


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा,१जेठ। अवैध रुपमा माटो उत्खनन् र ओसारपसारमा प्रयोग गरिएको सवारी साधन रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीवार इलाका प्रहरी कार्यालय मझगाँवाको टोलीले कोटहीमाई गाउँपालिका-१ स्थित विना अनुमति माटो उत्खनन् र ओसारपसारमा प्रयोग गरिएका दुई वटा भ्याकु लोडर र दुई वटा ट्याक्टर नियन्त्रणमा लिएर कारवाहीको लागि सम्बन्धित पालिकामा पठाएको थियो। गाउँपालिकाको कार्यालयले दुई लाख पच्चिस हजार रुपैयाँ जरिवाना कारवाही गरेर उक्त सवारी साधन छाडेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देहीमा एसपी प्रदीप बहादुर क्षेत्री आएपछि अवैध कार्य नियन्त्रणमा रुपन्देही प्रहरी सक्रिय देखिएको छ।
काठमाडौं,१ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताएका छन्। बिहीवार काठमाडौँमा पूर्व योजनाकार मञ्च नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएको हुन्। उनले देश विकासको योजना बनाउने काममा कतिपयले मौका नपाएको र कतिले बारम्बार मौका पाएको बताए। उनले कतिपयले बारम्बार योजना बनाउन मौका पाएझैँ काँग्रेस सभापति देउवालाई पनि अबको १४ महिनापछि आफूले लौ प्रधानमन्त्री भनेर किस्तीमा राखेर धुमधामसँग पद हस्तान्तरण गर्ने बताए। प्रधानमन्त्री ओलीले भने, ‘कतिपय योग्य मान्छे यसमा आउनै नपाएर बाहिरै बसेका छन्। मौका पाएका छैनन्। कसैले पटक पटक पाउँछन्। अब शेरबहादुरजी पाँचपटक प्रधानमन्त्री हुनुभयो। मौका उहाँलाई जुर्छ। के…
काठमाडौं,१जेठ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा ३ अर्ब बढीको बिगो र कैद माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधि खरिद गर्दा भ्रष्टाचार गरेको ठहर गर्दै मोहन बस्नेतसहित पूर्वकानुन सचिव धनराज ज्ञवालीसहित १६ जनाविरुद्ध आज विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। आयोगले मुद्दा दायर गरेसँगै नेपाली कांग्रेस सांसद समेत रहेका बस्नेतको सांसद पद स्वतः निलम्बनमा परेको छ। बस्नेत २०७९ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ को दफा १७ मा सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दायर भएमा स्वतः निलम्बनमा पर्ने व्यवस्था छ।…
भैरहवा,१ जेठ। रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई महिलामैत्री शहर बनाउनका लागि सम्भाव्यता अध्ययन गरिएको छ। महिलामैत्री बनाउनका लागि युनोप्सले पालिकालाई छनोट गरेको थियो । समुदायमा आधारित महिलामैत्री शहर बनाउने अवधारणा अनुसार परियोजनाले पालिकाको दुईवटा वडामा पूर्वाधार निर्माणबारे समुदायसँग छलफल र सम्भाव्यता अध्ययन गरेको छ। पालिकाको वडा नम्बर ४ सिमानगरमा र वडा नम्बर ९ को मंगलापुरमा हाटबजारसहित महिलामैत्री आराम गृह, शौचालय, बालबालिकाको खेल्ने स्थान, सबैको पहुँचयोग्य पैदल लेन, बगैंचा आदि निर्माण हुनेछ। उक्त स्थानमा महिलाले उत्पादन गरेर विक्री गर्न मिल्ने खाद्य सामग्री तथा अन्य सामग्रीका लागि स्टल समेत निर्माण गरिने परियोजनाका कार्यक्रम विशेषज्ञ निलम धनुषेले बताइन्। उनका अनुसार जुन स्थानमा उक्त पूर्वाधार बनाइन्छ,…
भैरहवा, १ जेठ । ठगहरुका ठगीका पनि अनेक-अनेक कथा । फरक-फरक ठगहरुको आफ्नो कला र कथा । भारतको ताजमहल,लालकिल्ला देखि राष्ट्रपति भवनसम्म नै बेचिदिएका भारतका महाठगको रुपमा परिचित नटवरलाल पनि एक थिए । यस्तै रुपन्देहीमा पनि एउटा ठगीको रुप देखिएको छ। बाख्रीको मासुलाई खसी/बोकाको भन्दै मासुपसल संचालकहरुलाई विक्री गर्दै आएपछि प्रहरीले बुटवल उमहानगरपालिका-१ जितगढीका ३४ वर्षीय मेराज शाहलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ परेका शाहले विभिन्न स्थानबाट बाख्री खरिद गरी आफ्नै घरमा काटेर खसी/बोकाको भन्दै झुक्काएर मासु पसलहरुमा बेच्दै आएका थिए । प्रहरीले उनको घरकोठा खानतलासी गर्दा बाख्रीको मासु र अंगहरु फेला परेको जनाएको छ। उनी उपर कालोबजार…
काठमाडौं, १ जेठ। राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष प्रतिवेदन पेश गरेको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा समितिका संयोजक रहेका राजस्व सचिव दिनेशकुमार घिमिरेले अर्थमन्त्री पौडेललाई उक्त प्रतिवेदन बुझाएका हुन् । समितिले सबै प्रकारका आर्थिक क्रियाकलापलाई कर प्रणालीमा समेट्नुपर्ने र कर आधार विस्तार गर्नुपर्ने सुझाव दिएको छ। त्यस्तै डिजिटल कारोबारलाई ध्यानमा राख्दै विद्युतीय सेवा करको दायरा बढाउन, अन्तर्राष्ट्रिय सेवा प्रदायकहरुबाट प्राप्त तथ्यांकको व्यवस्थापन गर्न, घर-जग्गा कारोबारजस्ता क्रियाकलापहरुलाई व्यवसायिक रुपमा वर्गीकृत गरी करयोग्य बनाउन सुझाव दिएको छ। पूँजीगत लाभकरको अभिलेखलाई प्रविधिमैत्री र पारदर्शी बनाउन, करदातासम्बन्धी तथ्यांक तथा आर्थिक विवरणहरुको अन्तर–आबद्धता कायम गर्ने प्रणाली विकास गर्नुपर्ने समितिको राय छ।…
भैरहवा, १ जेठ । नेपालमा हुन्डाई सवारी साधनको वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले रुपन्देहीमा अन्तरक्रिया कार्यक्रम गर्दै हुन्डाईको नयाँ ब्राण्ड क्रेटा इभी (विद्युतीय गाडी) सार्वजनिक गरेको छ । हुन्डाई नेपालले ग्राहक वर्गलाई प्रदान गरिरहेको उच्च गुणस्तरको सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभर फैलिएको व्यापक नेटवर्कले गर्दा उपभोक्ताहरुको मन जित्न सफल भई आज नेपालको अग्रणी अटो ब्रान्डहरु मध्ये एक बनेको छ । रुपन्देहीमा हुन्डाई गाडीको आधिकारिक विक्रेता जगत मोटर्स प्रालि भैरहवा र सिद्धि विनायक मोटो कर्प प्रालि बुटवलद्वारा मणिग्राममा आयोजित हुन्डाई मिट एण्ड ग्रिट कार्यक्रममा ३० भन्दा बढी क्रेटा ईभी युनिट बुकिङ भएको र १० वटा क्रेटा इभी ग्राहकलाई हस्तान्तरण गरिएको…
काठमाडौं,३१बैशाख। वैदेशिक रोजगारीमा पठाईदिने भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका–१ का ३५ वर्षीय प्रेमबहादुर साउद र सुर्खेत सिम्ता गाउँपालिका–८ का २१ वर्षीय ललित बोहरा रहेको प्रहरीले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार साउदले तीन जनालाई आयरल्यान्ड पठाउने भन्दै ४१ लाख ९० हजार र बोहराले एक जनालाई युके लैजाने भन्दै १० लाख रुपैयाँ लिएर सम्पर्क बिहिन भएका थिए।
काठमाडौं,३१ बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख जयलालप्रसाद साह कानूसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले सार्वजनिक सम्पत्ति हानी/नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगले २०६० सालदेखि हुलाक बचत बैंकको जिम्मा लिँदै आएकाहरुले बचतकर्ताको रकमको अभिलेख नराखी आफूखुशी अपचलन गरेको अनुसन्धानका क्रममा पाइएकाले मुद्दा दायर गरिएको जनाएको छ। उनीहरुले बैंकमा निक्षेप संकलन गरी बचतकर्ताको पासबुक, लेजरमा मात्रै प्रविष्ट गरेको र कार्यालयको नगदी रजिस्टरमा नराखेको, बैंक दाखिला नगरी आफूखुशी बाँडफाँड गरी अपचलन गरेको अनुसन्धानका क्रममा पाइएको आयोगको ठहर छ। उनीहरुले पाँच करोड ३५ लाख ६४ हजार दुई…
काठमाडौं,३१बैशाख। मुलुकमा आर्थिक अपराधको ग्राफ बढ्दै गएपछि अनुसन्धानका लागि नेपाल प्रहरीमा आर्थिक तथा वित्तीय अपराध अनुसन्धान इकाइ गठन गरिएको छ। प्रहरी प्रधान कार्यालयले १७ वैशाखदेखि आर्थिकसम्बन्धी अपराधको अनुसन्धानका लागि उक्त इकाइ गठन गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा एसएसपी रमेश थापाले बताए। उनका अनुसार इकाइको कमाण्ड एसएसपी होबिन्द्र बोगटीले गरेका छन्। इकाइमा अहिले एसएसपीसहित १९ जना कार्यरत छन्। गृहमन्त्रालयबाट स्वीकृत भइसकेकाले छुट्टै इकाइ गठन गरेर काम सुरु गरिएको उनले बताए । यसको संरचना र दरबन्दीलगायतका बारेमा भने ओएमएन्ड हुन बाँकी नै छ। त्यसपछि मात्रै कसको नेतृत्वमा कतिजना प्रहरी रहने भन्ने यकिन टुंगो लाग्ने बताइएको छ। उक्त इकाइलाई सीआईबीकै मातहत राखिएको…