Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौ, २० माघ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिकास्थित राजनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापकसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। भवन निर्माणका क्रममा सेवाग्राहीसँग घुस मागेको आरोपमा विद्यालयका प्रधानाध्यापक रेशम राज कण्डेल,विद्यालय सहायक लेखापाल सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र कहारसमेत गरी तीनजनाविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो। अख्तिायरका प्रवक्ता नरहरि घिमिरेका अनुसार अनुसन्धानका क्रममा प्रधानाध्यापक कण्डेल,विद्यालय सहायक लेखापाल गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य कहारको मिलेमतोमा भवन निर्माण सम्पन्न पछि अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग ६५ हजार घुस लिएको पुष्टि हुन आएपछि उनीहरूविरुद्ध आरोप पत्र दायर भएको हो। उनीहरु केही समयअघि…

Read More

भैरहवा, २० माघ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले ५७ औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरी मनाउने भएको छ । वि.स २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायतको नामबाट हालको नगरपालिका स्थापना भएको थियो । तत्कालीन ‘श्री ५ को सरकारद्वारा दश हजार सात जनसंख्या भएको क्षेत्रलाई २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायत’ नामले स्थापना गरेको विषय उक्त समयमा प्रकाशित राजपत्रमा उल्लेख छ । सिद्धार्थनगर नगरपलिकाका नगर प्रमुख इश्तियाक अहमद खाँका अनुसार स्थापना दिवसको अवसरमा कार्यालयले विभिन्न संघसंस्था, नगरबासीहरुको सहभागितामा नगरमा प्रभातफेरी, शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको हो। सामुदायिक एवं संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरु आफ्नो पोशाक र ब्यानर सहित सहभागी हुने तर विद्यार्थीहरुलाई…

Read More

भैरहवा, १८ माघ। भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा तिलोत्तमा क्रिकेट एकेडेमीले जित हात पारेको छ। प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजन शुक्रबार भएको खेलमा न्यु होराइजन किक्रेट क्लबलाई १ सय ११ रनको फराकिलो अन्तरले पराजित गर्दै तिलोत्तमाले जित हात पारेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको तिलोत्तमाले निर्धारित ५० ओभरमा ४० ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर १ सय ७८ रन बनायो । उसका लागि सन्दीप यादवले ५५ रनको महत्वपूर्ण अर्धशतकीय पारी खेले । यस्तै, कृष्ण भुसालले २२, मनिष थापाले १७, कृष्ण कार्कीले १५ र अमन बोहराले १० रन बनाए । बलिङमा न्यु होराइजनका प्रिन्स पालले ३,…

Read More

काठमाडौ, १८ माघ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निलम्बन भएको सांसद पद फुकुवाको माग गर्दै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसमक्ष निवेदन दिएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठक बस्नुअघि संघीय सचिवालय लामिछानेले निलम्बन फुकुवाको मागसहितको निवेदन दिएका हुन्। उनले आफूलाई गरेको निलम्बन कानुन सम्मत नभएको दावी गर्दै निलम्बन फुकुवा गरिदिनुपर्ने सभामुखसँग आग्रह गरेका छन् । तर, सभामुख घिमिरेले विद्यमान कानुन,संसद नियमावली,अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको जवाफ दिएका थिए। लामिछानेविरुद्ध सहकारी ठगी मुद्दा चलेपछि संसद सचिवालयले गत पुस ८ गते सूचना जारी गर्दै लामिछानेको प्रतिनिधिसभा सांसद पद निलम्बन गरेको जानकारी गराएको थियो।

Read More

बुटवल, १८ माघ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरेक क्षेत्रमा श्रेष्ठता हाँसिल गर्न सके रोजगारीका लागि विदेश जाने सपना देख्नु नपर्ने बताएका छन् । न्यू होराइजन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय बुटवल–११ को ३५ औं वार्षिकोत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशकै भुमिमा अवसरहरुको सृजना गर्न नव प्रवर्ततनको क्षेत्रमा काम गर्न सक्ने थुप्रै अवसर र क्षेत्रहरु रहेकोले रोजगारीका लागि विदेश जाने सपना देख्नु नपर्ने बताएका हुन् । लुम्बिनी प्रदेशको समग्र शैक्षिक गुणस्तर र नतिजा सुधार्न प्रदेश सरकारले बिशेष योजना निर्माण गरेको उनले जनाए । न्यू होराइजन विद्यालयले शैक्षिक क्षेत्रमा मात्र नभई बहुसरोकार क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएकोले यस…

Read More

भैरहवा, १८माघ । नेपालको स्थानीय बजारमा शुक्रवार एकैदिन सुनको मूल्य प्रतितोला दुई हजार तीन सय रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला १ लाख ६० हजार पाँच सयमा कारोबार भएकोमा शुक्रवार सुन प्रतितोला १ लाख ६२ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेर १ हजार ९ सय १५ मा कारोबार भइरहेको छ । बिहीबार सोही परिमाणको चाँदी १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

Read More

परासी, १८ माघ। पश्चिम नवलपरासीमा प्रहरीले लागुऔषधसहित व्यक्तिलाई नियन्त्रणमा लिन खोज्ने क्रममा चार राउण्ड गोली प्रहार गरेको छ । जसमध्ये एक राउण्ड गोली रामग्राम नगरपालिका–१२ पचगाँवाका ५२ वर्षीय राजेश लोनियाको बायाँ साप्रामा लागेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । उनका अनुसार लोनियाको घरमा लागुऔषध बिक्री वितरणका भइरहेको सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट प्रहरी नायब निरीक्षक सागर भट्टराईको कमान्डमा खटिएको पाँच जनाको टोलीले लोनियलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीको पेस्तोल खोस्न र भाग्नमा खोज्दा गोली प्रहार गरिएको हो । उक्त स्थानबाट ९३ पुरियामा (ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ)…

Read More

भैरहवा, १७ माघ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले कांग्रेस असफल भए देश र संविधान नै असफल हुने दावी गरेका छन् । नेपाली कांग्रेस रुपन्देहीले एक सय दिने बिशेष राष्ट्रिय अभियान समापन तथा प्रतिनिधी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस पार्टीको बिकल्पमा अरु पार्टी नभएको बताउँदै पार्टीको बारेमा देशब्यापी रुपमा भएको टिकाटिप्पणीलाई उत्साहमा बदल्दै लैजानुपर्ने बताए। उनले नेपाली कांग्रेस जिवन्त,गतिशील र जनताको भरोसाको पार्टी भएकोले टिकाटिप्पणी आउनु स्वभाविक भएको बताए। भविष्य र जीवन्त नभएकाको बारेमा टिका टिपप्णी नहुने उनको जिकिर थियो । पूर्वगृहमन्त्री समेत खाणले लुम्बिनी देखि मुक्तिनाथ सम्मको यात्रालाई सहज गराउने कामका लागी राज्य गम्भिर हुन आवश्यक रहेको बताए।…

Read More

कपिलवस्तु, १७ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोट र कार्यान्यवनमा देखिएको विकृतिलाई अन्त्य गर्न प्रदेश सरकार निर्मम बनेर अघि बढेको बताएका छन् । कपिलवस्तुस्थित आनन्दनगरमा मदन आश्रित स्मृति भवनको शिलान्यास गर्दै उनले भने योजना छनोट गर्ने, कार्यान्वयनमा देखिएको विकृति अन्त्य गर्न टुक्रे योजना निरुत्साहित गर्ने, पाँचलाख भन्दा माथिका योजना कार्यान्वयनमा प्रतिष्पर्धा गराउने निर्णय गरिएको स्पष्ट पारेका छन् । उपभोक्ता समितिको नाममा योजना कार्यान्वयनमा देखिएको विकृतिलाई रोक्न प्रदेश सरकार निर्मम बनेको छ’,उनले भने–‘सरकारले सबै खाले विकृतिलाई निरुत्साहित गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।’ सुशासन कायम गर्न भ्रष्टाचारविरुद्धको अभियानलाई प्राथमिकतामा राखेको उनले बताए । ‘सरकारले सुशासन कायम गर्ने बिषयलाई…

Read More

काठमाडौ, १७ माघ। प्रधानमन्त्री केपी शर्मा ओलीले नदीको बाटोबाट समुद्रसम्म पहुँच विस्तार गराउने काम भइरहेको बताएका छन्। नेपाल चेम्बर अफ कमर्शले भृकुटीमण्डपमा आयोजना गरेको आठौँ अन्तर्राष्ट्रिय चेम्बर एक्स्पोको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले उद्योग–व्यवसायको विकास तथा मुलुकलाई सम्पन्न बनाउनका लागि समुद्रसम्म पहुँच विस्तार गर्ने काम थालिएको बताएका हुन् । पूर्वाधार विकासको क्रम जारी रहेकाले मुलुक अझ तीव्रताका साथ अगाडि बढ्ने उनले बताए। प्रधानमन्त्री ओलीले बहुतै असहज राजनीतिक अस्थिरताजस्ता कुराले अर्थतन्त्रलाई प्रतिकूल असर परेका अवस्थामा त्यसलाई लयमा फर्काउन नयाँ सरकार बनेकाले सन् २०२६ मा नेपाललाई मध्यमस्तरको आय भएको मुलुकमा स्तरोन्नती गर्ने तयारीमा भएको जनाए। ‘अहिले हामीले व्यापारको जुन आँकडा तयार गरिरहेका…

Read More