


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
हृदयराम गुप्तामर्चवार, ३ माघ। श्री नवदुर्गा स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाको २५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले आर्थिक वर्ष २०८०/०८१ को आय व्यय सहित आगामी आर्थिक वर्षको योजना प्रस्तुत गरी उक्त सभा सम्पन्न गरेको हो । स्वावलम्बनका अध्यक्ष दुर्गा प्रसाद कुर्मीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले ४६ करोड २४ लाख ८४ हजार ५१ रुपैयाको पूँजी बनाएको बताए । गत आर्थिक वर्षमा संस्थाको ३८ करोड ४५ ललाख ३८ हजार ६१ रुपैयाँको पूँजी थियो । जसअनुसार संस्थाले ७ करोड ७९ लाख ४५ हजार ९ सय ९० रुपैयाँले पूँजीले वृद्धि गरेको छ । उनले आर्थिक वर्ष २०८०/०८१ मा संस्थाबाट प्रदान…
हृदयराम गुप्तामर्चवार, ३ माघ। पछिल्लो समय रुपन्देहीमा चोरीको घटना बढ्दो छ । नागरिकको धनमाल चोरी हुँदा केही घटनामा सफलता हात पारेको छ भने केही घटना महिनौँ बितिसक्दा समेत शान्ति सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरी अपराधी समात्नमा चुकेको छ । कहिले तस्करी गराउने त कहिले छिटफुट रुपमा तस्करीका सामान समातेर नियन्त्रणमा लागेको देखाउने ईलाका प्रहरी कार्यालय मझगाँवाले किसानले पसिना चुहाएर बचत गरेको रकम सहकारीबाट चोरी भएको पाँच महिना हुँदा समेत टुंगो लगाउन सकेको छैन । घटनामा प्रहरी रमिते बनेको स्थानीयको आरोप छ । गत साउन ३१ गते मर्चवारी गाउँपालिका–४ स्थित श्री जनकल्याण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा २३ लाख ११…
भैरहवा, २ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमको सञ्चालक समिति बैठकले बुधवार राती १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढेको हो। मूल्य बढेसँगै पहिलो वर्ग अन्र्तगत भलवारी, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र विरगंज वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६२ रुपैयाँ ५० पैसा कायम भएको छ । त्यस्तै दोस्रो वर्ग अन्र्तगत सुर्खेत र दाङ वरपर प्रतिलिटर १६४ र तेसो वर्ग अन्र्तगत काठमाडौं, पोखरा, दिपायल वरपर प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । यस्तै पहिलो वर्ग अन्तर्गतका क्षेत्रमा…
भैरहवा, २ माघ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा धरौटीमा छाड्ने आदेश भएको छ । मुद्दाको थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौं न्यायाधिश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेका हो । आदेशपछि लामिछाने पक्षले जिल्ला अदालत काठमाडौंमा धरौटी बुझाउने तयारी गरिरहेको छ । हेर्नुहोस् आदेशको पूर्णपाठः
काठमाडौ, २ माघ। स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश भएको छ । मुद्दाको थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंका न्यायाधिश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेका हो । न्यायाधिश आदेशलाई अन्तिम रुप दिने क्रममा छन् । आदेशपछि लामिछाने पक्षले जिल्ला अदालत काठमाडौंमा धरौटी बुझाउने तयारी गरिरहेको छ । लामिछाने सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार मात्र छुटेका थिए । त्यसपछि काठमाडौंमा दर्ता भएको सहकारी ठगी मुद्दामा उनी आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका थिए । काठमाडौंको…
काठमाडौं, २ माघ। नेपाल निर्माण व्यवसायी महासंघले सरकारविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । आफ्नो मागहरुप्रति सरकारले सुनुवाई नगरेको भन्दै महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो १४ बुँदे माग पुरा गर्न सरकारलाई अल्टिमेटम दिँदै आन्दोलनको घोषणा गरेको हो । आफ्ना मागका बारेमा माघ १५ गतेसम्मको अल्टिमेटमका साथ प्रधानमन्त्री,सम्बन्धीत मन्त्री, प्रदेश मुख्यमन्त्री लगायतलाई ज्ञापनपत्र बुझाइने महासंघले जनाएको छ । माघ १५ गतेसम्म आफ्ना माग सम्बोधन नभए माघ १८ गते माइतिघरमा धर्ना दिने,२० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने र २१ गतेदेखि राजधानी प्रवेश गर्ने पूर्व र पश्चिम नाकाहरु ठप्प पार्ने महासंघले जनाएको…
काठमाडौ, २ माघ । आफुलाई सामाजिक अभियान्ता बताउने आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीमाथि अभद्र व्यवहार सम्बन्धी मुद्दामा उनलाई बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले बताए । विनाकारण महिला कर्मचारी निकालेको भन्दै तामाङको समूह २४ पुसमा पशुपति विकास कोषको कार्यालयमा विरोध गर्न पुगेको थियो । सोही क्रममा उनले डियुटीमा रहेका प्रहरीमाथि अपशब्द बोलेकी थिइन् । उनलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि प्रहरी बृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ ।
भैरहवा, २ माघ। काठमाडौंको काँडाघारीबाट ठूलो परिमाणमा रक्तचन्दन बरामद भएको छ। बुधवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बोरामा बाँधेर राखिएको ४ सय ६२ किलो रक्तचन्दन बरामद गरेको हो। रक्तचन्दनका साथै प्रहरीले दुई जनालाई पक्राउ पनि गरेको छ । तर, उनीहरुको पहिचान खुलाइएको छैन्।
बुटवल, २९ पुस । लायन्स क्लबका जन्मदाता मेल्वीन जोन्सको १४६ औ जन्मोत्सवको अवसरमा बुटवलमा लायन्स डिष्ट्रिक ३२५ पी अन्र्तगतका एरिया ३ र ४ को संयोजनमा र्याली सहित विविध कार्यक्रम गरी मनाइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पीका गर्भनर पुरुशोत्तम भक्त प्रधानाङ्गले क्लबहरुले गरेको काम समाजिक क्षेत्रमा उदाहारणीय भएको बताए । उनले सबैको साथ र सहयोगबाट नै सामाजिक क्षेत्रमा रहेका क्लबहरुले सकारात्मक उर्जा सहितको कार्यक्रम गर्न सफल भएकोमा धन्यावाद व्यक्त गरे । सप्ताहब्यापी मेल्विन जोन्स अभियानमा सबैभन्दा बढी सामाजिक क्षेत्रमा योगदान दिने एरिया ३ बाट रिजन चेयरपर्सन सुरेन्द्र भारी, कृष्ण प्रसाद पाण्डे, जोन चेयरपर्सन अन्जील खान, शान्ति…
भैरहवा,२९ पुस। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा सम्पन्न चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रुपन्देही लिलाराम माध्यमिक विद्यालयले उचालेको छ । ११ स्वर्ण, १२ रजत, १० कास्य पदक प्राप्त गरी लिलारामले प्रतियोगिताको उपाधि उचालेको हो । १० स्वर्ण, ७ रजत र ५ कास्य पदक प्राप्त गर्दै मुनलाइट आवासीय माध्यमिक विद्यालय द्वितीय र ४ स्वर्ण, ३ रजत र ६ कास्य पदकसहित काशी नोबल एकेडेमी तृतीय भएका छन् । प्रतियोगिता अन्तर्गत तेक्वान्दो, एथलेटिक्स, कबड्डी र भलिबल खेल भएका थिए । भलिबलतर्फ १९ विद्यालयका छा त्रहरुको १६ र छात्राहरुको १६ वटा टीमको सहभागीता थियो ।त्यस्तै, कबड्डीतर्फ १३ विद्यालयका छात्रहरुको ११ टीम र छात्राहरुको १० टीमको…