


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
धरान, १ फागुन । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले प्रेम जोडीहरुलाई पनि खानेपानीको पाइप तान्न आउनका लागि आग्रह गरेका छन्। उनले प्रेम अमर बनाउन चाहने र जीवनलाई वास्तविक अर्थमा चिन्न र बुझ्न चाहने सबै जोडीहरु पाइप तान्न आग्रह गरेका हुन्। उनले आज सामाजिक सञ्जालबाट भनेका छन्,‘यसपालि चाहिँ प्रेम जोडीहरु पनि पाइप तान्न आउनु होला, आफ्नो प्रेम अमर बनाउन चाहने र जीवनलाई वास्तविक अर्थमा चिन्न र बुझ्न चाहने जति जोडीहरु सबै आउनु होला।’ अहिले सप्ताहव्यापी रुपमा मनाइने प्रणय दिवस वा प्रेम दिवस (भ्यालेन्टाइन डे) चलिरहेको छ।
भैरहवा, १ फागुन । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजनामा भैरहवामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहकार्य तथा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) भैरहवाको प्राविधिक सहयोगमा शिविर भएको हो । प्रहरी कर्मचारी तथा प्रहरी परिवारका सदस्यहरुका लागि शिविर आयोजना गरिएको नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशले जनाएको छ । सिद्धार्थनगर नगरपालिका–१३ स्थित जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रांगणमा भएको शिविरमा ३०७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । रक्तचाप, मधुमेह, नाक, कान, घाँटी, हाडजोर्नी, मुटुरोग, स्त्री रोग, नशा रोग सम्बन्धि चेकजाँच गरिएको आयोजकको भनाइ छ । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशका…
तनहुँ, १ फागुन । पन्यु तताएर विद्यार्थीको गालामा डामेको आरोपमा प्रहरीले एक शिक्षिकालाई पक्राउ गरेको छ । कक्षा कोठामा होहल्ला गरेको भन्दै बुधबार कक्षा चारमा पढ्ने चारजना विद्यार्थीलाई शिक्षिका सुष्मा श्रेष्ठले पन्यु तताएर विद्यार्थीको गालामा डामेको उनीमाथी आरोप छ । घटनाको आरोपमा भिमाद नगरपालिका स्थित प्रभात एकेडेमीकी शिक्षिका ३४ वर्षीया सुष्मा श्रेष्ठलाई पक्राउ गरिएको तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले बताए । उनका अनुसार पन्यु तताएर डाम्दा कक्षा ४ मा अध्ययनरत १० वर्षीय एक बालकको गालामा गहिरो घाउ भएको छ । अन्य तीनजनालाई धेरै चोट लागेको छैन । कक्षाकोठामा विद्यार्थीले होहल्ला गरेका र आफूलाई काली भनेको आक्रोशमा शिक्षिकाले क्यान्टिनबाट पन्यु तताएर…
काठमाडौं, १ फागुन । टेलिभिजन श्रृंखला ‘मेरी बास्सै’मा कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ६ वर्षपछि देखिने भएका छन् । केही दिनअघि उनले सिरियल छायांकन गरेका छन् । धुर्मुसले अभिनय गरेको एपिसोड प्रसारण हुन बाँकी छ । तर, सीतारामले ‘मेरी बास्सै’को अभिनयमा पुनरागमन भने गरेका होइनन् । शिवरात्रीमा रिलिज तयारीमा रहेको आफू अभिनित लाज शरणम् प्रवर्द्धनको लागि उनी ‘मेरी बास्सै’मा देखिएका हुन् ।
अमेरिकामा रिपब्लिकन सांसद माइक कोलिन्सले डाइभर्सिटी भिसा (डिभी) लोटरी अन्त्य गर्नेसम्बन्धी नयाँ विधेयक पेश गरेका छन् । पेश गरिएको विधेयकले डिभी कार्यक्रम बन्द गर्न र लोटरी विजेताहरूका परिवारका सदस्यहरूलाई प्राथमिकता दिने ग्रीन कार्ड स्पोन्सर गर्ने क्षमतालाई हटाउने प्रस्ताव राखेको छ । सांसद कोलिन्सले सामाजिक सञ्जालमार्फत यो विधेयक पेश गर्न पाउँदा आफूलाई गर्व लागेको बताएका छन् । उनले डिभी कार्यक्रमलाई अनुहारविहीन कम्प्युटर प्रणाली द्वारा संचालित बताउँदै यसले अमेरिकामा चेन माइग्रेसन (श्रृङ्खलाबद्ध आप्रवासन) को ढोका खोल्ने दाबी गरेका छन् । उनले अध्यागमन प्रणालीलाई पुनःनिर्देशन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सन् २०१७ मा रेज एक्ट नामक…
काठमाडौं , १ फागुन । काठमाडौं प्रहरीले नागढुंगाबाट दुई जना भारतीय नागरिकलाई सुनसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत महाराष्ट्र प्रदेशका २७ वर्षीय महेश अम्रृत मानी र सोही स्थानका २४ वर्षीय राहुल खडु सरकला रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ३१८ ग्राम सुन बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहोराले बताए । उनका अनुसार काँकडभिट्टाबाट बा. प्र.०१–००२ ख ०५४२ नम्बरको यात्रुबहाक बसमा आउँदै गर्दा नागढुंगाबाट उनीहरुलाई सुनसहित पक्राउ गरिएको हो ।
काठमाडौं, ३० माघ । केही दिनयता प्रहरीमाथि भइरहेको कुटपिट र दुर्व्यवहार घटनाका दोषीलाई कारबाही गर्न प्रहरी प्रमुखलाई निर्देशन दिइएको छ । गृहमन्त्री रमेश लेखकले बुधबार प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकारीहरुलाई मन्त्रालयमा बोलाएर छानबिन गरी कारबाही गर्न निर्देशन दिएका हुन्। शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीमाथि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले प्रहरीलाई छानबिन गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिए। केही स्थानमा केही दिनयता सुरक्षाकर्मीमाथि नै कुटपिट दुर्व्यवहार भइरहेका घटनाहरु सार्वजनिक भइरहेकोप्रति सचेतता अपनाउँदै शान्ति सुरक्षा कायम गर्न प्रहरी थप सक्रिय भएर लाग्नुपर्नेमा मन्त्री लेखकको जोड थियो। घटनामा संलग्न जो सुकै संलग्न भए पनि…
भैरहवा, ३० माघ । रुपन्देहीको बुटवलस्थित सुप्रिम तथा बचत ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वडिआइजी छविलाल जोशीलाई पूर्पक्षका लागि थुनामा पठाएपछि उच्च अदालतले जिल्ला अदालतबाट आदेशको कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको छ । मुद्दाको प्रतिवादका लागि सोमबार अदालतमा उपस्थित भएका जोशीलाई जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्ट कुमार घिमिरेको इजलासले ‘कसुर नगरेको विश्वास गर्नुपर्ने मनसबि आधार नदेखिँदा पछि ठहरे बमोजिम हुने गरी अहिलेलाई पूर्पक्षका लागि थुनामा पठाउने’ आदेश गरेको थियो । त्यसपछि जोशीको तर्फबाट थुनामा राख्ने आदेश बदरको माग गर्दै मंगलबार दर्ता भएको निवेदन उपर बुधवार सुनुवाई गर्दै उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीको…
भैरहवा, ३० माघ । पञ्चकन्या ग्रुपले बाथवेयरका सामग्रीहरु बजारमा ल्याएको छ। नेपाल बाथवेयर बजार लामो समयदेखि महँगो उत्पादन र सस्तो तर कम गुणस्तरको विकल्पमा रहेको भन्दै यसलाई अन्त्य गर्न आफू बजारमा प्रवेश गरेको कम्पनीले बताएको छ । पञ्चकन्या ग्रुपले लामो समयको अनुसन्धानपछि ग्राहक वर्गहरुको आवश्यकतालाई ध्यानमा राख्दै बाथवेयरका सामग्रीको बिक्री सुरु गरेको बताएको छ । जसमा गुणस्तर र किफायती धारा, सावर र अन्य बाथवयर सामग्रीहरु छन् । जर्मन प्रविधि र उत्कृष्ट डिजाईन सहित, पञ्चकन्या बाथवेयरले गुणस्तरीय, टिकाउ र सबैको पहुँचमा हुने बाथवेयर उत्पादनहरु उपलब्ध गराउने लक्ष्य राखेको छ । यसले नेपाली बजारमा उच्च गुणस्तरीय, नवीन र दिगो उत्पादनहरु पुर्याउने कम्पनीको…
भैरहवा, ३० माघ। भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा आयोजना भएको रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको उपाधि वेष्टर्न क्रिकेट क्लबले उचालेको छ । लुम्बिनी खुकुरी क्लबलाई ३९ रनले पराजित गर्दै वेष्टर्नले तेस्रोपटक सुपरलिगको उपाधि उचालेको हो । उपाधिसँगै वेष्टर्नले नगद १ लाख १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्याे । उपविजेतामा चित्त बुझाएको लुम्बिनी खुकुरीले ५० हजार १ रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र हात पार्याे । टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ४१ ओभरको खेलमा ४० ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर २ सय २५ रनको बलियो योगफल खडा गर्याे । उसका लागि नरेन साउदले ६६ रनको अर्धशतकीय पारी खेले ।…