


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
दाङ, ८ फागुन । लुम्बिनी प्रदेश सरकारले सामुदायिक गाईवस्तुको व्यवस्थापनको पहल लिएको छ । प्रदेशभित्र सामुदायिक गाईवस्तु (छाडा पशु चौपाया) को समस्या बढ्दै गएपछि मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक गाईवस्तुको व्यवस्थापन दीर्घकालीन रुपमा गर्ने गरी पहल दिएका हुन् । जसअन्तरगत सामुदायिक गौशालाको व्यवस्थापनका साथै प्रदेशस्तरको ठूलो गौशाला निर्माणको लागि पहल लिएका हुन् । ‘गाईवस्तुको संरक्षण मात्रै होइन, यसलाई दिगो रुपमा सञ्चालन गर्न जरुरी छ । मलमुत्रको व्यवस्थापन, नश्ल सुधार गरेर उत्पादन बढाउन सकिन्छ’मुख्यमन्त्री आचार्यले भने,‘प्रदेश सरकारले बृहत योजना निर्माण गरेर यसमा काम गर्छ ।’ लुम्बिनी प्रदेशका जिल्लाहरुमा छाडा पशु चौपायाको समस्या छ। सहरमा हुदा दुर्घटनाको जोखिम छ । गाउँ तहमा किसानलाई…
भैरहवा, ८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भण्डाफोर सभा आयोजना गर्ने भएको छ। पार्टीका महासचिव राजेन्द्र गुरुङले विज्ञप्ति जारी गरेर प्रदेश स्तरीय भण्डाफोर सभा आयोजना गर्ने जानकारी दिएका छन्। उनका अनुसार फागुन ९ गते पोखराबाट भण्डाफोर सभाको सुरुवात हुनेछ। त्यसपछि क्रमशः रुपन्देहीको बुटवलमा १७ गते, धनगढीमा १८ गते, जनकपुरमा २१ गते, काठमाडौंमा २५ गते र सुर्खेतमा २७ गते सभा आयोजना हुनेछ । उनले भ्रष्टाचार, बेथितिविरुद्ध र हिन्दू राष्ट्र तथा राजसंस्थाको पक्षमा भण्डाफोर सभा गरिने बताए।
भैरहवा, ८ फागुन । रुपन्देहीको सियारी गाउँपालिका–२ भगदरीमा महिलाको शव फेला परेको छ । सडकको किनार खेतमा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं प्रवक्ता सुरज कार्कीले बताए । ‘महिलाको शव फेला परेको हो । पहिचान खुलेको छैन’, उनले क्लिक लुम्बिनीसँग भने, ‘घटनास्थलबाट मोबाइल बरामद भएको छ । हामी अनुसन्धान गर्दैछौँ ।’ अनुसन्धानका लागि घटनास्थलमा तालिम प्राप्त कुकुर परिचालन गरिएको उनले जनाए ।
भैरहवा, ८ फागुन । भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले स्वर्गीय प्रकृति लम्सालको नाममा विशेष छात्रवृत्ति प्रदान गर्ने जनाएको छ । केआईआईटीले बिहीवार सामाजिक संजाल फेसबुक र एक्समार्फत मार्फत प्रकृतिको सम्झनालाई सम्मान गर्न नेपाली विद्यार्थीहरुका लागि उनको नाममा विशेष छात्रवृत्ति प्रदान गर्ने जनाएको हो । युनभर्सिटीले भनेको छ- ‘यस पहलले प्रकृति जस्ता थुप्रै प्रतिभाशाली विद्यार्थीहरुलाई कुनै बाधाविना आफ्नो शिक्षा अघि बढाउन सुनिश्चित गर्नेछ।’ युनिभर्सिटीका सञ्चालक प्रा. अच्यूता सामन्ताले नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलरहरुसँग भेट गरेर प्रकृतिलाई न्याय दिलाउने विषयमा छलफल भएको जनाएको छ । साथै, नेपालका परराष्ट्रमन्त्री र गृहमन्त्रीसँग पनि टेलिफोन संवादमा यस विषयमा भएका…
भैरहवा, ८ फागुन । भारतको ओडिसा राज्यस्थित भुवनेश्वरको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शंकास्पद मृत्यु भएको नेपाली विद्यार्थी प्रकृति लम्सालको शवको भैरहवा अन्त्येष्टि गरिएको छ । बधुवार ओडिसाबाट ल्याइएको शवको भैरहवास्थित स्वर्गद्धारीघाटमा मध्यरातमा अन्त्येष्टि गरिएको हो । प्रकृतिलाई उनका ७६ वर्षीय हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिएका छन् । भारतबाट राति करिब ९ बजे प्रकृतिको पार्थिकव शरिर भैरहवा ल्याइएको थियो । उनको बुवा लगायतका अभिभावक अर्को विमानबाट आउन ढिलो भएको कारण शवलाई भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा तथा शिक्षण अस्पतालमा राखिएको थियो । राति करिब ११ बजे प्रकृतिको शव उनको निवास सिद्धार्थनगर वडा नम्बर ८ मा ल्याएर…
भैरहवा, ७ फागुन । भारतको ओडिसा राज्यस्थित केआईआईटी विश्वविद्यालयमा अध्यरनत प्रकृति लम्सालको शव भैरहवामा ल्याईएको छ । आईतबार विश्वविद्यालयको छात्रावासमा उनी मृत अवस्थामा फेला परेकी थिईन् । मंगलबार पोष्टमार्टमपछि उनको शव परिवारको जिम्मा लगाईएको थियो । बुधवार विमानमार्फत ओडिसाको भुवनेश्वरबाट दिल्ली हुँदै गोरखपुरसम्म उनको शव ल्याईएको हो। त्यसपछि एम्बुलेन्समा सडकमार्गबाट बेलहिया नाका हुँदै उनको शव भैरहवा ल्याईएको प्रहरीले जनाएको छ । समाचार तयार पार्दासम्म लम्सालको शव भैरहवास्थित यूनिभर्सल कलेज अफ मेडिकल साईन्सेज तथा शिक्षण अस्पतालमा राखिएको छ। प्रकृतिका वुवा सुनिल लम्साल भारतबाट घर आउने क्रममा रहेकोले उनी आएपछि उनको निर्णयअनुसार शवको अन्त्येष्टि आजै वा भोली गर्ने भन्ने टुंगो लाग्ने बुझिएको…
भैरहवा, ७ फागुन । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय २५ ग्राम सुन बरामद भएको छ ।मंगलबार दिउँसो विमानस्थलको आगमन टर्मिनल भवनको प्रवेशद्धार नजिकै महिला शौचालयबाट वेवारिसे अवस्थामा सुन बरामद भएको प्रहरीले जनाएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका एसएसपी जर्नादन जिसीका अनुसार रियाज अहमद नाउको नाममा जारी भएको गोल्डेन स्टोन न्यू ज्वेलरीको दुई वटा २५ ग्राम र एक सय ग्रामको बिलसहित सुन जस्तो देखिने पहेलो रंगको धातुले बनेको दुई थान सिक्री बरामद भएको हो । बरामद सिक्री आवश्यक कार्यवाहीको लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइएको उनले बताए । यस अघि भैरहव विमानस्थलमा कार्यरत प्रहरी नै सुनसहित पक्राउ…
भैरहवा, ७ फागुन । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी मुद्रासहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मुम्बई, मालाड वेष्टका ३६ वर्षीय राहुल चतुर्वेदी रहेको प्रहरीले जनाएको छ । श्रीएयर विमानको उडान मार्फत भैरहवाबाट काठमाण्डौं जान लागेका चतुर्वेदीको साथबाट ९ लाख २४ हजार सात ७ सय भारतीय रुपैयाँ, एक हजार यूएस डलर र ९ सय ६० संयुक्त अरब इमिरेट्स दिर्हाम विदेशी मुद्रा बरामद भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका एसएसपी जर्नादन जिसीले बताए । उनका अनुसार बरामद विदेशी मुद्रा र पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।
भैरहवा, ७ फागुन । नेपाल विद्यार्थी संघ रुपन्देहीले रोहिणी गाउँपलिकाका कर्मचारीलाई कारवाही नभए आन्दोलनको आशय व्यक्त गर्दै थप सशक्त रुपमा प्रस्तुत हुने चेतवानी दिएको छ । गत फागुन ५ गते पालिकामा भएको घटनाप्रति ध्यानाकर्षण भएको भन्दै संघले बुधवार विज्ञप्ती जारी गर्दै पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मधुप्रसाद घिमिरेलाई तत्काल निष्कासन गरी थप कारवाहीको माग गरेको छ । कार्यपालिका बैठकमा रोहिणी–२ का वडाअध्यक्ष करम हुसेन खानले असंवैधानिक तरिकाले गठित शिक्षा समितिको विरोध गर्दै आफ्नो कुरा राख्दा कर्मचारी र जनप्रतिनिधीबीच भनाभन हुँदा शाखा प्रमुख घिमिरेले ‘त फुच्चेले मलाई सिकाउनु पर्दैन’ भन्दै धक्कामुक्की गर्न खोज्दा भएको घटनाप्रति संघले भत्र्सना गर्दै आपत्ति…
भैरहवा, ६ फागुन । भारतको ओडिसा राज्य स्थित भुवनेश्वर प्रहरीले केआईआईटी विश्वविद्यालयका महानिर्देशकसहित पक्राउ गरेका पाँच जना कर्मचारीहरु धरौटीमा रिहा भएका छन् । विश्वविद्यालयमा अध्यनरत भैरहवाकी प्रकृति लम्सालको शंकास्पद मृत्यु पछि नेपाली विद्यार्थीहरुलाई कुटपिट गर्दै कलेज छाड्न दवाव दिईएको थियो। जससम्बन्धमा अनुसन्धानका लागि प्रहरीले मंगलबार बिहान दुई जना सुरक्षा गार्ड रमाकान्त नायक र जोगेन्द्र बेहरालाई पक्राउ परेको थियो । साथै, मंगलबार साँझ विश्वविद्यालयका मानव संशाधनमा कार्यरत महानिर्देशक ५९ वर्षीय शिवानन्द मिश्र, प्रशासन निर्देशक ५१ वर्षीय प्रतापकुमार चम्पति र छात्राबास निर्देशक ५९ वर्षीय सुधिर कुमार राठ गरी पाँच जनालाई पक्राउ गरेर अदालत पठाएको थियो । भुवनेश्वरस्थित न्यायिक मजिस्ट्रेट प्रथम श्रेणी–२ अदालतले…