Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा,११ बैशाख। समाचार संकलनको क्रममा पत्रकारलाई दुव्र्यहार गरी प्रहरी नियन्त्रणबाट फरार भएका दीपेश यादवलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीका अनुसार फरार यादवलाई बिहीवार कक्रहवाबाट पक्राउ गरिएको हो। गत बैशाख ८ गते मर्चवारमा समाचार संकलनका लगि जाने क्रममा तस्करी भइरहेको भीडियो खिच्ने क्रममा पत्रकार राधेश्याम विश्वकर्मामाथि दीपेश यादव नेतृत्वको तस्करहरुको समूहले संचारउपकरण खोस्ने, भिडियो मेटाउन लगाउनेका साथै दुव्र्यहार गरेका थिए। विश्वकर्मा एपी वान टेलिभिजनमा कार्यरत छन् । आरोपीलाई पक्राउ गरी घटनामा संग्लनहरु उपर कारवाहीको माग गर्दै पत्रकारहरु आन्दोलनमा उत्रिएका थिए। जसअनुसार बिहीवार पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा धर्ना दिएका थिए।

Read More

काठमाडौं,११ बैशाख। ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न ‘रुफटप सोलार कर्जा’ योजना सार्वजनिक गरेको छ। नविकरणीय ऊर्जाको पहुँच विस्तार गर्ने, जलविद्युत ऊर्जा आपूर्तिमा निर्भरता घटाउँदै ऊर्जा सुरक्षा सुनिश्चित गर्ने र ऊर्जा खपत कम गर्दै वातावरणीय प्रभाव न्यूनीकरण गर्ने उद्देश्य रहेको बैंकले जनाएको छ। बैंकका अनुसार उक्त कर्जाबाट उत्पादनमूलक उद्योग तथा व्यवसाय, होटल, अस्पताल, कोल्ड स्टोर, हाउजिङ कम्पनी, व्यापारिक भवन, शैक्षिक संस्थाहरुले प्रत्यक्ष लाभ लिन सक्नेछन्। बैंकले वातावरणीय प्रभाव न्यूनीकरण गर्दै दिगोपन तर्फ अग्रसर हुन रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको हो।

Read More

भैरहवा,११बैशाख। मुलुकमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भेगबाहेक देशका अधिकांश भागमा तापक्रम बढ्ने बताएको छ। तराईमा गर्मी बढेसँगै तातो हावा चल्न थालेको छ । तराईका केही जिल्लामा आज (बिहीबार) र शुक्रबार तातो हावा चल्ने मौसमविद्हरुको पूर्वानुमान छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटन निकालेर तातो हावा चल्ने भएकोले सतर्क रहन सुझाव दिएको छ। लुम्बिनी प्रदेशका तराईका जिल्लाहरुमा अत्यधिक गर्मी छ। ती जिल्लामा तातो हावा चल्ने मौसमविद्हरुले चेतावनी दिएका हुन् । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ…

Read More

काठमाडौं,११ बैशाख। नेप्से परिसूचक सामान्य अंकले बढेको छ। चार दिनसम्म लगातार घटेको सेयर बजार बिहीबार भने सामान्य अंकले बढेको हो। आज नेप्से परिसूचक २.०८ अंकले बढेर २६५८.०२ विन्दुमा पुगेको छ। बिहीवार ३०८ स्क्रिप्सको १ करोड ९७ लाख ५४ हजार २४५ कित्ता सेयर ७ अर्ब ८७ करोड ९३ लाख ८१ हजार २६८ रुपैयाँमा खरिदबिक्री भए। यसदिन नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर ९.९९ प्रतिशतले बढ्यो। नेपाल हाइड्रो डेभलपर्सको ७.१२ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ७० करोड ३४ लाख बराबरको सेयर कारोबार भयो।बैंकिङ, हाइड्रो, इनभेस्टमेन्ट, मेचुअल फन्ड र ट्रेडिङ समूहका उपसूचक…

Read More

भैरहवा, ११ बैशाख। न्यायको माग गर्दै रुपन्देहीका पत्रकारहरु बिहिबार देखि आन्दोलित भएका छन्। यस अघि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा २४ घण्टे अल्टिमेटम दिदै पत्रकारहरुले आरोपीलाई पक्राउ गरि कारवाहीको दायरामा ल्याउन माग गरेका थिए। आफ्नो मागहरुबारे प्रशासन गम्भिर नभएको आरोप लगाउदै भैरहवा स्थित लुम्बिनी प्रेस क्लबले चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा एक घण्टा धर्ना प्रदर्शन गरेको छ । पहिलो चरणको आन्दोलन अन्र्तगत पहिलो दिन धर्ना दिने, दोश्रो दिन सबै पत्रकार धर्ना दिनुको साथै हातमा कालो पट्टि बाँधेर काम गर्ने र तेश्रो दिन आईतबार सञ्चार सामाग्री प्रदर्शनसहित धर्ना दिने कार्यक्रम तय गरिएको लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले…

Read More

भैरहवा, ११ बैशाख। भारतको जम्मु–कश्मिरस्थित पहलगाम क्षेत्रमा भएको आतंकवादी हमलामा मारिएका बुटवलका सुदिप न्यौपानेको शव बुटवल ल्याइएको छ। श्रीनगरबाट दिल्ली हुँदै लखनउसम्म विमान ल्याइएको न्यौपानेको शव त्यहाँबाट बेलहिया नाकासम्म एम्बुलेन्समा ल्याइएको हो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भारतले जिल्ला प्रशासन कार्यालयको रोहवरमा मृतकका परिवारलाई शव बुझाएको बताए। केही दिन अघि न्यौपाने परिवारसहित जम्मु–कश्मिर क्षेत्र घुम्न गएका थिए। मंगलबार अपरान्ह भएको आंतकवादी हमलामा उनको हत्या गरिएको थियो। मृतकको बिहीवार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बताएको छ ।

Read More

भैरहवा, १०बैशाख। लुम्बिनी प्रेस क्लब रुपन्देहीले पत्रकार राधेश्याम विश्वकर्मालाई न्याय र दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । गत बैशाख ८ गते मर्चवारमा समाचार संकलनका लगि जाने क्रममा तस्करी भइरहेको भीडियो खिच्ने क्रममा पत्रकार विश्वकर्मामाथि दीपेश यादव नेतृत्वको तस्करहरुको समूहले संचारउपकरण खोस्ने, भिडियो मेटाउन लगाउनेका साथै दुव्र्यहार गरेका थिए। उनी क्लबका निवर्तमान कोषाध्यक्ष तथा अन्नपूर्ण मिडिया नेटवर्क प्रालि अन्र्तगतका एपी वान टेलिभिजनमा कार्यरत छन् । घटनामा संलग्न यादवलाई पक्राउ गरी प्रहरी नियन्त्रणबाटै भगाइएको भन्दै बुधवार बसेको प्रेस क्लब बैठकले प्रेस विज्ञप्ती जारी गर्दै पहिलो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। क्लबले उक्त आन्दोलनमा प्रेस स्वतन्त्रता, मानव अधिकारवादी…

Read More

भैरहवा,१०बैशाख। नेपालको स्थानीय बजारमा बुधवार सुनको मूल्य प्रतितोला ७ हजार ५ सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ६ हजार ९ सय रुपैयाँले बढेको सुन आज ७ हजार ५ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य प्रतितोलाको १ लाख ९० हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको छ। यस्तै मंगलबार १० रुपैयाँ वृद्धि भएको चाँदी आज ५ रुपैयाँले घटेको छ । बुधवार चाँदी प्रतितोला १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Read More

भैरहवा,१०बैशाख। मुलुकबाट वस्तु निर्यात हुनेमा भैरहवा नाकामा पाँचौं नम्बरमा रहेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना (साउन–चैत) अवधिमा भैरहवा भन्सार नाकाबाट १४ अर्ब २२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। यो मुलुकबाट कुल निर्यातको ७.५६ प्रतिशत हो। उक्त अवधिमा मुलुकबाट कुल १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ। चालु आर्थिक वर्षमा मुलुकको पाँच भन्सार नाका वीरगञ्ज, विराटनगर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल,मेची र भैरहवाबाट अधिक वस्तु निर्यात भएको तथ्यांकले देखाएको छ। जसमध्ये वीरगञ्ज भन्सारबाट ६५ अर्ब ५१ करोड बराबर वस्तु निर्यात भएको छ । जुन कुल निर्यातको ३४.८१…

Read More

काठमाडौं,१०बैशाख। नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोकिने बताएको छ। आफूहरुको आन्दोलन निर्णायक अवस्थामा पुग्न लागेको भन्दै अन्य शिक्षकहरुलाई पनि काठमाडौंमा आउन महासंघले आह्वान समेत गरेको छ । आफूहरुसँग भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै शिक्षकहरूले आन्दोलनलाई जारी राखेका छन् । उनीहरूले संघीय संसदबाट ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै बिजुलीबजार–बानेश्वर क्षेत्रमा निरन्तर प्रदर्शन गर्दै आएका छन्। महासंघले अनुशाासित,मर्यादित र संयमित भए आन्दोलनमा सहभागी हुन शिक्षकहरुलाई आग्रह गरेको छ । शिक्षकहरुको आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैशाख २१ गतेसम्मका लागि सार्ने निर्णय गरिसकेको छ।

Read More