Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा,५ मंसिर । क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान गरिएको छ । नेपाली यू–१९ महिला टोलीकी सदस्य विश्वकर्मालाई नेपाललाई विश्वकपमा पुर्याउन महत्वपूर्ण योगदान गरेको भन्दै बुधबार रुपन्देही क्रिकेट संघले भैरहवामा नगदसहित सम्मान गरेको हो । रुपन्देहीको ओमसतिया गाउँपालिका–१ निबासी विश्वकर्मालाई संघले ११ हजार १११ रुपैयाँ नगदसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि थापाले बताए । विश्वकर्मा सम्मलित नेपाली राष्ट्रिय महिला टिमले युएईमा सम्पन्न यू–१९ विश्वकप छनोट खेलमा जित निकाल्दै नेपाललाई विश्वकपमा पुर्याएको थियो । आगामी जनवरी महिनामा मलेशियामा हुने विश्वकपमा नेपालको यू–१९ टिम पनि खेल्ने छ । क्रिकेटर विश्वकर्मालाई सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी, रुपन्देही…

Read More

बुटवल, ४ मंसिर । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा सञ्चालित सडक विस्तार लगायतका योजनाहरूको अनुगमन गरिएको छ । योजना कार्यान्वयनमा तीव्रता प्रदान गर्ने उद्देश्यले नगरप्रमुख खेलराज पाण्डेले प्रमुख बजार क्षेत्रभित्र भइरहेका सडक, नाला लगायत योजनाहरूको अनुगमन गरेका हुन्। नगरप्रमुख पाण्डेय, उपप्रमुख सावित्रा अर्याल, प्रमुख प्रशासकीय अधिकृथ मित्रमणी खनाल, भौतिक पूर्वाधार महाशाखा प्रमुख गौतम रौनियारसहितको टोलीले वडा नम्बर ६ स्थित निर्माणाधिन दुर्गा मन्दिर लाईन सडक र कालिकापथको मंगलबार अनुगमन गरेको हो । उक्त अवसरमा वडाअध्यक्ष लोकनाथ न्यौपानेले सडक तथा नाली निर्माणको प्रगति अवस्थाबारे जानकारी गराएका थिए । त्यस्तै योजनाको प्राविधिक अवस्थाबारे महाशाखा प्रमुख रौनियारले बताएका थिए । सो अवसरमा नगरप्रमुख पाण्डेयले निर्माणाधिन सडक…

Read More

भैरहवा, ५ मंसिर । विश्वकप खेल्नका लागि पाकिस्तान जान लागेको नेपाली राष्ट्रिय नेत्रहीन क्रिकेट टिमलाई विदाई गरिएको छ । बुधबार रुपन्देही क्रिकेट संघले भैरहवामा एक कार्यक्रमबीच टिमलाई विदाई गरेको हो । पाकिस्तानमा हुन लागेको नेत्रहीन टि–२० विश्वकपमा सहभागी हुन बुधबार नेपाली टिम रुपन्देहीको बेलहिया नाकाबाट भारत हुँदै पाकिस्तानतर्फ प्रस्थान गरेको छ । टिममा खेलाडी, अफिसियल, कोच, व्यवस्थापक र मेडिकल टिमसहित २१ जना सहभागी छन् । नोभेम्बर २३ देखि डिसेम्बर ३ सम्म पाकिस्तानको लावर र मुल्तानमा हुने विश्वकपमा नेपाली टिमले प्रतिस्पर्धा गर्नेछ । खेलाडीलाई विदाई गर्दै सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, संघका संस्थापक प्रेमकुमार सेन्चुरी,…

Read More

भैरहवा, ५ मंसिर । रुपन्देहीको भैरहवामा अनलाइन बेटिङ (सट्टेबाजी) संचालन गरेको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका–३ सगुनी पथ स्थित अस्फाक आलमको घरमा अनलाइन खेल मार्फत अवैध रुपमा सट्टेबाजी जुवा संचालन गरेको सूचनाको आधारमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै भारतीय नागरिक हुन् । सामाजिक संजाल वाट्स एप समेतको माध्यमबाट टाइगर ग्रुप, शिव ग्रुप, विनायक ग्रुप गठन गरेर क्रिकेट, फुटबल, टेनिस, हक्की, घोडा दौड, लगायतका खेलहरुमा सट्टेबाजी संचालन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको रुपन्देहीका एसपी रंजितसिंह राठौरले बताए । उनका अनुसार पक्राउ परेका व्यक्तिहरुले ल्डर्स एक्सचेन्ज, अल प्यानल, अल प्यानल…

Read More

काठमाडौ, ४मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको र अफवाह फैलाएको भन्दै उनलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा उनीमाथि कारवाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।सामाजिक सञ्जालमा कम्बोडियामा ओलीको लगानी रहेको भन्दै उनले सार्वजनिक गरेको कागजातमा प्रधानमन्त्री ओलीको नामसहित र नक्कली दस्तखत रहेको थियो। प्रहरीले उक्त ‘फेक डकुमेन्ट’प्रचारप्रसार गर्नेमाथि पनि निगरानी बढाएको छ। यसअघि काठमाडौं जिल्ला अदालतले प्रसाईँलाई विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा अनुसन्धान गर्नका लागि पक्राउ अनुमति दिएको थियो। लगत्तै पक्राउ परेका प्रसाईंलाई प्रहरीले नियन्त्रण लिएको थियो। साइबर सम्बन्धी कसुरमा असोज…

Read More

दाङ, ४ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्वपूर्ण आयोजनाहरुमा लगानी भित्र्याउन दातृ निकायहरुसँगको छलफललाइ तीव्रता दिएका छन् । मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा ब्रिटस एम्बेस्सीका आर्थिक विभाग प्रमुख साम फेलको नेतृत्वमा रहेको टोलीसँग छलफल गर्दै प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्वपूर्ण आयोजनाहरुमा लगानी गर्न मुख्यमन्त्री आचार्यले आह्वान गरेका छन् । सरकारले लगानीको वातावरण बनाउने भएकाले ढुक्क भएर प्रदेशका योजनाहरुमा साझेदारी गर्न उनले आग्रह गरे । प्रदेश राजधानीलाई हरित र नदी सभ्यतामा आधारित नमूना शहर बनाउन लगानी चाहिएको जानकारी गराउदै सरकारले लगानीको वातावरण बनाउने र त्यसमा ढुक्क भएर काम गर्न उनले आग्रह गरे…

Read More

हृदयराम गुप्तामर्चवार, ४ मंसिर । कृषकहरुको अहिले रसायनिक मल वितरण केन्द्र र भण्डारण केन्द्रहरुमा भीड छ । खेतमा मल हाल्नका लागि सबैकाम छाडेर मल प्राप्तीका लागि उनीहरु दौडधुपमा छन् । सरकारले प्रयाप्त मल उपलब्ध गराउन नसकेको दशकौ भयो । केहीले भारतबाट भारतीय प्रहरीको लठ्ठी खाएर र केहीले हारगुहार गरेर लुकिछिपी मल भित्रयाउनुपर्ने बाध्यता छ । समयमा मल हाल्न नपाए अनेक समस्या झेल्नुपर्ने चिन्ताले कृषकहरुलाई सताएको छ । सरकारले उपलब्ध गराएको मल थोरै छ । माग उच्च छ । अनुदानको मल स्थानीय स्तरमा तोकिएको मल वितरण केन्द्रबाट वितरणमा पनि भेदभाव छ । वितरण केन्द्रका संचालक समितिहरुले आफ्नालाई मल वितरण गर्दा लाइनमा…

Read More

हृदयराम गुप्तामर्चवार, ४ मंसिर । कोटहीमाई गाउँपालिकाले कृषि विकासका लागि विद्युतीकरणको महत्वाकांक्षी योजना सुरु गरेको छ । यस योजनाले कृषि प्रयोजनका लागि निःशुल्क विद्युत आपूर्ति हुने र पालिकाकाहरु कृषकहरु लाभान्वित हुने बताइएको छ । साथै, कृषको जीवनस्तर समेत उकास्निेमा विश्वास लिइएको छ । योजनाको पहिलो चरणमा वडा नं. १, २ र केही क्षेत्रको वडा नं. ३ मा तारपोल व्यवस्थापनको काम सुरु गरिएको कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले बताए । निःशुल्क विद्युत उपलब्धताले उत्पादन लागत घट्ने र कृषी उत्पादन क्षमता वृद्धि हुने अपेक्षा गरिएको छ । उनले भने, ‘सिँचाईमा खपत हुने विद्युत गाउँपालिकाबाट निःशुल्क उपलब्ध गराउँदा कृषकहरुको मनोबल उच्च हुनेछ र…

Read More

भैरहवा, ४ मंसिर । भैरहवाका उद्योगी–व्यवसायीले यस क्षेत्रको पर्यटन क्षेत्रको प्रवर्द्धनमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । उनीहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान पुनः सुरु भएको र यसलाई निरन्तरता दिनुपर्नेमा सबै लाग्नुपर्नेमा जोड दिए । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) लेभैरहवामा आयोजना गरेको रुपन्देहीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको स्वागत तथा परिचयात्मक कार्यक्रम उनीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडानका लागि विगतमा संगठनले दबाबमूलक कार्यक्रम गरेको बताए । उनले भने, ‘पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिनुपर्छ । लामो समयदेखि निर्माण सुरु…

Read More

भैरहवा, २ मंसिर । रष्ट्रिय कर सप्ताहको अवसरमा भैरहवामा सेवाग्राहीलाई सम्मान गरिएको छ । आन्तरिक राजस्व कार्यालय भैरहवाले कर सप्ताह अन्र्तगत दोस्रो दिन आइतबार कार्यालयमा सेवा लिन आएको पहिलो सेवाग्राही राजु कौशललाई सम्मान गरेको हो । तिलोत्तमा नगरपालिका वडा नम्बर १७ कोटिहवामा लक्ष्मी साइकल सर्भिस संचालन गर्दै आएका कौशललाई प्रमुख कर अधिकृत प्रेम राज पोखरेलले माला, खादा टीका लगाएर सम्मान गर्दै कर चुक्ता प्रमाणपत्र हस्तान्तरण गरेका थिए । कर सप्ताहको पहिलो दिन शनिवार परेकोले आइतबार कार्यालय आएका पहिलो सेवाग्राहीको रुपमा कौशललाई सम्मानित गरिएको कार्यालयका सूचना अधिकारी एवम कर अधिकृत धनिश्वर अर्यालले बताए । आफु कार्यालयमा कर चुक्ता प्रमाणपत्र लिन आउदा…

Read More