


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा,२९ बैशाख । रुपन्देही प्रहरीले कछुवासहित एक जनालाई नियन्त्रणमा लिएको छ । सोमबार बुटवल उपमहानगरपालिका-८ स्थित फाईनान्स चोकमा जीवित कछुवा बेच्दै हिँडिरहेको सूचनाका आधारमा बुटवल उपमहानगरपालिका-१७ रानिगञ्जका ४१ वर्षीय शंकर सुनारलाई एक थान कछुवासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्णकुमार चन्दका अनुसार नियन्त्रणमा लिइएको सुनारलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि मंगलबार डिभिजन वन कार्यालय भैरहवामा बुझाइएको छ ।
भैरहवा,२९ बैशाख। भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी ‘पञ्चकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको मंगलबारको खेलमा जेआर क्रिकेट क्लबलाई ३० रनले पराजित गर्दै नेपथ्य तिलोत्तमा क्रिकेट क्लब विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको नेपथ्यले निर्धारित ५० ओभरमा ४२ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ६९ रनको योगफल खडा गर्यो। जसका लागि कृष्ण भुसालले ३४, प्रतीक भट्टराईले २५, अमन बोहराले २१, रोशन घिमिरेले १४, मौसम ढकाल र विकल अधिकारीले समान १०–१० रन बनाए। बलिङमा जेआरका कृष्ण पन्थी, खडक बोहरा र विनय जिसीले समान २–२ तथा विशाल भुसालले १ विकेट लिए। जवाफी ब्याटिङमा उत्रिएको जेआरले ४७ ओभरमा सबै विकेट…
हृदयराम गुप्ता मर्चवार,२९ बैशाख । स्वच्छ र शुद्ध पानी पिउन पाउने प्रत्येक नागरिकको आधारभूत संवैधानिक अधिकार हो । तर, रुपन्देहीको मर्चवारमा भने स्थानीय र प्रदेश सरकारबीचको समन्वय अभावले नागरिकहरु स्वच्छ र शुद्ध पानी पिउनबाट बञ्चित भएका छन्। लुम्बिनी प्रदेश सरकारको करिब ३० लाख रुपैयाँ लगानीमा मर्चवारमा जडान गरिएको ‘वाटर एटिएम’ (भेन्डिङ मेसिन) कतै संचालनमै आएको छैन भने धेरै स्थानमा उद्घाटनको केही दिनमै बन्द हुन पुगेको छ। इलाका प्रशासन कार्यालय, प्रभु बैंक, विद्युत् प्राधिकरण र आँखा अस्पतालमा आउने हजारौँ सेवाग्राहीलाई लक्षित गरी मझगावाँस्थित मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्थाको परिसरमा जडान गरिएको ‘वाटर एटिएम’ दुई वर्ष बितिसक्दा पनि सञ्चालनमा नआएको स्थानीयहरुले…
भैरहवा । भैरहवाको साई ग्लोबल एकेडेमीले पूर्वविद्यार्थीबीच आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्यसहित पूर्वविद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विभिन्न क्षेत्रमा स्थापित भइसकेका पूर्व विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका अध्यक्ष दिनेश मान अमात्यले संस्थाको थप विकास र गुणस्तरीय शिक्षाका लागि पूर्वविद्यार्थीहरुको रचनात्मक सुझाव आवश्यक रहेको बताए। उनले साई ग्लोबलको स्थापना र विकास यात्राबारे चर्चा गर्दै पूर्वविद्यार्थीहरुको सक्रिय उपस्थितिले उत्साहित बनाएको उल्लेख गरे । विद्यालयका प्रबन्ध निर्देशक मोती प्रसाद पौडेलले साई ग्लोबलबाट अध्ययन गरेका विद्यार्थीहरु विभिन्न क्षेत्रमा सफल भएको बताउँदै संस्थाप्रतिको उनीहरुको लगाव नै विद्यालयको ठूलो उपलब्धि भएको धारणा राखे। उनले साई ग्लोबल अनुशासित र गुणस्तरीय…
भैरहवा, २९ वैशाख। रुपन्देही प्रहरीले जिल्लाको ७ वटा स्थानीय तहका विभिन्न स्थानबाट भन्सार छलेर भित्राइएको सामग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्णकुमार चन्दका अनुसार, जिल्लाको विभिन्न स्थानमा चेकजाँचको क्रममा अवैध रुपमा भन्सार छलेर ल्याइएको २३ लाख बढी मूल्य बराबरको विभिन्न सामग्री बरामद भएको छ । उक्त मूल्य बराबरको सामग्रीहरु सिद्धार्थनगर नगरपालिका, बुटवल उपमहानगरपालिका, सियारी, मायादेवी, रोहिणी, गैडहवा र कोटहीमाई गाउँपालिकाको विभिन्न स्थानबाट बरामद भएको हो । तस्करी गरेर भित्राइएको कपडा, कुखुरा, कस्मेटिक सामग्री, खाद्यन्न लगायतका सामग्री नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय तथा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।
भैरहवा, २९ बैशाख । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा रुपन्देहीमा पाँच हजार सात सय बढी विद्याथी अवर्गीकृत (नन ग्रेड) भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय रुपन्देहीका अनुसार, एसईईको नतिजामा जिल्लामा साधारण र प्राविधिकतर्फ गरी कुल पाँच हजार सात सय ८५ जना विद्यार्थी नन ग्रेड भएका छन्। यो कुल विद्यार्थी संख्याको ३३ दशमलव २ प्रतिशत हो । नतिजामा १.६ जीपीए भन्दा कम अंक आउने अवर्गीकृतमा पर्छ। परिक्षामा जिल्लामा कुल १७ हजार ४ सय ४३ जना विद्यार्थीहरु सहभागी भएका थिए । जसमध्ये ११ हजार ६ सय ५८ जना विद्यार्थीले ग्रेड प्राप्त गरेको कार्यालयले जनाएको छ । र, यो पनि……
भैरहवा,२९ बैशाख। रुपन्देहीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ८० जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । ०८१ सालको परिक्षामा जिल्लामा ८८ जनाले ४ जीपीए ल्याएका थिए। शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय रुपन्देहीका अनुसार, कुल १७ हजार ४ सय ४३ जना विद्यार्थीहरु परिक्षामा सहभागी भएका थिए। जसमध्ये ११ हजार ६ सय ५८ जना (६६ दशमलव ८ प्रतिशत) विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । जसमध्ये ८० जनाले ४ जीपीए, ३.६ देखि ४ जीपीए भन्दा कम ल्याउने २ हजार ३४ जना रहेका छन् । कति विद्यार्थीले ल्याए कति जीपीए ? हेर्नुहोस् सूची : र, यो पनि… एसईई नतिजा: रुपन्देहीमा ५७८५ विद्यार्थी ‘नन…
कपिलवस्तु,२८ बैशाख । कपिलवस्तु प्रहरीले जबरजस्ती करणी मुद्दामा फरार रहेका एक जनालाई आरोपीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी एवं डीएसपी रिपेन्द्रकुमार सिंहका अनुसार, घटनापछि फरार रहेका शुद्धोधन गाउँपालिका–६ का परिवर्तित नाम ५१ (३५) ०८२र०८३ लाई सोही वडाबाट पक्राउ गरिएको हो । पक्राउ परेका आरोपीविरुद्ध जिल्ला अदालत कपिलवस्तुबाट ५ दिनको म्याद लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
परासी,२८ बैशाख। नवलपरासी पश्चिम प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दघाट नगरपालिका-१५ शिवालय टोल का २० वर्षीय केशव सुनारी मगर रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्ष अनुसार, २२ वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा मगरलाई पक्राउ गरिएको हो । आरोपीलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं,२८ बैशाख । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । कार्यालयले सूचना जारी गर्दै नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा विद्यार्थीले विभिन्न माध्यमबाट सहज रुपमा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिएको हो। बोर्डका अनुसार एसएमएस, आईभीआर सेवा तथा विभिन्न वेबसाइटमार्फत नतिजा हेर्न सकिनेछ । हेर्नुहोस् सूचना: