


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
लुम्बिनी,१६ चैत। लुम्बिनी बौद्ध विश्वविद्यालयले घरघरमा बुद्ध शिक्षा पुर्याउन अभियानको थालनी गरेको छ। समाजको सकारात्मक रुपान्तरणका लागि विश्वविद्यालयको बौद्ध अध्ययन संकायले ‘विद्यालयमा बौद्ध शिक्षा’अभियानको थालनी गरेको हो। अभियान अन्तर्गत लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले शुक्रबार लुम्बिनीमा स्थानीय जनप्रतिनिधिसँग विद्यालयमा बौद्ध शिक्षा विषयक अन्तरक्रिया गरेको छ । कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा.सुवर्णलाल बज्राचार्यले समाजमा विकृति, विसंगतिको अन्त्य गरी नैतिकवान नागरिक तयार गर्न बुद्ध शिक्षा अनिवार्य गर्नुपर्ने बताए। ‘हामीले विश्वविद्यालयमा मात्रै अध्ययन–अध्यापन गर्ने गराउने होइन। हरेक घरघरमा बुद्ध शिक्षा पुर्याउन खोजिरहेका छौं। यसमा स्थानीय तहले सहयोग गर्नुपर्छ’,उनले भने। बुद्धको शिक्षा जीवन रुपान्तरण गर्ने माध्यम भएको बताउँदै उनले यसलाई सबै नागरिकले…
काठमाडौ,१५चैत। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले शुक्रबारको घटनामा घाइतेहरुको उपचारको व्यवस्था सरकारले गर्ने निर्णय गरेको छ। राजावादीहरुले तीनकुनेमा घटाएको घटनाक्रमप्रति घोर भत्र्सना गर्दै उक्त घटनाको सत्य-तथ्य छानबिन गरी दोषीउपर कारबाही गर्न र आगामी दिनमा यस्ता घटना हुन नदिन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
काठमाडौं,१५ चैत। प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई पक्राउ गरेको छ। काठमाडौंमा शुक्रवार भएको घटनाका सम्बन्धमा अनुसन्धानका लागि मिश्र र राणालाई पक्राउ गरिएको उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादु तामाङले जानकारी दिए। यस्तै प्रहरीले राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाललाई पनि पक्राउ गरेको जनाएको छ । शुक्रबार दिउँसो राजावादीको हिंसात्मक प्रदर्शन हुँदा २ जनाले ज्यान गुमाएका थिए भने व्यापाक तोडफोडको घटना भएको थियो।
काठमाडौं,१५चैत। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर-तीनकुने क्षेत्रमा कर्फ्युको समय थप गरेको छ। राजावादीको प्रर्दशनका कारण अशान्त भएको क्षेत्रमा यसअघि साँझ साढे चार बजे देखि राति १० बजेसम्मका लागि कर्फ्युको आदेश जारी भएको थियो। अशान्त भएको क्षेत्रको अवस्थालाई मध्यनजर गर्दै कर्फ्युको आदेश शनिवार विहान ७ बजेसम्मका लागि थप गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए। आदेश अनुसार गौशाला एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यु जारी गरिएको छ।
काठमाडौं,१५ चैत। गृह मन्त्रालयले काठमाडौंको तिनकुने क्षेत्रमा राजावादीहरुको प्रर्दशनले निम्तिएको अवस्थाको जिम्मेवार दुर्गा प्रसाई भएको बताएको छ। शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा गृह प्रवक्ता रामचन्द्र तिवारीले भने,‘हामीले पाएको जानकारी अनुसार आन्दोलनको नेतृत्व दुर्गा प्रसाईले गरेको हुनाले उहाँ नै मूलभूत रुपमा यो घटनाप्रति जिम्मेवार हुनुहुन्छ ।’ आन्दोलनकारीले प्रदर्शनका क्रममा अराजकता देखाएको पनि मन्त्रालयले निष्कर्ष निकालेको छ। आन्दोलनमा जे जति क्षति भएको छ आयोजकको तर्फबाट प्रसाईले नै जिम्मा लिनुपर्ने मन्त्रालयले बतायो। राजतन्त्र फर्काउनुपर्ने मागसहित प्रसाईको नेतृत्वमा शुक्रबार राजावादीको प्रदर्शन हुँदा तोडफोड र आजगनीको घटना भएका थिए । उता राप्रपाका नेताहरुले आजका घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्।
काठमाडौं, १५चैत। मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको सचिवालयले जानकारी गराएको छ। प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा बैठक बोलाएका हुन्। साँझ ८ बजेका लागि बोलाइएको बैठक दुई घण्टा ढिलोगरी सुरु भएको हो ।
भैरहवा,१५चैत। लेखा समूह रुपन्देहीले बुटवलस्थित मानवसेवा आश्रममा अश्रित व्यक्तिहरुलाई भोजन गराएर आफ्नो १० औं स्थापना दिवस मनाएको छ। समूहका संरक्षक एवं कार्यक्रमका प्रमुख अतिथी प्रदेश लेखा नियन्त्रक दिपक ज्ञवालीले मानव सेवा नै सबै भन्दा ठूलो सेवा रहेकोले सामाजिक कार्यमा संस्थाले खेलेको भुमिका प्रशंसनीय रहेको उल्लेख गरे। समूहका अध्यक्ष देव वहादुर घर्तीले समुहले निरन्तर सामाजिक कार्य गर्दै आएको र आगमी दिनमा पनि समाजप्रती सधै सकारात्मक हुँदै सामाजिक कार्यमा सदैव लाग्ने बताए। ‘धेरै जनाले आफ्नो संघसंस्थाको स्थापना दिवस विभिन्न तरिकाले मनाउनुहुन्छ। जुन ठिक पनि हो’,लेखा समूह रुपन्देहीका सचिव ओमश कुमार गैरेले भने, ‘तर, हामीले केही फरक तरिकाले स्थापना दिवस मनाउने सोचकासाथ आश्रममा…
काठमाडौं,१५ चैत। काठमाडौंको तीनकुनेस्थित आगजनी गरिएको घरमा जलेर एक जनाको पत्रकारको मृत्यु भएको छ। एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजकको मृत्यु भएको हो। उनी एभिन्यूज टेलिभिजनका क्यामेरा म्यानका रुपमा कार्यरत रहेको खुलेको छ। उक्त भवनमा आगो लगाइएपछि जलेर ज्यान गुमाएको अवस्थामा रजकको शव भेटिएको हो। साथै, दुर्गा प्रसाई नेतृत्वको समूहले तीनकुनेमा गरेको प्रदर्शनका क्रममा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको पनि मृत्यु भएको जनाइएको छ । त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुबास आचार्यका अनुसार घाँटीमा गोली लागेर उनलाई अस्पताल ल्याइएको थियो। उपचारका लागि अस्पताल ल्याइएकोमा चिकित्सकले महर्जनलाई मृत घोषणा गरेका छन्।
भैरहवा,१५ चैत। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधीका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब मैदानमा उत्रिने भएका छन्। शुक्रबार भैरहवामा पत्रकार सम्मेलनका आयोजना गर्दै त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले प्रधानमन्त्री कप अन्तर्गतको सम्पूर्ण खेलहरु पहिलो पटक उपत्यका बाहिर खेल्न पाउनु अभूतपूर्व रहेको टिप्पणी गरे। उपत्यका बाहिर पहिलो पटक खेलिने फाईनल खेलको लागि आफुहरु तयार रहेको र भोली सौहार्दपूर्ण वातावरणमा खेल सकिने उनले बताए । भण्डारीले नेपालमा क्रिकेटलाई अगाडी बढाउनका लागि मुलुकभर क्रिकेटको आयोजना गर्न आवश्यक रहेको बताए । उपत्यका बाहिर पनि स्तरिय खेल मैदानहरु निर्माण भईसकेकोले अब काठमाण्डौंमै केन्द्रित हुन आवश्यक नभएको कप्तानद्वयको भनाई छ। सबै…
लुम्बिनी, १५ चैत। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गौतमबुद्धका सन्देशलाई विश्वभर प्रचार–प्रसार गरी शान्तिदूतको भूमिका निर्वाह गर्न सकिने बताएकी छन्। लुम्बिनीमा शुक्रबार थुक्छे छोईलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास गर्दै उनले बुद्धका शान्ति, करुणा र शिक्षाको महत्व आजको समयमा झनै बढेको उल्लेख गरिन् ‘गौतमबुद्धले अहिंसा, करुणा, र शान्तिको मार्ग देखाउनुभयो । उहाँका शिक्षाले संसारभर करोडौं मानिसलाई प्रेरित गरेका छन्। तर, आज पनि कतिपय विकसित र शक्तिशाली देशहरुबीचको होडबाजीका कारण सर्वसाधारण नागरिक गोलाबारीको सिकार बन्नुपरेको, हिंसाको डर र त्रासमा बाँच्नुपर्ने अवस्था छ,’उनले भनिन्, ‘त्यसैले बुद्धका शान्ति, करुणा र शिक्षाको सान्दर्भिकता आजको दिनमा झन् बढेको छ ।’ लुम्बिनी बौद्ध दर्शनको उद्गम स्थल भएको उल्लेख गर्दै उनले…