड २६ लाख…
काठमाडौं,४असार। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै सोमबार बसेको बैठकका १९ निर्णय सार्वजनिक गरेका हुन्। हेर्नुहोस् निर्णयहरुः
काठमाडौं,४असार। गण्डकी प्रदेशका सांसद राजिव गुरुङ (दीपक मनाङे) पदमुक्त भएका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासले उनलाई फौजदारी कसुरमा दोषी ठहर भई फैसला अन्तिम भइसकेको कारण जनाउँदै पदमुक्त हुने निर्णय गरेको हो । खुँडा प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको कसुरमा दोषी ठहर भएका थिए। सर्वोच्च अदालतको संवैधानिक इजालसले उम्मेद्वार हुन समेत अयोग्य भएका उनी विवरण झुक्याएर सांसद भएको ठहर गरेको हो। उनलाई सुरुको दिनदेखि नै लागू हुनेगरी पदमुक्त गर्न माग भएकोमा सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला भएको मिति (आज) बाट लागू हुनेगरी पदमुक्त हुने निर्णय सुनाएको हो ।
भैरहवा,४असार। भैरहवास्थित लुम्बिनी एम्युजमेन्ट पार्क एण्ड रिसोर्ट प्रालि (एक्वा पार्क) को ‘स्वीमिङ पुल’मा डुबेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ। सिद्धार्थनगर नगरपालिका-१ स्थित एक्वा पार्कको ‘स्वीमिङ पुल’मा पौडी खेल्ने क्रममा भारतको नौतनवाका साइल अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीले बताए। लुम्बिनी एम्युजमेन्ट पार्कले सुरक्षा मापदण्डमा वेवास्ता गर्दा भारतीय नागरिकले ज्यान गुमाउनु परेको भन्दै आलोचना भइरहेको छ।
काठमाडौं,४असार। परराष्ट्र मन्त्रालयले इरान र इजरायलबीच जारी युद्धका कारण मध्यपूर्वी देशको यात्रा नगर्न आग्रह गरेको छ। बुधबार ट्राभल एडभाइजरी जारी गर्दै परराष्ट्र मन्त्रालयले उक्त आग्रह गरेको हो। ‘इजरायल र इरानको भ्रमण वा वैदेशिक रोजगारी वा अन्य कुनै प्रायोजनको लागि जाने तयारी गरिरहनुभएका नेपाली नागरिकहरूलाई हालको जटिल परिस्थित कायम रहेसम्म त्यस्ता भ्रमण तथा यत्रा नगर्नू, त्यस्ता भ्रमण तथा यात्रालाई स्थगित गर्नू’, परराष्ट्र मन्त्रालयले ट्राभल एडभाइजरीमा भनेको छ। इजरायल-इरानबीच विकसित घटनाक्रमलाई सरकारले नजिकबाट नियालिरहेको र त्यस स्थानमा रहेको नेपालीहरू हालसम्म सुरक्षित रहेको मन्त्रालयको भनाइ छ। दुई देशबीचको द्वन्द्वले हवाईमार्ग बन्द रहेकाले तेस्रो मुलुक हुँदै नेपाल फर्किनुपर्ने अवस्था आउनसक्ने भन्दै परराष्ट्र मन्त्रालयले त्यसका…