Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,२४बैशाख। नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। भारत पाकिस्तानबीच तनाव बढेपछि नेपालले सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको हो। बुधबार सिंहदवारमा गृहमन्त्री रमेश लेखको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा यस विषयमा छलफल भएको थियो। गृहमन्त्री लेखकले बुधबार तीनवटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर सीमा क्षेत्रको सुरक्षाका विषयमा छलफल गरेका थिए। भारत-पाकिस्तान तनावले नेपालमा पार्नसक्ने असर कम गर्न गृहमन्त्री लेखकले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन्। गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले पनि सीमा क्षेत्रमा सुरक्षा सतर्कता अपनाउने विषयमा छलफल भएको बताए।  ‘सीमा क्षेत्रमा सुरक्षा सतर्कता अपनाउन मन्त्रीज्युले निर्देशन दिनुभएको छ’, उनले भने। भारतले बुधवार बिहान पाकिस्तानमाथि हवाई…

Read More

दाङ,२४बैशाख। लुम्बिनी प्रदेश सरकारले आगामी वैशाख ३१ गते छैठौं अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सोही दिन दिउँसो १ बजे अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए। गत फागुन ७ गते पाँचौं अधिवेशन अन्त्य गरिएको थियो ।

Read More

मकवानपुर,२३ बैशाख। मकवानपुर प्रहरीले ३० किलो लागुऔषध गाँजासहित महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–८ खुरखुरेकी ३० वर्षीया लालमाया तामाङ रहेको प्रहरीले जनाएको छ । हेटौंडा–१० बसपार्कमा लागुऔषध गाँजा ओसारप्रसार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले हेटौंडा बसपार्कबाट वीरगञ्जतर्फ जान रोकिराखेको बा.प्र.०३–०१ ज ९७४ नम्बरको गाडीमा चेकजाँद गर्दा तामाङको साथबाट उक्त गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बरामद गाँजा जेब्रा झोलाभित्र लुकाएर राखिएको तीन वटा पोकामा थियो ।

Read More

भैरहवा,२३ बैशाख। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पालिका क्षेत्रलाई ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी पालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त घोषणा गरिएको हो । घोषणासँगै तिलोत्तमा नगरपालिकामा कोही पनि बेसहारा बेवारिसे, अशक्त र अनाथ भएर बस्नु नपर्ने भएको छ । नगरपालिकाले मुलुकमै विभिन्न उदाहरणीय कार्य गर्दै अब्बल देखिदै आएको छ । तिलोत्तमा नगरपालिका क्षेत्रको सडकमा कोही मानव आश्रित हुन नपरोस् भन्ने उद्देश्यले पालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त घोषणा गरिएको पालिकाका सूचना अधिकारी गंगाराम आचार्यले जानकारी दिए। जसका लागि पालिका र मानवसेवा आश्रमबीच मंगलबार घोषणापत्र आदानप्रदान गरिएको छ । ‘घोषणासँगै पालिकाको सडक क्षेत्रमा कोही पनि मानव आश्रित छैनन् र…

Read More

लुम्बिनी, २३ बैशाख। बुद्धजन्मस्थल लुम्बिनीबाट विश्व शान्तिको सन्देश दिने उद्देश्यका साथ नेपाल शान्ति सम्मेलन गरिएको छ। भियतनामका बरिष्ठ बौद्धगुरु भिक्षु डा. लाम (थे हुएन् दिउ) को सक्रियतामा नेपालबाट विश्वले शान्तिको शिक्षा लिनुपर्ने सन्देश सहित शान्ति सम्मेलन गरिएको हो। थाई ह्यून डिउ पिस फाउण्डेशनको आयोजनामा विश्वका विभिन्न देशहरुमा भइरहेको युद्ध अन्त्यको कामना गर्दै मेलमिलाप दया र करुणाबाटै समस्याको समाधान खोज्न आग्रह गरिएको छ। बुद्धिष्ट गुरुहरुसँगै हिन्दु, मुस्लिम र क्रिश्चियन धर्मका प्रतिनिधिहरुविच समेत सम्मेलनमा विश्व शान्तिका लागि छलफल गरिएको छ। सम्मेलनलाई सम्बोधन गर्दै वन तथा वातावरण राज्यमन्त्री रुपा विकले शान्तिको अग्रदुत गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा गरिएको सम्मेलन मार्फत विश्वमा शान्ति, सदभाव र…

Read More

काठमाडौं,२३बैशाख । अर्थमन्त्री विष्णु पौडेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । मंगलबार प्रचण्डको निवास खुमलटारमा उक्त भेटवार्ता भएको हो। भेटमा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श गरेको बताईएको छ।

Read More

धनकुटा,२३ बैशाख। नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) प्रेम कटवालको घरको छतबाट लडेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत कटवाल इटहरी उपमहानगरपालिका–२० मा निर्माणाधीन घरको छतबाट चिप्लेर लडेका थिए। लडेर गम्भीर घाइते उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ४५ वर्षीय कटवालको सोमबार वुढीगंगा इटहरीमा अन्त्येष्टि गरिएको छ। मृतक कटवालका दुई छोरी छन्।

Read More

धरान,२३बैशाख। धरानमा विषादी हालेर विक्रीका लागि बजारमा ल्याइएको २ हजार ४ सय १२ केजी काउली नष्ट गरिएको छ । कृषि बजारमा विषादी हालेर मकवानपुर जिल्लाको पालुङबाट धरानका व्यापारीले बिक्री वितरणका लागि कृषि बजारमा ल्याएका थिए। उक्त काउली खान योग्य छ/छैन विषयमा केन्द्रीय कृषि प्रयोगशाला धरान शाखाले परीक्षण गर्दा विषादी भेटिएपछि काउली नष्ट गरिएको कृषि उपज बजारका प्रबन्धक लक्ष्मण भट्टराईले बताए । विषादी विश्लेषन प्रयोगशाला सञ्चालक समितिका संयोजक धरानका उपमेयर अइन्द्र बिक्रम बेघाले जनताको स्वास्थ्यमा गम्भीर असर पर्ने गरि विषादी हालेर तरकारी उत्पादन गर्ने किसान र बिक्रेतालाई समेत कारवाही गर्ने बताए।

Read More

भैरहवा,२३बैशाख। नेपालको स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेको छ । मंगलबार सुन प्रतितोला ५ हजार ३०० रुपैयाँले बढेर एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको मूल्य तोलामा १ लाख ८४ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Read More

नवलपुर,२३बैशाख। वर्षा कारण बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा यातायात अवरुद्ध भएको छ।बिहान भएको वर्षाले सडक चिप्लो भएपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनकराज बञ्जाराका अनुसार विनयी त्रिवेणी गाउँपालिका–२ का विश्वकर्मा मन्दिर र पैंसट्ठी मोडमा सडक हिलो भएका कारण सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको छ। पानी पर्न रोकिएपछि डोजरले हिलो सफा गरेर सवारीसाधन गन्तव्यतर्फ पठाइने उनले जानकारी दिए। राति ६ घण्टा सडक बन्द गरेर निर्माण कार्य भइरहेको यस खण्डमा सामान्य पानी पर्दा समेत सडक पूर्ण रुपमा अवरुद्ध हुने गरेको छ। आगामी असारसम्म यस खण्डको धेरै काम सम्पन्न गर्ने गरी काम भइरहेको नारायणघाट–बुटवल सडक विस्तार…

Read More