Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

सप्तरी,९जेठ। सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डकै कोठामा चोरी भएको छ। सुरक्षा गार्ड जिल्लाको शम्भुनाथ नगरपालिका–७ भगाहाका ३९ वर्षीय प्रमोद चौधरी र सोही पालिकाका वडा नम्बर–५ का ४४ वर्षीय पर्शुराम चौधरीको कोठामा चोरी भएको हो। सप्तरीका एसपी एसपी ढकेन्द्र खतिवडाका अनुसार दुवै सुरक्षागार्ड कोठामै सुतिरहेको बेला १२ बोरको एकनाले हतियार, २० राउण्ड गोली, दुई थान मोबाइल, डिजिटल तराजुसहितका सामान चोरी भएको छ। अनुसन्धानकै क्रममा एकाबिहानै सिराहाको लहान नगरपालिका–३ हस्पिटल चोकबाट चोरीका समानसहित खडक नगरपालिका–६ विसनपुरका २० वर्षीय अपसाद अन्सारीलाई पक्राउ गरिएको उनले बताए। उनका अनुसार पक्राउ परेका अन्सारीको साथ ल्यापटप, कम्प्युटर स्क्यानर, खुकुरी र घडी दुई÷दुई थान, १२ बोरको एकनाले…

Read More

काठमाडौं,९जेठ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकमा चमत्कारीक ढंगबाट गरिबी घटेको बताएका छन् । शुक्रवार पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रजातन्त्र आएसँगै नेपालमा विकासको नयाँलहर आएको भन्दै प्रजातन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा भनेको विकासको आकंक्षा रहेको र त्यसको भोक जगाउन सफल भएको बताए। उनले भने, ‘त्यो २०-२५ वर्ष पछाडि अहिले २०८२ सालमा आइपुग्दै गर्दा हिजो हातमुख जोड्न पनि गाह्रो भएको परिवारले आज कहाँ पुगेको छ भने एक तह माथि उठेको छ। नेपाल संसारका ति थोरै देशहरुमध्ये पर्दछ। जसले गएको २०-२५ वर्षमा चमत्कारीक ढंगबाट आफ्नो देशको गरिबी घटाएको छ।’ उनले नेपालको अर्थतन्त्र ठिक ढंगबाट अघि…

Read More

काठमाडौं,९ जेठ। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। उच्च अदालत तुलसीपुर बुटवल इजलासले पूर्पक्षका लागि थुनामा पठाउने गरेको आदेशविरुद्ध लामिछाने पत्नी निकिता पौडेलले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उच्च अदालतकै आदेश गरेको छ । आदेशमा उच्च अदालत आदेश कानुनसम्मत भएकाले उल्ट्याउनु नपर्ने भनिएको छ। हेर्नुहोस् पूर्णपाठः

Read More

काठमाडौं,९जेठ। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशलाई सदर गरेको छ। पत्नी निकिता पौडेलले लामिछानेलाई गैरकानुनीरुपमा थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। जसउपर सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले सुनुवाई गर्दै प्रतिवादी लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेश सदर गरेको सर्वोच्चका सहायक प्रवक्ता निराजन पाण्डेले बताए । आदेशमा उच्च अदालत आदेश कानुनसम्मत भएकाले उल्ट्याउनु नपर्ने भनिएको छ। बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराध मुद्दाको अभियोगमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश गरेको थियो। आदेश…

Read More

भैरहवा,९जेठ । रुपन्देहीमा एक जना नागरिकले आफुले न्याय नपाएको भन्दै दुःखेसो पोखेका छन् । तिलोत्तमा नगरपालिकाका पशुपति घिमिरेले आफ्नो स्वामित्वमा भएको घरमा आफु बस्न नपाएको भन्दै दुःखेसो पोखेका हुन् । शुक्रवार उनले भैरहवामा पत्रकार सम्मेलन गरेर साविक आनन्दवन गाविस–५ स्थित ०७४ साल मालपोत कार्यालयबाट राजीनामा पास गरी खरिद गरेको घरमा आफु बस्न नपाएको र शान्ति सुरक्षाको अनुभुति नभएको भन्दै न्यायका लागि गृहमन्त्री रमेश लेखकसँग गुहार गरेका छन् । कानुन अनुसार आफुले खरिद गरेको घरमा आफु बस्न पाउनका लागि राज्य भएको अनुभुत गराउन उनले गृहमन्त्रीसँग गुहार गरे । उनका अनुसार आफ्नो घर विमला कुमारी श्रेष्ठको नियन्त्रणमा छ । आवश्यक कागजपत्रहरु देखाउँदै…

Read More

भैरहवा,९जेठ। रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा सुरु भएको लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता उद्घाटन खेलमा रुपन्देही जिल्लाले सहज जित निकालेको छ। नवलपरासी जिल्लालाई २ सय ७१ रनको फराकिलो अन्तरले पराजित गर्दै सहज जित निकालेको हो । टस जितेर ब्याटिङ रोजेको रुपन्देहीले निर्धारित ३५ ओभरको खेलमा ३३ ओभर ३ बलमा अलआउट हुँदै ३ सय १६ रनको उच्च योगफल बनायो। उसका लागि समीर अली मुसलमानले ७० बलमा १७ चौका र एक छक्काको मद्दतमा १ सय १८ रनको शतकीय पारी खेले। यस्तै, सिद्धार्थ ढकालले ५५, आरिफ खानले ४३, रोजन कुमालले ३८, लक्ष्मण कुमालले अविजित १८ र सुजन रानाभाटले १४ रन…

Read More

काठमाडौं,९जेठ। सुरक्षण मुद्रण केन्द्रले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को छपाई गर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको मुद्रण केन्द्रमार्फत लाइसेन्स छपाई गर्ने भएको हो । जसका लागि विभाग र केन्द्रबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। केन्द्रले क्युआर सहितका विभिन्न सुरक्षा विशेषता सहितको सवारी चालक अनुमति पत्र छपाई गर्नेछ। समझदारी अनुसार केन्द्रले आगामी असार मसान्त भित्रमा प्रथम चरणको छपाई गरि विभागलाई उपलब्ध गराउने छ। केही दिन अघि दुवै मन्त्रालयबीच लाइसेन्स छपाईको विषयमा छलफल भएको थियो। तत्काल लाइसेन्स नपाउँदा राजश्व तिरेको रसिद बोकेर हिँड्नुपर्ने वाध्यताको अन्त्यका लागि नागरिक एपमा चालक…

Read More

भैरहवा,९जेठ। रुपन्देहीको भैरहवामा शुक्रबारदेखि लुम्बिनी प्रदेशस्तरीय यु–१६ क्रिकेट प्रतियोगिता सुरु भएको छ। लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रुपन्देही क्रिकेट संघको समन्वयमा प्रतियोगिता सुरु भएको हो। राष्ट्रिय यु–१६ क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो। आयोजकका अनुसार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशाला र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालामा प्रतियोगिता हुनेछन्। प्रदेश क्रिकेट संघका सदस्य एवं खेल संयोजक प्रथम पराजुलीले जेठ ९ देखि १६ गतेसम्म प्रतियोगिता संचालन हुने जनाए। भैरहवाका व्यवसायी किसन विकले आफ्नी स्वर्गीय श्रीमती ‘लीला सेन्चुरीको नाममा प्रतियोगितालाई मुख्य प्रायोजन गरेका छन्। जसकारण प्रतियोगिताको नाम लीला सेन्चुरी मेमोरियल लुम्बिनी प्रदेशस्तरीय यु–१६ क्रिकेट प्रतियोगिता’ राखिएको छ…

Read More

बुटवल,८जेठ। रुपन्देहीको बुटवल हस्पिटल प्रालिमा पहिलो पटक दुबै घुँडाको जोर्नी एकै पटक सफल प्रत्यारोपण भएको छ। वरिष्ठ अर्थोपेडिक सर्जन डा. उत्सव रेग्मी नेतृत्व चिक्तिसक टोलीले दुबै खुट्टाको घुँडामा हुने जोर्नीको प्रत्यारोपण गरेको हो। गुल्मीको दरवार गाउँपालिका स्थायी घर भई बुटवलको बेलवरियाकी ५३ वर्षिया पुर्णकला सोमैको यस्तो शल्यक्रिया बुटवल क्षेत्रमा सम्भवत पहिलो पटक भएको डा. रेग्मीको दावी छ । विश्व प्रशिद्ध अमेरिकन कम्पनी म्याक्सको कृतिम जोर्नीको प्रयोग गरी विग्रिएको जोर्नीलाई विस्थापित गरी नयाँ जोर्नीको निर्माण गरिएको उनको भनाई छ। विरामी लामो समयदेखि जोर्नी खिइने समस्या अस्टिओआर्थाइटिसुबाट पीडित थिइन्। घुँडामा धेरै दुखाइ हुनुका साथै जोर्नी बाङ्गो भएर हिँडडुल गर्न नसक्ने भएपछि उनले…

Read More

काठमाडौं,८ जेठ। आफुलाई इन्सपेक्टर भन्दै ठगी गर्दै गरेका युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजपुर साल्पासिलिछो गाउँपालिका–३ घर भई हाल मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरीका २३ वर्षीय सुजन गिरी रहेको प्रहरीले जनाएको छ। ठगीको आरोपमा गिरीलाई मध्यपुरथिमिको खिव्यश्वरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए। पक्राउ परेका गिरीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।

Read More