Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,१५बैशाख। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी वर्षको बजेटले आर्थिक क्षेत्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरेका छन्। सोमबार नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले मुलुकलाई आर्थिक रुपमा सक्षम बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताएका हुन्। उनले मुलुकको आर्थिक विकासमा सरकारका साथै निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले आगामी बजेटमा निजी क्षेत्रले उठाएका मागहरु सम्बोधन हुने बताए। पछिल्लो समय डिजिटल अर्थतन्त्रले विश्वबजारमा ठूलो हिस्सा ओगटेकाले सरकार र निजी क्षेत्रले विशेष ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ।

Read More

भैरहवा,१५बैशाख। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयको प्रहरीको गुण्डागर्दी बन्द गर्न व्यवसायीले आग्रह गरेका छन् । पालिकाले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा व्यवसायी हरिश सेठियाले नगरमा प्रहरीको ज्यादतीका कारण व्यवसायमा मार परेको गुनासो पोखे। उनले करको दायरमा आएका व्यवसायीको ढाड सेक्ने नगरपालिकाले करको दायरमा नआएकालाई सोध्न समेत नजाने गरेको दावी गरे । ‘कसैले व्यापार गर्छ भने पालिकामा दर्ता हुनुपर्छ’, सिद्धार्थ उद्योग वाणिज्य संघका सदस्य समेत रहेका उनले भने, ‘तपाईहरुले राखेको नगरप्रहरीलाई अहिले नै उनीहरुलाई एसपी-डिआईजी बनाईदिनु भएको छ।’ नगर प्रहरीको ज्यादतीका कारण बैंकरोडको व्यवसाय धरासयी भएको उनको भनाई छ । उनले नगर प्रहरीहरुको रैवया सुधार गर्न वा ज्ञान दिन आग्रह गर्दै नगरप्रहरीको…

Read More

टीकापुर,१४बैशाख। जिल्ला सरकारी वकिल कार्यालयबाट हतकडीसहित एक महिला थुनुवा फरार भएकी छिन् । गत बैशाख ४ गते मानव बेचबिखन तथा ओसारपसारको आरोपमा टीकापुर नगरपालिका-१ शिविरबाट पक्राउ परेकी मीना शाही दमाई हतकडी सहित फरार भएको ईलाका प्रहरी कार्यालय टीकापुरका डीएसपी नवीनराजा बुढाथोकीले बताए। उनका अनुसार म्याद थपका लागि सरकारी वकिल कार्यालयमा लगिएका बेला उक्त महिला फरार भएकी हुन्। फरार महिलाको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

Read More

लुम्बिनी,१४बैशाख। बौद्ध दर्शन र शिक्षाको प्रसारमा ऐतिहासिक योगदान पुर्याउने व्यक्तिहरुको विषयमा अनुसन्धान र प्रवद्र्धन गर्ने घोषणासहित लुम्बिनीमा जारी ‘वान बेल्ड वान रोड’ नेपाल–चीन बौद्ध सांस्कृतिक सेमिनार सम्पन्न भएको छ। ६ बुँदे संयुक्त घोषणापत्र जारी गर्दै बौद्ध कला र संस्कृतिको गहन अनुसन्धानमा कार्य गर्ने प्रतिवद्धता जनाइएको छ। बुद्धभद्र, अरनिको, भृकुटी, फाहियान, ह्वेनसाङ्ग, मञ्जुश्री बारे अनुसन्धान र प्रवद्र्धनमा विशेष जोड दिने घोषणा गरिएको हो। लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्य र चीन संस्कृति प्रवद्र्धन सोसाइटीका उपाध्यक्ष छन् होङ्ग छ्याङ्गले संयुक्त रुपमा घोषणापत्र जारी गरे। प्रधानमन्त्री एवं बौद्ध विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको सन् २०२४ मा भएको चीन भ्रमणको अवसरमा भएको सम्झौता…

Read More

भैरहवा, १४ वैशाख। लुम्बिनीमा तेस्रो ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’ (बीआईटीएम) हुने भएको छ। अगामी जेठ ९, १० र ११ गते काठमाडौं र लुम्बिनीमा हुने मार्ट सञ्चालनको विषयमा नेपाल एसोशिएसन अफ टुर एण्ड ट्राभल्स एजेण्ट (नाट्टा) केन्द्रले लुम्बिनीमा सरोकारवालासँग छलफल गरेको छ। भैरहवामा नाट्टा लुम्बिनी प्रदेश र बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल्स मार्ट लुम्बिनी प्रदेशका पदाधिकारीबीच भएको छलफलमा नाट्टा केन्द्रिय अध्यक्ष कुमारमणि थपलियाले विगतका वर्ष भन्दा यस वर्ष अझ व्यवस्थित गर्ने गरी सरोकारवालासँग छलफल गरिरहेको बताए। उनले भने–‘विगतका वर्षमा लुम्बिनीमा मात्रै हुने बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल्स मार्ट यस वर्ष काठमाडौंमा पनि गर्ने योजना छ। सबैको अपनत्व हुने गरी कार्यक्रम सम्पन्न गर्न हामीले सरोकारवालासँग छलफल…

Read More

भैरहवा, १४ वैशाख। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वित्तीय अनुशासन कायम राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रको अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन्। नेपाल राष्ट्र बैंकको ७० औं वार्षिकोत्सव समारोहको आइतबार भैरहवामा उद्घाटन गर्दै उनले बैंक तथा वित्तीय क्षेत्रमा बेलाबखत देखा पर्ने समस्याले उपभोक्तालाई चिन्तित बनाउने भएकाले अनुगमन क्षेत्रलाई अझ प्रभावकारी बनाउनुपर्ने बताएका हुन् उनले बैंक तथा वित्तीय संस्थाले मुनाफाको केही रकम सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन जोड दिए। ‘सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने रकम सही ढंगले कार्यान्वयन भएको छ कि छैन? प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरेर आवश्यकताको आधारमा खर्च भएको छ कि छैन? यसबारे…

Read More

काठमाडौं,१४बैशाख। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ। मुद्दाको मंगलबार पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए। लोकतन्त्र दिवसको अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा थापाले संवैधानिक निकायका पदाधिकारीहरुको नियुक्ति विवादमा सर्वोच्च अदालतले डिल गरेको अभिव्यक्ति दिएका थिए। आयोगका पदाधिकारीहरुको कार्यकाल सकिने समय भइसक्दा समेत नियुक्ति नगरेको भन्दै अदालतले ‘डिल’ गर्‍यो भने अब यसको विश्वसनीयता के रहन्छ? भन्दै उनले प्रश्न गरेका थिए। उक्त अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता विशाल थापालगायतले आइतबार थापाविरुद्ध अदालत अवहेलना मुद्दा दायर गरेका हुन्। विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति विवाद सर्वोच्चमा विचाराधीन अवस्थामा छ।

Read More

सर्लाही,१४बैशाख। सर्लाहीमा महिलाको हत्या भएको छ। घरायसी विवादमा ३६ वर्षीया रेनु देवी पासवानको उनका जेठाजुले हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईका अनुसार जेठाजु साहेब पासवानले धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि उनलाई पक्राउ गरिएको छ। उनले हात, मुख र घाँटीमा गम्भीर चोट लागेका कारण महिलाको घटनास्थलमै मृत्यु भएको उनले बताए। मृतकको जेठाजु पासवानलाई पक्राउ गरेर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Read More

बुटवल। बुटवल हस्पिटल प्रालि र ग्लोबल आईएमई बैंकबीच उपचार सम्बन्धमा सम्झौता भएको छ । बैंकमार्फत आउने कर्मचारी तथा सेवाग्राहीहरुलाई अस्पतालले सहुलियत प्रदान गर्नेछ । त्यस्तै बैंकले अस्पतालले गर्ने विभिन्न सामाजिक कार्यहरुमा सहकार्य गर्ने भएको छ। उपचार सम्झौतासँगै दुई संस्थाका बीचमा व्यवसायीक तथा अन्य सहकार्यको बाटो खुलेको बुटवल हस्पिटल प्रालिका अध्यक्ष चुन्न प्रसाद पौडेलले बताए। उनले बुटवल हस्पिटल सबै क्षेत्र वर्ग र समुदायका नागरिकहरुकै भएकोले यसको संरक्षण र प्रवद्धनमा पनि सबैको सहयोग आवश्यक रहेको बताए। सबै खालको उपचार,उपकरण र दक्ष जनशक्तिको संयोजन रहेकोले निर्धक्क भएर स्वास्थ्य सेवा लिन उनले अपिल समेत गरे। उक्त अवसरमा ग्लोबल आईएमई बैंक लुम्बिनी प्रदेश प्रमुख शान्ता…

Read More

काठमाडौं,१३बैशाख। आइतबार देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभाग अन्र्तगतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरुमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको हिमाली भूभागका थोरै स्थानहरुमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। आइतबार राति कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने महाशाखाले जनाएको छ। कोशी प्रदेश र मधेश प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशको पहाडी भूभागका एक-दुई…

Read More