


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
सर्लाही,१४बैशाख। सर्लाहीमा महिलाको हत्या भएको छ। घरायसी विवादमा ३६ वर्षीया रेनु देवी पासवानको उनका जेठाजुले हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईका अनुसार जेठाजु साहेब पासवानले धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि उनलाई पक्राउ गरिएको छ। उनले हात, मुख र घाँटीमा गम्भीर चोट लागेका कारण महिलाको घटनास्थलमै मृत्यु भएको उनले बताए। मृतकको जेठाजु पासवानलाई पक्राउ गरेर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बुटवल। बुटवल हस्पिटल प्रालि र ग्लोबल आईएमई बैंकबीच उपचार सम्बन्धमा सम्झौता भएको छ । बैंकमार्फत आउने कर्मचारी तथा सेवाग्राहीहरुलाई अस्पतालले सहुलियत प्रदान गर्नेछ । त्यस्तै बैंकले अस्पतालले गर्ने विभिन्न सामाजिक कार्यहरुमा सहकार्य गर्ने भएको छ। उपचार सम्झौतासँगै दुई संस्थाका बीचमा व्यवसायीक तथा अन्य सहकार्यको बाटो खुलेको बुटवल हस्पिटल प्रालिका अध्यक्ष चुन्न प्रसाद पौडेलले बताए। उनले बुटवल हस्पिटल सबै क्षेत्र वर्ग र समुदायका नागरिकहरुकै भएकोले यसको संरक्षण र प्रवद्धनमा पनि सबैको सहयोग आवश्यक रहेको बताए। सबै खालको उपचार,उपकरण र दक्ष जनशक्तिको संयोजन रहेकोले निर्धक्क भएर स्वास्थ्य सेवा लिन उनले अपिल समेत गरे। उक्त अवसरमा ग्लोबल आईएमई बैंक लुम्बिनी प्रदेश प्रमुख शान्ता…
काठमाडौं,१३बैशाख। आइतबार देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभाग अन्र्तगतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरुमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको हिमाली भूभागका थोरै स्थानहरुमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। आइतबार राति कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने महाशाखाले जनाएको छ। कोशी प्रदेश र मधेश प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशको पहाडी भूभागका एक-दुई…
लुम्बिनी,१३बैशाख। प्रागऐतिहासिक व्यक्तित्वबाट नेपाल र चीनबीचको सम्बन्ध प्रगाढ बन्दै गइरहेको विज्ञहरुले बताएका छन्। अरनिको, भृकुटी, फाहियान, ह्वेनसाङ्ग जस्ता व्यक्तित्वका कारण नेपाल र चीनबीच कलात्मक सम्बन्ध शसक्त बनेको उनीहरुले बताए। लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा लुम्बिनीमा शनिबारदेखि सुरु भएको नेपाल–चीन बौद्ध संस्कृति र कला विषयक दुई दिने अन्तर्राष्ट्रिय गोष्ठीमा बोल्दै विज्ञहरुले बुद्ध कला, दर्शन र संस्कृतिले आधुनिक समयमा नेपाल चीन सम्बन्धलाई अझ मजबुद बनाएको बताए। गोष्ठीको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र चीनबीचको प्राचीन सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने अवसर रहेको बताए ।लुम्बिनी बौद्ध विश्वविद्यालय, चिनियाँ संस्कृति प्रवद्र्धन समाज, लुम्बिनी विकास कोष र सारीपुत्र प्रतिष्ठानको संयुक्त आयोजनामा सेमिनार आयोजना…
लुम्बिनी, १३ बैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व बढ्दो अशान्ती र युद्धलाई शान्तिको मार्गबाट अगाडि बढाउनु पर्ने बताएका छन्। चाइनिज कल्चर प्रमोशन सोसाइटीको सहयोगमा लुम्बिनी विकास कोष र सारिपुत्त फाउण्डेशन लुम्बिनीले शनिबार आयोजना गरेको चौथो एशिया बौद्ध साँस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै उनले हतियार र युद्धले मानव अस्तित्वलाई संकटमा पार्ने बताउँदै बुद्धका विचारलाई विश्वभरफैलाउनु पर्ने बताए । उनले विश्वमा शान्तिका लागि सैन्य शक्ति परिचालनका लागि निर्माण भएका हतियारहरु चुनौत बनेको बताए। उनले विश्वभर नै बुद्धका विचार र शिक्षाहरु ग्रहण गर्नेहरु बढिरहेको बताउँदै बुद्धको शिक्षालाई आत्मसाथ गर्ने बेला आएको बताए । उनले बिश्व शान्तिका लागि बुद्धिजमको आवश्यकता बढेको भन्दै सबैले शान्ति र…
काठमाडौं,१२ बैशाख। नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) कुञ्जाङ छोपेल शेर्पाले लोबुचे हिमाल आरोहण गरेकी छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न आरोहणदलका सदस्यसहित जान लागेकी असई शेर्पाले लोबुचेको सफल आरोहण गरेको भन्दै महानिरीक्षक दिपक थापा तथा प्रहरीले परिवारले उनलाई बधाई दिएको छ। त्यस्तै, सगरमाथाको सफल आरोहणको लागि शुभकामना पनि व्यक्त गरिएको छ।उनी नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोमा कार्यरत छिन् । चैत २५ गते हेडक्वार्टरमा आयोजित एक कार्यक्रमबीच आईजीपी थापाले शेर्पालाई लैंगिक हिंसाविरुद्धको नारा अंकित ब्यानर हस्तान्तरण गरेर बिदाइ गरेका थिए ।
काठमाडौं,१२बैशाख। सशस्त्र प्रहरी बल नेपालका का ११ जना डीआईजीहरुको सरुवा भएको छ। गृह मन्त्रालयले ६ प्रदेशका प्रमुख अदलबदल गर्दै सरुवा गरेको हो। डीआईजी कुमार न्यौपाने कोशी प्रदेशको बराह बाहिनीमा, कृष्ण ढकाल मधेस प्रदेशको छिन्नमस्ता बाहिनी, अन्जनी पोखरेल बागमती प्रदेशको गढिमाई बाहिनी, दिपेन्द्र साह गण्डकी प्रदेशको मुक्तीनाथ बाहिनी र दिपेन्द्र कुँवर लुम्बिनी प्रदेशको विन्दाबासिनी बाहिनीमा सरुवा भएका छन् । कर्णाली प्रदेशका प्रमुख विष्णु भट्ट हाल कंगो मिसनमा रहेकाले सरुवा गरिएको छैन। सदूरपश्चिमको वैद्यनाथ बाहिनीमा प्रदीप पाल सरुवा भएका छन्। यसअघि बराह बाहिनीमा रहेका शम्भु सुवेदीलाई स्टाफ कलेजमा सरुवा ल्याइएको छ। छिन्नमस्ता बाहिनीबाट कालिदास धौवजी प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन्। गढिमाई…
काठमाडौं,१२बैशाख। ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको अर्को भिडियो पनि सामाजिक संजालमा भाइरल भएको छ । ट्राफिक प्रहरीले किन भागेको भन्दै एक युवालाई लेखेट्दै समातेर कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी विनोद घिमिरेले भिडियो आफूहरुको जानकारीमा आएको भन्दै त्यसबारे बुझ्ने काम भइरहेको बताए। उनले भने, ‘हामीले पनि भिडियो हेर्यौं, त्यो कहाँको हो भन्ने विषयमा बुझिरहेका छौं ।’ यसअघि अर्का एक व्यक्तिलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले ४ जना ट्राफिक प्रहरीविरुद्ध छानबिन गरिरहेको छ । उ नीहरुले सर्वसाधारणलाई लडाएर कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरीले चासो देखाएको थियो। त्यसक्रममा उक्त भिडियो केही महिना पुरानो…
काठमाडौं,१२बैशाख। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए सामाजिक संजाल मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। मेटा अन्र्तगत फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्राम लगायत एपहरु संचालित छन् । शुक्रवार काठमाडौँमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक पटक सूचना जारी गरे पनि नमानेको बताए। उनले तेस्रो पटकको सूचनाको मिति केही दिनअघि सकिएको भन्दै अबको ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिए। मन्त्री गुरुङले नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा गएको भन्दै मेटाले नेपालमा दर्ता भई कर तिर्नुपर्ने बताए । उनले मेटाले नेपालको कुल गार्हस्थ्य…
पाल्पा, १२ वैशाख। लुम्बिनी प्रदेशका मुख्यमन्त्री (सीएम) चेतनारायण आचार्यले संघीयता लागु भएपछि विकासको गतिले फड्को मारेको र यसलाई उपलब्धिको रुपमा लिनुपर्ने बताएका छन्। रामपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था पाल्पाको आठौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उनले संघीयता लागू भएपछि प्राप्त भएका उपलब्धिहरुलाई नजरअन्दाज गर्न नहुने बताए। ‘संघीयता लागू भएपछि के भयो?उपलब्धिहरुको चर्चा गर्न जरुरी छ। सडक कालोपत्रे गाउँ छिरेको २०७४ सालपछि हो। प्रदेश स्थापना भएदेखिका उपलब्धिलाई हेरौं’,उनले भने,‘२०७४ सालअघि के थियो?त्यसपछि के भयो? तुलना गरौं। पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतमा भएका उपलब्धिलाई हेर्न जरुरी छ।’ स्वास्थ्यतर्फ लुम्बिनीले भौतिक पूर्वाधार विकासमा प्रगति गरेको…