


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
नवलपरासी पश्चिम, १३ फागुन। नवलपरासी पश्चिम जिल्लाको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा दुई समूहबीच झडप भएको छ । प्रेम सम्बन्धको विषयमा केटा र केटी पक्षबीच झडप हुँदा सर्वसाधरण र प्रहरी घाईते भएका छन् । झडपका क्रममा केटा पक्षको समूहले केटी पक्षका आफन्तको कवार्ड गोदाममा आगजनी गरेको र घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । स्थानीयहरुका अनुसार सोमबार साँझ केटाका भाइ काम विशेषले बेलासपुर आउँदा अर्को पक्षको समूहले गरेको कुटपिटको विषयमा मंगलबार केटा पक्षका समूह कुटपिटको कारण सोध्दै बिहान केटीको आफन्तको घरमा पुगेपछि दुई समूहबीच झडप सुरु भएको हो। दुई समूहबीच झडप भइरहँदा गाडीको ठक्करबाट दुईजना घाइते भएपछि स्थित तनावग्रस्त भएको…
दाङ, १२ फागुन । लुम्बिनी प्रदेशलाई आगामी आर्थिक वर्ष सडक आश्रित मानवमुक्त घोषणा गर्ने तयारी गरिएको छ । चालू आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश निर्माण कार्यलाई निरन्तरता दिने उल्लेख छ। अब आगामी वर्ष वार्षिक बजेट तथा कार्यक्रममा सुनिश्चित गरी लुम्बिनी प्रदेशलाई सडक आश्रित मानवमुक्त प्रदेश बनाउने गरी प्रदेश सरकार अघि बढ्ने मुख्यमन्त्री चेतनारायण आचार्यले बताए। मानवता प्रवद्र्धन अभियान अन्तर्गत मानवसेवा आश्रमसँग लुम्बिनी प्रदेश सरकारले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्दै मानवतायुक्त प्रदेश बनाउने अभियानलाई प्रदेश सरकारले पूर्ण साथ दिने प्रतिवद्धता व्यक्त गरेको छ। ‘कसैले पनि सडकमा बास बस्न नपरोस्, भोकभोकै बस्न नपरोस्,’मुख्यमन्त्री आचार्यले भने–‘संविधानले…
भैरहवा, १२ फागुन। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय छनोट खेलमा रुपन्देही च्याम्पियन बनेको छ । आइतबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा सम्पन्न फाइनल खेलमा दाङलाई ९३ रनले पराजित गर्दै रुपन्देही छनोट खेलको च्याम्पियन बनेको हो । विजेता र उपविजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । टस हारेर ब्याटिङको निम्तो पाएको रुपन्देहीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १ रन बनायो । उसका लागि प्रज्वल थापाले शतकीय पारी खेले । उनले १ सय १ रन जोडे । यस्तै, मनिष थापाले २४, मिर्नाल गुरुङले २२, एजाजुल हकले १८ र विप्रशन केसीले १२ रन बनाए ।…
भैरहवा, १२ फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँ बङ्गलादेश प्रस्थान गरेका छन् । बङ्गलादेशको राजधानी ढाकामा फ्रेबअरी २५ र २६ तारिखमा हुने स्वास्थ्य तथा सरसफाई सम्बन्धी अन्तरदेशीय सम्मेलनमा सहभागी हुन उनी सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेको नगर प्रमुख खाँका स्वकीय सचिव ईन्जिनियर बरकत बादशाह शेषले जानकारी दिए । यो सम्मेलनले उद्योग र शिक्षाविद्, नीति निर्माताहरु, विकास साझेदारहरु र अनुसन्धानकर्ताहरुसँग सहकार्य गरी ज्ञान आदानप्रदान गर्ने र वास्तविक प्रगतिलाई व्यवहारमा लागु गर्ने उद्देश्य लिएको छ। सरसफाई क्षेत्रमा मुख्य सत्रहरु, प्यानल छलफल, प्रदर्शनी र नेटवर्किङ मार्फत अवसरहरु विश्वव्यापी सरसफाई चुनौतीहरुको सामना गर्ने र नवीनतालाई प्रेरित गर्ने सम्मेलनको…
कपिलवस्तु, १२ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायका धेरै बालबालिका अझै पनि विद्यालय बाहिर रहेको भन्दै विद्यालय शिक्षामा सहभागी गराउनुपर्ने आवश्यकता औंल्याएका छन् । कपिलवस्तुको मायादेवी गाउँपालिका–१ स्थित पकडीमा आयोजित अल–मरकजुल इस्लामीको वार्षिकोत्सव तथा विद्यार्थी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन समुदायका अगुवाहरूले सक्रिय भूमिका खेल्नुपर्ने बताए । ‘धेरै बालबालिका अझै पनि विद्यालय शिक्षाबाट वञ्चित छन् । विशेष गरी छोरीहरूको विद्यालय जाने दर न्यून छ । छोराछोरीलाई समान अवसर र शिक्षा दिनुपर्छ,’उनले भने । मुख्यमन्त्री आचार्यले उमेर नपुगी हुने विवाहको समस्या गम्भीर रूपमा बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । ‘२० वर्ष…
भैरहवा, ११ फागुन। स्वास्थ्यको लागि हिडाइ भन्ने उद्देश्य राख्दै आएको भैरहवाको जगर्श ग्रुपले रक्तदान कार्यक्रम तथा मृगौला बिरामीलाई सहयोग प्रदान गरेको छ । ग्रुपको भैरहवाको बुद्धचोक स्थित सचिवालयमा शनिवार आयोजित रक्तदान कार्यक्रममा ३६ पिन्ट रगत संकलन भएको कार्यक्रमका संयोजक रमेश घिमिरेले बताए । उक्त कार्यक्रममा १० जना भन्दा बढी युवतीहरुले समेत रक्तदान गरेको उनले जनाए । शनिबार बजारमा बिहानै देखि धेरै कार्यक्रमहरु भएता पनि रक्तदाताहरुले उत्साहपूर्वक रक्तदान गरेको र महिलाहरु समेत उल्लेख्य रुपमा सहभागिता भएको जगर्श ग्रुप भैरहवाका अध्यक्ष प्रियबन्धु न्यौपानेले बताए । कार्यक्रममा बि पोजिटिभ रक्त समुहको रगत आवश्यक भएका एक बिरामीका आफन्तले रक्तदान स्थलबाटै रगत लिएर बिरामी उपचारत…
भैरहवा, ११ फागुन । ‘शाइन रेसुंगा राष्ट्रिय टेन के रन’को खुल्लातर्फको महिला एवं पुरुष तर्फको उपाधि सन्तोषी श्रेष्ठ र मिङमार सिङगी तामाङले जितेका छन् । सन्तोषीले शनिबार मात्रै काठमाण्डौमा प्रधानसेनापति खुल्ला हाफ म्याराथनमा बिजेता बनेकी थिईन् । दुई दिन लगातार दुई ठुला प्रतियोगितामा बिजेता बन्ने उनी एक्लो खेलाडी हुन् । सन्तोषी र मिङमारले उपाधि जित्ने क्रममा आयोजक शाइन रेसुङ्गा बैकको केन्द्रिय कार्यालय कालिकानगर देखि तिलोत्तमाको मणिग्राम हुँदै पुन: बैंक परिसर सम्मको निर्धारित दुरी ३६ दशमलव २१ सेकेन्डमा पुरा गरिन् भने मिङमारले ३१ मिनेट ५३ सेकेण्डमा पूरा गरे। ‘रन टु शाइन’ नाराका साथ शाइन रेसुङ्गा डेभल्पमेन्ट बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा…
भैरहवा, ११ फागुन। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय छनोट खेलमा रुपन्देही र दाङ फाइनल प्रवेश गरेका छन् । छनोट अन्तर्गत शनिबार भएका दुई सेमिफाइनल खेलमा रुपन्देहीले बर्दियालाई १ सय ४२ रन र दाङले पश्चिम नवलपरासीलाई ८ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । यी दुई टिमबीच आइतबार उपाधिका लागि स्पर्धा हुनेछ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको रुपन्देहीले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा २ सय ४१ रनको बलियो योगफल खडा गर्यो । उसका लागि विप्रशन केसीले ४८, कृष्ण कार्कीले ४२, मनिष थापाले ३०, प्रज्वल थापाले २०, देव खनालले…
दाङ, ११ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमि सम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकारले प्रभावकारी समन्वय र सहजीकरण गर्ने बताएका छन्। भूमि समस्या समाधान आयोगले आयोजना गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि प्रदेश सरकारले प्रभावकारी सहजीकरण गर्ने उल्लेख गरे। ‘आयोगलाई महत्वपूर्ण जिम्मेवारी सुम्पिएको छ। त्यो जिम्मेवारी पूरा गर्न पूर्ण रुपमा सफल हुनुहोस्’,उनले भने,‘प्रदेश सरकारले संघ र स्थानीय सरकार, भूमि आयोग सबैसँग प्रभावकारी सहजीकरण गर्छ । सहजीकरणमा कुनै कमी आउन दिइने छैन।’ परिणाममुखी काम आवश्यक रहेको बताउँदै उनले समस्या समाधानका लागि अहोरात्र खट्न आग्रह गरे। ‘छिटो परिणाम…
काठमाडौं, १० फागुन । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समय अगावै ग्रे लिष्टबाट बाहिर निस्कने बताएका छन् । फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) ले नेपाललाई ग्रे लिष्टमा राखेपछि संक्षिप्त प्रतिक्रिया दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका छन् । उनले भने–‘विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको हो । पेरिस बैठकबाट नेपालको एक्सन प्लान स्वीकृत भएको छ । एक्सन प्लानअनुसार प्रभावकारी रुपमा काम गरेर हामी निर्धारित समय अगावै ग्रे लिष्टबाट बाहिर निस्कन्छौं ।’