Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा,४असार। भैरहवास्थित लुम्बिनी एम्युजमेन्ट पार्क एण्ड रिसोर्ट प्रालि (एक्वा पार्क) को ‘स्वीमिङ पुल’मा डुबेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ। सिद्धार्थनगर नगरपालिका-१ स्थित एक्वा पार्कको ‘स्वीमिङ पुल’मा पौडी खेल्ने क्रममा भारतको नौतनवाका साइल अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीले बताए। लुम्बिनी एम्युजमेन्ट पार्कले सुरक्षा मापदण्डमा वेवास्ता गर्दा भारतीय नागरिकले ज्यान गुमाउनु परेको भन्दै आलोचना भइरहेको छ।

Read More

काठमाडौं,४असार। परराष्ट्र मन्त्रालयले इरान र इजरायलबीच जारी युद्धका कारण मध्यपूर्वी देशको यात्रा नगर्न आग्रह गरेको छ। बुधबार ट्राभल एडभाइजरी जारी गर्दै परराष्ट्र मन्त्रालयले उक्त आग्रह गरेको हो। ‘इजरायल र इरानको भ्रमण वा वैदेशिक रोजगारी वा अन्य कुनै प्रायोजनको लागि जाने तयारी गरिरहनुभएका नेपाली नागरिकहरूलाई हालको जटिल परिस्थित कायम रहेसम्म त्यस्ता भ्रमण तथा यत्रा नगर्नू, त्यस्ता भ्रमण तथा यात्रालाई स्थगित गर्नू’, परराष्ट्र मन्त्रालयले ट्राभल एडभाइजरीमा भनेको छ। इजरायल-इरानबीच विकसित घटनाक्रमलाई सरकारले नजिकबाट नियालिरहेको र त्यस स्थानमा रहेको नेपालीहरू हालसम्म सुरक्षित रहेको मन्त्रालयको भनाइ छ। दुई देशबीचको द्वन्द्वले हवाईमार्ग बन्द रहेकाले तेस्रो मुलुक हुँदै नेपाल फर्किनुपर्ने अवस्था आउनसक्ने भन्दै परराष्ट्र मन्त्रालयले त्यसका…

Read More

बुटवल,४असार। रुपन्देही प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित जडिबुटीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्ला,कन्कासुन्दरी गाउँपालिका–४ का ४८ वर्षीय सुकबहादुर बुढा रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीका अनुसार बुधवार इलाका प्रहरी कार्यालय बुटवलको टोलीले विशेष सूचनाको आधारमा बुटवल उपमहानगरपालिका–२ स्थित भिमसेन टोलबाट २८ लाख १७ हजार ५ सय मूल्य बराबरको १६ केजी १०० ग्राम (५,६३५ पिस) पाँचऔले जस्तो देखिने प्रतिबन्धित जडिबुटी बरामद गरेको हो। साथै, कुट्की जस्तो देखिने ९ केजी ६०० ग्राम पदार्थ, गिद्ध सिङे ५ थान र रुद्राक्ष ३ थान बरामद भएको उनले बताए। बरामद सामग्री र पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि…

Read More

काठमाडौं,३असार। बुधबार देशभर साधारणतया बदलीदेखि पूर्णयता बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च-पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरु हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Read More

काठमाडौं,३असार। नेपालले १२ वर्षपछि स्कटल्यान्डविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ। स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नेपालले स्कटल्यान्डलाई २ विकेटले पराजित गर्दै २०१३ यता पहिलोपटक जित आफ्नो नाममा दर्ज गरेको हो। तितवुड क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले ९७ रन बनाएको थियो। ९८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। अन्तिम ओभरमा जितका लागि ४ रन चाहिएको अवस्थामा १९.४ ओभरमा नेपालले आठौं विकेट गुमायो। नेपाललाई जितको लागि १ रन मात्रै चाँहिदा किरण ठगुन्ना क्याच आउट भए। करण केसी ३ र सन्दीप लामीछाने १ रनमा अविजित रहे। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक…

Read More

काठमाडौं,३असार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका एक कर्मचारीविरुद्ध अकुत सम्पत्ति आर्जनको मुद्दा दर्ता गरेको छ। आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र पर्साका अधिकृत कमलराज गौतमविरुद्ध मुद्दा दायर गरेको हो। २ करोड ५१ लाख बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा आरोप पत्र दायर गरिएको जनाएको छ।

Read More

काठमाडौं,३असार। सशस्त्र प्रहरीका गणेशबहादुर ठाडा मगरलाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिस अनुसार ठाडा मगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। गत जेठ १५ गते गृह मन्त्रालयले ठाडा मगरको नाम बढुवाका लागि सिफारिस गरेको थियो। बढुवाको प्रतिस्पर्धामा रहेका आधा दर्जनभन्दा बढी डीआईजीहरुलाई पछि पार्दै ठाडा मगर दोस्रो नम्बरबाट सिफारिस भएका थिए।

Read More

काठमाडौं,३असार। गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित उपसचिव र सहसचिवहरुको सरुवा गरेको छ। सरुवासँगै सहसचिवको दरबन्दीमा कार्यरत उपसचिवहरुलाई हटाएर उक्त पदमा सहसचिवहरुलाई नियुक्त गरिएको छ। साथै, मन्त्रालयको अतिरिक्त दरबन्दी पनि खाली गरिएको छ। मन्त्रालयले गुल्मी, इलाम, बैतडी, डोटी, गोरखा, डडेलधुरा, भोजपुर, रोल्पा, सिन्धुली र जुम्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको हो। हेर्नुहोस् सूची :

Read More

काठमाडौं,३असार। नेपाल प्रहरीको साइबर ब्युरोले पत्रकार दिलभूषण पाठकलाई प्रहरी कार्यालयमा उपस्थित हुनका लागि सूचना जारी गरेको छ । विद्युतीय कारोबार ऐनअन्तर्गत अदालतले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। ब्युरोले जारी गरेको सूचनामा भनिएको छ– ‘पक्राउ अनुमति प्राप्त भएको हुँदा यथाशीघ्र यस ब्युरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भइ अनुसन्धान कार्यमा सहयोग पुर्‍याइदिनु हुन अनुरोध गरिएको छ। ‘ सोमबार उच्च अदालत पाटनले पत्रकार पाठकलाई तत्काल पक्राउ नगर्न अल्पकालीन आदेश गरेको छ।

Read More

काठमाडौं,२असार। देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार धनकुटाको महालक्ष्मी नगरपालिका-७ धरधरेस्थित सडक छेउमा सोही नगरपालिका-१ कटहरेका २५ वर्षीय दिपेश कट्वाल आइतबार मृत अवस्थामा फेला परेका छन्। यसैगरी डोटीको केआईसिंह गाउँपालिका-३ गोदडा घडिङ्गेस्थित सेती नदी किनारमा पहिचान नभएको ४५ वर्षीय पुरुष मृत अवस्थामा भेटिएका छन्। बाँकेको नेपालगंज उपमहानगरपालिका-१० औद्योगिक क्षेत्रस्थित सडकमा पनि अन्दाजी ५० वर्षीय पुरुषको शव बरामद भएको प्रहरीले जनाएको छ। यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका-१२ टरीगाउँका ७५ वर्षीय जगलाल चौधरी सोही ठाउँस्थित आफ्नै खेतमा मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

Read More