


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौंं,२३ चैत। गृह मन्त्रालयले ६ जिल्लाका सीडिओहरुको सरुवा गरेको छ। मन्त्रालयले कञ्चनपुर, स्याङजा, प्यूठान, लमजुङ, अर्घाखाँची र दार्चुला जिल्लाका सीडिओहरुको सरुवा भएको हो। सरुवा सूची अनुसार कञ्चनपुरमा लक्ष्मण ढकाल, अर्घाखाँचीमा वेद प्रसाद खरेल, स्याङजामा ईश्वरी प्रसाद अर्याल, लमजुङमा माधव प्रसाद खरेल, प्यूठानमा दीपक नेपाल तथा दार्चुलामा अनिल पौडेललाई सीडिओ बनाएर पठाइएको छ। त्यस्तै कञ्चनपुरमा सीडियो रहेका नारायण प्रसाद सापकोटा, स्याङजाका सुनिता नेपाल, अर्घाखाँचीका बाबुराम अर्याल, लमजुङका बुद्ध गुरुङ, प्यूठानकी रमा सुवेदी र दार्चुलाका यज्ञराज जोशीलाई जिल्लाबाट गृह मन्त्रालयमा सरुवा गरिएको छ।
नवलपरासी, २३ चैत। पूर्व नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीमाथी हातपात गरेर युवक फरार भएका छन् । शुक्रबार बिहान गाउँपालिकाको कार्यालय परिसरमा अध्यक्ष गिरीलाई स्थानीय सुदीप आचार्यले हातपात गरेर फरार भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पूर्व नवलपरासीका डीएसपी मधु नेपालका अनुसार हातपात गरेर फरार भएका आचार्यको खोजी भइरहेको छ। ‘म माथि किन हातापत गरेको थाहा छैन’,अध्यक्ष गिरीले भने, ‘समातिएपछि प्रहरी अनुसन्धानबाट पत्ता लाग्ला ।’ स्थानीयका अनुसार ठेक्कापट्टामा कुरा नमिलेको भन्दै युवकले हातपात गरेका हुन् ।
विराटनगर,२३ चैत। मोरङमा सवारी दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ । गएराति को ९ प ७२९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किदाँ मोटरसाइकलमा सवार रतुवामाई नगरपालिका–१ कल्याणपुरका सोम टुडू र वामनी हेमरामको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए। नातामा दुवै जना श्रीमान-श्रीमती हुन् । गएराति रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडकखण्डमा भएको दुर्घटनामा गम्भिर घाइते भएका दम्पतीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
भैरहवा, २३ चैत। उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश पछि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेलाई सोमबार कारागार पठाइने भएको छ। पक्राउ गरेर भैरहवा ल्याइएका लामिछानेलाई सार्वजनिक विदाका कारण शनिवार र आइतबार जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिने र सोमबार अदालतमा पेश गरेर कारागार चलान गरिने रुपन्देहीका एसपी रंजितसिंह राठौरले बताए। ‘आज र भोली सार्वजनिक बिदा छ। सोमबार अदालत खुलेपछि त्यहाँ पेस गर्छौ’, उनले क्लिक लुम्बिनीसँग भने, ‘त्यसपछि कारागार पठाइने छ । दुई दिन जिल्ला प्रहरी कार्यालयको हिरासतमा राख्छौं ।’ सहकारी ठगी र संगठित अपराध मुद्दामा गत माभ १३ गते थुनछेक…
भैरहवा,२३ चैत।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एंव गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई भैरहवा ल्याईएको छ। उनलाई यति एयरको विमानमार्फत भैरहवा ल्याईएको हो। शुक्रवार उच्च अदालत तुलसीपुर बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै लामिछानेलाई थुनामा राख्न आदेश गरेपछि प्रहरीले उनलाई गएराति पक्राउ गरेको थियो। सहकारी ठगी र संगठित अपराध मुद्दाको अभियोगमा जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छाड्न आदेश गरेको थियो। आदेश चित्त नबुझेकोले पुनरावेदनका लागि जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले प्रतिवादीलाई पूर्पक्षका लागि थुनामा राख्नुपर्ने र लामिछानेले धरौटी खारेजीको माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए। जसको शुक्रवार न्यायाधीश शुक्रवार न्यायाधीश रमेश ढकाल र स्वीकृती पराजुलीको ईजलासले जिल्ला अदालतको…
भैरहवा, २२ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) सभापति रवि लामिछाने पक्राउ परेका छन्। शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराध कसुरमा जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै प्रतिवादी लामिछानेलाई थुनामा पठाउने आदेश गरेपछि उनी पक्राउ परेका हुन्। प्रहरीले उनलाई काठमाडौंको हात्तिगौडास्थित निवासबाटै शुक्रबार राति पक्राउ गरेको हो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दिनेशकुमार आचार्य पक्राउ गरिएका लामिछानेलाई प्रक्रियागत रुपमा अदालतमा बुझाइने बताए। पक्राउ पर्नुअघि सभापति लामिछानेले आफु गिरफ्तारी दिन तयार रहेको बताएका थिए। उनले फेसबुकमा लेखेका छन्, ‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैं आजै अहिले नै गिरफ्तारी दिँदैछु।‘ उनले आफूमाथि ठूलो अन्याय भएको बताउँदै…
भैरहवा, २२ चैत। जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बेलुकी ८ बजेर १० मिनेट जाँदा ५.५ म्याग्नेच्युडको भूकम्प गएको हो। पश्चिम नेपालका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।
भैरहवा, २२चैत। उच्च अदालत तुलसीपुर बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । बुटवलको सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराध कसुरमा जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो । शुक्रवार न्यायाधीश रमेश ढकाल र स्वीकृती पराजुलीको ईजलासले जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी राम बहादुर कुवँरले क्लिक लुम्बिनीलाई जानकारी दिए। त्यस्तै पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत रुपन्देहीले पूर्पक्षका लागि थुनामा पठाउने गरेको आदेश उच्च अदालतले सदर गरेको उनले बताए। जिल्ला अदालत रुपन्देहीले उक्त मुद्दामा सभापति लामिछानेलाई एक करोड…
भैरहवा,२२ चैत। सुप्रिम सहकारी ठगी र संगठित अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले गरेको आदेश चित्त नबुझेकाले खारेजी माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआइजी छविलाल जोशीले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा दायर गरेको रिटको सुनुवाई सकिएको छ। जिल्ला अदालत रुपन्देहीले उक्त मुद्दामा सभापति लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छाड्ने र पूर्वडीआइजी जोशीलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। आदेश चित्त नबुझेको भन्दै उनीहरुले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए। जोशीले आफूलाई धरौटीमा छाड्नुपर्ने भन्दै निवेदन दिएका थिए। शुक्रबार उक्त रिटमा न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासमा भएको बहस सकिएको उच्च अदालत तुलसीपुर बुटवल इजलासका…
काठमाडौं,२२ चैत। सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले गत शुक्रबार तीनकुनेमा भएको घटनामा आवश्यकताको आधारमा बल प्रयोग गरिएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार भएको बैठकमा उनले आन्दोलनका बेला सुरक्षाकर्मीले बल प्रयोग गरे पनि नगरे पनि प्रश्न उठ्ने बताए । उनले घाइते भएका सुरक्षाकर्मीहरुलाई अस्पताल पुर्याउन राजावादी आन्दोलनका प्रदर्शनकारीहरुले अवरोध पुर्याएको, ग्याँस गन लुटेको लगायतका घटना विवरण सुनाउँदै कम क्षतिमा स्थिति नियन्त्रणमा लिने प्रयास भएको बताए ।