


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,१२ बैशाख। नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) कुञ्जाङ छोपेल शेर्पाले लोबुचे हिमाल आरोहण गरेकी छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न आरोहणदलका सदस्यसहित जान लागेकी असई शेर्पाले लोबुचेको सफल आरोहण गरेको भन्दै महानिरीक्षक दिपक थापा तथा प्रहरीले परिवारले उनलाई बधाई दिएको छ। त्यस्तै, सगरमाथाको सफल आरोहणको लागि शुभकामना पनि व्यक्त गरिएको छ।उनी नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोमा कार्यरत छिन् । चैत २५ गते हेडक्वार्टरमा आयोजित एक कार्यक्रमबीच आईजीपी थापाले शेर्पालाई लैंगिक हिंसाविरुद्धको नारा अंकित ब्यानर हस्तान्तरण गरेर बिदाइ गरेका थिए ।
काठमाडौं,१२बैशाख। सशस्त्र प्रहरी बल नेपालका का ११ जना डीआईजीहरुको सरुवा भएको छ। गृह मन्त्रालयले ६ प्रदेशका प्रमुख अदलबदल गर्दै सरुवा गरेको हो। डीआईजी कुमार न्यौपाने कोशी प्रदेशको बराह बाहिनीमा, कृष्ण ढकाल मधेस प्रदेशको छिन्नमस्ता बाहिनी, अन्जनी पोखरेल बागमती प्रदेशको गढिमाई बाहिनी, दिपेन्द्र साह गण्डकी प्रदेशको मुक्तीनाथ बाहिनी र दिपेन्द्र कुँवर लुम्बिनी प्रदेशको विन्दाबासिनी बाहिनीमा सरुवा भएका छन् । कर्णाली प्रदेशका प्रमुख विष्णु भट्ट हाल कंगो मिसनमा रहेकाले सरुवा गरिएको छैन। सदूरपश्चिमको वैद्यनाथ बाहिनीमा प्रदीप पाल सरुवा भएका छन्। यसअघि बराह बाहिनीमा रहेका शम्भु सुवेदीलाई स्टाफ कलेजमा सरुवा ल्याइएको छ। छिन्नमस्ता बाहिनीबाट कालिदास धौवजी प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन्। गढिमाई…
काठमाडौं,१२बैशाख। ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको अर्को भिडियो पनि सामाजिक संजालमा भाइरल भएको छ । ट्राफिक प्रहरीले किन भागेको भन्दै एक युवालाई लेखेट्दै समातेर कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी विनोद घिमिरेले भिडियो आफूहरुको जानकारीमा आएको भन्दै त्यसबारे बुझ्ने काम भइरहेको बताए। उनले भने, ‘हामीले पनि भिडियो हेर्यौं, त्यो कहाँको हो भन्ने विषयमा बुझिरहेका छौं ।’ यसअघि अर्का एक व्यक्तिलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले ४ जना ट्राफिक प्रहरीविरुद्ध छानबिन गरिरहेको छ । उ नीहरुले सर्वसाधारणलाई लडाएर कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरीले चासो देखाएको थियो। त्यसक्रममा उक्त भिडियो केही महिना पुरानो…
काठमाडौं,१२बैशाख। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए सामाजिक संजाल मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। मेटा अन्र्तगत फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्राम लगायत एपहरु संचालित छन् । शुक्रवार काठमाडौँमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक पटक सूचना जारी गरे पनि नमानेको बताए। उनले तेस्रो पटकको सूचनाको मिति केही दिनअघि सकिएको भन्दै अबको ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिए। मन्त्री गुरुङले नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा गएको भन्दै मेटाले नेपालमा दर्ता भई कर तिर्नुपर्ने बताए । उनले मेटाले नेपालको कुल गार्हस्थ्य…
पाल्पा, १२ वैशाख। लुम्बिनी प्रदेशका मुख्यमन्त्री (सीएम) चेतनारायण आचार्यले संघीयता लागु भएपछि विकासको गतिले फड्को मारेको र यसलाई उपलब्धिको रुपमा लिनुपर्ने बताएका छन्। रामपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था पाल्पाको आठौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उनले संघीयता लागू भएपछि प्राप्त भएका उपलब्धिहरुलाई नजरअन्दाज गर्न नहुने बताए। ‘संघीयता लागू भएपछि के भयो?उपलब्धिहरुको चर्चा गर्न जरुरी छ। सडक कालोपत्रे गाउँ छिरेको २०७४ सालपछि हो। प्रदेश स्थापना भएदेखिका उपलब्धिलाई हेरौं’,उनले भने,‘२०७४ सालअघि के थियो?त्यसपछि के भयो? तुलना गरौं। पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतमा भएका उपलब्धिलाई हेर्न जरुरी छ।’ स्वास्थ्यतर्फ लुम्बिनीले भौतिक पूर्वाधार विकासमा प्रगति गरेको…
भैरहवा,१२ बैशाख। राज्यव्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा रहेको सङ्घीय निजामती सेवा विधेयकमा आफ्ना माग मुद्दाको सुनुवाइ नभएको भन्दै कर्मचारीहरु आन्दोलित भएको छन । निजामती सेवामा राजपत्र अनङ्कित हकहित संरक्षण अभियानको आह्वानमा शुक्रवार देशभरका सरकारी कर्मचारीहरुले ऐनमा समावेश गर्नुपर्ने आफ्ना माग लेखिएका पम्प्लेट छातिमा टाँसेर कामकाज गरेका छन । विशेषगरी राजपत्र अनङ्कित कर्मचारीहरुको वृत्तीविकासका अवसरवाट वञ्चित गराउन लागिएको भन्दै माग सम्वोधन नभए कलम बन्द गर्ने सम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन । ५ वर्ष सेवा अवधि पुगेका कर्मचारीहरुलाइ एक श्रेणी र दश वर्ष सेवा अवधि पुरा भएका कर्मचारीहरुलाइ एक श्रेणी बढुवा गरी तह मिलान गर्नुपर्ने उनीहरुको माग छ। त्यस्तै अन्तरप्रदेश…
भैरहवा, १२ बैशाख। सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्नेलाई सिद्धार्थनगर नगरपालिकाले कारवाहीको ‘डण्डा’ चलाएको छ। विकासै विकास खोज्ने नागरिकले आफ्नो दायित्व बिर्सिदै सार्वजनिक स्थानमा फोहोर फाल्दै आएपछि पालिकाले उनीहरुमाथी कारवाहीको ‘डण्डा’ चलाएको हो । सार्वजनिक स्थानमा फोहोर नफाल्नका लागि पटक पटक सूचना जारी गर्दै सचेत गराउँदा समेत अटेर गरेपछि स्थानीय ६ व्यवसायीक फर्मलाई जरिवाना बुझाउनका लागि पत्राचार गरिएको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले जनाएको छ। फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ (क) को कसुर ठहर गरी सोही ऐनको दफा ३९ (१) अनुसार जरिवाना कारवाही गरिएको र उक्त जरिवाना ३ दिन भित्र नबुझाए थप कारवाही प्रक्रिया अगाडी बढाइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक…
लुम्बिनी,१२बैशाख। लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिबल र सेमिनार हुने भएको छ। नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो फेष्टिवल लुम्बिनीमा आयोजना गरिएको हो। बैशाख १३ र १४ गते हुने कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तालिका छ। फेस्टिवल अन्तर्गतको अन्तर्राष्ट्रिय सेमिनारको आयोजक लुम्बिनी बौद्ध विश्वविद्यालय रहेको छ भने फेस्टिभलको समन्वय सारीपुत्र फाउण्डेसनले गरेको छ। नेपाल र चीनबीचको कला संस्कृति प्रवद्र्धनको उद्देश्यसहित फेस्टिबल हुन लागेको हो। चीनको वल्र्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेइनिङ एकेडेमीले सहकार्य गरेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोषले सहकार्य गरेका छन् । फेस्टिवलमा ४० देशका…
काठमाडौं,११ बैशाख। ट्राफिक प्रहरीले एक जना व्यक्ति कुटपिट गरेको भीडियो सामाजिक संजालमा सार्वजनिक भएको छ। भाइरल भएको उक्त भीडियोमा ट्राफिक प्रहरीले बुटले ती व्यक्तिलाई कुटपिट गरेको देखिन्छ। कुटपिट गर्दै कागजपत्र भुईँमै फ्यालेर एक ट्राफिक प्रहरी हिँडेको देखिन्छ। सार्वजनिक भीडियो काठमाडौं उपत्यकाकै रहेको जस्तो देखिन्छ । सडकमा बाक्लो भिडभाड र कीर्तिपुर यातायात लेखेको बस समेत देखिएका कारण भीडियो काठमाडौं उपत्यकाकै हुनसक्ने आशंका गरिएको हो । वरपर बाक्लो रुपमा मोटरसाइकल पनि देखिन्छन्। उक्त भीडियो कहाँको र कुटपिट गर्ने ट्राफिक प्रहरी को हुन् भन्नेबार यकिन भइसकेको छैन । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका एसएसपी बिनोद घिमिरेले पनि घटनास्थल काठमाडौंको जस्तो देखिएपनि…
भैरहवा,११ बैशाख। समाचार संकलनको क्रममा पत्रकारलाई दुव्र्यहार गरी प्रहरी नियन्त्रणबाट फरार भएका दीपेश यादवलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीका अनुसार फरार यादवलाई बिहीवार कक्रहवाबाट पक्राउ गरिएको हो। गत बैशाख ८ गते मर्चवारमा समाचार संकलनका लगि जाने क्रममा तस्करी भइरहेको भीडियो खिच्ने क्रममा पत्रकार राधेश्याम विश्वकर्मामाथि दीपेश यादव नेतृत्वको तस्करहरुको समूहले संचारउपकरण खोस्ने, भिडियो मेटाउन लगाउनेका साथै दुव्र्यहार गरेका थिए। विश्वकर्मा एपी वान टेलिभिजनमा कार्यरत छन् । आरोपीलाई पक्राउ गरी घटनामा संग्लनहरु उपर कारवाहीको माग गर्दै पत्रकारहरु आन्दोलनमा उत्रिएका थिए। जसअनुसार बिहीवार पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा धर्ना दिएका थिए।