Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं, १९ जेठ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को मिसन प्रमुख सरवत जहानबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ । सो अवसरमा अर्थमन्त्री पौडेल र मिसन प्रमुख जहानबीच छैठौं समीक्षा, संरचनागत सुधार लगायतका विषयमा छलफल भएको छ ।

Read More

काठमाडौं,१८जेठ। राजावादीहरुको प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएको राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा संसाद दीपक सिंहसहित ७ जनालाई रिहा गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहोराका अनुसार एक जनाबाहेक अन्य सात जनालाई जमानीमा रिहा गरिएको छ। हिरासतमा रहेका राजीव झालाई मुद्दा चलाउने प्रहरीको तयारी छ। निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि नक्साल क्षेत्रबाट प्रहरीले आइतबार थापासहित शिला राणा, राकेश बस्नेत, विनोद कपाली, रामचन्द्र लामिछाने र सरोज तिमल्सिनालाई पक्राउ गरेको थियो।

Read More

भैरहवा,१८जेठ। अन्डर–१६ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टीम घोषणा गरिएको छ। लुम्बिनी प्रदेश क्रिकेट संघका कार्यबाहक अध्यक्ष विनय राजभण्डारीका अनुसार क्रिकेटर समीर अली मुसलमानको कप्तानीमा लुम्बिनी प्रदेशको टीम घोषणा गरिएको हो। आगामी जेठ १९ गतेदेखि ३१ गतेसम्म सुर्खेतको कालुनचोक क्रिकेट रंगशाला र बीरेन्द्रनगर क्रिकेट रंगशालामा आयोजना गरिएको यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि मुसलमानको कप्तानीमा लुम्बिनी प्रदेशका १८ खेलाडीको टीम बनाइएको छ। मुसलमान प्रदेशस्तरीय यु–१६ क्रिकेट छनोट खेलमा रुपन्देहीको टीमको समेत कप्तान थिए । छनोट खेलमा उनले एक शतक प्रहार गर्नुका साथै सबैजसो खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । प्रदेशको टीममा रोजन कुमाल, रौनक श्रीवास्तव, सिद्धार्थ ढकाल, केशव बिष्ट,…

Read More

वीरगन्ज,१८जेठ। बारामा एक आठ वर्षीया नबालिकाको सामूहिक बलात्कार भएको घटना बाहिरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी एवं प्रवक्ता विजयराज पण्डितका अनुसार बाराको प्रसौनी गाउँपालिकाकी ८ वर्षीया बालिकामाथि गत जेठ १३ गते रातिको समयमा सामूहिक बलात्कार घटनामा संग्लन आरोपमा ७ जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरु पनि कम उमेर सूमहका रहेकोले प्रहरीले उनीहरुको परिचय खुलाएको छैन। पीडित बालिकालाई उपचारका लागि नेशनल मेडिकल कलेजमा लगिएपछि त्यसको भोलीपल्ट मात्र अस्पताल प्रशासनबाट घटनाबारे प्रहरीलाई जानकारी प्राप्त भएको उनले बताए। उनले पक्राउ परेकाहरुको विरुद्ध जिल्ला अदालत बाराबाट ५ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान अघि बढाइएको र पीडित बालिकाको अस्पतालमा उपचार भइरहेको बताए।

Read More

भैरहवा,१८जेठ। जब गर्मीले तपाईंलाई सुस्त महसुस गराउन थाल्छ तब चिसो र स्फूर्तिदायी चीज पिउनु भन्दा राम्रो अरु केही हुँदैन। गर्मी मौसममा फलफूल र तरकारीहरु प्रशस्त मात्रामा हुने भएकाले गर्मीमा स्वस्थ रहन धेरै विकल्पहरु छन्। यी विकल्पहरु मध्ये सबैभन्दा राम्रो भनेको काँक्राको रस हो। यो स्वादिष्ट मात्र होइन तौल घटाउन पनि मद्दत गर्छ। यदि तपाईं चिनीयुक्त गर्मी पेय पदार्थको स्वस्थ विकल्प चाहनुहुन्छ भने यो उत्तम हो। हाइड्रेटेड राख्छ तौल घटाउँदा हाइड्रेसनलाई प्रायः बेवास्ता गरिन्छ। वेब अफ साइन्सको एक अध्ययनले काँक्रामा लगभग ९५ प्रतिशत पानी हुने देखाएको छ। काँक्राको रस पिउनाले तिर्खा मेट्छ र शरीरको प्राकृतिक डिटोक्सिफाइलाई समर्थन गर्छ। डिहाइड्रेसनले शरीरमा पानी…

Read More

काठमाडौं,१८जेठ। प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई नियन्त्रणमा लिएको छ। आइतबार भएको राजावादीको प्रर्दशन बालुवाटारमा प्रहरीले राखेको ब्यारियर तोडेर अघि बढ्न खोजेपछि थापालाई नियन्त्रणका लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले बताए। उनका अनुसार थापासहित पाँच जनालाई नियन्त्रणमा लिइएको छ। बालुवाटार क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ। राजावादीहरुले गत जेठ १५ गतेबाट काठमाडौंमा प्रर्दशन गर्दै आएका छन्।

Read More

भैरहवा,१८जेठ। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले कर्णाली डेडेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष राजेन्द्र वीर रायलाई पक्राउ गरेको छ। बैंकमा संकलन भएको बचतकर्ताहरुको २५० करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा उनलाई भैरहवा (बेलहिया) बाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एवं एसपी युवराज खड्काले जनाए। उनी लामो समयदेखि फरार थिए। ब्यूरोका अनुसार उनी बैंकको संस्थापक अध्यक्ष तथा तत्कालिन प्रमुख कार्यकारी अधिकृत हुन् भने पटक पटक संचालक समितिको अध्यक्ष पदमा रहेर रकम हिनामिना गरेको आरोप छ। पक्राउ परेका रायउपर बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

Read More

भैरहवा,१७जेठ। रुपन्देही प्रहरीले लागुऔषधसहित दुई जना युवाहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्लाको मायादेवी गाउँपालिका-१ अहिरौलीका ३५ वर्षीय राजेश कोहार र २६ वर्षीय गोविन्द लोध रहेको प्रहरीले जनाएको छ। अहिरौलीमा लागुऔषध कारोबार भइरहेको सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले उनीहरुलाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीका अनुसार पक्राउ परेकाहरुको साथबाट २० ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको छ। जिल्ला अदालत रुपन्देहीबाट ७ दिनको म्याद थप गरेर घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट आवश्यक अनुसन्धान अघि बढाइएको…

Read More

बुटवल, १७ जेठ। रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा रक्त सञ्चार केन्द्रको उद्घाटन गरिएको छ। रुपन्देही व्यापार संघको उपकरण सहयोगमा निर्मित रक्त सञ्चार केन्द्रको शनिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरे। कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीलाई नयाँ जीवन प्रदान गर्न रक्तदान नै महादान भएकाले यसप्रकारको दानमा जोडिन सबैमा आह्वान गरे। उनले प्रदेश सरकारले सबै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम अघि सारेको स्पष्ट पारे। निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीलाई रगत उपलब्ध गराउन केही कानूनी जटिलता रहेको र त्यसलाई फुकाउने गरी सरकारले ध्यान दिने पनि उनले बताए। ‘रगतमा लाग्ने जुन शुल्क छ, त्यसलाई निःशुल्क बनाउने गरी…

Read More

भैरहवा,१७जेठ। रुपन्देहीमा भएको लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको उपाधी रुपन्देहीले उचालेको छ। भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा सम्पन्न फाइनल खेलमा दाङलाई ६२ रनले पराजित गर्दै रुपन्देहीको टिमले उपाधी उचालेको हो। टस जितेर ब्याटिङ रोजेको रुपन्देहीले निर्धारित ३५ ओभरमा २४ ओभर ५ बल खेल्दै सबै विकेट गुमाउँदै १ सय ३१ रनको योगफल बनायो। जसका लागि ४५ बलमा ४ चौका र ४ छक्काको मद्दतले सिद्धार्थ ढकालले ५४ रन बनाउन सफल भए। रोजन कुमालले २६, समीर अलि मुसलमानले २२ र तुसार चौहानले १० रनको जोडे। बलिङमा दाङका शुभम खनालले ६ ओभरमा १५ रन खर्चेर ५ विकेट लिँदा दक्ष ठाकुरले ३, चन्द्रबहादुर…

Read More