


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
चितवन,११असार। अण्डा उत्पादनमा करिब २५ प्रतिशतले गिरावट आउँदा अण्डको मूल्य बढेको छ। उत्पादन घटेसँगै माग बढ्दा अण्डाको मूल्यमा पनि उल्लेखनीय वृद्धि भएको हो। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालले गर्मीका कारण कुखुराले दाना कम खाँदा अण्डा उत्पादन पनि कम भएको बताए । “पच्चीस प्रतिशत हाराहारी उत्पादन घटेको छ । यो मौसममा रोग देखिने गर्दछ, पानी परेर आद्रता बढ्दा कुखुरालाई गर्मीको तनाव झन् बढ्छ । जसले उत्पादन घटाउँछ”, उनले भने । नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार, हाल दैनिक अण्डा उत्पादन ३० हजार कार्टुनभन्दा कममा झरेको छ। जुन चार महिनाअघि ४० हजार कार्टुन थियो। उत्पादन…
झापा,११असार। झापामा दुई दिनदेखि बेपत्ता रहेको एक बालकको शव फेला परेको छ। प्रहरीका अनुसार कमल गाउँपालिका–१ का १२ वर्षीय बालक सुसान शेर्पाको गत असार ८ गतेदेखि बेपत्ता भएका थिए। जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार शव खोलाले बगाएर ल्याएको अवस्थामा इलाका प्रहरी कार्यालय तोपगाछीमा सूचना प्राप्त भएको थियो। घटनास्थलमा पुगेको प्रहरी टोलीले शवको पहिचान सुसान शेर्पाका रुपमा पुष्टि गरेको हो। घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्याङ्जा,११ असार। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकामा घट्दो जनसंख्यालाई मध्यनजर गर्दै कम्तीमा दुई भन्दा बढी सन्तान जन्माउने प्रोत्साहन गर्ने भएको छ। पालिकाका अध्यक्ष खिमबहादुर थापाका अनुसार, यस्तो परिवारलाई बालबालिका पालनपोषणमा सहयोग उपलब्ध गराइनेछ। गाउँपालिकाले हालको ऋणात्मक जनसंख्या वृद्धिदर यथावत रहेमा ३० वर्षपछि जनसंख्या १७ हजार ९०० बाट घटेर ५ हजारमा झर्ने प्रक्षेपण गरेको उनले बताए । यो अवस्थालाई सम्हाल्न आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १० लाख रुपैयाँ बजेट छुट्याइएको उपाध्यक्ष सावित्रा कोइरालाले जानकारी दिइन्। गाउँपालिकाले खेतीयोग्य जमिन बाँझो राख्न नपाइने नीति पनि ल्याएको छ। खेती नगर्ने व्यक्तिलाई जरिवाना तिर्नुपर्नेछ भने चाहने किसानलाई अनुदान दिइनेछ। खेती गर्न नसक्नेको जमिन गाउँपालिकाले भाडामा…
धनकुटा,११असार। प्रहरीले महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटा नगरपालिका-८ सान्ताङका ५२ वर्षीय खड्ग बहादुर राई रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार ५० वर्षीय महिलालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा राईलाई पक्राउ गरिएको हो। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
भैरहवा, ११ असार। रुपन्देहीको रोहिणी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि ५९ करोड १७ लाख बराबरको बजेट ल्याएको छ। मंगलबार १७ औं गाउँसभामा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले बजेट प्रस्तुत गर्दै आन्तरिक आय १ करोड ९६ लाख १२ हजार ८ सय ८४ रुपैयाँ, संघीय सरकारबाट ५१ करोड १४ लाख ९३ हजार १ सय १६ रुपैयाँ, प्रदेश सरकारबाट ३ करोड २३ लाख ९४ हजार, बैंक मौज्दात २ करोड ५० लाख, जिल्ला समन्वय समितिबाट ७२ लाख गरी जम्मा ५९ करोड १७ लाख अनुमान गरेको बताए। पालिकाले शिक्षातर्फ ३ करोड, कार्यालय सञ्चालन र प्रशासनिक खर्चको लागि ९…
काठमाडौं,१०असार। सप्तरी जिल्लाका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडालाई जिम्मेवारीबाट हटाइएको छ। कोशी ब्यारेज क्षेत्रका गाँजा मुद्दाका एक आरोपीलाई पक्राउ नगर्नका लागि घुस लिएको विषय बाहिरिएपछि छानबिनका लागि उनलाई जिम्मेवारीबाट हटाइएको हो। प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार, खतिवडामाथि केही बुझ्नु पर्ने भएकाले बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको हो। एसपी खतिवडाले सई विश्वनाथ त्रिपाठीमार्फत आरोपीका भाई अखिलेश मण्डलसँग चार लाख रुपैयाँ लिएको आरोप छ। घटनाका सम्बन्धमा मधेस प्रदेश प्रहरी कार्यालयले घटनाको छानबिन गर्न वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार, प्रारम्भिक अनुसन्धान…
काठमाडौं,१० असार। नेपाली सेनाका सहायक रथी गौरवकुमार केसी उपरथीमा बढुवा भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो। हाल पूर्वी पृतनाका निमित्त पृतनापतिको रुपमा कार्यरत केसीले उपरथीमा बढुवा भएसँगै पूर्वी पृतनाको पृतनापतिको पूर्ण जिम्मेवारी सम्हाल्ने बताइएको छ। केही साताअघि मात्रै केसी सैनिक प्रवक्ताबाट पूर्वी पृतनामा सरुवा भएका थिए। २०४७ सालमा रोयल नेपाली सैन्य प्रतिष्ठान, खरिपाटीबाट तालिम सम्पन्न गरी पुरानो गोरख बटालियनमा सहायक सेनानीको रुपमा सैन्य करियर सुरु गरेका केसीले साढे तीन दशक लामो सेवा अवधिमा स्वदेश तथा विदेशमा विभिन्न महत्त्वपूर्ण जिम्मेवारीहरु सम्हालेका छन्।
काठमाडौं,१०असार। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक ल्याइने र दर्ता नहुने प्लेटफर्महरुलाई सरकारले व्यवस्थापन गर्ने बताएका छन्। सञ्चार मन्त्रालयले तीन पटकसम्म दर्ताका लागि आह्वान गर्दा समेत दर्ता नभएको भन्दै सरकारले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक निर्माण गरिरहेको बताए । उनले विभिन्न माध्यमबाट सम्पर्क गरेर उनीहरूसँग छलफल गर्दा सोसल मिडिया नियमन गर्ने विधेयक पनि नभएको देश भनेर हेपेर बोल्ने गरेको बताए । उनका अनुसार विभिन्न माध्यमबाट सम्पर्क गर्दा सामाजिक सञ्जालका प्रतिनिधिहरूले नेपालमा सामाजिक सञ्जाल नियमन गर्ने विधेयकसमेत नभएको भन्दै हेपेर बोल्ने गरेका छन्। उनले सबै सामाजिक सञ्जाल नेपालमा दर्ता हुनुपर्ने र नेपालको कानुन मान्नुपर्नेमा जोड दिए।…
काठमाडौं,१०असार। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले आगामी जुलाई महिनाबाट युरोपका उच्च मानवअधिकार भएका मुलुकहरुमा संस्थागत रुपमा नेपाली श्रमिक पठाउने व्यवस्था मिलाइएको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री भण्डारीले यस्तो जानकारी दिएका हुन्। उनले आन्तरिक रोजगार प्रवर्द्धन कार्यक्रमलाई नयाँ र प्रभावकारी ढंगले अघि बढाउने तयारी भइरहेको पनि उल्लेख गरे। मन्त्री भण्डारीले मुलुकको मानव संसाधन विकास गरी दक्ष र सीपयुक्त जनशक्तिलाई नेपालमै रोजगारीमा संलग्न गराउन मन्त्रालय प्रयत्नशील रहेको बताए। नीतिगत सुधारका क्रममा श्रम आप्रवासन नीति अन्तिम स्वीकृतिको चरणमा रहेको र सबै स्थानीय तहमा एकीकृत श्रम तथा रोजगार सेवा प्रदान गर्ने गरी…
काठमाडौं,१०असार। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकहरूको न्यूनतम मानवअधिकार सुनिश्चितता गन्तव्य मुलुकहरूको दायित्व भएको स्पष्ट पारेका छन्। मंगलबार प्रतिनिधिसभामा विनियोजन विधेयक २०८२ माथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री भण्डारीले यो विषय नेपालको लागि शर्त नभई अडान भएको बताए। उनले गन्तव्य मुलुकको विकासमा रगत-पसिना बगाउने नेपाली श्रमिकलाई ‘विकासको सारथी’ का रुपमा सम्मान गरिनुपर्ने र उनीहरुप्रतिको दृष्टिकोणमा व्यापक परिमार्जन हुनुपर्नेमा जोड दिए। विदेशी भूमिमा रहेका श्रमिकहरूको बीमा चौबीसै घण्टा कायम गराउन मन्त्रालयले थप पहलकदमी लिएको उनले जानकारी गराए। श्रम र रोजगारीको विषय मुलुकको अर्थतन्त्रको विकास र समृद्धिसँग प्रत्यक्ष जोडिएको बहुआयामिक विषय भएको मन्त्री भण्डारीको भनाइ छ।…