


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
वीरगञ्ज,१२ जेठ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतका अनुसार, अदालतको आदेश अनुसार उनलाई साधारण तारेखमा रिहा गरिएको हो। न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले प्रसाईंलाई रिहा गर्न आदेश गरेको हो । गत जेठ ४ गते वीरगञ्जको एक होटलबाट पक्राउ परेका प्रसाईँलाई साइबर कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको थियो।
भारत । भारतको तमिलनाडुका मुख्यमन्त्री जोसेफ विजय चन्द्रशेखरले सहकारी बैंकहरुबाट सीमान्त किसानले लिएको ५० हजार रुपैयाँसम्मको बाली ऋण मिनाहा गर्ने घोषणा गरेका छन्। उनले सहकारी बैंकहरुबाट बाली ऋण लिएका ठूला किसानले पनि ५ हजार रुपैयाँ राहत पाउने जानकारी आफ्नो आधिकारिक एक्स ह्यान्डलमार्फत सार्वजनिक गरेका हुन्। मुख्यमन्त्रीको अध्यक्षतामा सचिवालयमा आयोजित समीक्षा बैठकपछि उक्त घोषणा गरिएको हो। बैठकमा कृषि तथा किसान कल्याण मन्त्री आर. विनोथ, सहकारी मन्त्री वी.गान्धीराज, वित्त मन्त्री एन.मेरी विल्सन तथा वरिष्ठ सरकारी अधिकारीहरुको उपस्थिति रहेको थियो। तमिलनाडु सरकारका अनुसार, उक्त निर्णयबाट करिब १४ लाख २२ हजार किसान लाभान्वित हुनेछन् भने यसका लागि सरकारलाई थप २,०४४.४६ करोड रुपैयाँ खर्च हुने…
भैरहवा,१२ जेठ। जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले भैरहवास्थित साई ग्लोबाल कलेजमा अध्यनरत विद्यार्थीहरुलाई सडक सुरक्षा, ट्राफिक नियमको पालना तथा दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतनामूलक प्रशिक्षण दिएको छ। कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक प्रतिमा कार्कीले कलेजमा अध्ययनरत विद्यार्थीलाई सुरक्षित रुपमा सडक प्रयोग गर्ने तरिका, ट्राफिक नियमको पालना, दुर्घटना न्यूनीकरणका उपाय तथा सचेत नागरिकको भूमिकाबारे जानकारी गराएकी थिइन्। साथै, सडक प्रयोग गर्दा अपनाउनुपर्ने व्यावहारिक सावधानी सम्बन्धी प्रशिक्षणसमेत प्रदान गरिएको छ । प्रशिक्षण कार्यक्रमले विद्यार्थीहरुमा ट्राफिक सचेतना अभिवृद्धि हुनुका साथै सुरक्षित सडक संस्कृतिको विकासमा सहयोग पुग्ने विश्वास लिइएको छ।
काठमाडौं,१२ जेठ। प्रहरीले ठूलो परिमाणमा इलेक्ट्रिक चुरोट (भेप) सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–८ का ३२ वर्षीय नविन खड्का रहेको प्रहरीले जनाएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनाका आधारमा काठमाडौंको खिचापोखरीको आरबी कम्प्लेक्सको अण्डरग्राउण्डमा रहेको ‘स्माइल योर च्वाइस’ पसल र सोही कम्प्लेक्सको अर्को बिल्डिङमा रहेको भेपमान्डु ट्रेडर्स प्रालिको गोदाममा खानतलासी गरेको थियो । कार्यालयका अनुसार, खानतलासीका क्रममा विभिन्न कम्पनीका ६ करोड मूल्य बराबरका बिलबिजक नभएको २८ हजार ५०० वटा भेप बरामद भएको हो। पसल संचालक खड्कालाई पक्राउ गरेर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
भैरहवा,१२ जेठ। भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) नेत्र बुढालाई बैशाख महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ (उत्कृष्ट प्रहरी) घोषित गरिएको छ । विमानस्थल सुरक्षालाई थप प्रभावकारी, सुरक्षित तथा व्यवस्थित बनाउन उल्लेखनीय भूमिका निर्वाह गर्दै तोकिएको जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गरेको मूल्यांकनका आधारमा छनौट भएका इन्सपेक्टर बुढालाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित गरिएको कार्यालयले जनाएको छ । आयोजित कार्यक्रममा कार्यालय प्रमुख एंव एसएसपी राकेश सिंहले इन्सपेक्टर बुढालाई ‘बेस्ट पुलिस अफ द मन्थ’ को प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेका छन् । यस्तै तोकिएको जिम्मेवारी व्यावसायिक रुपमा सम्पादन गरेको भन्दै प्रहरी हवल्दार देव कुमारी मश्राङ्गीलाई…
भैरहवा,१२ जेठ। जल तथा मौसम विज्ञान विभागले बिहीवार (आज) दिउँसो रुपन्देहीसहितका केही जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले आज सूचना जारी गर्दै हावाहुरीले छाना उडाउने, रुख र पोल ढल्ने जोखिम हुने भएकाले सतर्क रहन विभागले आग्रह गरेको हो । विभागका अनुसार, यी हुन् हावाहुरीबाट प्रभावित हुने जिल्लाहरु : लुम्बिनी प्रदेश : रुपन्देही सहित आसपासका जिल्ला बागमती प्रदेश : मकवानपुर र चितवन सहित आसपासका जिल्ला गण्डकी प्रदेश : नवलपुर र तनहुँ सहित आसपासका जिल्ला कोशी प्रदेश : झापा र मोरङ सहित आसपासका जिल्ला मधेश प्रदेश : बारा, पर्सा, सर्लाही र धनुषा सहित आसपासका जिल्ला ।
काठमाडौं,९ जेठ। नेपाल प्रहरीले गत वैशाख महिनामा लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न आरोपमा देशभरबाट १ हजार ५६ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्ष अनुसार, पक्राउ पर्नेमा काठमाडौं उपत्यकाबाट १ सय ७१ जना, कोशी प्रदेशबाट २ सय ६ जना, मधेश प्रदेशबाट ७० जना, बागमती प्रदेशबाट १ सय ५४ जना, गण्डकी प्रदेशबाट ५६ जना, लुम्बिनी प्रदेशबाट १ सय ६९ जना, कर्णाली प्रदेशबाट २१ जना, सुदूरपश्चिम प्रदेशबाट १ सय ६७ जना तथा लागूऔषध नियन्त्रण ब्यूरोबाट ४२ जना रहेका छन् । उक्त अवधिमा प्रहरीले गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन, पोलेन लगायत विभिन्न प्रकारका अवैध लागूऔषधसमेत बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार,…
काठमाडौं,९ जेठ। मानव बेचबिखन तथा ओसारपसारमा संलग्न अरोपमा प्रहरीले २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको राजस्थान प्रदेशका २४ वर्षीय छोटुलाल जांगिड र सोही प्रदेशका २१ वर्षीय देन्वेन्द्रकुमार हरिजन रहेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार, ललितपुर महानगपालिका–१४ खुमलटारको एक बालिकालाई फकाएर दिल्ली जाने बसको टिकट काट्दै गरेको अवस्थामा पीडित बालिकाको उद्धार गरी उनीहरुलाई पक्राउ गरिएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
लुम्बिनी,९ जेठ। बेलायतकी इन्डो–प्यासिफिक तथा इक्वालिटिज् उपमन्त्री सीमा मल्होत्राले लुम्बिनी सम्पूर्ण मानवजातिका लागि प्रेरणा, शान्ति र सद्भावको केन्द्र भएको बताएकी छन् । लुम्बिनी भ्रमणका क्रममा उनले बेलायत सरकार, युनेस्को र दुर्हाम विश्वविद्यालयको सहयोगमा लुम्बिनी तथा कपिलवस्तु क्षेत्रमा गरिएको उत्खननबाट महत्वपूर्ण ऐतिहासिक तथा पुरातात्त्विक तथ्य उजागर भएको उल्लेख गर्दै यस्ता सम्पदाको संरक्षण सबैको साझा दायित्व भएको बताइन्। लुम्बिनी भ्रमणपछि उपमन्त्री मल्होत्राले प्राचीन कपिलवस्तु तिलौराकोटस्थित राजा शुद्धोधनको राजप्रासाद तथा राजकुमार सिद्धार्थले २९ वर्ष बिताएको ऐतिहासिक स्थलको अवलोकन गरेकी थिइन् । लुम्बिनी र कपिलवस्तुमा भएको वैज्ञानिक अध्ययन, अनुसन्धानबारेमा उनलाई त्यहाँ जानकारी गराइएको थियो। त्यस्तै शनिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र उपमन्त्री मल्होत्राबीच…
भैरहवा, जेठ ९ । भैरहवामा भएको ‘पञ्चकन्या रुपन्देही सुपरलिग’को उपाधि वेष्टर्न क्रिकेट क्लब, बुटवलले उचालेको छ। शनिबार सिद्धार्थ क्रिकेट रंगशालामा भएको फाइनल खेलमा लुम्बिनी खुकुरी क्लब, भैरहवालाई ४५ रनले पराजित गर्दै वेष्टर्नले उपाधि उचालेको हो । उपाधीसँगै वेष्टर्नले १ लाख १ रुपैयाँ र उपविजेतामा लुम्बिनी खुकुरीले ५० हजार १ रुपैयाँ प्राप्त गर्याे । टस जितेर ब्याटिङमा रोजेको वेष्टर्नले निर्धारित ५० ओभरमा ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ८२ रन बनाउन सफल भयो। जसका लागि देव खनालले ३०, दीपेश रोक्काले २७, सन्देश थापाले २६, सुमित नेवारले २०, रन्जित खत्रीले १९, प्रज्जवल थापाले १४, कलम अली मुसलमानले १३, अभिशेष…