Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,४ साउन। काठमाडौंको सुन्धारास्थित धरहरालाई गुगल म्यापमा ‘सेतो टावर’ नाममा देखाइएको छ। गुगल म्यापमा सर्च गर्दा सेतो टावर देखिएको हो । सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका कामु निर्देशक रोशन श्रेष्ठले उक्त विषयमा आफुहरुलाई जानकारी नभएको बताए । उनले भने- ‘कसैले राख्यो होला हामीलाई जानकारी छैन,’ भूकम्प पछिको पुनः निर्माण भएको धरहरालाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्‌नो चुनावी अभियानमा सेतो टावर भनेपछि यो शब्द चर्चामा आएको थियो। उनले धरहरा भत्किसकेको भन्दै नयाँ बनेको संरचनालाई सेतो टावर भएको बताएका थिए। गुगलले म्याप इडिट गर्न र नयाँ नाम राख्न सबैलाई एक्सेस दिने गरेकोले नाम परिवर्तन भएको हुनसक्ने…

Read More

काठमाडौं,४साउन। नेपाल र भारतबीच ९ वर्षदेखि हुन नसकेको गृहसचिवस्तरीय बैठक यसै साता बस्ने भएको छ। संघीय संसद राष्ट्रिय सभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले यो जानकारी दिएका हुन्। बैठकमा गृह मन्त्रालयका सचिवको नेतृत्वमा परराष्ट्र, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, प्रधानमन्त्री कार्यालय, नापी विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च पदस्थ अधिकारीहरुका साथै भारतीय पक्षका प्रतिनिधिहरु सहभागी हुनेछन्। गृहमन्त्री लेखकका अनुसार, यस बैठकमा सीमामा हुने अपराध नियन्त्रण, सीमास्तम्भहरुको मर्मतसम्भार लगायतका विषयमा छलफल हुनेछ। साथै, सीमा क्षेत्रमा हुने आवतजावतलाई व्यवस्थित गर्ने विषयमा पनि छलफल गरिनेछ। सीमा निर्धारण र विवाद समाधानका लागि छुट्टै संयन्त्रहरु भए…

Read More

काठमाडौं,४साउन । साउदी अरेबियाका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल सउदको ३६ वर्षको उमेरमा निधन भएको छ। उनी २० वर्षदेखि कोमामा थिए। सन् २००५ मा १५ वर्षको हुँदा लन्डनमा सैन्य क्याडेटको रुपमा अध्ययनका क्रममा भएको कार दुर्घटनामा गम्भीर घाइते भएपछि उनको मस्तिष्कमा गहिरो चोट लागेको थियो। त्यसपछि उनी कहिल्यै पूर्ण रुपमा होसमा आउन सकेनन्। राजकुमारलाई अमेरिकी र स्पेनी चिकित्सकहरुको विशेष निगरानीमा राखिएको थियो। उनको शरीरमा बेलाबेला देखिने स–साना अनियन्त्रित गतिविधिले परिवारमा आशा जगाउने गर्थ्यो। शरीरका केही अंगहरु चलेकोजस्तो देखिने भिडिओहरु पनि सार्वजनिक भएको गल्फ न्युजले जनाएको छ। सामाजिक सञ्जालमा धेरैले राजकुमार वालिदप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। दुर्घटनापछि लामो…

Read More

नवलपरासी,४साउन । बुटवल–नारायणगढ सडकअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का अनुसार, भारी वर्षासँगै आएको पहिरो वा माटो खसेको कारण सडक अवरुद्ध भएको हो। सडक मर्मतका क्रममा ठूला उपकरण जाम हुँदा र ट्रक बिग्रिएर रोकिँदा पनि सडक घण्टौँसम्म अवरुद्ध भएको थियो। बुटवल–नारायणगढ सडक विस्तारका लागि दाउन्ने पहाडमा भित्तो कटानको काम सुरु गरेसँगै सडक अवरुद्ध हुने क्रम बढेको हो। १४ किलोमिटरको उक्त दाउन्ने खण्डमा गत आर्थिक वर्षमा पहिलेभन्दा धेरैपटक सडक अवरुद्ध भएको ट्राफिक प्रहरी प्रमुख जनक बन्जाराले बताए। वर्षामा लगातार पहिरो र हिलो तथा घाम लाग्दा खाल्डाखुल्डी…

Read More

काठमाडौं,४साउन । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा धेरै भारी वर्षा हुने जनाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्-‘मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरुमा भारी वर्षा हुने अनुमान गरेको छ। मौसमजन्य विपतबाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौँ। अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु। सुरक्षाकर्मीहरुलाई आवश्यक सुरक्षाको लागि तयारी अवस्थामा रहन पनि निर्देशन गर्दछु।’  कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरुमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको…

Read More

काठमाडौं,२साउन। नेपाल दूरसंचार प्राधिकरणले टेलिग्राम एप बन्द गराएको छ। प्राधिकरणले सूचना जारी गर्दै सेवा प्रदायकहरुलाई टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको हो। टेलिग्राम एपमार्फत अनलाइन ठगीको संख्या निरन्तर बढिरहेको भन्दै प्राधिकरणद्धारा जारी सूचनामा भनिएको छ भनिएको छ, ‘सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहको बुझिन आएको उक्त टेलिग्राम एपको पहुँचमा रोक लगाउने/बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसंचार सेवा प्रदायकहरुलाई यसै सूचनामार्फत निर्देशन गरिएको छ ।’ गत ०८१ पुसमा एफवान सफ्टको प्रणाली ह्याक गरेर सिटिजन्स बैंकको खाताबाट साढे ३ करोड रुपैयाँ चोरी भएको घटनामा पनि टेलिग्राम जोडिएको थियो। ह्याकरले टेलिग्राममार्फत बेरोजगार युवालाई प्रलोभन देखाएर रकम चोरी गरेको…

Read More

काठमाडौं,२साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भ्रष्टाचारको छानबिन र कारबाही माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाएको छ। शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन दलबलसहित अख्तियारको केन्द्रीय कार्यालय टङ्गाल पुगेर ज्ञापन पत्र बुझाएका हुन् । ‘नेपालमा भ्रष्टाचार महामारीको रुपमा फैलिँदै गएको छ। आयोगको वार्षिक प्रतिवेदन अनुसार मात्र पनि भ्रष्टाचारको उजुरी, मुद्दाको संख्या र दावी रकम बढ्‌दै गएको अवस्थाले यसको पुष्टि हुन्छ’, ज्ञापन पत्रमा भनिएको छ ‘अहिले भ्रष्टाचार कहाँ कहाँ छ होइन, कहाँ चाहिँ छैन भनेर खोज्नुपर्ने परिस्थिति निर्माण भएको छ ।’ सुडान घोटाला, ललिता निवास, वाइडबडी, क्यान्टोन्मेन्ट, ओम्नी, एनसेल लगायतका ठूला भ्रष्टाचारका काण्डहरुमा राजीनतिक नेतृत्वको छानबिनको दायरा पर्नुले आयोगको निष्पक्षता…

Read More

भैरहवा,२साउन । रुपन्देहीले प्रहरीले हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सियारी गाउँपालिका-८ गठुवाका २४ वर्षीय पहलाद थारु रहेको नेपाल प्रहरी प्रधान कार्यालयको समाचार कक्षले जनाएको छ । प्रहरीका अनुसार गत बुधवार थारुको कुटपिटमा घाइते भएका सियारी गाउँपालिका-३ कुरमारका २८ वर्षीय नागेश्वर चौधरीको सिटी अस्पतालमा उपचारको क्रममा शुक्रवार बिहान मृत्यु भएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं,२ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली कागजात बनाउने गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको धरमपुर घर भई काठमाडौं महनगरपालिका-१० का ५२ वर्षीय सफराज खड्का रहेको प्रहरीले जनाएको छ । उनलाई काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरिएको हो । पक्राउ परेका खड्काले विगत २ वर्ष देखि नक्कली कागजात बनाउँदै आएको प्राराम्भिक अनुसन्धानमा खुलेको सीआईबीका प्रवक्ता युवराज अड्डाले बताए। उनका अनुसार खड्काले आफ्नो निजी पसलमा विभिन्न शैक्षिक संस्था (टियू, सिटीभिटी लगायत) मालपोत, नापी, अदालत, नगरपालिका, प्रहरी, कर कार्यालय, राजनीतिक दल लगायतका कागजातहरु नक्कली बनाउने गरेका थिए । पक्राउ परेका खड्काको साथबाट टियूदेखि सीटीइभीटी, एचएसईबी,…

Read More

भैरहवा,२ साउन । सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीले एक वर्षमा राजस्व छलीका १३ करोड १० लाख बढी रुपैयाँ बराबरको विभिन्न सामग्री बरामद गरेको छ । गत आर्थिक वर्ष ०८१/०८२ मा भारतबाट अवैध रुपमा भित्राइएको कपडा, मोबाइल, मदिरा, चिनी, कुखुरा, रासायनिक विषादी, मोटर पार्टस, पशु चौपाया, औषधी लगायतका सामग्रीहरु नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि भन्सार, राजस्व अनुसन्धान कार्यालय, पशु तथा प्लान्ट क्वारेन्टाइन कार्यालयमा पठाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका एसपी मेखराज जोशीले बताए । उनका अनुसार, तस्करीका सामग्री ढुवानीमा प्रयोग भएका आठ वटा ट्रक मिनि ट्रक ट्याक्टर, कार भ्यान छोटा हात्ति १० वटा,…

Read More