


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
बुटवल,८जेठ। रुपन्देहीको बुटवल हस्पिटल प्रालिमा पहिलो पटक दुबै घुँडाको जोर्नी एकै पटक सफल प्रत्यारोपण भएको छ। वरिष्ठ अर्थोपेडिक सर्जन डा. उत्सव रेग्मी नेतृत्व चिक्तिसक टोलीले दुबै खुट्टाको घुँडामा हुने जोर्नीको प्रत्यारोपण गरेको हो। गुल्मीको दरवार गाउँपालिका स्थायी घर भई बुटवलको बेलवरियाकी ५३ वर्षिया पुर्णकला सोमैको यस्तो शल्यक्रिया बुटवल क्षेत्रमा सम्भवत पहिलो पटक भएको डा. रेग्मीको दावी छ । विश्व प्रशिद्ध अमेरिकन कम्पनी म्याक्सको कृतिम जोर्नीको प्रयोग गरी विग्रिएको जोर्नीलाई विस्थापित गरी नयाँ जोर्नीको निर्माण गरिएको उनको भनाई छ। विरामी लामो समयदेखि जोर्नी खिइने समस्या अस्टिओआर्थाइटिसुबाट पीडित थिइन्। घुँडामा धेरै दुखाइ हुनुका साथै जोर्नी बाङ्गो भएर हिँडडुल गर्न नसक्ने भएपछि उनले…
काठमाडौं,८ जेठ। आफुलाई इन्सपेक्टर भन्दै ठगी गर्दै गरेका युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजपुर साल्पासिलिछो गाउँपालिका–३ घर भई हाल मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरीका २३ वर्षीय सुजन गिरी रहेको प्रहरीले जनाएको छ। ठगीको आरोपमा गिरीलाई मध्यपुरथिमिको खिव्यश्वरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए। पक्राउ परेका गिरीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।
काठमाडौं,८जेठ। सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले बिहीबार सिंहदरबारमा जेठ ६ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझाव कार्यान्वयनका लागि तयार गरएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ स्वीकृत गरिएको जानकारी दिए। हेर्नुहोस् सूचीः
काठमाडौं,८जेठ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रकम हिनामिना गरेको आरोपमा पालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। सडक निर्माण योजनामा वास्तविक कामभन्दा बढी मूल्यांकन गरी रकम हिनामिना गरेको आरोपमा अख्तियारले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्य र असिस्टेन्ट सव(इन्जिनियर मनोज धामी, लेखापाल जेठबहादुर बुढा र योजना शाखा प्रमुख नविन बुमीविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। त्यस्तै सडक निर्माण योजनाको श्रम कार्यदल (उपभोक्ता समिति) अध्यक्ष विष्णु दत्त जैसी, कोषाध्यक्ष नन्ददेवी जैसी, सचिव पौमल सार्की र सडक निर्माण अनुगमन समिति संयोजक दलविर सार्की, समिति सदस्य धर्मराज जैसीविरुद्ध आरोप पत्र दायर…
काठमाडौं,८जेठ। विश्व सम्पदामा सूचीकृत गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा नराख्ने उपायबारे छलफल गरिएको छ। जसका लागि मन्त्रालयमा बिहीवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र युनेस्कोको नेपाल प्रमुख याको डु टुइटबीच भेटवार्ता भएको छ। छलफलमा मन्त्री पाण्डेले लुम्बिनीलाई खतरा सूचीमा नपार्ने रणनीति निर्माणका लागि युनेस्कोसँग प्राविधिक र संस्थागत सहयोग आवश्यक रहेको भन्दै युनेस्कोका मापदण्ड अनुसार लुम्बिनीमा विभिन्न सुधारात्मक काम भइरहेको बताए। साथै उनले कपिलवस्तुको तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचिकृत तथा अन्य सम्पदाहरुलाई पनि युनेस्कोको प्रारम्भिक सूचीमा समावेश गराउने विषयमा सहयोगको आग्रह गरे। युनेस्को प्रमुख डु टुइटले पूर्ण सहयोगको प्रतिबद्धता जनाउँदै अन्तर्राष्ट्रिय वैज्ञानिक समितिको बैठकमा पनि लुम्बिनी सहित काठमाडौंका विषयमा सकारात्मक…
हेलम्बु, ८ जेठ। सिन्धुपाल्चोकको हेलम्बुमा पुनःनिर्माण थालिएको गुम्बाहरुको कार्य अन्तिम चरणमा पुगेको छ। जसका गत सोमबार र मंगलबार लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमेछिरिङ), भारतीय दूतावासका प्रतिनिधि नारायण सिंह, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधिसहितले गुम्बाहरुको निरीक्षण गरेका हुन्। पाँच सय वर्ष भन्दा पुराना ऐतिहासिक गुम्बाहरु २०७२ सालको भूकम्पले भत्किएपछि पर्यटकीय महत्व बोकेका गुम्बाहरु निर्माण नहुँदा त्यहाँका स्थानीयहरुले त्यसको प्रत्येक असर भोग्नुपरेको थियो । पर्यटन क्षेत्रमा मात्र नभइ जन्मदेखि मृत्यु संस्कारसम्म बौद्ध धर्मावलम्बीहरुको सम्बन्ध जोडिएको पवित्र गुम्बाहरु भत्किदा धार्मिक क्षेत्रमा प्रत्यक्ष असर पुगेको भन्दै करिब १० वर्षपछि पुननिर्माणको अन्तिम रुप लिएको हो । भारत सरकारको सहयोग तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण…
भैरहवा,७ जेठ। ओमसतिया गाउँपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिताको तेश्रो संस्करणको उपाधि वडा नम्बर ६ ले उचालेको छ। आज (बुधवार) पडसरीको कर्मडाँडा स्थित मैदानमा भएको फाइनल खेलमा वडा नम्बर २ लाई ४ विकेटले पराजित गर्दै वडा नम्बर ६ ले अध्यक्ष कप क्रिकेटको उपाधि उचालेको हो। वडा नम्बर ६ ले जित सँगै नगद ६० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । अध्यक्ष कपको दोश्रो संस्करणको विजेता समेत रहेको वडा नम्बर ६ ले उपाधि रक्षा गर्न सफल भएको छ। उप विजेता वडा नम्बर २ ले ३० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो। गत वर्षको फाइनलमा पनि वडा नम्बर ६ ले वडा…
भैरहवा,७ जेठ । रुपन्देही प्रहरीले मंगलबार पक्राउ गरेको कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी बुधवार हाजिरी जमानीमा रिहा भएका छन्। विधुतिय अपराध सम्बन्धि कसुरमा पक्राउ परेका अध्यक्ष चौधरीलाई जिल्ला सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा रिहा गर्न प्रहरीलाई निर्देशन दिएपछि उनी रिहा भएका हुन्। इलाका प्रहरी कार्यालय बुटवलका अनुसन्धान अधिकृत धर्मराज खत्रीका अनुसार चौधरीलाई परिवारको जिम्मा लगाउने कार्य भइरहेको छ। मुद्दाको मिसिल अध्ययन गर्दा थुनामा राखेर अनुसन्धान गर्नुपर्ने नदेखिएपछि अनुसन्धान अधिकृतलाई रिहा गर्न निर्देशन दिइएको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए। ‘थुनामा राखेर अनुसन्धान गर्नुपर्ने नदेखिएपछि अनुसन्धान जारी राख्ने गरी हाजिरी जमानीमा रिहा गर्न अनुसन्धान अधिकृतलाई निर्देशन…
झापा,७ जेठ। झापामा प्रहरीले अनलाइन जुवा खेलाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा कनकाई नगरपालिका–८ स्थित लक्ष्मीपुरको ४१ वर्षीया इन्दिरा प्रसाईँ र सोही स्थानका २१ वर्षीया सिम्रन प्रसाईँ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। नातामा दुवै जना आमा र छोरी हुन्। इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार पक्राउ परेका आमा-छोरीले कर्मचारी राखेर अनलाइन जुवा सञ्चालन गर्दै आइरहेका थिए। उनीहरुको साथबाट ५ थान मोबाइल, २ थान ट्याब र एउटा ल्यापटप बरामद भएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
काठमाडौं,७जेठ। सरकारले मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न सक्ने चर्चाले बढेको सेयर बजार गभर्नर नियुक्त गरेको अर्को दिन ओरालो लागेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको थियो। गभर्नर नियुक्तिको चर्चाले मंगलबार नेप्से परिसूचक ४९.०९ अंकले बढेर दुई हजार ६७७.४५ विन्दुमा बन्द भएको थियो। साथै, गभर्नर नियुक्त पश्चात सेयर बजार बढ्ने लगानीकर्ताको अनुमान थियो। तर, गभर्नरमा पौडेलले पदभार लिएकै दिन नेप्से परिसूचक ७.९४ अंकले ओरालो लागेर दुई हजार ६६९.५१ विन्दुमा बन्द भएको छ। यसदिन ३१६ स्क्रिप्सको २ करोड ३० लाख २६ हजार २४५ कित्ता सेयर १० अर्ब ६९ करोड ८६ लाख ५१…