Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,१८ जेठ। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको अध्यक्षमा करुणा कटुवाल नियुक्त भएकी छन् । केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार पार्टी सभापति गगनकुमार थापाले विधान बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको संघको अध्यक्षमा कटुवाललाई अध्यक्षमा नियुक्त गरेका हुन् ।

Read More

डडेलधुरा,१८ जेठ। डडेलधुरामा शुक्रबारदेखि बेपत्ता रहेका सशस्त्र प्रहरीका जवानसहित दुई जना सोमबार मृत अवस्थामा फेला परेका छन्। सशस्त्र प्रहरी बलको बीओपी परिगाउँमा कार्यरत जवान ओमप्रकाश पुन मगर र परशुराम नगरपालिका–५ का स्थानीय तीर्थबहादुर थापा मगरको शव महाकाली नदी क्षेत्रमा फेला परेको डडेलधुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहले बताए । उनका अनुसार, तीर्थबहादुरको शव परशुराम नगरपालिका–५ स्थित महाकाली नदीको कल्पठ्ठे क्षेत्रमा र जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेव नजिक भारततर्फको महाकाली नदी किनारमा फेला परेको हो। घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Read More

भैरहवा, १८ जेठ। रुपन्देही प्रहरीले भन्सार छली गरेर भित्राइएका विभिन्न सामग्री बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा लाखौं मूल्य बराबरको तस्करीका सामग्री बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, जिल्लाको मर्चवारी गाउँपालिका, रोहिणी गाउँपालिका, मायादेवी गाउँपालिका, सिद्धार्थनगर नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र बुटवल उपमहानगरपालिकाको विभिन्न स्थानबाट लत्ताकपडा, खाद्यान्न लगायत सामग्री बरामद भएको हो । तस्करीमा प्रयोग गरिएका पाँच वटा मोटरसाइकलसहित बरामद सामग्रीको मूल्य ११ लाख ८८ हजार रुपैयाँ बताइएको छ । बरामद सामग्री आवश्यक कारबाहीका लागि भैरहवास्थित भन्सार कार्यालय बेलहियामा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

Read More

दाङ,१८ जेठ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महिला स्वास्थ्य स्वयंसेविकाहरुले जनस्वास्थ्यको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनीहरुको हकहित र मनोबल अभिवृद्धिका लागि प्रदेश सरकार सकारात्मक रहेको बताएका छन्। नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा) लुम्बिनी प्रदेश समितिले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको माग तथा सुझावपत्र बुझ्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य स्वयंसेविकाहरु समुदायस्तरको स्वास्थ्य सेवाको मेरुदण्डका रुपमा रहेको उल्लेख गरे । मातृ तथा शिशु स्वास्थ्य, खोप अभियान, परिवार नियोजन, पोषण तथा जनचेतनामूलक कार्यक्रममार्फत महिला स्वास्थ्य स्वयंसेविकाहरुले पुर्याएको योगदान उच्च रहेको उनको भनाइ छ । संघकी प्रदेश अध्यक्ष सुनिता शर्माको नेतृत्वमा गएको टोलीले नौ बुँदे माग तथा सुझावपत्र पेश गरेको थियो।…

Read More

काठमाडौं,१८ जेठ। सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत पूँजीगत लाभकर वृद्धि गरेपछि बजेटपछिको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा उल्लेख्य गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.७२ अंकले घटेर २,७५५.३७ विन्दुमा बन्द भएको हो। आयकर ऐन, २०५८ को दफा ९५ को उपदफा (२) संशोधन गर्दै सरकारले अल्पकालीन लगानीकर्ताका लागि पूँजीगत लाभकरको दर ७.५ प्रतिशतबाट बढाएर १० प्रतिशत तथा दीर्घकालीन लगानीकर्ताका लागि ५ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत कायम गरेको छ। कर दर वृद्धिको निर्णयले लगानीकर्तामा निराशा बढाएको र त्यसको प्रभाव सोमबारको बजारमा देखिएको लगानीकर्ताहरुको बुझाइ छ। यस दिन ३४९ वटा स्क्रिप्सको १ करोड ३३ लाख ८३ हजार ८१६ कित्ता…

Read More

काठमाडौं,१८जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन्। भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी भारत गएका हुन्। रास्वपाका प्रवक्ता मनीष झाका अनुसार, भ्रमणका क्रममा सभापति लामिछानेले नयाँ दिल्लीमा भाजपाका शीर्ष नेताहरुसँग उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भ्रमण टोलीमा सभापति लामिछानेसँगै उनकी पत्नी निकिता पौडेल, पार्टीका सहमहामन्त्री एवं सांसद विपिन आचार्य, सचिवालय सदस्य एवं सांसद् दीपक बोहोरा र प्रदीप आचार्य सहभागी छन्। भारत भ्रमणका क्रममा टोलीले त्यहाँ बसोबास गरिरहेका नेपाली समुदायका सदस्य तथा पार्टीका शुभेच्छुकहरुसँग पनि…

Read More

काठमाडौं,१७ जेठ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा सम्बन्धी विषय कूटनीतिक संवादमार्फत समाधान गरिने बताएका छन्। उनले आफु प्रधानमन्त्री भएपछि नेपालले पनि भारतको जग्गा मिचेको थाहा पाएको दाबी गरे। आज बसेको संसद बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले यस्तो दाबी गरेका हुन् । ‘म प्रधानमन्त्री भएपछि थाहा पाएको भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको रहेछ,’उनले भने, ‘यो विषयमा दुईपक्ष बसेर हेर्नुपर्नेछ ।’ नेपालका प्रधानमन्त्रीले संसद्मा आफ्नो देशले छिमेकी देशको सीमा मिचेको अभिव्यक्ति दिएको सम्भवतः पहिलोपटक हो।

Read More

काठमाडौं, १७ जेठ। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन शाहले सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिन आफू तयार रहेको बताएका छन्। बैठक सुरु भएपछि सभामुख डोलप्रसाद अर्यालले कार्यसूचीअनुसार सदनका कामकारबाही अघि बढाइरहेका बेला प्रधानमन्त्री शाहले बोल्नका लागि हात उठाएका थिए। प्रारम्भमा सभामुखले उनलाई बोल्ने अनुमति नदिए पनि केही समयपछि प्रधानमन्त्रीले बोल्न इच्छा व्यक्त गरेको जानकारी गराउँदै रोष्ट्रम प्रयोग गर्न अनुमति दिएका थिए। सभामुख अर्यालले,‘प्रधानमन्त्रीज्यूले हात उठाउनुभएकोले उहाँलाई रोष्ट्रम प्रयोग गर्न अनुमति दिएको छु,’ भन्दै बोल्न समय उपलब्ध गराएका थिए। रोष्ट्रममा पुगेपछि प्रधानमन्त्री शाहले लामो समयदेखि सांसदहरुले लामो समयदेखि प्रश्न सोध्न चाहेको उल्लेख गर्दै त्यसका लागि समय उपलब्ध गराउन आफू तयार रहेको…

Read More

काठमाडौं, १७ जेठ। प्रहरीले टिकटकर तुलसा अधिकारीलाई थाइल्यान्डबाट पक्राउ गरेर नेपाल ल्याएको छ। सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगीसम्बन्धी कसुरमा उनलाई थाइल्यान्डबाट पक्राउ गरेर जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रहरीका अनुसार अधिकारीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत रेड नोटिस जारी गरिएको थियो। सोही आधारमा उनलाई थाइल्यान्डमा पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि नेपाल ल्याइएको हो। अधिकारीविरुद्ध २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको थियो। उक्त मुद्दामा उनीसहित १० जना प्रतिवादी रहेका छन्। तुल्सा कलेक्सन प्रालिकी सञ्चालक अधिकारीमाथि एक व्यवसायीलाई बलात्कार मुद्दामा फसाउने धम्की दिँदै ‘ब्ल्याकमेल’ गरेको आरोप छ। पीडित…

Read More

डडेल्धुरा, १७ जेठ। सशस्त्र प्रहरीका एक जना जवानसहित दुई जना दुई दिनदेखि बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार, बेपत्ता हुनेमा परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर छन्। शुक्रबारदेखि सम्पर्कविहीन भएका दुवै जना नातामा मामा(भान्जा पर्ने बताइएको छ। महाकाली नदी किनारमा उनीहरुले प्रयोग गरेको ट्युब फेला परेको र उनीहरुको खोजी भइरहेको डीएसपी भएको बरुणबहादुर सिंहले बताए ।

Read More