


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा,३०चैत। नेपाली राष्ट्रिय महिला क्रिकेट टोली शनिवार भैरहवा आएको छ। आगामी मे महिनामा हुने विश्वकप एशिया छनौटको खेलको तयारी गर्नका लागि महिला क्रिकेट टिम भैरहवामा आएको हो। दोस्रो चरणको इन्दु बर्माको कप्तानीमा भैरहवा पुगेको टिमको आइतबारदेखि बैशाख १७ गतेसम्म बन्द प्रशिक्षण हुने नेपाल क्रिकेट संघका क्रिकेट अप्रेसन म्यानेजर विनोदकुमार दासले बताए । रुपन्देही क्रिकेट संघका कोषाध्याक्ष निरजप्रताप खाँणका अनुसार २६ सदस्यीय महिला क्रिकेट टोली भैरहवा आएका हुन् । ‘भैरहवामा यसअघि पुरुष राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण भएको थियो। लगत्तै बन्द प्रशिक्षणका लागि महिला टिम पनि आएको छ’, उनले भने,‘यस क्षेत्रका लागि सकारात्मक सन्देश हो ।’ भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा हुने बन्द…
काठमाडौ,२९चैत। सहकारी ठगी र संगठित अपराध मुद्दामा रवि लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत बुटवलको तुलसीपुर इजलासको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । रास्वपाका सहप्रवक्ता प्रतिभा रावलका अनुसार शुक्रबार रवि लामिछानेकी श्रीमती निकिता पौडेल अदालतमा आफै पुगेर उच्च अदालतको आदेशविरुद्ध रिट दर्ता गराएकी हुन् । जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश चित्त नबुझेको भन्दै रवि र सरकारी वकिल कार्यालय रुपन्देही दुवै पुनरावेदनका लागि उच्च अदालतमा निवेदन दिएका थिए। गत चैत २२ गते उच्च अदालत बुटवलका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीको धरौटीमा छाड्ने आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश…
काठमाडौं,२९चैत। काठमाडौंको तीनकुने गत चैत १५ गते भएको हिसांत्मक प्रदर्शनका आरोपी दुर्गा प्रसाईँलाई जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि १२ दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ । अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। हिंसात्मक घटनापछि भारत फरार भएका प्रसाईँलाई शुक्रवार प्रहरीले पक्राउ गरेर अदालतमा उपस्थित गराएको थियो । प्रसाईँसँगै पक्राउ परेका उनका बडिगार्डलाई पनि अदालतले १२ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धानका लागि अनुमति दिएको छ।
बुटवल, २९ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश र स्थानीय तहको निजामती सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरेको बताएका छन्। नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेशको आयोजनामा शुक्रबार रुपन्देहीको बुटवलमा भएको नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन्। उनले ऐन, कानुन र नियमावलीमार्फत निजामती सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले ध्यान दिएको र सोही अनुसार काम भइरहेको बताए। प्रदेश तहबाट नै सचिव राख्न सक्ने व्यवस्थालाई संस्थागत गर्न पहल जारी राखेको समेत उनले बताए । ‘तपाईँहरु मध्येबाटै प्रदेश सरकारका सचिव बन्नुपर्छ भन्ने मान्यता राखेर सरकार अघि बढेको…
बुटवल, २९चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय शिक्षा ऐन छिट्टैल्याउनका लागि सरकार तत्पर रहेकाले शिक्षकहरु आन्दोलनमा बसिरहनुनपर्ने बताएका छन्। शुक्रवार नेकपा (एमाले) रुपन्देही जिल्ला कमिटीले बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकार सबै क्षेत्र र समुदायका समस्या र आवाज सुन्ने खालको सरकार भएकाले आन्दोलन गरिरहन नपर्नेमा जोड दिए। ‘समस्याहरु छन् तर सडकमा गइरहनुपर्ने थिएन। म शिक्षकहरुलाई शिक्षा ऐन चाँडै आउँछ भन्न चाहन्छु। तपाईँहरुले आफ्ना समस्या मात्रै राष्ट्रको हित र आर्थिक अवस्थालाई पनि हेरेर विचार गर्नुपर्ने हुन्छ’, उनले भने। साथै, उनले एमालेलाई कमजोर पारेर समृद्धि र विकासको यात्रा रोक्ने प्रयास सफल नहुने बताए। उनले भने, ‘एमालेलाई सिध्याउँछु, केपी ओलीविनाको…
काठमाडौं,२९चैत। हङकङमा जारी चार देश सम्मिलित टी २० सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ। पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको नेपालले बिहीबार कुवेतलाई ६ विकेटले हराएको हो । यससँगै ४ अंक जोड्न सफल नेपालले फाइनल पुग्ने संभावना बलियो बनाएको छ। मिसन रोड मैदानमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १९ औं ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो। पहिलो विकेटका लागि १ सय २७ रनको शतकीय साझेदारी गर्दै कुशल भुर्तेल र आसिफ शेखले जित्ने आधार बनाएका थिए। कुशल ८१ रन र आसिफ ५३ रनमा आउट भए । उनीहरु आउट भएलग्त्तै कुशल मल्ल पनि आउट हुँदा…
भैरहवा, २९ चैत। नेपालको स्थानीय बजारमा सुनको मूल्यले एकपछि अर्को रेकर्ड कायम गर्दै गएको छ। आज एकैदिन ३ हजार ९०० रुपैयाँले बढेर फेरि नयाँ रेकर्ड कायम गरेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ हजार ९०० रुपैयाँले बढेर १ लाख ८५ हजार पुगेको छ। अघिल्लो दिन बिहीबार एक तोला सुनको मूल्य १ लाख ८१ हजार ३०० रुपैयाँ कायम भएको थियो। सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। आज एक तोला चाँदीको मूल्य १९ सय ५ रुपैयाँ पुगेको छ। बिहीबार प्रतितोला चाँदी १९ सय रुपैयाँमा कारोबार भएको थियो।
बागलुङ,२८ चैत। प्रहरीले नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुई जना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तमानखोला गाउँपालिका–१ की ४० वर्षीया सम्झना भन्ने प्रितिमा विक र मकवानपुर कैलाश गाउँपालिका–९ की ३७ वर्षीया शान्ती भन्ने खिमकुमारी भोम्जन रहेको प्रहरीले जनाएको छ। बागलुङको ढोरपाटन नगरपालिका-१ बुर्तिबाङमा खाजाघर र रेस्टुरेन्टमा ललगाई फकाई गरी नाबालिकालाई यौन गतिविधिमा लगाउने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी विजय यादवले बताए। प्रहरीका अनुसार पक्राउ परेकी विक तमानखोला खाजाघर बुर्तिबाङका सञ्चालक हुन् भने भोम्जन बसन्त रेस्टुरेन्ट एन्ड सेकुवा कर्नर बुर्तिबाङको सञ्चालक हुन् । पीडितको जाहेरी दरखास्त तथा वेश्यावृत्तिमा प्रयोग हुन सक्ने बरामद सबुत प्रमाणका आधारमा जिल्ला अदालत…
काठमाडौं,२८ चैत। नेपाल राष्ट्र बैंकले गत फागुनमा औसत मूल्य वृद्धिदर ३.७५ प्रतिशत कायम भएको जनाएको छ। गत वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धिदर ४.८२ प्रतिशत रहेको थियो। उक्त अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर ३.३४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ३.९७ प्रतिशत छ। गत वर्षको सोही अवधिमा यी समूहको मूल्यवृद्धिदर क्रमशः ५.९५ प्रतिशत र ४.०७ प्रतिशत रहेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले औल्याएको छ । राष्ट्र बैंकका अनुसार गत फागुनमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि १३.७४, दाल तथा गेडागुडीको ७.८०, फलफूलको ६.८२ र गैर–मदिराजन्य पेय पदार्थको ५.१५ प्रतिशतले बढेको छ। तर,…
काठमाडौं,२८चैत। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालको राजीनामा स्वीकृत गरेका छन्। प्रधानमन्त्री ओलीका सचिवालयका अनुसार उपकुलपति बरालले बुझाएको राजीनामा बिहीवार स्वीकृत भएको छ। बरालले १५ चैतमा प्रधानमन्त्री कार्यालयमा पुगेर राजीनामा पत्र बुझाएका थिए ।