


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं, ६ फागुन। भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्यनरत भैरहवाकी प्रकृति लम्सालको शंकास्पद मृत्यु सम्बन्धमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले सरकारको ध्यानाकर्षण गरेका छन् । मंगलबार सभाबाटै उनले सरकारको ध्यानाकर्षण गरेका हुन् । सांसहरूले भारतको ओडिसा राज्यस्थित केआईआईटीमा अध्यनरत छात्रा शंकास्पद मृत्युको विषय उठाएका थिए । त्यसपछि राष्ट्रिय सभा अध्यक्षले सरकारको ध्यानाकर्षण गरेका हुन् । ‘यस विषयमा सत्यतथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न यथाशीघ्र गम्भीर रुपमा कूटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु’, अध्यक्ष दाहालले भनेका छन् । साथै उक्त विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुले सुरक्षित वातावरणमा नीर्भिकताका…
काठमाडौं, ६ फागुन। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइन बेटिङ तथा जुवा खेलाउने आरोपमा २४ जना भारतीय नागरिकहरुलाई पक्राउ गरेको छ । बूढानीलकण्ठ क्षेत्रमा सोमबार राति छापा मारेर अनलाइन जुवा तथा बेटिङ खेलाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए । उनका अनुसार पक्राउ परेका व्यक्तिहरुले ३ महिनामा १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३४० रुपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरेको पाइएको र उनीहरुको साथबाट २१ थान मोबाइल, ३८ थान ल्यापटप बरामद भएको छ। स्काई एक्सचेन्ज वेबसाइटमार्फत उनीहरूले अनलाइन गेम तथा जुवा खेलाउने गरेको प्रहरीले जनाएको छ । अनलाइन गेम तथा बेटिङ खेल्न भनेर…
भैरहवा, ६ फागुन । भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्यनरत भैरहवाकी प्रकृति लम्सालको मृत्यु भएपछि नेपाली विद्यार्थीहरुलाई कुटपिट गर्ने दुई जना सुरक्षा गार्ड (कर्मचारी) लाई प्रहरीले पक्राउ गरेको छ । अखिल भारतीय विद्यार्थी परिषद्को आरोपपछि इन्फोसिटी प्रहरीले नेपाली विद्यार्थीलाई कुटपिट गरेको आरोपमा दुई जना सुरक्षा गार्डलाई नियन्त्रणमा लिएको ओडिसा टिभीको अनलाइन संस्करणले जनाएको छ । विद्यार्थीलाई कुटपिट गरेको भीडियो प्रमाण बावजुद संग्लन सुरक्षागार्डको पहिचान गोप्य राखिएको बताइएको छ । केआईआईटीमा बीआइटी तेस्रो वर्षमा अध्यनरत प्रकृतिको आइतबार मृत अवस्थामा शव फेला परेको थियो । भुवनेश्वर स्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा मंगलबार (आज) शवको…
भैरहवा, ५ फागुन । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्साल रुपन्देहीको सिद्धार्थनगर नगरपालिका- ८ बैंक कोलोनी (भैरहवा) को निवासी भएको खुलेको छ । ओडिसाको केआईआईटीमा प्रकृति बीआइटी तेस्रो वर्षमा अध्यनरत थिइन् । भैरहवामा स्थायी घर भए पनि प्रकृतिका वुवा सुनिल लम्साल र आमा सरिता लम्साल काठमाडौंमा व्यवसाय गरेर छोराछोरी पढाउँदै आएका थिए। घटना पश्चात वुवा ओडिसातर्फ लागेका छन् । आफन्तका अनुसार दसै बिदामा घर आएकी प्रकृतिले एक महिना घरबाटै अनलाइन कक्षा लिएकी थिइन् । त्यसपछि कलेज फर्केकी उनी घर आएकी थिइनन् । मृतकका आफन्त सिद्धान्त सिग्देलले एक संचारमाध्यमसँगको कुराकानीमा कलेज प्रशासनलाई अड्विक श्रीवास्तवले पटकपटक…
भैरहवा, ५ फागुन । भारतको प्रयागराजमा आयोजित महाकुम्भबाट फर्किदै गर्दा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडी भारतको आजमगढ स्थित डिभाडरमा ठोक्किएर अनियन्त्रित भै नेपाली नागरिक सवार गाडी दुर्घटना भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । दुर्घटनामा रुपन्देहीको देवदह नगरपालिका-९ का ४० वर्षीया गंगा शर्मा, ४५ वर्षीय गणेश खनाल र ३५ वर्षीय दिपा खनालको मृत्यु भएको रुपन्देहीका एसपी रंजितसिंह राठौरले जानकारी दिए। गणेश र दिपा श्रीमान श्रीमती हुन्। त्यस्तै दुर्घटनामा देवदह नगरपालिका-९ भलुहीका घाइते ४५ वर्षीया कोपिला पोखरेल, १६ वर्षीय सुभम पोखरेल, ३० वर्षीय आविष्कार पराजुली,…
भैरहवा, ४ फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले मेयर आवास कार्यक्रम अन्र्तगत विपन्न नागरिकहरुका लागि घर (आवास) निर्माण कार्य जारी राखेको छ । कार्यक्रम अन्र्तगत चालु आर्थिक वर्षमा पालिकाका विभिन्न वडाका ७ घर परिवारका लागि सात वटा घरको निर्माण कार्य भइरहेको नगरपालिकाका ईन्जिनियर साकार श्रेष्ठले बताए । टिनको छानो भएको घरमा बाथरुम, किचन, बेडरुमसहित एक परिवारलाई बस्न मिल्ने सुविधायुक्त बनाएर हस्तान्तरण गरिने बताइएको छ । नगरमा कोही पनि घरबारबिहिन नहुन भन्ने उद्देश्यले विपन्न परिवारका लागि मेयर आवास कार्यक्रम लागु गरिएको पालिकाले जनाएको छ ।‘नगरभित्र कोही पनि घरबारबिहिन नहोउन् र सबैको आफ्नै छानो होस् भन्ने हाम्रो चाहना र परिकल्पना हो,’ सिद्धार्थनगर…
काठमाडौं,४ फागुन। कहिले कसो सामाजिक सञ्जाल म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्रामको म्यासेज बक्समा प्राप्त म्यासेजको तत्काल जवाफ पठाउन सकिदैन्। तर, म्यासेज ‘सिन’ गरेर पनि जवाफ नदिँदा पठाउने व्यक्तिलाई अप्ठ्यारो लाग्न सक्छ। यही कारण धेरै प्रयोगकर्ताले ‘सिन’ भएको देखाउँदै चाहँदैनन् । यदि तपाईं पनि म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्राममा पठाइएको म्यासेज पढेर पनि अर्कोलाई थाहा नदिने तरिका खोज्दै हुनुहुन्छ भने, तल दिएको सेटिङ अपनाउनुहोस् । म्यासेन्जरमा यसरी सेटिङ गर्नुहोस्: १. मेसेन्जर एप खोल्नुहोस् ।२. देब्रेतर्फ माथि रहेको तीन धर्कामा क्लिक गर्नुहोस् ।3. सेटिङ आइकन (⚙) मा जानुहोस् ।4. Privacy and Safety मा क्लिक गर्नुहोस् ।5. Read Receipts अप्सन अफ गर्नुहोस् । -अब तपाईंले…
काठमाडौं, ४ फागुन । एप्पलको बहुप्रतीक्षित सस्तो आईफोन एसई बुधबार सार्वजनिक हुने भएको छ । कम्पनीका सीईओ टिम कुकले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा पोस्ट राख्दै एप्पल लन्च इभेन्टको घोषणा गरेका हुन् । बुधबार आईफोन एसई फोरसँगै एप्पलका अन्य उत्पादन तथा सेवाहरू पनि सार्वजनिक हुने अपेक्षा गरिएको छ । यससँगै एप्पलको सबैभन्दा सस्तो आईफोन मोडल आईफोन एसई फोरको बिक्री दुई करोडभन्दा बढी हुने बताइएको छ । लिकर एवम् एप्पल विश्लेषक मिङ-चि कुओले यो आईफोन एसई इतिहासमै सबैभन्दा बढी युनिट बिक्री हुने आईफोन एसई मोडल बन्ने दाबी गरेका हुन् । एक्समा कुओले चौथो पुस्ताको आईफोन एसईले सन् २०२५ को पहिलो ६…
काठमाडौं, ४ फागुन। नेपालका दुई डिजिटल वालेट खल्ती र आईएमई पे मर्ज हुने भएका छन् । जसका लागि दुवै कम्पनीबीच आइतबार सम्झौता भएको छ । डिजिटल वालेट नेपालमा मर्ज भएको पहिलो पटक हो । मर्ज पश्चात ग्राहकले एउटै एपमा खल्ती र आईएमई पेका सबै सुविधा पाउनेछन् । मर्जरपछि वालेटको नाम ‘आईएमई खल्ती’ राख्ने निर्णय भएको आईएमई पेले जनाएको छ ।नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फर्छ्योट विनियमावली, २०७७ मा संशोधन गर्दै वालेट मर्ज हुनसक्ने व्यवस्था गरेको थियो।
भैरहवा, ४ फागुन । नेपाल प्रहरीका १४ जना प्रहरी नायब उपरीक्षक(डीएसपी)हरुको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले गरेको सरुवा सूची अनुसार रुपन्देहीको आर्कषक इलाका प्रहरी कार्यालय बुटवलमा इन्द्रबहादुर रानालाई पठाइएको छ। त्यस्तै जिल्ला प्रहरी कार्यालय रसुवाको प्रमुखमा डीएसपी हेमबहादुर शाही, लाई सरुवा गरिएको छ भने रसुवामा रहेका डीएसपी केशव भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याएर राखिएको छ । जिल्ला प्रहरी कार्यालय चितवन डीएसपी रवीन्द्र खनाललाई पठाइएको छ भने मीन बहादुर लामालाई प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा सरुवा गरिएको छ । त्यस्तै डीएसपी जेशी साहलार्ई कारागार सुरक्षा कार्यालय सुन्धारा, जीवन निरौललाई जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी, निरन्जन थापालाई…