


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, १५ साउन । रुपन्देही प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोहिणी गाउँपालिका–६ का मोइल भन्ने मुवारक मिर मुसलमान रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी लक्ष्मी खनालका अनुसार पक्राउ परेका मुसलमानलाई सर्वोच्च अदालतले ०६६ फागुन ११ गते जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै दश वर्ष कैद सजाएको फैसला सुनाएको थियो । त्यसयता फरार रहेका उनलाई प्रहरी चौकी पिप्रहवाबाट खटिएको टोलीले सोमबार पक्राउ गरी जिल्ला अदालतमा रुपन्देहीमा कैद भुक्तानका लागि पेश गरीएको उनले बताइन् ।
भैरहवा, १४ साउन । पश्चिम नवलपरासीमा एक युवकको हत्या भएको छ । जिल्लाको पाल्हीनन्दन गाउँपालिका-५ हर्दीका २० वर्षीय रोशन कुमार बढई भन्ने सूर्यकुमार बढईको आइतबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । गएराति बढई आफ्नो घरमा सुतेको अवस्थामा अज्ञात समूहले घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रराम्भिक अनुसन्धानमा पाइएको पश्चिम नवलपरासीका सूचना अधिकारी एवं डिएसपी रेशम बोहराले जानकारी दिए । उक्त समूह घटना घटाएर फरार भएकाले खोजी भइरहेको उनले बताए । घटनाको अनुसन्धान भइरहेको र मृतकको शव पोष्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पतालमा पठाइएको नवलपरासी प्रहरीले जनाएको छ ।
काठमाण्डौँ, १४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाण्डौँमा पार्टीका जिल्ला अध्यक्षहरुको भेला गर्ने भएको छ । अगामी साउन १७ र १८ गते हुने भेलाको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले साउन १७ गते धुम्बाराहीमा भेलाको उदघाटन गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । भेलामा ७७ वटै जिल्लाका अध्यक्षहरुले आफ्नो जिल्लाको सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको सचिवालय प्रमुख महामन्त्री राजेन्द्र गुरुङ्ले बताए । उनका अनुसार भेलामा पार्टीको समग्र सांगठनिक अवस्थाको गम्भीर समिक्षा गरिने, विगतका निर्वाचनका कमी कमजोरीको समीक्षा गर्दै आगामी रणनीति तय गरिने, पार्टीले लिएका नीति र यसले पार्टी पंक्ति र जनसमुदायमा पारेको प्रभावको विश्लेषण गरिनेछ । त्यस्तै पार्टीको केन्द्रीय…
पोखरा, १४ साउन । पोखरामा सवारी दुर्घटना हुदाँ दुईजनाको मृत्यु भएको छ र २८ जना घाइते भएका छन्। मृत्यु हुनेमा बिरौटास्थित एलपी देवकोटा मेमोरियल इंग्लिस बोर्डिङ स्कूलको कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र ५ वर्षीय प्रिन्स विक रहेको कास्की प्रहरीले जनाएको छ । मृतक दुवै आमा-छोरा हुन् । दुवै जनाकाे गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार सोमबार बिहान पोखरा महानगरपालिका-२१ गुड्कुस्थित भित्री सडकखण्डमा रामदीबाट पोखरातर्फ आउँदै गरेको ग १ क ६२१९ नम्बरको स्कूल बस दुर्घटना भएको हो। उक्त बस सडकबाट ५० मिटर तल खसेको थियो। घाइतेमध्ये १३ जनाको गण्डकी मेडिकल कलेजमा, १२ जनाको पश्चिमाञ्चल…
काठमाडौं, १४ साउन । सोमबार सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको छ । सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार १ लाख ४५ हजार ७ रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार सुनसँगै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आइतबार दिन प्रतितोला १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।
काठमाडौं, १३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेपाल प्रहरीका डीआईजी मनोज केसीको सरुवाको विषयमा प्रश्न उठाएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा आकस्म्कि समयमा लिएर बोल्दै सांसद ढकालले डीआईजी मनोज केसीलाई यो सरकारले कसरी सरुवा गरेको भनेर प्रश्न गरेका छन् । उनले भने, ‘ विश्वासको मत लिएको दुई दिनभित्र कसरी डिआइजी मनोज केसीलाई सरुवा गरियो ? दुई दिन भित्रमा किन र के कारण ? के उद्देश्यका लागी सरुवा गरिएको हो । यसको गृहमन्त्रीले उत्तर दिनुपर्ने हुन्छ ।’गत बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट नेपाल प्रहरीको विशेष ब्यूरोका प्रमुख डीआईजी केसीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सुरुवा गरिएको छ भने प्रतिष्ठानका डीआईजी राजन…
भैरहवा, १३ साउन । लुम्बिनी प्रदेशमा सरकारका लागि मन्त्री चयन विषयमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा ‘विवाद’ देखिएको छ । जसकारण हालसम्म पनि पार्टीले मन्त्रीको टुंगो लगाउन सकेको छैन । साना दललाई समेटेर मन्त्रिपरिषद्लाई पूर्णता दिनका लागि मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रालयको भागबन्डा समेत रोकेर राखेका छन् । सोहीकारण प्रदेशमा काँग्रेस र एमालेका चार/चार जना मन्त्री नियुक्त भएपनि उनीहरुलाई विना विभागीयकै रुपमा राखिएको छ । लोसपा लगायत साना दलले मन्त्रीको टुंगो नलगाउँदा मन्त्रालयको भागबन्डा र मन्त्रिपरिषद्ले पूर्णता नपाएको प्रदेशका राजनीतिक क्याम्पहरुमा चर्चा छ । मुख्यमन्त्री आचार्यले साना दलका लागि सरकारमा मन्त्रीको तीन सिट खाली राखेका छन् । सरकारलाई लोसपा, अशोक राई…
भैरहवा, १२ साउन । नेपाल प्रहरीको विशेष ब्यूरोका प्रमुख डीआईजी मनोज केसीको सरुवा भएको छ । गृहमन्त्री स्तरीय निर्णयबाट केसीलाई ब्यूरोबाट नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ भने प्रहरी प्रतिष्ठानका डीआईजी राजन अधिकारीलाई ब्युरोमा ल्याइएको छ । डीआईजी केसीले भुटानी शरणार्थी प्रकरणमा फरार प्रतिवादी प्रतिक थापालाई पक्राउ गरेका थिए र बेचन झालाई पनि पक्राउ गर्न उनको टिमले सहयोग गरेको आशंका गरिएको थियो । तत्कालिन गृहमन्त्री रवि लामिछानेले प्रहरी महानिरीक्षक बसन्त कुवँरलाई बाईपास गरेर सीआईबी प्रमुख एआईजी श्यामलाल ज्ञवाली र केसीकै सहयोगमा प्रहरी संगठन चलाएको आरोप छ । दुई महिना अघि केसीको विशेष ब्यूरोमा सरुवा भएको थियो ।
भैरहवा, ११ साउन । सौर्य एयरलाइन्सले बुधवार काठमाण्डौँको त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनाले अकल्पनीय क्षति भएको उल्लेख गर्दै पीडित परिवारलाई सक्दो सहयोग गर्ने जनाएको छ । शुक्रवार सौर्य एयरलाइन्स प्रा.लि.ले विज्ञप्ती जारी गर्दै एउटै परिवारका रूपमा रही काम गर्दै आएका व्यक्तिहरूको अकल्पनीय जहाज दुर्घटनामा परी दिवंगत भएको भन्दै कम्पनीले यति धेरै विज्ञहरुको क्षतिको कल्पना नै गर्न नसकिने बताएको छ । ‘पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग, साथ र सद्भाव सधैं रहने विश्वास दिलाउँछौ’, प्रा.लि.का अध्यक्ष दीपक कुमार पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सौर्य एयरलाइन्सको व्यावसायिक विकास र विश्वसनीयता आर्जनका लागि उहाँहरूले निष्ठापूर्वक पुर्याउनु भएको साथ, सहयोग र योगदानको…
भैरहवा, ११ साउन । रुपन्देहीको भैरहवामा भएको बजारमा अनुगमनको क्रममा मिष्ठान क्षेत्रका प्रतिष्ठानहरुमा कैफियत भेटिएको छ । जिल्ला बजार अनुगमन समितिले गरेको अनुगमनमा माखनभोग स्वीट्सले उत्पादन गरेर राखेको मिठाई (रसबरी) मा स–साना किरा भेटिएको छ भने पवन मिष्ठान भण्डारमा लेबल नभएको पनिर बरामद भएको छ । साथै, दुवै प्रतिष्ठानमा सरसफाई समेत नरहेको अनुगमन समितिले पाएको छ । माखनभोगमा अनुगमनको क्रममा दश किलो मिठाईमा किरा र चार बोतल म्याद ग्रुजिएको कोकाकोला ब्राण्डको पयेपदार्थ भेटिएपछि उक्त साम्रगीहरु नष्ट गरेर सचेत गराइएको रुपन्देहीका जिल्ला बजार अनुगमन समिति संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए । अखाद्य मिठाई विक्री गर्दा जनस्वास्थ्यमा…