


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, ८ माघ । भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको मंगलबारको खेलमा मेलवर्न क्रिकेट क्लब (एमसीसी) लाई हराउँदै लुम्बिनी खुकुरी क्लबले जित निकालेको छ । खुकुरीले एमसीसीलाई ९७ रनले पराजित गर्दै जित निकालेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले निर्धारित ४१ ओभरको खेलमा ६ विकेट गुमाएर २ सय ३२ रनको बलियो योगफल बनायो । उसका लागि साहब आलमले अविजित ७२ रनको अर्धशतकीय पारी खेले । यस्तै, कसेजाद आलमले ४८, जमिर अलीले ३६, निश्चल चौधरीले २०, शंकर रानाले १५ र प्रज्वल थापाले १२ रनको योगदान गरे । बलिङमा एमसीसीका अब्दुल हबिब र विपिन…
भैरहवा, ८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुनका लागि मंगलबार भैरहवा आइपुगेका छन् । लामिछानेमाथी जिल्ला अदालत रुपन्देहीमा सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएपछि मुद्दाको प्रतिवादका लागि अदालतमा उपस्थित हुन भैरहवा आइपुगेका हुन् । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा गत माघ ६ गते अदालतमा दर्ता भएको पुरक अभियोगपत्रमा उनलाई प्रतिवादी बनाइएको छ । मंगलबार बुद्ध एयरलाइन्सको उडान नम्बर यू ४-८५९ बाट श्रीमती निकिता पौडेल लामिछानेका साथ साँझ उनी भैरहवा आइपुगेका पुगेका हुन् । रास्वपा स्रोतका अनुसार अदालतमा मुद्दा दर्ता…
हृदयराम गुप्तामर्चवार, ८ माघ । मर्चवार लिफ्ट सिँचाई जल उपभोक्ता संस्थाको निर्वाचनको पहिलो दिनमै विवाद भएको छ ।निर्वाचनको पहिलो चरण्मा माघ ३ गते ४ वटा ब्लकको निर्वाचन पछि भएको विवादले मतगणना स्थगित भई मतपेटिका प्रहरीको सुरक्षामा राखिएको छ । माघ ३ गते सम्पन्न ब्लक नं.१, २, २ बी र २४ बी को मतदानपछि मतगणनाको लागि सहमति जुट्न नसक्दा मतगणना हुन नसकेको निर्वाचन अधिकृत तथा सिँचाई डिभिजन कार्यालय रुपन्देहीका ईन्जिनियर विवेक साहले जानकारी दिए । ब्लक नं.१ मा १ सय १ मत, ब्लक नं. २ मा ८७, ब्लक नं. २बी मा ६६, ब्लाक नं.२४ बीमा ४५ मत गरी कुल २ सय…
भैरहवा, ८ माघ । सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा.रुपन्देहीले शहीद स्मारक र पिउने पानीको धारा स्थलको निर्माण गरेको छ । जसको सोमबार गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापा मगरले उद्घाटन गरे। क्वीक इम्प्याक्ट प्रोजेक्ट (क्यूआईटी) अन्तर्गत पिउने पानीको धारा जडान गरिएको सशस्त्र प्रहरी उपरीक्षक थापा मगरले बताए । ‘सीमा क्षेत्रमा आउजाउ गर्ने नागरिक तथा पर्यटकलाई पानी पिउन सहज होस् भन्ने उद्देश्यले धारा निर्माण गरिएको हो’उनले भने– ‘सशस्त्र प्रहरीको यो सानो प्रयास हो, क्रमशः यस्ता गतिविधि बढाउँदै जानेछौं ।’ क्यूआईटी सशस्त्र प्रहरी बलको प्रभावकारी योजना हो । सडक विभाग, स्थानीय तह, सर्वसाधरण लगायतसँग समन्वय र सहकार्य…
भैरहवा, ८ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिका कार्यालयले छनोट गरेका प्रहरीहरु दीक्षित भएका छन् । स्थानीय सरकार संचालन ऐन अन्तर्गतका कानुन कार्यान्वयनका लागि नगरपालिकाको कार्यालयले भर्ना अह्वान गरी छनौट गरेको १५ जना प्रहरीहरु दीक्षित भएका हुन् । छनौट भएका प्रहरीलाई सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे. क्वा., रुपन्देहीले काम, कर्तव्य र अधिकार, अग्नी नियन्त्रण, आपतकालिन उद्धार, कार्यालय सुरक्षा, विशिष्ट व्यक्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, सभा समारोह व्यवस्थापन, हुल तथा दंगा व्यवस्थापन, बडिगार्ड ड्रिल लगायतको एक महिना आधरभूत तालिम प्रदान गरेको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वर देवी चौधरी, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी अध्योध्या प्रसाद भण्डारी…
काठमाडौं, ८ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को हिउँदे अधिवेशन आह्वान गरेका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार राष्ट्रपति पौडेलले माघ १८ गते शुक्रबार दिउँसो १ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। राष्ट्रपति कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/१०/७ को सिफारिसमा संवत् २०८१ साल माघ १८ गते शुक्रबारका दिन १३स्०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।’ संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने…
काठमाडौ, ७ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गाउँ विकास समिति सचिव आस महमद अन्सारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले उनीविरुद्ध ३८ लाख ३० हजार ५०० भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार साविक आदर्श गाविस भवानीपुर जीतपुर हाल (जीतपुर सिमरा उपमहानगरपालिका) बाराका तत्कालीन सचिव अन्सारीले गुदरी बजार र मिना बजारका सटरहरू उपभोक्तालाई भाडामा लगाउँदा लिएको धरौटी वापतको रकमसँग सम्बन्धित कागजातहररु लुकाइ बरबुझारथ समेत नगरेको र २ सय २१ जना उपभोक्ताहरुबाट लिएको धरौटी वापतको ३८ लाख ३० हजार ५०० रुपैयाँ खातामा जम्मा नगरेको अनुसन्धानबाट खुलेको छ। आयोगका…
धरान, ७ माघ। सुनसरीको धरान उपमहानगरपालिका-१५ मा एक युवकको हत्या गरिएको छ । साथीहरुबीच बसेर खाएको चियाको पैसा तिर्ने विषयमा विवाद हुँदा धरान सदन रोडका २१ वर्षीय रिजन राइको खुकुरी प्रहार गरी हत्या गरिएको प्रराम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले बताए। उनका अनुसार गम्भिर घाइते भएका राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ । हत्यामा संग्लन आरोपमा प्रहरीले धरान उपमहानगरपालिका-१३ का १८ वर्षीय उत्सव मगर, २१ वर्षीय विश्रान्ती मगर, उपमनपा-८ का २२ वर्षीय रोमन गुरुङ, १७ वर्षीय प्रस्थान राई र उपमनपा-५ का २१ वर्षीय सुदिप तामाङलाई पक्राउ गरेको जनाएको छ ।…
भैरहवा,७ माघ। चितवनको भरतपुर महानगपरपालिका–११ स्थित बसेनी चोकमा युवकलाई निर्घात कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असई) बुद्धि बहादुर घर्ती भुजेललाई विभागीय कारवाही गरिएको छ । फोन चलाइरहेको युवकलाई ‘को लाई फोन गरेको ? पावर देखाएको?’ भन्दै निर्घात कुटपिट गरेको भीडियो सोमबार बिहान सामाजिक संजालमा भाइरल भएपछि घटनामा संग्लन गणेशस्थान प्रहरी बिटमा कार्यरत प्रहरी सहायक निरीक्षक भुजेललाई विभागीय कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवनका एसपी गौतम मिश्रका अनुसार घटना गत पुस १५ गतेको हो । ‘घटनाले प्रहरीको आचरण विपरीत र प्रहरीको प्रतिष्ठामाथी आँच आएको देखिएको छ’,उनले भने,‘यसले प्रहरी प्रति नकारात्मक धारणा बनाइरहेको अवस्था छ । जसकारण हामीले…
भैरहवा, ७ माघ। सिद्धार्थ होटल संघ नेपाल (सान) ले सत्कार दिवस मनाउने भएको छ । संघको भैरहवामा बसेको छैठौं बैठकले आगामी जेठ १६ गते संघको साधारणसभाका दिन सत्कार दिवस मनाउने निर्णय गरेको हो । बैठकले होटल व्यवसायीको लागि सरकारले विशेष योजनाका साथ काम गर्न नसकेको, पर्यटन नीति पर्यटनमैत्री नभएकोले फेरबदलगरी पर्यटनमैत्री नीति बनाउन सरकारसँग माग गरेको छ । बैठकले नेपाल पर्यटन बोर्डको समन्वयमा भियतनाममा हुने पर्यटन प्रबद्र्धन कार्यक्रममा सहभागीता जनाउने, मायादेवी सुत्केरी मार्गको प्रवद्र्धनका लागि विशेष योजनाकासाथ कपिलबस्तुको तिलौराकोटदेखि लुम्बिनीसम्म स्थानीयहरुको सहभागीतमा पदयात्रा गर्ने निर्णय गरेको संघका अध्यक्ष चन्द्रप्रकाश (सीपी) श्रेष्ठले बताए । सिद्धार्थ होटल संघ नेपाल, होटल एसोसिएशन नेपालको…