Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, १५ असार । रुपन्देहीको भैरहवामा ‘भैरहवा युथ क्लब’ स्थापना हुने भएको छ । समाजका युवाहरुको सशक्तिकरण, विकास लगायत समाजिक कार्य गर्ने उद्देश्यले भैरहवाका युवाहरुले भैरहवा युथ क्लब स्थापना गर्न लागेका हुन् । शुक्रवार भैरहवामा बसेको बैठकले प्रवेश श्रेष्ठको अध्यक्षतामा तदर्थ समिति गठन भएको छ । जसको उपाध्यक्षमा शिव बस्याल, सचिवमा विक्रम ज्ञवाली, कोषाध्यक्षमा आकाश पौडेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा शान्ति आले, पूजा क्षेत्री, दिवस वि.क, मनिष तिवारी, सुदिप पाण्डे, उमर बादशाह खान र रोशन गुप्ता रहेका छन् । यस्तै टिका जी.सी, दीपक पाण्डे, राजाप्रताप शाही, बासु प्रधान र कृष्ण विश्वकर्मा सल्लाहकारमा चयन भएका छन् । ‘समाजमा देखिएका…

Read More

भैरहवा, १४ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार आरोपी प्रतीक थापा पक्राउ परेका छन् । उनलाई शुक्रवार बौद्धबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँ प्रवक्ता एसपी नवराज अधिकारीले बताए । नक्कली भुटानी शरणार्थी प्रकरणमा थापाको संग्लनता देखिएपछि ०८० वैशाखमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएलग्त्तै उनी फरार भएका थिए । १४ महिनापछि उनी पक्राउ परेका हुन् । पक्राउ परेका थापा एमाले उपाध्यक्ष एवं पूर्व गृहमन्त्री रामबहादुर थापा (बादल) का छोरा हुन् । भुटानी शरणार्थीको समस्या समाधान गर्न भन्दै बादल गृहमन्त्री हुदाँ मन्त्रालयले पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल बनाएको थियो । कार्यदलको प्रतिवेदनमै नक्कली नामहरु घुसाएर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने…

Read More

भैरहवा, १४ असार । सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर ९ मा सिद्धार्थ टोल सुधार समिति गठन भएको छ । उक्त समिति गठनसँगै वडा नम्बर ९ मा टोल सुधार समितिको संख्या सात पुगेको छ । वडा नम्बर ९ का वडा अध्यक्ष शेषकान्त भण्डारीले समितिलाइ प्रमाणपत्र हस्तान्तरण गर्दै उद्देश्य अनुसार काम गरेर नगरमा नमुना वडा बनाउन आग्रह गरे । ‘टोल सुधार समितिहरु भनेको वडाको पखेटा हुन् । समितिले समाजिक हितका लागि धेरै कामहरु गर्ने छ भन्ने विश्वास लिएको छु’ उनले भने, ‘वडा विकासमा सबै हातेमालो आवश्यक छ र सबै एकसाथ अगाडी बढे हाम्रो वडा नगरमै नमुना वडा बन्नेछ ।’ अर्जुन भुसालको अध्यक्षतमा सिद्धार्थ…

Read More

भैरहवा, १३ असार । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण र ५२.१४ प्रतिशत विद्यार्थीले एनजी अर्थात हाल अनुर्तिण भएका छन् । परिक्षाको नतिजा विवरण विभिन्न वेभसाइट, एसएमस र आईभीआरबाट थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । नेपाल टेलिकमको १६०० मा कल गरेर सुन्न सकिन्छ भने एसएमएस गर्दा SEE <space> SYMBOL NUMBER (उदाहरणका लागि, SEE 1234567A ) टाइप गरेर १६०० मा पठाउन सकिन्छ। स्विफ्ट टेक्नोलोजी प्रा.लि.मा ३४४५५ कोडमा, जानकी टेक्नोलोजी प्रालि ३५००१ मा कोडमा, इजी सर्भिस प्रालिमा…

Read More

झापा, १३ असार । झापामा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । बिहिवार बिहान झापाको मेचीनगर नगरपालिका ३ धरधरे टोल स्थित खोला छेउमा भाले हात्ती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा जिल्ला डिभिजन वन कार्यालय र मेची सव-डिभिजन कार्यालय धाईजनले अनुसन्धान थालेका छन् । हात्तीको पोस्टमार्टम तथा अनुसन्धानका लागि कोशीटप्पु वन्यजन्तु आरक्षण सुनसरीबाट विशेषज्ञको टोली समेत आउन लागेको झापा प्रहरीका डिएसपी कृष्ण कुमार चन्दले जानकारी दिए ।

Read More

भैरहवा, १३ असार । आफ्नो स्वर्गीय वुवाको सम्झनामा एक विधार्थीले खेलकुद सामग्री वितरण गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भैरहवा बहुमुखी क्याम्पस रुपन्देहीका अध्यक्ष सागर न्यौपानेले स्वर्गीय बुवा खिमलाल न्यौपानेको सम्झनामा सिद्धार्थनगर नगरपालिका–३ स्थित श्री संस्कृत विद्याश्रमलाई खेलकुद सामग्री उपलब्ध गराएका हुन् । उनले विद्याश्रमलाई एक थान ब्याट, एक थान फुटबल, चेस सेट, लुडो, क्रिकेट बल लगायतका सामग्री हस्तान्तरण गरेका हुन् । पढाईसँगै विद्यार्थीहरुलाई खेलकुदको पनि आवश्यकता भएको कुरालाई मध्यनजर गर्दै आफुले संस्कृत विद्याश्रमलाई खेलकुद सामग्री प्रदान गरेको उनले बताए । उनले भने, ‘मैले दिएका सामग्री प्रयाप्त नहुन सक्छ । तर, यसले खेलकुद गतिविधिलाई अघि बढाउन केही भए पनि…

Read More

काठमाण्डौँ, १३ असार । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। बिहिवार बिहान बसेको बोर्डको बैठकले निर्णय गरेपछि एसईईको नतिजा सार्वजनिक गरिएको हो । परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण र ५२.१४ प्रतिशत विद्यार्थीले एनजी अर्थात हाल अनुर्तिण भएका छन् । नियमिततर्फ दुई लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै उत्तीर्ण भएका हुन्। जसमध्ये १८६ जना विद्यार्थीले ४.० जिपीए ल्याएका छन्। गत चैत १५ गतेदेखि सुरु भएको एसईईमा नियमिततर्फ ४ लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी भएका थिए। यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५…

Read More

भैरहवा, १२ असार । रौतहटमा सवारी नियम उल्लंघन गरी सवारीसाधन चलाउने चालकहरुलाई धमाधम कारवाही थालिएको छ । पछिल्लो समयमा रौतहटका सडकमा चालकहरुले सवारी नियम उल्लंघन गरेर सवारी साधन चलाउन थालेपछि प्रहरीले पनि कारवाहीको ‘स्पिड’ बढाएको छ । पछिल्लो हप्ता बढी दिनमा सवारी नियम उल्लंघन गरी सवारीसाधन चलाउने चार सय तीन चालकहरुलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचना अधिकारी एवं डिएसपी एलिजा गिरीले बताइन् । उनका अनुसार जसबाट तीन लाख सन्तान्नब्बे हजार रुपैयाँ राजस्व समेत संकलन भएको छ । असार १ गते देखि असार १० गतेसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीद्धारा चेकजाँचको क्रममा उक्त सवारी चालकहरुलाई कारवाही गरिएको…

Read More

काठमाण्डौँ, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा.मुकुल ढकालले पार्टीको वर्तमान अवस्थाको बारेमा एक प्रतिवेदन तयार पारेका छन् । इलामको चुनावी परिणामलग्त्तै कार्यकर्ता भेटका लागि देश दौडाहामा निस्किएका ढकालले तयार गरेको प्रतिवेदनमा पार्टीकोे जनमत कमजोर बनिरहेको भन्दै अहिले जस्तै अगाडि बढे पार्टी हालत पनि विवेकशील साझा पार्टीको जस्तो हुने र पार्टी दुर्घटनाउन्मुख रहेको निष्कर्ष निकालिएको छ। सत्ता र शक्तिको आशक्तिले रास्वपा कमजोर बन्दै गएको भन्दै उनले पार्टीप्रति माया र चिन्ता भएरै आफूले गम्भीररूपमा समस्याको कुरा उठाएको जिकिर गरेका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सत्ताका लागि सम्झौता गर्नुभन्दा काठमाडौँ…

Read More

कपिलवस्तु,१२ असार । कपिलवस्तुमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । जिल्लाको यशोधरा गाउँपालिका ८ भैसहियाका २२ वर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका वडा नम्बर १० धनकौलीका १८ वर्षीय राजु ठाकुरको चट्याङ लागेर मृत्यु भएको हो । बुधबार बिहान दुवै जनालाई घर नजिक खेतमा जाने क्रममा चटयाङ लागेको थियो । कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार चट्याङ लागेका दुबैजनाको घटनास्थलमै मृत्यु भएको हो ।

Read More