


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,७ वैशाख। जनमत पार्टीले शिक्षकका न्यायोचित मागहरु सम्बोधन गर्न सरकारसँग माग गरेको छ। पार्टीले विज्ञप्ति जारी गर्दै तत्काल शिक्षा ऐन जारी गर्न सरकारसँग माग गरेको छ। ‘नेपाल सरकारको शिक्षा नीति, ऐन, कानुन र शिक्षा क्षेत्रमा देखा परेका विकृति र अन्यौल अन्त्य गर्नुपर्ने आवश्यकता देखिन्छन्,’पार्टीका प्रवक्ता डा. शरद सिंह यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनरत शिक्षकहरुसँग नेपाल सरकारले तत्काल वार्ता गरी न्यायोचित मागहरु सम्बोधन गर्दै शिक्षा ऐन समेत जारी गर्न जनमत पार्टी नेपाल सरकारसँग माग गर्दछ।’
काठमाडौं,७ बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवदेन दर्ता गराएका छन्। सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार बन्दी प्रत्यक्षीकरणको निवेदन अदालतमा दर्ता भएको छ । लामिछानेले आफूलाई प्रचलित कानुन विपरित थुनामा राखिएको र थुना संविधान विपरित भएको दाबी गरेका छन् । पूर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश बेरितको भएको भन्दै यस अघि सर्वोच्च अदालतमा दर्ता भएको निवेदन उपर अदालतले कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ।
काठमाडौं,७ बैशाख। सिंहदरबारभित्रै राप्रपाका नेताहरुले प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ। तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने लगायतका माग लेखिएका पम्प्लेट बोकेर प्रदर्शन गरेपछि प्रहरीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानबहादुर शाही लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसरमा राखिएको प्रवक्ता अपिलराज बोहराले बताए। राप्रपाले आज बिजुलीबजार क्षेत्रमा प्रदर्शनको कार्यक्रम राखेको थियो। राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरु भने सिंहदरबारस्थित पार्टी दलको कार्यालयमा थिए। प्रहरीले उनीहरुलाई त्यहीँ रोक्ने प्रयास गरेको थियो। त्यसपछि उनीहरूले तीनकुने घटनाको छानबिन र सोही घटनापछि पक्राउ परेका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालाई रिहा गर्न लेखिएका…
काठमाडौं, ७ बैशाख। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ग्लोबल आइएमई बैंकको खुद नाफा ४ अर्ब ५३ करोड ४० लाख ९९ हजार रुपैयाँ बढेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ३७.१२ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा बैंकले ३ अर्ब ३० करोड ६५ लाख ५२ हजार रुपैयाँ नाफा गरेको थियो। उक्त अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज घटेर ३ अर्ब ११ करोड रुपैयाँ रहेको छ। गत आवको सोही अवधिमा ५ अर्ब २६ करोड ४६ लाख रुपैयाँ रहेको थियो । बैंकको खुद ब्याज आम्दानी भने ५.४६ प्रतिशत घटेर १२ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ रहेको छ। बैंकको सञ्चालन नाफा…
काठमाडौं,७ बैशाख। ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ नाराका साथ संचालित एनआईसी एशिया बैंकको अवस्था नाजुक देखिएको छ। चालु आर्थिक वर्षको नौ महिनामा बैंकको नाफामा भारी गिरावट आएको छ। नाफा बढाउन नसकेको बैंकको भने खराब कर्जा पनि बढेको छ । उक्त अवधिमा बैंकको नाफा ९१.८१ प्रतिशतले घटेर १५ करोड ६७ लाख ७५ हजार रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा १ अर्ब ९१ करोड ४८ लाख ९१ हजार रुपैयाँ रहेको थियो। नाफा गर्न नसकेको बैंकको खराब कर्जा ०.१६ प्रतिशतले बढेर १.९२ प्रतिशत रहेको छ। त्यस्तै बैंकको खुद ब्याज आम्दानी पनि २.७६ प्रतिशतले घटेर ७ अर्ब…
भैरहवा, ७ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित हवाई उडानका लागि प्रदेश सरकारले निरन्तर पहल गरिरहेको बताएका छन् । अन्तर्राष्ट्रिय विमानस्थल र हवाई उडानका कारण प्रदेशको आर्थिक तथा पर्यटन व्यवसाय नयाँ उचाइमा पुगेको उल्लेख गर्दै नियमित हवाई उडानका लागि सरकार निरन्तर सक्रिय रहेको उनको भनाइ छ । लुम्बिनीखबर सञ्चार गृह प्रालिले आइतबार रुपन्देहीको भैरहवामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले विमानस्थल सञ्चालनका लागि प्रदेश सरकारले संघीय सरकारको ध्यानाकर्षण गराउन सफल भएको जानकारी दिए । ‘मेरो नेतृत्वमा सरकार बनेलगत्तै संघीय सरकारको ध्यानाकर्षण गराउन काठमाडौं पुग्यौं । त्यसपछि हवाई उडान सुरु भयो,’ उनले भने,‘अहिले फेरि…
भैरहवा, ७ बैशाख। समाजमा बढ्दो अपराध न्यूनीकरणका लागि सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का स्थानियहरु एकजुट भएका छन् । टोलमा चोरी लगायतका घटना बढेपछि रोक्नका लागि स्थानीयहरुले राजेश धवलको अध्यक्षतामा गोनहिया टोल सुरक्षा समिति गठन गरेका छन् । समितिको उपाध्यक्षमा देव सिंह गुरुङ्ग, सचिव राधेश्याम विश्वकर्मा, कोषाध्यक्ष मोहम्मद शमसेर रहेका छन् । यस्तै सदस्यहरुमा मोहन गुरुङ्ग, रमेश गुप्ता, बाबुराम कहार, धनिराम चौधरी, अजय राजभर, दुर्गा बहादुर थापा र झिनक चौधरी छन् । सल्लाहकारमा विवेक पौडेल, बसन्त प्रसाद भट्टराई, सन्तोष रायमाझी, राममिलन यादव, बुद्धिसागर तेली, फणिन्द्र पौडेल र भिम नारायण चौधरी रहेका छन्। पछिल्लो समय गोनहियामा रहेको अटोभिलेज र गोनहिया गाउँमा…
भैरहवा, ६ बैशाख । रुपन्देहीको बुटवलमा एक युवतीमाथी गोली प्रहार भएको छ । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरका २९ वर्षीया टिका विष्टमाथी गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रंजितसिंह राठौरले जानकारी दिए। उनका अनुसार खाजा घर चलाउने विष्टको ढाडमा गोली लागेको र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । गोली प्रहार गर्ने युवक फरार रहेको प्रहरीले जनाएको छ। युवक र युवतीबीच विगत देखि नै परिचय थियो। युवकले युवती समक्ष राखेको ‘प्रेम’ प्रस्तावको विषयमा झैझगडा हुँदा गोली प्रहार भएको बताइएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ।
काठमाडौ,५बैशाख। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा फेसबुकसहितका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्नसक्ने बताएका छन्। काठमाडौंमा सञ्चारिका समूहले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा सञ्चालन भएका फेसबुकलगायत सामाजिक सञ्जालका सञ्चालकहरुले दर्ता गर्ने समयसीमा सकिन लाग्दासमेत दर्ता नगरेको बताए। नेपालको संविधान, ऐन तथा कानूनअनुसार तोकिएको समयमा दर्ता नभए त्यस्ता सामाजिक सञ्जालहरुमाथि प्रतिबन्ध लगाउन सकिने उनको भनाइ छ। फेक आइडी बनाएर समाजमा विकृति निम्त्याउने तथा हिंसाको प्रवद्र्धन हुनेगरी सामाजिक सञ्जालमा प्रचार हुने गरेको उनले खुलाए। सामाजिक सञ्जालहरु नेपालमा दर्ता नभएकै कारण सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक रोकिएको उनको भनाइ छ।
भारत। उत्तर प्रदेशको मेरठ जिल्लामा एउटा अनौठौ अपराधिक घटना घटेको छ। जहाँ श्रीमतीले आफ्नै श्रीमानको हत्या गर्न प्रेमीसँग मिलेर योजना बनाएकी थिइन् । २५ वर्षीय अमित कश्यप (मिक्की) कामबाट घर फर्केर सुतिरहेका बेला उनकी पत्नी रविता र प्रेमी अमरदीपले मिलेर घाँटी थिचेर उनको हत्या गरेको प्रहरी अनुसन्धाबाट खुलेको छ। हत्या पछि प्रमाण लुकाउनको लागि उनीहरुले मिक्कीको शव नजिक विषालु सर्प छाडे र सर्पले १० पटक डसेको देखाए। प्रहरीका अनुसार मृत्यु सर्पको टोकाइका कारण मृत्यु भएको भनी देखाउनु उनीहरुको उद्देश्य थियो। मृत फेला परेका अमितको शव पोस्टमार्टम गर्दा घाँटी थिचिएर मृत्यु भएको पुष्टि भयो। जसपछि रविता र अमरदीपलाई प्रहरीले नियन्त्रणमा लियो।…