


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
दाङ, १६ असार। लुम्बिनी प्रदेशको माध्यमिक शिक्षा परीक्षा (एसईई) को वार्षिक नतिजा सुधार भएको छ। परीक्षामा सहभागी भएका विद्यार्थीहरुमध्ये ६२.३२ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन्। प्रदेशबाट नियमित परीक्षामा सहभागी भएका ७३ हजार ९ सय ३ परीक्षार्थीमध्ये ४६ हजार ५४ विद्यार्थीहरुले ग्रेड प्राप्त गरेका हुन्। जसमध्ये ६ हजार ५ सय ६१ जनाले ३.६ देखि ४ जीपीए, १२ हजार ८ सय ९५ जनाले ३.२ देखि ३.६ जीपीए, १५ हजार २ सय ७० जनाले २.८ देखि ३.२ जीपीए, १० हजार ४२ जनाले २.४ देखि २.८ जीपीए, १ हजार १ सय ३८ जनाले २ देखि २.४ जीपीए र २ जनाले १.६ देखि २…
काठमाडौं,१६असार। गायिका एलिना चौहानले सामाजिक सञ्जालमा आफूविरुद्ध आपत्तिजनक टिप्पणी गर्ने चार जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी दर्ता गराएकी छिन्। उनले फेसबुक लगायतका विभिन्न प्लेटफर्ममा गरिएका अमर्यादित टिप्पणीमाथि कानुनी कारबाहीको माग गरेकी हुन्। एलिना चौहानले सामाजिक सञ्जालमा अभद्र व्यवहार गर्ने व्यक्तिहरुको प्रोफाइल सार्वजनिक गर्दै अभियान समेत चलाइरहेकी छिन्। यसअघि माफी मागेका केहीलाई उनले माफी दिएको भए पनि व्यवहारमा सुधार नआएकाले कानुनको सहारा लिएको बताएकी छिन्।उनको यस अभियानलाई अन्य कलाकारका साथै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत समर्थन गरेका छन्।
काठमाडौं,१६असार। मन्त्रिपरिषद् बैठकका १५ वटा निर्णय सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकका १५ वटा निर्णय सार्वजनिक गरेका हुन्। सार्वजनिक निर्णय अनुसार सरुवा, बढुवा, नियुक्ति र प्रत्येक वर्ष असोज १५ गते राष्ट्रिय चलचित्र दिवस मनाउने लगायत रहेका छन्। हेर्नुहोस् निर्णयहरु:
काठमाडौं,१६असार । पैसाका लागि कति सम्म के गर्ने ? सहज तरिकाले पैसा कमाउनका लागि रोज्ने भनेको अपराधकै बाटो हो । अपराधी जति चलाख भएपनि एक दिन कानुनको फन्दामा पर्ने नै हो । यस्तै एक जना व्यक्ति अहिले प्रहरी हिरासतमा छन्। पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका- ६ घर भई काठमाडौंको टोखा नगरपालिका ग्राण्डीका २९ वर्षीय रमेश थापा रहेको प्रहरीले जनाएको छ। पसिना नबगाई पैसा कमाउनका लागि उनले महिलाको अश्लील फोटो/भिडियो बनाएर बेचेको आरोप छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनले नेपाल लगायतका देशमा रहेका नेपाली महिला तथा पुरुषहरुसँग रकम लिई भिडियो कलमार्फत अश्लील क्रियाकलापहरुमा सहभागी गराउने तथा महिलाको अश्लील सामाग्री बनाइ…
नवलपुर,१६असार। पूर्वी नवलपरासीको दुम्कीवासस्थित बिनयी खोलामा नवनिर्मित पक्की पुलमा अगामी शनिबारदेखि सवारीसाधन सञ्चालनमा आउने भएको छ। ५२ वर्षअघि बिनयी खोलामाथीको फलामे पुलमा ओभरलोड मालबहाक गाडी गुड्दा गत पुस २६ गते भाँच्चिएको थियो। नारायणगढ-बुटवल सडक आयोजना पूर्वी खण्डका प्रमुख ईश्वर बहादुर रिजालले पुल निर्माण कार्य सकिएको र शानिबार साँझदेखि पुलबाट यातायात संचालन गर्न सकिने गरी काम भइरहेको बताए।
भैरहवा,१६ असार । रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा कार्तिक १७ गते उपनिर्वाचन हुने भएको छ। राप्रपाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधन पश्चात रुपन्देही-३ को संसदीय क्षेत्र रिक्त छ। निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार रुपन्देही -३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय भएको हो ।
काठमाडौं,१५असार। वर्षायाम सुरु भएसँगै विभिन्न रोगहरुको जोखिम बढ्छ । यस मौसममा पानी र खाना सजिलै दूषित र संक्रमित हुन सक्छ। यही कारणले गर्दा यस मौसममा झाडापखाला वा हैजा जस्ता रोगको जोखिम हुन्छ। यस्तो अवस्थामा यस मौसममा सावधानी अपनाउनु आवश्यक छ। चिक्तिसकहरुले यस मौसममा झाडापखाला वा हैजा जस्ता रोगको मुख्य कारण फोहोर हुने बताएका छन्। यस्तो अवस्थामा यस मौसममा सरसफाइको उचित ख्याल राख्नुपर्छ। मनसुनमा झाडापखाला वा हैजा जस्ता रोगहरुबाट कसरी बच्ने ? हात राम्ररी धुनुहोस् रोगबाट बच्नको लागि हात राम्ररी धुनु सबैभन्दा महत्त्वपूर्ण छ। यसका लागि खाना खानु अघि कम्तीमा २० सेकेन्डसम्म साबुन र पानीले हात धुनु पर्छ। हात धुँदा झाडापखाला…
काठमाडौं,१५असार । भारतको अनुसन्धान तथा विश्लेषण विङ (रअ) को प्रमुख पराग जैन नियुक्त भएका छन्। भारत सरकारको मन्त्रिपरिषद् नियुक्ति समितिले एभिएसन रिसर्च सेन्टर (एआरसी) का प्रमुख जैनलाई रअ प्रमुखमा नियुक्त गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।उनले अगामी जुलाई १ बाट कार्यभार सम्हाल्ने छन्। पञ्जाब क्याडरका १९८९ ब्याचका भारतीय प्रहरी सेवा (आईपीएस) का जैनले पदभार ग्रहण गरेपछि दुई वर्षसम्म यो जिम्मेवारी सम्हाल्नेछन् वा अर्को आदेश नआएसम्म कार्यकाल जारी रहनेछ। उनले भारतको आन्तरिक र बाह्य गुप्तचर संस्था, आईबी र रअ दुवैमा लामो समय बिताएका छन्।
काठमाडौं,१५ असार। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाल प्रहरीसम्बन्धी कानून संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि दर्ता गरिएका संशोधन प्रस्तावहरुबारे छलफल जारी छ। समितिको बैठकमा संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरुले आफ्ना धारणा प्रस्तुत गरिरहेका छन् भने अन्य सदस्यहरुले ती प्रस्तावमाथि टिप्पणी गर्दै छन्। उक्त विधेयकले नेपाल प्रहरीको संगठन संरचना, नेतृत्व चयन प्रक्रिया, पदस्थापन प्रणाली, सेवा तथा सुविधा लगायतका विषयमा महत्वपूर्ण सुधार र परिवर्तनको प्रस्ताव गरेको छ।
काठमाडौं,१५ असार । विद्यालय शिक्षाको पाठ्यक्रम परिवर्तन भए वा प्रत्येक पाँच वर्षमा शिक्षकहरुले अब पुनर्ताजगी तालिम लिनुपर्ने भएको छ । आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको समितिमा यस्तो सहमति जुटेको हो । बैठकले अध्ययन अनुमति पत्र लिनुपर्ने व्यवस्था समेत गरेको छ । शिक्षा संकाय बाहेककाले पनि लाइसेन्सको परीक्षा दिने पाउने सहमति पनि भएको छ । विद्यालय तहको शिक्षक हुन जुनसुकै विषय पढेकाले पनि अध्ययन अनुमति पत्र लिन पाउने सहमति समितिले गरेको छ । विधेयकमा शिक्षकलाई पुनर्ताजगी तालिम दिने जिम्मेवारी तीन तहकै सरकारलाई दिने व्यवस्था गरिएको छ । सभापति अम्मरबहादुर थापाले शिक्षकले पुनर्ताजगी तालिम लिनुपर्ने र अध्ययन अनुमति पत्रको…