Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, १४ पुस। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र गोरखाको गोरखा नगरपालिकाबीच अनुभव आदान प्रदान भएको छ। गोरखा नगरपालिकाबाट आएको उपप्रमुख सहितको टोलीलाई आईतबार सिद्धार्थनगर नगरपालिकामा स्वागत गर्दै अनुभव आदान प्रदान एवं दुई पक्षिय हितका बिषयमा छलफल भएको छ। गोरखाबाट उपप्रमुख मसली माया थोकरको नेतृत्वमा ५ सदस्यीय टोली सिद्धार्थनगर नगरपालिकामा आएको थियो। उक्त अवसरमा दुवै नगरपालिकाको पर्यटन विकास, ऐतिहासिक तथा धार्मिक महत्व, नगरपालिकाको समग्र विकास निमार्ण, सेवा प्रवाह लगायतका बिषयमा छलफल तथा अनुभव आदान प्रदान गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईश्तियाक अहमद खाँले जानकारी दिए । उनले दुवै नगरपालिका धार्मिक, भौगोलिक एवं ऐतिहासिक महत्वका रहेको उल्लेख गर्दै एक आपसमा सहयोग र सहकार्य गरेर…

Read More

भैरहवा, १३ पुस । रुपन्देहीको रोहिणी गाउँपालिकामा डोजर चलाएर सडक किनारका घरटहरा भत्काइएका छन् । शुक्रबार रोहिणी-४ स्थित कोटहवामा डोजर लगाएर घरटहरा हटाइएको हो । घरटहरा हटाउन सूचना जारी गर्दा पनि नहटाईएपछि डोजर लगाएर हटाईएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । बाटो निर्माण कार्यमा सहयोग गर्नका लागि गत मंसिर २८ गते गाउँपालिकाले सूचना जारी गरेको थियो। उनका अनुसार २०/२५ वटा घरटहरा भत्काइएको छ। उनका अनुसार आर्थिक वर्ष ०८१/०८२ अन्तर्गत कोटहवा गाउँमा कालोपत्रे सडक निर्माण कार्यमा अवरोध गर्ने घर, टहरा खाली गर्न गाउँपालिकाकाले सूचना जारी गरेको र खाली नगरिएपछि डोजर चलाइएको हो । स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी…

Read More

भैरहवा, १२ पुस। लक्ष्मी सनराईज बैंकले भैरहवामा डिजिटल वित्तिय संवाद कार्यक्रम आयोजना गरेको छ। बैंकले अंग्रेजी महिना डिसेम्बरलाई डिजिटल डिसेम्बर घोषणा गर्दै सातै प्रदेशमा डिजिटल संवाद कार्यक्रम मार्फत वित्तिय सचेतना दिने उद्देश्यसहित लुम्बिनी प्रदेशको भैरहवामा डिजिटल सम्बाद कार्यक्रम आयोजना गरेको हो। बैंकले डिजिटल डिसेम्बर पहल अन्तर्गत भैरहवामा आयोजित कार्यक्रममा यस क्षेत्रका व्यवसायी, बिद्यार्थी, प्राध्यापक,कर्मचारी,सुरक्षा निकाय लगायतका सरोकारवालासँग सम्बाद कार्यक्रम आयोजना गरेको हो।कार्यक्रममा सहभागीहरुले डिजिटल भुक्तानी लगायतका विषयमा जानकारी दिदै यसका फाइदासँगै नकारात्मक पक्षका बारेमा चर्चा गरेका थिए। कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका प्रमुख बिज्ञान राज सुबेदीले नेपाल राष्ट्र बैंकको पछिल्लो समय डिजिटल भुक्तानीको प्रयोग बढिरहेको भन्दै जति बढी जनताहरुमा…

Read More

बर्दिया, १२पुस। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कामलाई गति प्रदान गर्ने बारेमा आयोजना कार्यान्वयन सम्बद्ध पक्षसँग छलफल गरेका छन् । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना कार्यालय हात्तिखाल सुर्खेतमा शुक्रबार छलफल गरेका मुख्यमन्त्री आचार्यले आयोजनाको कामलाई गति प्रदान गर्न आवश्यक रहेको र त्यसतर्फ जुट्न ध्यानाकर्षण गराए । ‘आयोजनाको काम अलि सुस्ताएको छ । कामलाई गति प्रदान गर्नुस् । छिटो काम अघि बढ्छ कि भन्ने थियो तर, काममा बिलम्ब भयो’, उनले भने, ‘रिजल्ट छिटो दिनेगरी काम सम्पन्न गर्नुपर्ने छ ।’ लुम्बिनी प्रदेशको कृषि, उर्जा र खानेपानी क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने आशा गरिएको उनले बताए । आयोजनाको काम…

Read More

भैरहवा, १२ पुस । भैरहव क्षेत्रका पत्रकारहरुको साझा संस्थ लुम्बिनी प्रेस क्लबले ‘ध्यान शिविर’ गरेको छ । क्लबले १० औं स्थापना दिवसको अवसरमा शुक्रवार ‘स्वस्थ मानिस, स्वस्थ विचार, मानसिक र शारीरिक स्वास्थ्यको लागि ध्यान’भन्ने मूल नारालाई आत्मसाथ गर्दै शिविर कार्यक्रम गरेको हो । कार्यक्रम संयोजक एलिना आचार्यले पत्रकारितासँगै समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्नका लागि शिविरको आयोजना गरिएको बताइन् । ‘स्वस्थ्य मानिसको परिभाषा शारीरिक स्वास्थ्य मात्र नभई मानसिक स्वास्थ्य पनि हो। विगतभन्दा अहिले बढी मानिसहरु डिप्रेसनको समस्याबाट ग्रसित भइरहेका छन्’,उनले भनिन्, ‘मानसिक रुपमा स्वास्थ्य रहनका लागि ध्यानमा पनि बस्नुपर्छ । जसकारण थोरै समय भएपनि मानसिक स्वास्थ्यका लागि हामीले ध्यान शिविरको आयोजना गरेका…

Read More

भैरहवा,११पुस। भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । बिहीवार उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो। दिल्लीस्थित एम्स अस्पतालले जारी गरेको प्रेस विज्ञप्ती अनुसार उनको बिहीवार राति ९ः५१ बजे निधन भएको हो । कांग्रेसका नेता रहेका ९२ वर्षीय सिंह सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री थिए। ‘गहिरो शोकको साथ हामी भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको जानकारी गराउँदछौं । उहाँ उमेरसँग सम्बन्धित स्वास्थ्य अवस्थाको लागि उपचार गरिरहनुभएको थियो र बिहीबार घरमा अचानक बेहोस हुनुभएको थियो’, जारी विज्ञप्तीमा भनिएको छ, ‘बेलुकी आठ बजेर ६ मिनेटमा नयाँ दिल्लीको एम्समा मेडिकल इमर्जेन्सीमा ल्याइएकोमा सबै…

Read More

भैरहवा, ११ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ पक्लिहवास्थित श्री पक्लिहवा माध्यमिक विद्यालय र वडा नम्बर २ जंगलटोलस्थित श्री बहिरा बाल माध्यमिक विद्यालयबीच मैत्रीपूर्ण भलिबल खेल सम्पन्न भएको छ। विद्यार्थीहरुबीच भातृत्व, परिचय, सिकाई, प्रविधिको परस्पर साटासाट गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको श्री पक्लिहवा माध्यमिक विद्यालयका प्रधानाध्यापक बसन्त कुमार बस्नेतले बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पक्लिहवा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा युवा समाजसेवी सुशील गुरुङ्गले यस्ता प्रतियोगिताले विद्यार्थीको शारीरिक विकासका साथै बौद्धिक विकासमा टेवा पुग्नुका साथै बाल–बालिकाहरुमा भएको मोबाइलको लत केही भएपनि हटाउन सकिने बताए । पक्लिहवा माविको खेलमैदानमा भएको प्रतियोगिता अन्तर्गत छात्रतर्फ बहिरा बाल विद्यालयले पक्लिहवा मा.वि.लाई २५–१७, २५–१६…

Read More

भैरहवा, ११ पुस। शान्तिका अग्रदुत गौतम बुद्धले हिँडेरै विश्वभर बुद्ध सन्देश फैलाएका थिए । यसैले बौद्ध धर्ममा पदयात्राको खास महत्व छ । यही पदयात्रालाई प्रबद्र्धन गर्ने र लुम्बिनी घुम्न स्वदेशी तथा विदेशी पर्यटक अभिप्रेरित गर्ने उद्देश्यले भैरहवा–लुम्बिनी २४ किलोमिटर बौद्ध संचार यात्रा गरिएको छ । लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आफ्नो १०औं स्थापना दिवसको अवसरमा बिहीबार भैरहवाको लुम्बिनी गेटदेखि लुम्बिनीस्थित मायादेवी मन्दिरसम्म संचार यात्रा गरेको हो । ‘पर्यटनका लागि शान्ति, शान्तिका लागि संचार यात्रा’ नारासहित गरिएको दोस्रो बौद्ध संचार यात्राले लुम्बिनी क्षेत्रमा नयाँ उत्साह थपेको विश्वास गरिएको छ । भिक्षुभिक्षुणी, लामा, पत्रकार, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, उद्योगी–व्यवसायी, नेपाली सेना, प्रहरी,…

Read More

भैरहवा, ११ पुस। रुपन्देहीको भैरहवामा विद्यार्थीहरुमा लागुऔषध दुव्र्यसन लगायत विषयमा सचेतना फैलाइएको छ । जसका लागि सिद्धार्थनगर नगरपालिकाले बिहीवारदेखि सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुका लागी लागुऔषध नियन्त्रण सम्वन्धी अभिमुखीकरण सुरु गरेको छ । सिद्धार्थनगर नगरपालिका वडा नं १ स्थित बेलहिया मा.वि.बाट सुरु गरिएको अभिमुखीकरणको उद्घाटन गर्दै नगर प्रमुख इश्तियाक अहमद खाँले कक्षा ९ र १० मा अध्यन गर्दा विद्यार्थीहरु बहकाउमा परेर लागुऔषध दुव्र्यसनमा पर्न सक्ने भएकाले सोको रोकथामका लागी अभियान सुरु गरिएको बताए। उनले विद्यार्थीहरुको अनुशासन महत्वपुर्ण गहना भएको उल्लेख गर्दै भविष्यमा सवल, सक्षम एवं सफल व्यक्ति बन्न लागुऔषध सेवनबाट टाढा रहनु पर्ने बताए । सिद्धार्थनगर नगरपालिकाको उप प्रमुख उमा अधिकारीले…

Read More

भैरहवा, ११ पुस । राज्यको ढुकुटीमा रकम अभाव रहेको भन्दै निर्माण व्यवसायीहरुको पसिनाको कमाई दिन नसेकेको सरकारसँग निर्माण व्यवसायीहरुका नेताहरुले भुक्तानीका लागि फेरी पहल गर्ने भएका छन् । जसका लागि नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना सबै सदस्यहरुलाई पुस ८ गते चलानी नम्बर ४५४ ले भुक्तानी बाँकीको विवरण उपलब्ध गराउनका लागि पत्राचार गर्दै अनुरोध गरेको छ । पत्रमा प्रदेश, संघिय र स्थानीय तह अन्र्तगत हाल निर्माणाधिन अवस्थामा रहेका तथा सम्पन्न भएका आयोजनाहरुबाट रकम पाउनु पर्ने लगायत विषयको विवरण भुक्तानी पाउनुपर्ने निर्माण व्यवसायीहरुसगँ उपलब्ध गराइएको ढाँचामा माग गरिएको छ । सोही पत्रका अनुसार लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीका महासचिव प्रितम रौनियारले आर्थिक…

Read More