Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं, ६ फागुन । नेपालमा अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका परियोजना स्थगित गरिएको छ । परियोजना स्थगनको सम्बन्धमनेपाल सरकारलाई गत फागुन २ गते इमेल मार्फत जानकारी प्राप्त भएको आएको अर्थ मन्त्रालयले जनाएको छ । ०७४ भदौ २९ गते नेपाल सरकार र एमसीसीबीच परियोजना कार्यान्वयनबारे सम्झौता भएको थियो । सम्झौता अन्तर्गत एमसीसीबाट भुक्तानी हुने क्रियाकलाप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० जनवरी २०२५ को कार्यकारी आदेश अनुसार ९० दिनका लागि स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ । यसअघि अमेरिकी सहयोग नियोग (युएसएड) का परियोजना ९० दिनका लागि स्थगित गर्न भन्दै अमेरिकी सरकारले पत्राचार गरेपछि ती कार्यक्रमको काम रोकिएको थियो…

Read More

भैरहवा, ६ फागुन । भारतको ओडिसा राज्य प्रहरीले केआईआईटी विश्वविद्यालयका थप तीन जना कर्मचारीलाई पक्राउ गरेको छ । प्रहरीले यस अघि मंगलबार बिहान दुई जना सुरक्षा गार्ड रमाकान्त नायक र जोगेन्द्र बेहरालाई पक्राउ गरेको थियो । विश्वविद्यालयमा अध्यनरत भैरहवाकी प्रकृति लम्सालको शंकास्पद मृत्यु पछि नेपाली विद्यार्थीहरुलाई कुटपिट गर्दै कलेज छाड्न दवाव दिईएको थियो। घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको भुवनेश्वर प्रहरीले जनाएको छ। ओडिसा टेलिभिजनको अनलाईन संस्करणमा प्रकाशित समाचार अनुसार प्रहरीले मंगलबार साँझ विश्वविद्यालयका मानव संशाधनमा कार्यरत महानिर्देशक ५९ वर्षीय शिवानन्द मिश्र, प्रशासन निर्देशक ५१ वर्षीय प्रतापकुमार चम्पति र छात्राबास निर्देशक ५९ वर्षीय सुधिर कुमार राठलाई पक्राउ गरेको छ ।…

Read More

भैरहवा, ६ फागुन । भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत भैरहवाकी छात्रा प्रकृति लम्सालको मृत्युपछि उनका बुवा सुनिल लम्साल छोरीको मृत्युका सम्बन्धमा निष्पक्ष छानबिन गर्न अपिल गरेका छन् । भारतीय समाचार एजेन्सी एनएआईसँग कुराकानी गर्दै उनले न्यायको माग गरे । ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङका कारण छोरीले आत्महत्या गरेको सूचना आफूले पाएको उनले बताए । उनले भने, ‘हामीलाई यति सूचना छ कि ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङले गर्दा सुसाइड गरेको हो । बाँकी हामीलाई केही थाहा छैन । आधिकारिक रुपमा अरू केही पनि भनिएको छैन ।’ आफू आएपछि विश्वविद्यालयले समन्वय गरिरहेको उनको भनाई छ । ‘हिजो युनिभर्सिटीसँग कुरा भएको थियो ।…

Read More

भैरहवा, ६ फागुन । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानमा भएका चोरीका घटनाको आरोपमा तीन जना भारतीय नागरिकसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको कोटहीमाई गाउँपालिका-२ पकडीका २५ वर्षीय रामनारायण यादव, सिद्धार्थनगर नगरपालिका-५ का २८ वर्षीय प्रदिप कान्दु, भारतको महाराजगंज जिल्लाका १८ वर्षीय शैलेश दुसाद, सोही स्थानका २३ वर्षीय पंकज सिंह र महाराजगंज जिल्ला नौतनवाका ३३ वर्षीय राहुल कुमार जैसवाल रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुमाथी भैरहवासहित विभिन्न स्थानमा चोरी गरेको र घटनामा संग्लनको आरोप छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक महेन्द्र सेनका अनुसार पक्राउ परेका व्यक्तिहरुको साथबाट सुन जस्तो देखिने पहेलो धातुको डल्ला…

Read More

भैरहवा, ६ फागुन ।भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्यनरत भैरहवाकी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि नेपाल विद्यार्थी संघले दोषीलाई कारवाहीको माग गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई ज्ञापन पत्र बुझाएको छ । मंगलबार संघको सिद्धार्थनगर समिति र भैरहवा बहुमुखी क्याम्सको ईकाइ समितिले संयुक्त रुपमा ओडिसा घटनाको भत्र्सना गर्दै तत्काल कूटनीति पहलको माध्यमबाट दोषीलाई कानुनी कठघरामा ल्याएर नेपाली विद्यार्थीहरुको जिउधनको सुरक्षा गरिदिनका लागि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हो । संघको सिद्धार्थनगर समितिका सभापति प्रतिक भण्डारी, भैरहवा बहुमुखी क्याम्पस ईकाइका सभापति नवराज अर्याल र सचिव मोहम्मद उमरको संयुक्त दस्तखतमा ज्ञापन पत्र बुझाइएको हो ।…

Read More

काठमाडौं, ६ फागुन। भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्यनरत भैरहवाकी प्रकृति लम्सालको शंकास्पद मृत्यु सम्बन्धमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले सरकारको ध्यानाकर्षण गरेका छन् । मंगलबार सभाबाटै उनले सरकारको ध्यानाकर्षण गरेका हुन् । सांसहरूले भारतको ओडिसा राज्यस्थित केआईआईटीमा अध्यनरत छात्रा शंकास्पद मृत्युको विषय उठाएका थिए । त्यसपछि राष्ट्रिय सभा अध्यक्षले सरकारको ध्यानाकर्षण गरेका हुन् । ‘यस विषयमा सत्यतथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न यथाशीघ्र गम्भीर रुपमा कूटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु’, अध्यक्ष दाहालले भनेका छन् । साथै उक्त विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुले सुरक्षित वातावरणमा नीर्भिकताका…

Read More

काठमाडौं, ६ फागुन। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइन बेटिङ तथा जुवा खेलाउने आरोपमा २४ जना भारतीय नागरिकहरुलाई पक्राउ गरेको छ । बूढानीलकण्ठ क्षेत्रमा सोमबार राति छापा मारेर अनलाइन जुवा तथा बेटिङ खेलाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए । उनका अनुसार पक्राउ परेका व्यक्तिहरुले ३ महिनामा १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३४० रुपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरेको पाइएको र उनीहरुको साथबाट २१ थान मोबाइल, ३८ थान ल्यापटप बरामद भएको छ। स्काई एक्सचेन्ज वेबसाइटमार्फत उनीहरूले अनलाइन गेम तथा जुवा खेलाउने गरेको प्रहरीले जनाएको छ । अनलाइन गेम तथा बेटिङ खेल्न भनेर…

Read More

भैरहवा, ६ फागुन । भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्यनरत भैरहवाकी प्रकृति लम्सालको मृत्यु भएपछि नेपाली विद्यार्थीहरुलाई कुटपिट गर्ने दुई जना सुरक्षा गार्ड (कर्मचारी) लाई प्रहरीले पक्राउ गरेको छ । अखिल भारतीय विद्यार्थी परिषद्को आरोपपछि इन्फोसिटी प्रहरीले नेपाली विद्यार्थीलाई कुटपिट गरेको आरोपमा दुई जना सुरक्षा गार्डलाई नियन्त्रणमा लिएको ओडिसा टिभीको अनलाइन संस्करणले जनाएको छ । विद्यार्थीलाई कुटपिट गरेको भीडियो प्रमाण बावजुद संग्लन सुरक्षागार्डको पहिचान गोप्य राखिएको बताइएको छ । केआईआईटीमा बीआइटी तेस्रो वर्षमा अध्यनरत प्रकृतिको आइतबार मृत अवस्थामा शव फेला परेको थियो । भुवनेश्वर स्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा मंगलबार (आज) शवको…

Read More

भैरहवा, ५ फागुन । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्साल रुपन्देहीको सिद्धार्थनगर नगरपालिका- ८ बैंक कोलोनी (भैरहवा) को निवासी भएको खुलेको छ । ओडिसाको केआईआईटीमा प्रकृति बीआइटी तेस्रो वर्षमा अध्यनरत थिइन् । भैरहवामा स्थायी घर भए पनि प्रकृतिका वुवा सुनिल लम्साल र आमा सरिता लम्साल काठमाडौंमा व्यवसाय गरेर छोराछोरी पढाउँदै आएका थिए। घटना पश्चात वुवा ओडिसातर्फ लागेका छन् । आफन्तका अनुसार दसै बिदामा घर आएकी प्रकृतिले एक महिना घरबाटै अनलाइन कक्षा लिएकी थिइन् । त्यसपछि कलेज फर्केकी उनी घर आएकी थिइनन् । मृतकका आफन्त सिद्धान्त सिग्देलले एक संचारमाध्यमसँगको कुराकानीमा कलेज प्रशासनलाई अड्विक श्रीवास्तवले पटकपटक…

Read More

भैरहवा, ५ फागुन । भारतको प्रयागराजमा आयोजित महाकुम्भबाट फर्किदै गर्दा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडी भारतको आजमगढ स्थित डिभाडरमा ठोक्किएर अनियन्त्रित भै नेपाली नागरिक सवार गाडी दुर्घटना भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । दुर्घटनामा रुपन्देहीको देवदह नगरपालिका-९ का ४० वर्षीया गंगा शर्मा, ४५ वर्षीय गणेश खनाल र ३५ वर्षीय दिपा खनालको मृत्यु भएको रुपन्देहीका एसपी रंजितसिंह राठौरले जानकारी दिए। गणेश र दिपा श्रीमान श्रीमती हुन्। त्यस्तै दुर्घटनामा देवदह नगरपालिका-९ भलुहीका घाइते ४५ वर्षीया कोपिला पोखरेल, १६ वर्षीय सुभम पोखरेल, ३० वर्षीय आविष्कार पराजुली,…

Read More