


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, १८ जेठ । सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर ५ र १३ पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा भएको छ । आवश्यक सबै मानकपूरा गरी दुवै वडा पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा भएको हो । शुक्रवार दुवै वडाद्धारा संयुक्त रुपमा आयोजित कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले वडा नम्बर ५ र १३ पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नगर प्रमुख खाँले वडावासी, कर्मचारी, स्वंयसेविका लगायत सबैको सहयोगले दुवै वडालाई एक साथमा घोषणा गर्न पाइएको बताए । उनले दुवै वडाका महिलाहरु गर्भवती भए देखि लिएर सुत्केरी हुदाँसम्म नियमित जाँच गराउने, अस्पतालमा सुत्केरी हुने…
भैरहवा, १८ जेठ । सिद्धार्थनगर नगरपालिकामा निःशुल्क आँखा परिक्षण गरिएको छ । नगरको वडा नम्बर ७ र ८ को आयोजनामा गरिएको शिविरमा २९९ जनाले आँखा परिक्षण गराएका छन् । नगरपालिकाको कार्यालय र लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरबीच मोतिबिन्दुको शल्यक्रिया सम्बन्धित सम्झौता बमोजिम वडा नं. ७ र ८ ले शुक्रवार नारायणस्थान मन्दिरको प्राङगणमा निःशुल्क आँखा जाँच शिविरको आयोजना गरेका थिए । ‘आँखा परिक्षण गराएका २९९ जना मध्ये ३७ जनामा मोतिबिन्दु देखिएको छ’, सिद्धार्थनगर नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष राजनजंग राणाले भने, ‘जसमध्ये २१ जनाको आइतबार लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरमा निःशुल्क शल्यक्रिया हुनेछ भने बाँकी १६…
भैरहवा, १६ जेठ। गृह मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडिओ) सहित २५ जना सहसचिवको सरुवा गरेको छ। गृह मन्त्रालयले बुधबार चितवन, कास्की, सुनसरी, सप्तरी, सर्लाही लगायत जिल्लाका सीडिओहरुको सरुवा गरेको हो। चितवनका सीडिओ भुपेन्द्र थापालाई सिन्धुपाल्चोक पठाईएको छ भने उनको स्थानमा इन्द्रदेव यादवलाई ल्याईएको छ। त्यस्तै कास्कीका सीडिओ बासुदेव घिमिरेलाई गृह मन्त्रालय तानिएको छ भने त्यहाँ भरतमणि पाण्डेलाई पठाइएको छ। सुनसरीका सीडिओ जयनारायण आचार्यलाई कारागार व्यवस्थापन विभागमा सरुवा गरिएको छ भने त्यहाँ रामचन्द्र तिवारीलाई सीडिओको जिम्मेवारी दिइएको छ। यस्तै अध्यागमन कार्यालय त्रिअबिमा सुरेश पन्थीलाई पठाइएको छ भने त्यहाँ रहेका नरबहादुर थापालाई भोजपुरको सीडिओ बनाईएको छ । हेर्नुस् सूची
काठमाडौं,१५ जेठ। प्रहरी कर्मचारीको अनिवार्य अवकाश उमेर हद पुनरावलोकन हुने भएको छ । अर्थमन्त्री वर्षमान पुनले संसदमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै प्रहरी कर्मचारीको अवकाश उमेरलाई पुनरावलोकन गरिने बताएका हुन् । निजामती कर्मचारीमा भने अनिवार्य अवकाशका लागि उमेरहद ६० वर्ष छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीले पनि ५८ वर्षे उमेर हदलाई परिमाजन गर्दै ६० पुर्याउनु पर्ने लविइङ गर्दै आएका थिए ।
काठमाडौं, १५ जेठ । सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदमा आगामी आर्थिक वर्षको आय-व्ययको अनुमान विवरण पेश गरेका हुन्। जसमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत) र पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड (१८.९४ प्रतिशत) तथा वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड (१९.७४ प्रतिशत) विनियोजन गरिएको छ। यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ६.२ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशतले बढी हो।
काठमाडौं, १५ जेठ। सरकारले चिकित्सा शिक्षालगायत प्राविधिक शिक्षाका लागि कर्जा दिने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै उच्च माग र आय भएका यस्ता प्राविधिक शिक्षाका लागि कर्जा तथा सहुलियत दिन कानुन परिमार्जन पनि गरिने उनले बताए । उनले भने, ‘चिकत्सालगायत प्राविधिक शिक्षा छात्रवृत्तिका लागि सम्बद्ध कानुन परिमार्जन गरिनेछ । सक्रिय कोषमार्फत् सहुलियत कर्जा उपलब्ध गराइनेछ।’यसैगरी चिकित्सातर्फ जनशक्ति प्रक्षेपण गरी शिक्षण कोटा पुनरावलोकन गरिने पनि घोषणा गरिएको छ ।
काठमाण्डौँ, १५ जेठ ।सरकारले गृह मन्त्रालयलाई करिब २ खर्ब बजेट विनियोजन गरेको छ। अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दै गृह मन्त्रालयलाई १ खर्ब ९९ अर्ब २४ करोड बजेट विनियोजन गरेको बताए। गृह मन्त्रालयअन्तर्गत कारागार सुधार, सीमा व्यवस्था, विपद् व्यवस्थापन तथा उद्धारलगायतका कार्यक्रमका लागि उक्त बजेट विनियोजन गरिएको उनले बताए।
भैरहवा, १५ जेठ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले १७ ओैँ गणतन्त्र दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गरेको छ ।कार्यालयले भैरहवामा निर्माणधिन जिल्ला प्रहरी कार्यालयको भवन परिसरमा वृक्षारोपण गरेको हो । रुपन्देहीका एसपी रंजित सिंह राठौर सहित सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरु समेतबाट बिभिन्न प्रजातिका विरुवाहरु रोपण गरिएको कार्यालयले जनाएको छ ।
काठमाडौं, १५ जेठ । आज दिउँसो १ बजे संघीय संसदमा पेश हुने भनिएको बजेट भाषण दुई घण्टा पछि सरेको छ । मंगलबार बिहान ११ बजे डाँकिएको मन्त्रीपरिषद बैठक दुई घण्टा पछि सरेसँगै बजेट भाषण पनि दुई घण्टा पछि सरेर दिउँसो ३ बजेका लागि निर्धारण गरिएको छ ।
चितवन,१५ जेठ । सडक भासिदा पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक अवरुद्द भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको हो। सोमवार राति २ बजे गैडाकोट नगरपालिका ९ थुम्सीको जङ्गलमा सडक भासिएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का डिएसपी बेदबहादुर पौडेलले निर्माणाधीन सडक भासिँदा राजमार्ग दुईतर्फी अवरुद्ध भएको बताए । अवरुद्ध सडकमा ट्रक फसेकाले त्यसलाई हटाउन लागिएको छ ।भासिएको सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५१३ नम्बरको यात्रुबाहक बसमा एक्कासि ब्रेक लगाउँदा त्यसमा सवार आठ यात्रु सामान्य घाइते भएका छन् । ब्रेक लगाउँदा बस हुत्तिएर अर्को बसमा ठोक्किएको प्रहरीले जनाएको छ । सडक एकतर्फी भए…