


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
धनगढी,२५ माघ । कैलालीको गोदावरी नगरपालिका–११ गोठानमा बिहीबार साँझ आमा–छोरी मृत अवस्थामा फेला परेका छन् । बिहीबार राति २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी घरमै झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक कबिन्द्र सिंह बोहराले बताए । मृतकका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
झाापा, २५ माघ। झापाको बिर्तामोडस्थित होटलमा एक युवा मृत फेला परेका छन् । सुनसरीको धरान–१५ घर भइ झापा बसोबास गर्दै आएकी एक युवती र हल्दीबारीका सागर बेस्रा बिर्तामोड–४ स्थित एभरेष्ट होटलमा बसेका थिए । उक्त होटलमा युवाको मृत्यु भएपछि युवती र होटल सञ्चालक यामकुमारी उप्रेतीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । प्रहरीका अनुसार राती खाना खाएर सुतेको समयमा बेस्रा कोठा भित्र बाथरुमको ढोकाको छेउ लडेर बेहोस भएपछि युवती र होटल सञ्चालकले उपचारका लागि अस्पताल पुर्याएका थिए । अस्पतालमा चिकित्सकले मृत घोषणा गरेपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको जनाएको छ ।
सिरहा, २५ माघ। प्रहरीले नेपाल विद्युत प्राधिकरण सिरहा शाखामा कार्यरत कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको लिम्चुङबुङ गाउँपालिका ४ का ३१ वर्षीय विश्वराज राई रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विरेन्द्र पासवानका अनुसार राईलाई जबरजस्ती करणी (बलात्कार) र विद्युतीय कारोबार ऐनअन्तर्गत कसुरको मुद्दामा पक्राउ गरिएको हो । काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। जसअनुसार राईलाई पक्राउ गरेर साइबर ब्यूरो काठमाडौं पठाइएको डीएसपी पासवानले बताए ।
काठमाडौं, २५ माघ। परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गरेकी छन्। हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्री राणाले इरानका विदेशमन्त्रीसँग फोनवार्ता गरेकी हुन् । फोन वार्तामा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरुसँग आफूले विपिन रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएको जनाइएको छ। इजरायल सरकार र हमासबीच युद्धविराम भएपछि आफ्ना नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले मुक्त गर्न थालेको छ । जसकारण विपिनको रिहाईका लागि सरकारले कूटनीतिक पहल जारी राखेको छ । यस अघि मन्त्री राणाले इजिप्टका र इजरायलका विदेशमन्त्रीसँग पनि फोनवार्ता गरी विपिनको रिहाईका लागि…
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शाराबीच भेटवार्ता भएको छ । दुई देश बीचको सम्बन्ध पूर्णरूपमा पुनस्र्थापित गर्ने र सहयोग बढाउने प्रतिवद्धता गरिएको बताइएको छ । टर्की ध्वस्त सिरियाली शहरहरुको पुनर्निर्माणलाई समर्थन गर्न तयार रहेको एर्दोगानले अंकारामा भ्रमणमा रहेका अल–शारासँगको वार्तापछि संयुक्त पत्रकार सम्मेलनमा बताए। अंकारामा भ्रमणमा रहेका अल–शारासँगको वार्तापछि संयुक्त पत्रकार सम्मेलनमा एर्दोगानले उक्त टिप्पणी गरेका हुन्। उनले सिरियामा सुरक्षा सुदृढ पार्ने टर्कीको प्रतिवद्धतालाई जोड दिए। सुरक्षा सहकार्यभन्दा बाहिर दुवै नेताहरूले टर्की र सिरिया बीचको आर्थिक सम्बन्धलाई बढाउने दृढ संकल्प व्यक्त गरे। एर्दोगानले द्विपक्षीय सम्बन्धको बहुआयामिक प्रकृतिलाई प्रकाश पारे। अल–शाराले आफ्नो तर्फबाट टर्कीसँग गहिरो रणनीतिक…
काठमाडौं, २४माघ । प्रहरीले हनी ट्रयाप संलग्न आरोपमा एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका ८ घर भई काठमाडौं महानगरपालिका १३ कुलेश्वरको २८ वर्षीया अस्मिता आचार्य रहेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार इलेक्ट्रिक सामान मर्मत गर्ने व्यक्तिलाई राइस कुकर बनाउने बहानामा पटक पटक मोबाइलमा सम्पर्क गरी माग गरे अनुसारको रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाई दिने भन्दै पीडितसँग रकम असुली गरेको सूचना प्राप्त भएपछि युवतीलाई पक्राउ गरिएको हो । उनलाई आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
भैरहवा, २४ माघ। नेपालको स्थानीय बजारमा बिहीवार पनि सुनको मूल्य उकालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीवार १ हजार ६०० सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको छ। बुधबार प्रतितोला १ लाख ६६ हजार ९०० मा कारोबार भएको थियो । त्यस्तै बिहीवार चाँदीको कारोबार मूल्य प्रतितोला १ हजार ९८० तोकिएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ९७५ मा कारोबार भएकोमा बिहीवार प्रतितोला पाँच रुपैयाँले बढेको छ।
काठमाडौं,२४ माघ। काठमाडौंको कमलपोखरीस्थित शानदार मःमः पसलमा ग्यास ग्याँस सिलिण्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन्। विष्फोटपछि घरको सिलिङ भत्किएर खसेको छ। घटनास्थलमा नेपाल प्रहरीको टोली खटिएको छ। ग्यास लिक भएर सिलिण्डर विष्फोट भएको हुन सक्ने प्रहरीले बताएको छ। प्रहरी र स्वास्थ्यकर्मीहरुले घाइतेहरुलाई सुरुमा नजिकै रहेको हिमाल अस्पतालमा पुर्याएका थिए । तर, पछि सबै घाइतेलाई कीर्तिपुरको बर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुमध्ये एक जनाको अवस्था गम्भीर छ भने अन्य १० जनाको अवस्था सामान्य छ ।
भैरहवा, २४ माघ। रुपन्देही प्रहरीले विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरेको छ । रुपन्देहीको विभिन्न प्रहरी युनिटहरुले कर्तव्य ज्यान मुद्दा, कुटपिट, सार्वजनिक अपराध, भ्रष्टाचार र लागूऔषध मुद्दाका एक दर्जन फरार प्रतिबादीहरुलाई प्रहरीले पक्राउ गरेको हो । अदालतबाट सजाए फैसला भएपछि मुद्दाका प्रतिवादीहरु फरार थिए । प्रहरीले अभियान चलाएर फरार प्रतिवादीहरुलाई धमाधम पक्राउ गरिरहेको छ । कर्तव्य ज्यान र कुटपिटको मुद्दामा फरार रहेका रुपन्देहीको कोटहीमाई गाउँपालिका–२ का साधु तिवारी, जोगी तिवारी, फौजदार मुसलमान र रामजित लोधलाई जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको टोलीले पक्राउ गरेको छ । त्यस्तै इलाका प्रहरी कार्यालय बुटवलले सार्वजनिक अपराध र कर्तव्य ज्यान मुद्दामा फरार रहेका बुटवल उप–महानगरपालिका–४…
भैरहवा, २४ माघ। रुपन्देहीको सैनामैना नगरपालिकामा फोहर व्यवस्थापन केन्द्र निर्माण गर्ने योजनाले मूर्तरुप पाउने भएको छ । सैनामैनामा फोहर व्यवस्थापन केन्द्र निर्माण भएपछि बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकाको फोहोर स्थायी रुपमा व्यवस्थापनका लागि निकास निस्किने छ । सैनामैना नगरपालिकालाई सरकारले फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि स्वीकृति दिने निर्णय गरेपछि ति पालिकाहरुको फोहोर स्थायी रुपमा व्यवस्थापनका लागि बाटो खुलेको हो । सरकारको उक्त निर्णयसँगै सैनामैनामा फोहोर प्रशोधन केन्द्र निर्माणको काम अघि बढ्ने भएको छ । मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले फोहोर व्यवस्थापन केन्द्रका लागि सैनामैना–१०, एकला पहाड क्षेत्रमा खोरमोर नदी उकास क्षेत्रको ३ दश्मलव ५ हेक्टर वनको जग्गा प्रयोग गर्न स्वीकृति…