


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, १४चैत। नेपाली बजारमा बिहीवार सुनको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाल सुन तोलामा १ हजार ३ सय रुपैयाँले बढेको हो। बिहीवार सुन तोलाको १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार पनि सुन तोलामा २ सय रुपैयाँले बढेको थियो। यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ३० रुपैयाँले बढेर चाँदी २ हजार २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
भैरहवा, १४ चैत। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएकोमा जनता खुशी नरहेको बताएका छन्। उनले एकै मिनेट बत्ति निभ्दा पनि सबैले सम्झिने नाम ‘कुलमान घिसिङ’ भएको भन्दै लक्ष्मीपूजाको दिनमा घर घरमा झलमल्ल बत्ति बलेको देख्दा सम्झिने विशेष नाम पनि ‘कुलमान घिसिङ’ रहेको बताए। ‘लोडसेडिङ जस्तो अलोकप्रिय विषयलाई हटाएर लोकप्रिय बन्न सफल व्यक्ति हुन ‘कुलमान घिसिङ’, ‘बिहीवार सामाजिक संजाल फेसबुकमा घिसिङसँगको फोटो पोष्ट गर्दै उनले लेखेका छन्, कुलमान घिसिङजीलाई समय नपुग्दै पदबाट हटाएकोमा जनता खुशी छैनन् है सरकार ! पटक्कै खुशी छैनन्।’ उनले अगाडि लेखेका छन्, ‘एउटा समारोहमा माइकमा बोल्दै थिएँ बोल्दा बोल्दै आवाज…
काठमाडौं, १४ चैत। चालू आर्थिक वर्षमा चार लाख ३३ हजार ७०३ करदाता बढेका छन् । अर्थ मन्त्रालयका अनुसार हालसम्म स्थायी लेखा नम्बर लिने करदाताको संख्या ६६ लाख ५९ हजार ८३६ पुगेको छ। नयाँ दर्ता भएका करदातामध्ये व्यावसायिक प्यान ३० दशमलव २ प्रतिशत, कर कट्टी गर्ने निकायका प्यान ० दशमलव ५ प्रतिशत र व्यक्तिगत प्यान ६९ दशमलव ३ प्रतिशत रहेका छन्। त्यस्तै मूल्य अभिवृद्धि करमा (भ्याट) दर्ता भएका करदाताको संख्या ३ लाख ४१ हजार ७१६ पुगेको छ भने अन्तःशुल्कमा दर्ता भएका करदाता १ लाख २३ हजार १३२ छन् । करदाता संख्या उल्लेख्य रुपमा बढे पनि सरकारको राजस्व सङ्कलन अपेक्षाअनुसार वृद्धि हुन…
भैरहवा, १४ चैत। गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरंकुशता हुन नसक्ने बताएका छन्। नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३ रुपन्देहीले आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले समाज पछाडी नफर्किने भएकोले मुलुक निरंकुशतातर्फ जान नसक्नेमा आफु प्रष्ट रहेको बताए। ‘जनता लोकतन्त्रको मार्गमा अगाडी बढिसकेका छन् र अगाडी बढेको समाज पछाडी फर्किदैन’, उनले भने,‘लोकतन्त्रमा सरकार परिवर्तन हुने कुरा हुन्छ । तर, लोकतान्त्रिक मूल्य र मान्यतामा अभ्यस्त भइसकेको समाज निरंकुशतातर्फ जाला भन्ने मलाई लाग्दैन।’ उनले केही कमी कमजोरीका कारण नागरिकको चिन्ता र पीडालाई आक्रोशमा बदलेर व्यवस्थाकै विरुद्धमा प्रयोग गर्ने प्रयत्न भइरहेको रहेको बताए। नागरिकको पीडा र समस्याको समाधन निरंकुशता नभई लोकतन्त्रमार्फत…
ललितपुर, १४ चैत। ललितपुरको इमाडोलमा खुकुरी प्रहार गरी युवकको हत्या गरिएकोछ। रामेछाप स्थायी घर भई ललितपुर बस्दै आएका ३० वर्षीय रिपेश खातीको गएराति खुकुरी प्रहार गरी हत्या गरिएको हो। हत्याको आरोपमा रामेछापकै २५ वर्षीय सुमन रसाइलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख श्यामकृष्ण अधिकारीका अनुसार अनुसार आपसी विवादको क्रममा रसाइलीले खुकुरी प्रहार गरी खातीको हत्या गरेका हुन्। सुमन र रिपेश साथी हुन्। प्रहरीका अनुसार रिपेशले युवतीलाई जिस्काएको जानकारी पाएपछि सुमनले राति नै रिपेशलाई भेट्न बोलाएका थिए। भेट्न पुगेपछि एक्कासी उनीमाथि खुकुरी प्रहार गरेका हुन्। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ।
काठमाडौं,१३ चैत। सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएपछि उनी सर्वोच्च अदालतमा पुगेका छन्। आफुलाई गैरकानुनी रुपमा पदबाट हटाउने निर्णय गरेको भन्दै उक्त निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने मागसहित अधिवक्ता लोकमणि पोखरेल वारेसमार्फत सर्वोच्च अदालतमा रिट पेश गरेका हुन् । उनले निवेदनमा नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतलाई विपक्षी बनाएका छन् । कुनै गल्ती, त्रुटी नगरेको अवस्थामा सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको भनी उनले रिट निवेदनमा जिकिर गरेका छन् । बुधवार करिब ५ बजेतिर वारेसमार्फत घिसिङको रिट आएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत…
भैरहवा, १३ चैत। नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आफ्नो फाइनल सम्भावना कायमै राखेको छ । बुधबार रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा अंक तालिकाको पुछारमा रहेको कोशी प्रदेशलाई २ विकेटले पराजित गर्दै एपीएफले फाइनल सम्भावना जीवित राखेको हो । एपीएफको जितमा लोकेश बमले उत्कृष्ट ब्याटिङ गर्दै नटआउट ८४ रन जोडेपछि एपीएफलाई कोशीले दिएको २ सय ५५ रनको लक्ष्य ४४.४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । लोकेशले दबाबपूर्ण अवस्थामा ५४ बल खेलेर ६ चौका र ६ छक्का प्रहार गरे । लोकेशलाई साथ दिएका इर्शाद अहमदले नटआउट १६ रन, कप्तान रोहितकुमार पौडेलले ६१ र र दीपक…
भैरहवा, १३ चैत। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले महिला नेतृहरुबीच अन्तरसंवाद गराउने भएको छ। पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा लुम्बिनी प्रदेशका महिला जनप्रतिनिधीहरुबीच चैत १६ गते कार्यक्रम आयोजना गरिएको सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले जानकारी दिईन । कार्यक्रममा नेपाली कांग्रेसकोतर्फबाट केन्द्रीय सदस्य गंगा शाही, नकेपा एमालेबाट केन्द्रीय सचिव पद्मा अर्याल र नेकपा माओवादी केन्द्रबाट पूर्व सचांरमन्त्री रेखा शर्मा वक्ताको रुपमा रहने बताइएको छ। उनका अनुसार उद्धघाटन र बन्द गरी दुई सत्रमा हुने उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका महिला सांसद, स्थानीय तहका महिलाप्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्यको सहभागिता रहने छ। महिला जनप्रतिनिधीहरुबीच कार्यसम्पदानमा देखिएको समस्या, समाधान, उपलब्धी, सम्भावना लगायतका बिषयमा केन्द्रित…
नवलपरासी पश्चिम, १३ चैत। भारतबाट भन्सार छलेर भित्राइएको मोबाइलसँग सम्बन्धित सामग्री प्रहरीले बरामद गरेको छ। पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–१ स्थित रामपुरवा सीमा इलाकाबाट बुधबार सशस्त्र प्रहरीले करिब ८ लाख ६ हजार रुपैयाँ बराबरको मोवाईलसँग सम्बन्धित विभिन्न सामग्री बरामद गरेको हो। सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरपुरबाट खटिएको टोलीले अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको ईयरबड २ सय ९७ थान, मोवाईलका टेयम्पर ग्लाँस २ हजार थान र २ हजार थान ईयरफोन बरामद गरेको हो । बरामद सामग्री आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ।
काठमाडौ, १३ चैत। नकेपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीले सदनमा जवाफ नदिएसम्म बैठक चल्न नदिने चेतावनी दिएका छन् संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रधानमन्त्रीले सदनमा आएर चित्तबुझ्दो जवाफ दिएमात्रै सदन खुल्ने बताए । उनले भने, “हामीले प्रधानमन्त्रीले संसदको रोष्ट्रममा आएर जवाफ नदिएसम्म हाउस चल्न सक्दैन भनेका छौं। प्रधानमन्त्रीले यसलाई सहज ढंगले लिनुपर्ने हुन्छ उहाँले स्पष्टीकरण दिनुपर्ने हुन्छ। स्पष्टीकरण चित्तबुझ्दो भए तुरुन्तै हाउस चल्छ । स्पष्टीकरण पनि जालझेलको भयो भने आन्दोलन अगाडि बढ्छ ।”