


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं, २४माघ । प्रहरीले हनी ट्रयाप संलग्न आरोपमा एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका ८ घर भई काठमाडौं महानगरपालिका १३ कुलेश्वरको २८ वर्षीया अस्मिता आचार्य रहेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार इलेक्ट्रिक सामान मर्मत गर्ने व्यक्तिलाई राइस कुकर बनाउने बहानामा पटक पटक मोबाइलमा सम्पर्क गरी माग गरे अनुसारको रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाई दिने भन्दै पीडितसँग रकम असुली गरेको सूचना प्राप्त भएपछि युवतीलाई पक्राउ गरिएको हो । उनलाई आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
भैरहवा, २४ माघ। नेपालको स्थानीय बजारमा बिहीवार पनि सुनको मूल्य उकालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीवार १ हजार ६०० सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको छ। बुधबार प्रतितोला १ लाख ६६ हजार ९०० मा कारोबार भएको थियो । त्यस्तै बिहीवार चाँदीको कारोबार मूल्य प्रतितोला १ हजार ९८० तोकिएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ९७५ मा कारोबार भएकोमा बिहीवार प्रतितोला पाँच रुपैयाँले बढेको छ।
काठमाडौं,२४ माघ। काठमाडौंको कमलपोखरीस्थित शानदार मःमः पसलमा ग्यास ग्याँस सिलिण्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन्। विष्फोटपछि घरको सिलिङ भत्किएर खसेको छ। घटनास्थलमा नेपाल प्रहरीको टोली खटिएको छ। ग्यास लिक भएर सिलिण्डर विष्फोट भएको हुन सक्ने प्रहरीले बताएको छ। प्रहरी र स्वास्थ्यकर्मीहरुले घाइतेहरुलाई सुरुमा नजिकै रहेको हिमाल अस्पतालमा पुर्याएका थिए । तर, पछि सबै घाइतेलाई कीर्तिपुरको बर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुमध्ये एक जनाको अवस्था गम्भीर छ भने अन्य १० जनाको अवस्था सामान्य छ ।
भैरहवा, २४ माघ। रुपन्देही प्रहरीले विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरेको छ । रुपन्देहीको विभिन्न प्रहरी युनिटहरुले कर्तव्य ज्यान मुद्दा, कुटपिट, सार्वजनिक अपराध, भ्रष्टाचार र लागूऔषध मुद्दाका एक दर्जन फरार प्रतिबादीहरुलाई प्रहरीले पक्राउ गरेको हो । अदालतबाट सजाए फैसला भएपछि मुद्दाका प्रतिवादीहरु फरार थिए । प्रहरीले अभियान चलाएर फरार प्रतिवादीहरुलाई धमाधम पक्राउ गरिरहेको छ । कर्तव्य ज्यान र कुटपिटको मुद्दामा फरार रहेका रुपन्देहीको कोटहीमाई गाउँपालिका–२ का साधु तिवारी, जोगी तिवारी, फौजदार मुसलमान र रामजित लोधलाई जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको टोलीले पक्राउ गरेको छ । त्यस्तै इलाका प्रहरी कार्यालय बुटवलले सार्वजनिक अपराध र कर्तव्य ज्यान मुद्दामा फरार रहेका बुटवल उप–महानगरपालिका–४…
भैरहवा, २४ माघ। रुपन्देहीको सैनामैना नगरपालिकामा फोहर व्यवस्थापन केन्द्र निर्माण गर्ने योजनाले मूर्तरुप पाउने भएको छ । सैनामैनामा फोहर व्यवस्थापन केन्द्र निर्माण भएपछि बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकाको फोहोर स्थायी रुपमा व्यवस्थापनका लागि निकास निस्किने छ । सैनामैना नगरपालिकालाई सरकारले फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि स्वीकृति दिने निर्णय गरेपछि ति पालिकाहरुको फोहोर स्थायी रुपमा व्यवस्थापनका लागि बाटो खुलेको हो । सरकारको उक्त निर्णयसँगै सैनामैनामा फोहोर प्रशोधन केन्द्र निर्माणको काम अघि बढ्ने भएको छ । मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले फोहोर व्यवस्थापन केन्द्रका लागि सैनामैना–१०, एकला पहाड क्षेत्रमा खोरमोर नदी उकास क्षेत्रको ३ दश्मलव ५ हेक्टर वनको जग्गा प्रयोग गर्न स्वीकृति…
भैरहवा, २४माघ । क्यान्सर रोग न्यूनीकरणका लागि आम नागरिकलाई रोगका बारेमा सचेतना गराउन आवश्यक रहेको विश्व क्यान्सर दिवसका अवसरमा आयोजित कार्यक्रमका सहभागीहरुले बताएका छ्न। प्रस्तावित सुमित्रा मैमोरियल क्यान्सर हस्पिटलको आयोजना र सिद्धार्थनगर सिटी अस्पतालको सहकार्यमा आयोजित कार्यक्रमका सहभागीले उक्त कुरा बताउँदै सबैमा जनचेतना पुर्याउनु पर्नेमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथी रोहिणि गाउँपालिकाको अध्यक्ष विद्या प्रसाद यादवले आम जनसमुदायमा क्यान्सर सम्बन्धी जनचेतना आवश्यक रहेको बताए । क्यान्सर सम्बन्धी जति जनतालाइ बुझाउन सकियो त्यति क्यान्सर बिरामी घटाउन सकिने बताउँदै क्यान्सर रोगका विरुद्धमा जनचेतना लगायतका क्षेत्रमा मिलेर काम गर्न रोहिणी गाउँपालिका तयार रहेको जनाए । उनले निर्माणाधिन क्यान्सर अस्पतालको संचालनमा आएपछि येस…
काठमाडौं,२३ माघ। नेपाल सामाजिक संजालहरु दर्ता नभए प्रतिबन्ध लगाउने सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले चेतावनी दिएका छन् । उनले टिकटक मात्र दर्ता भएर संचालन भइरहेको भन्दै मेटा (फेसबुक), इन्स्टाग्राम, ह्वाट्स एप लगायत अन्य सामाजिक सञ्जाललाई पनि दर्ताका लागि सार्वजनिक आह्वान गरिएको बताए । ‘अहिले हामीसँग दर्ता भएको टिकटक मात्रै हो। हामीसँग पोइन्टअफ कन्ट्याक तोकेर बसेको उ मात्र छ। उसले काम गरिरहेको छ। मेटालाई हामीले बोलाइरहेका छौं। आउँछ आउँदैन हेर्न बाँकी छ गुगल होला,माइक्रोसफ्ट होला । यी यहाँ दर्ता भएर मात्र चलाउन पाउनुपर्छ। दर्ता भएपछि पोइन्टअफ कन्ट्याक तोक्न सक्नुपर्छ। कति बदमासी गरिरहेको हुन्छ, नत्र हामी समात्नै सक्दैनौं। हामीलाई स्वास्थ्यमा…
दाङ, २३ माघ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि उत्पादन बढाउन सहज बजारीकरण र मूल्य सुनिश्चितता जरुरी रहेको बताएका छन् । यी दुवै काम गर्न स्थानीय स्तरमा खरिद तथा विक्री कक्ष स्थापना गरेर सञ्चालन गर्न अनिवार्य भएको जनाए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रधान कार्यालय काठमाडौंले स्थानीय स्तरमा विक्री तथा खरिद कक्ष सञ्चालन सम्वन्धि आयोजना गरेको प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री आचार्यले किसानले उत्पादन गरेका कृषि र पशुबस्तुको सहज बजारीकरण, उचित मूल्यका लागि स्थानीय स्तरमा खरिद तथा विक्री कक्ष स्थापना गरेर सञ्चालनमा ल्याउनुपर्ने जनाए । ‘बजार र मूल्य सुनिश्चित नहुँदा किसानले उत्पादन बढाउन हिचकिचाउने अवस्था छ । ढुक्क…
भैरहवा, २३ माघ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले नगर क्षेत्रमा मातहतका अव्यवस्थित पोलहरु व्यवस्थित गर्नका लागि नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय, भैरहवा (नेपाल टेलिकम) लाई पत्राचार गरेको छ। बधुवार नगरप्रमुख (मेयर) इश्तियाक अहमद खाँले कार्यालयलाई पत्राचार गर्दै अव्यस्थित पोलहरु व्यस्थित गर्न आग्रह गरेका हुन् । पत्रमा भनिएको छ …‘मिलन चोक देखि पिपरहिया चौकीसम्म रहेको पोलहरु अव्यवस्थित भई दुर्घटना भइरहेको तथा हिड्डुल समेत गाह्रो एको तथा अन्य पोलहरुसमेत खियाको कारणले गर्दा कमजोर भई जुनसुकै समयमा पनि ढल्ने सम्भावना भएको हुँदा त्यस्ता अव्यवस्थित र कमजोर पोलहरु यथासिघ्र व्यवस्थित गरिदिनुहुन…।’
भैरहवा, २३माघ । रुपन्देही जिल्लामा पाठेघरको मुखको क्यान्सर बिरुद्ध एचपिभीको खोप पहिलो दिन ७ हजार ४ सय ६५ जनालाई लगाइएको छ । जिल्लामा पहिलो चरणमा माघ २२ देखि २७ गतेसम्म र दोस्रो चरणमा फागुन १ देखि फागुन ७ गतेसम्म खोप अभियान संचालन हुनेछ । जसअनुसार पहिलो चरणमा आठवटा पालिकामा पहिलो दिन ७ हजार ४ सय ६५ जनालाइ खोप लगाइएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । मंगलबारबाट देशभर खोप लगाउन सुरु गरिएको छ । रुपन्देहीमा पहिलो चरणमा ३१ हजार ९ सय ९५ जनालाई खोप लगाउने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणी ज्ञवालीले बताए । रुपन्देहीमा आर्थिक मामिला तथा…